‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४१ सम्पन्न

  • ३२ असार २०८१, सोमबार २२:४५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४१
    छोडिदेऊँ खेतबारी, गमलामा नै रोपौँ धान
    कृषिप्रधान देश अनि कृषकको बढ्छ मान ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~

    [१]
    बाँझै रहोस् खेतबारी सबै आयात गरेरै खाउँला
    लम्पसार परी खुट्टामा उसकै गुणगान गाउँला ।
    वसन्त अनुभव
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    खेतबारी बाँझाे बनाई परदेशीए युवा पनि
    धान दिवस नाैलाे देखेँ गमलालाई खेत भनि ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    बाँझै छ आज खेत र बारी युवा जति विदेशमा
    कहिले फर्कने देश बनाउन आफ्नै स्वदेशमा।
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    ~<•>~
    [३]
    भएका खेतबारी बाँझै राखी आयात गरिखाने
    गमलामा धान रोप्ने अनौठो कृषि विकास माने ।
    ✍️
    बेदु न्यौपाने
    ~<•>~
    [४]
    हिल्याई खेत मुस्किल हुन्थ्यो अहिले सजिलो
    गमला आयो पर्दैन गर्नु आली र अँचिलो।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [५]
    कतै पानी नपरेर खेतबारी बाँझै छ हेर
    धान रोप्न ढीलो नगरौ बीउ जाँदै छ है खेर ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [६]
    रोपेर धान लगाउनु छ मीत
    मिलेर गाउँला है असारे गित ।
    ✍️
    प्रेम सुनार
    ~<•>~
    [७]
    कृषकले काम गर्न छोडिदिँदा, थाहा पाउँनेछौ नपाएर खान,
    हेरौँला कतिदिन सम्म धान्दोरहेछ गमलामा फलाएर धान ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ सङ्खुवासभा।
    ~<•>~
    [८]
    किन चाहियो खेती गमलामा लाएपछि धान
    आयात गर्नैपर्छ सधैँ भन्छन् सबैले महान।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~<•>~
    [९]
    तस्बिर खिचेर सञ्जालमा हाल्नुछ नगरौं है ढिलो
    कृषक बन्न गमलामा धान रोपौँ छुनुहुन्न हिलो ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ~<•>~
    [१०]
    यसपटक गमलामा धान रोपी हाँस्य पात्र बनिँदैन जान
    अवसर राम्रै मिल्यो भने चितवनतिर गइन्छ भन्ने ठान ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ, हाल चनपा६ मातातीर्थ।
    ~<•>~
    [११]
    रोपेर धान गमलामा कृषिमा क्रान्ति गरौँला
    आयात थोरै बढाउँला छिमेकीबाट भरौँला ।
    ✍️
    सागर आँसु
    डोटी
    ~<•>~
    [१२]
    असारे पन्ध्र हिलोमा नेता आजको रमिता
    लेखी दिँउ साथी आजकोलागि यस्तै कविता ।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौँ ।
    ~<•>~
    [१३]
    रोप्नलाई नै गमलामा धान अघि नसरौँ
    असली कृषकहरूको बदनाम नगरौँ !
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [१४]
    खेती गर्ने बेला सरकारले मल बिउ दिँदैन
    सरकार हुँ भन्नेले जिम्मेवारी कहिले लिँदैन !
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ~<•>~
    [१५]
    गमलामा धान रोप्न थाले कृषि प्रधान देशमा
    भाषणले घर भित्र्याउने धान कि बाढी शेषमा ?
    ✍️
    दीपा गुरुङ्ग (समभाव)
    दुबेकोल(खोटाङ्ग)
    ~<•>~
    [१६]
    गमलाभरि राेपेर धान गाउनु छ असारे गीत
    नफले धान आयात गरि नै ल्याउँदा हुनेछ हित ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१७]
    असार पन्ध्र, धान दिवस, हामी नेपालीको
    मानो रोपेर, मुरी फलाऔँ, अन्न र बालीको ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [१८]
    पौरखी हात जुटुन् एकतामा अब
    असार पन्ध्रमा उत्साहसाथ सब ।
    ✍️
    विवश पारदर्शी
    झापा
    ~<•>~
    [१९]
    खेतबारी बाँझो राखी गमलामा धान रोपी गर्छौ देखावटी गर्ने फुर्ती
    एकदिन त जान्छौ दलबल लिएर खेत तिर अरुबेला बन्छौ मुर्ति ।
    ✍️
    सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [२०]
    गमलामा धान रोपी प्रचारप्रसार धेरै नि गर्ने
    छिमेकीले खोजे यस्तै डलर बनाई बाहिर छर्ने ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [२१]
    आषाढ पन्ध्र भन्ने मात्रै मनसुन कता गयाे
    गाउँबस्तीका ती युवाहरू बेकाम बस्ने भयाे ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान
    ~<•>~
    [२२]
    माटो हो उभिने धरातल अन्नदाता पनि
    खेती गर्न नछोड, गमलामा धान छ भनी ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ।
    ~<•>~
    [२३]
    धान रोप्नु भनेको आजकल नौटङ्की मात्रै भयो
    गमलामा छतमा रोपेको फोटो मिडियामा गयो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [२४]
    असार पन्ध्र दही चिउरा , साउन पन्ध्र खिर
    छुपु र छुपु रोप्नु है धन , के को मान्नु छ पिर ?
    ✍️
    नागेन्द्रप्रसाद यादव
    दाङ
    ~<•>~
    [२५]
    बाँझो छ खेत युवा छ विदेश,नौटङ्की गर्छौ सरकार,
    गमलामा धान रोपी तिमी,ल्याउँछौ राहत उपहार ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [२६]
    गमलामा राेप्ने हैन नेताले धान
    गएर राेप्नु पर्छ खेत खलीहान ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ~<•>~
    [२७]
    राष्ट्रवादी हुँ भनी देखाउने यहाँ हेर सान
    कृषिप्रधान देशमा गमलामा रोपेर धान।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~<•>~
    [२८]
    खेतबारी बाँझै रहुन् हाम्लाई छैन चासो
    गमलामा धान रोपौँ त्यागौँ यी सबै नासो !
    ✍️
    कमला देवकोटा
    पाल्पा
    ~<•>~
    [२९]
    लगाएर मनमा देशभक्तिको खोप
    नेतागिरी छोड अब आऊ धान रोप।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [३०]
    यस्तै काम गर्याै भने हुन्छ छिट्टै देश हराभरा
    गमलामा धान राेप र बाँझाे राख खेतका गरा।
    ✍️
    भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    ~<•>~
    [३१]
    गुगलमा सर्च गरेर रोपाइँको फोटो पाइहाल्ने
    व्यर्थ खेतको हिलोमा पसेर किन हो समय फाल्ने ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।
    ~<•>~
    [३२]
    गमला सजाई रोपेर धान यो कृषि विकाश
    यस्तै चालले कृषिमा देशले पाउला निकास ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा,हाल काठमाडौ ।
    ~<•>~
    [३३]
    गमलामा धन रोपी सधैँ कृषि गर्ने भन्छौ
    परिवार सबै डाँडापारी कृषक पो बन्छौ।
    ✍️
    धनुष न्यौपाने “यात्री”
    जुम्ला
    ~<•>~
    [३४]
    नसुत धेरै उठन सानी ढिला भयो धान रोप्नलाई
    गर्जियो मेघ बर्सियो पानी जाउँ हिँड मौका छोप्नलाई।
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके
    ~<•>~
    [३५]
    खेतबारी बाँझो बन्यो, बीज कहिले छर्ने
    गमलामा धान रोपी, ढुक्कको सास फेर्ने
    ✍️
    कर्मा लामा
    मन्थाली-९,रामेछाप
    ~<•>~
    [३६]
    रोपाइॅ अनौठो, गमलामा कति फल्ने होला धान ?
    रोप्ने किसान दङ्ग छन् वर्षभरी पुग्छ होला खान।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ~<•>~
    [३७]
    छैन है जोश जाँगर, खेत बाँझै रहने भयो
    किसानलाई छैन राहत छोरा प्रदेश गयो ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [३८]
    व्यापार गर्छन् दले दाइले खेतबारी हेर
    कहाँ रोप्नु धानको बीउ सोचौँ न एक फेर ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~<•>~
    [३९]
    यो दही चिउरा कति गुलियो
    अब त असारे माया भुलियो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [४०]
    कृषि क्रान्ति भन्ने गमलामा धान रोप्ने
    सोच पनि कस्तो आफैँलाई छुरी घोप्ने।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~<•>~
    [४१]
    पुर्खाले जोगाई राखे खेती लगाउने बारी
    बन्दगी राखी जादैछ है प्रदेश नष्ट पारी ।
    ✍️
    बिबा तामाङ
    लाटपञ्चर खरसाङ
    ~<•>~
    [४२]
    फेसबुकमा धान रोपेर फल्दैन
    अन्न नभए घरको चुलो बल्दैन ।
    ✍️
    गोपाल
    ~<•>~
    [४३]
    खेतबारी बाँझै रहे परदेशिएर युवासबै खाडितिर
    के असार पन्ध्र के दही चिउरा रमाउन लागे मासुतिर ।
    ✍️
    सुनगाभा पोखरेल
    ~<•>~
    [४४]
    खेतबारी बेचेर यहाँ बिल्डिङहरू ठड्याउँने
    गमलामा धान रोपेर असार पन्ध्र मनाउँने ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४५]
    खाने मुख पनि घटाए भएभरको पठाइ सिमापारी
    गमलामै भरिपूर्ण धान भए किन चाहियो खेतबारी ?
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [४६]
    धान दिवसमा मात्रै कुच्ने हाे हिलाे
    जाेगाउने कसरी किसानकाे जिलाे ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची ।
    ~<•>~
    [४७]
    कृषिमा क्रान्ति त ल्याएकै हो पक्कै
    गमलामा धान रोप्छन् पर्छु बक्कै ।
    ✍️
    वेल थोकर तामङ
    बकैया_८//बस्तिपुर//मकवानपुर
    ~<•>~
    [४८]
    जहाँ फल्छ त्यहीँ रोप
    खानेबेला मौका छोप ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर । हाल एनेलकुटी, सिरहा ।
    ~<•>~
    [४९]
    नेपालीकाे सान मान खाेकिलामा छाेपिसके
    हेलिकप्टरबाट सिधैँ पृथ्वीमा राेपिसके ।
    ✍️
    निरज कोइराला
    इटहरी ।
    ~<•>~
    [५०]
    हावा गफ गरेर समय नफालौँ खेर
    कतिदिन खानु गमलामा धान रोपेर ।
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ्ग।
    ~<•>~
    [५१]
    गमला तयार भइसक्यो आउनु है यता
    धान दिवस मनाउने जनता अनि नेता।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ~<•>~
    [५२]
    धान रोप्ने विधिविधान सबै फालिए
    स्कुल र संघसंस्था बाट रोप्न थालिए ।
    ✍️
    अम्बिका गिरी
    विराटनगर
    ~<•>~
    [५३]
    किन होला हामीलाई दुनियाँले नै निम्न स्तरमा गन्छन्
    परिश्रमले आफ्नो बारी खेती गर्दा सबैले पाखे भन्छन् ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ~<•>~
    [५४]
    धान फल्ने ठाउँमा बसाएर बस्ती
    गमलामा धान रोपेर गर मस्ती ।
    ✍️
    भगवती दवाडी
    दमक, झापा
    ~<•>~
    [५५]
    नसके नि इतिहास लेखाउन
    रोप्नु पर्छ अरूलाई देखाउन ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [५६]
    कङ्क्रिटको जङ्गलमा मिलाएर काँट
    हराभरा पारेका छन् गमलाको फाँट l
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    ~<•>~
    [५७]
    खेतमा अचेल घर उमार्छन् होइन अन्नबाली
    लाठे छोरा विदेश हुइँकिन्छन् कृषि औजार फाली ।

    राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ ।
    ~<•>~
    [५८]
    सबै खेतबारी बाँझै राख्नुपर्छ राेप्नु हुन्न धान
    रेमिटेन्सले खाना दिएकै छ बढेकै छ सम्मान ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    ~<•>~
    [५९]
    असार पन्ध्र धान राेप्नु छुपुछुपु
    दही चिउरा खाजा खानु लुपुलुपु ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६०]
    के उद्घाटन गर्छाैं गमलामा धान राेपेर
    लाखौँ कृषककाे मन मुटुमा झिर काेपेर ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~<•>~
    [६१]
    किसानले रोपेर धान
    बढेको हो नेपाली सान !
    ✍️
    आर्त अजुलीन
    ~<•>~
    [६२]
    खेत र बारी बाँझो भए शून्य छ बस्ती
    फूल रोप्ने गमलामा धान रोपे मस्ती ।
    ✍️
    कला ढकाल
    झापा
    ~<•>~
    [६३]
    कहाँ गर्छाैँ खेती अब, पाेहाेर साल भरिसक्याे गमला
    कुन मुखले बाेल्छाै अब, तिमीमाथि कृषकको हमला ।
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ~<•>~
    [६४]
    किसान खालि पेट मिँच्दै रोपिरहेछ खेतबारी
    दही चिउरा हसुर्छन् तारे होटेल ठूला बेस्मारी ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि-५,जुम्ला
    ~<•>~
    [६५]
    दही र च्यूरा अचार खायौ बेसरी डकारी
    गमालाभित्र रोपेर धान के बाँध्छौ भकारी ?
    ✍️
    रामशरण न्यौपाने
    भक्तपुर
    ~<•>~
    [६६]
    खेतीयोग्य जमिन सबै बाँझो जचाएर
    अन्तबाट ल्याउनु पर्छ लाज पचाएर ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    [६७]
    पुग्दैन कृषकलाई देखावटी रोपेर गमलामा धान
    फोस्रा आश्वासन नबाड कुर्सीमा बसि बेकार अपमान।
    ✍️
    शंकर कार्की
    मकवानपुर ।

    Leave a Reply