2nd NRNA GOLD CUP-2024 भव्यताका साथ सम्पन्न

  • ७ असार २०८१, बिहीबार १६:३१ मा प्रकाशित
  • ईस्लाम धर्मावलम्बीहरुको ईद ऊल अधाको अवसर पारेर गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब द्वारा “परं परोपकारार्थं यो जीवति स जीवति ” भन्ने मूल मन्त्रका साथ आयोजित “ 2nd NRNA GOLD CUP 2024” फूटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ I संघ द्वारा आयोजित उक्त दुई दिने प्रतियोगिता १६ जुनको साँझ सुरु भएर १८ जुनको बिहान समापन गरिएको हो I


    संघका अनुसार साउदी अरबको पूर्वी सहर अलखोबार स्थित तुक्बा खेल मैदानमा भएको उक्त प्रतियोगितामा २२ वटा फुटबल क्लबहरुले सहभागिताको लागि प्रतिबद्धता जनाएको थियो भने २१ फुटबल क्लबले टिम दर्ता गरेका थिए I प्रतियोगितामा सहभागिताको लागि दर्ता भएको फुटबल क्लबहरु मध्ये २० वटा क्लबहरु सहभागी भएका थिए I जस बाट युनाइटेड एफसीले पेनाल्टी शूटआउटमा समरानी एफसीलाई पछी पार्दै तृतीय पुरस्कार(नगद साउदी रियालः१,६१६/-) प्राप्त गरे भने जोयम एफसीले किंरात राई यायोक्खा एफसी संगको फाईनल खेलमा उपविजेता बन्दै द्वितीय पुरस्कार (नगद साउदी रियालः ३,३३३/-) हाशिल गरे । यसरी किंरात राई यायोक्खा एफसी उक्त 2nd NRNA GOLD CUP-2024 को च्याम्पीयन बन्दै प्रतियोगिताको विजेता बनेI किँरात राई यायोक्खाले विजेता भए संगै प्रथम पुरस्कार (नगद साउदी रियालः ६,६६६/-) प्राप्त गरेका छन्।


    फाईनल खेल सके संगै महावाणिज्य दूतावास जेद्धाका लागी कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोख्रेल प्रमुख अतिथि र विशिष्ट अतिथिको रूपमा उपस्थित नेपाली राजदूतावास रियादका लागी जनसम्पर्क अधिकारी नारायण पासवान संगै साउदीअरब स्थित क्रियाशील सामाजिक तथा राजनीतिक संघ संस्थाका प्रतिनिधिहरू अतिथिको रूपमा उपस्थित रहेको समापन कार्यक्रममा पुरस्कार विवरण संगै बेस्ट गोल किपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफील्डर, बेस्ट फर्वाड, हाई स्कोरर्, बेस्ट म्यानेजर र बेस्ट कोचलाई ट्रफीका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो ।


    उक्त प्रतियोगिता आयोजना सफलतापूर्वक सम्पन्न गर्नका लागि चित्र कुमार चाम्लिङ राईको सयोजकत्वमा गठित खेलकुद उप-समितिलाई संघले प्रेस विज्ञप्ती जारी गर्दै बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्। उक्त समिति सदस्यहरुमा एनआरएनए एनसीसी सदस्य पदम महत, आरसीसी पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष विष्णु प्रसाद भण्डारी, सह-कोषध्यक्ष दीपक खांड, सदस्य घनेन्द्र ईजम लिम्बु, पूर्व एनसीसी सदस्य गणेश अर्याल, NRNA सदस्य पासाङ शेर्पा, तुल्सी नेयोङ, प्रेम भण्डारी, सदस्य सचिव शुक्र मोक्तान, पर्यवेक्षक द्वय श्रीप्रसाद यावा लिम्बु र राजेन्द्र अर्याल रहेका थिए I
    संघले विज्ञप्ती मार्फत उक्त प्रतियोगितालाई प्रायोजन गरेका प्रायोजकहरू, स्वयंसेवकहरू, विवाद रहित तथा अनुशासित खेल खेलाएका रेफ्री र लाईनस मेनहरू, सहभागी फुटबल क्लबहरूलाई आयोजकका तर्फ बाट विशेष धन्यवाद ज्ञापन गरेका छन्।

    Leave a Reply