
साप्ताहिक झिल्का लेखन अभ्यासको २२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
—++—
…
१,
सगरमाथा नापिरहने मन
पैँचोमा चरीको पखेटा
ओर्लॅंदा हराउॅंछ आफ्नोपन ।
२,
भेटिन्छ आठौँ आश्चर्य
खोजे प्रबुद्ध समाजमा
मान्छन् आआफ्नो सौन्दर्य ।
३,
ढकनीले गल्ती गर्दैन
छोप्नेले निर्धक्क छोपेपछि
खाडीको ताप पर्दैन ।
- म्यामराज राई, भोजपुर
…
१,
प्रचण्ड गर्मी धूप
सहन विवश प्राणीहरू
प्रकृतिको उग्र रूप ।
२,
प्यासी छन् खोलाहरू
तीब्र जलवियोजन रुखमा
खस्दै मौरीका गोलाहरू ।
३,
उष्णता बोकी हावा
भौतारिँदै छ जताततै
खाँदै खुवाउँदै कावा ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
काम गरेर खानू
सामाजिक सेवा गरी
इतिहास कोरेर जानू ।
२,
झुक्दैन सगरमाथा शिर
सबै नेपाली मिलौँ
नगरौँ कसैले पिर ।
३,
इतिहास रचेर छोडौँ
सयौँ थुङ्गा गाँसेर
माला बुनेर जोडौँ । - रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि
…
१,
हाम्रो देश सगरमाथा
नेपाल स्वतन्त्रताको देश
नेपाली वीरहरूको गाथा ।
२,
नेपाल देशको नेपाली
सत्ताको आडमा बसेको
चौँरीको खर्क हिमाली ।
३,
डाफे मुनाल हेरेको
गणतन्त्र जनतामा आएर
देशको मुहार फेरेको । - बेदु न्यौपाने
…
१,
सगरमाथा नेपालीको पहिचान
विश्वको अगाडि यसले
राखिरहेछ राष्ट्रको शान।
२,
राष्ट्रलाई चिनाउने काम
सगरमाथाले विश्वभरिमै देशको
राखिरहेछ नेपालको नाम।
३,
यसको बढाऔॅं गरिमा
राष्ट्रलाई चिनाउनेको अझै
उच्च रहोस् महिमा। - अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप
(हालः-अमेरिका, बोस्टन)
…
१,
सगरमाथा जस्तो शिर
बनाई बढ्न अघि
बाधक बन्छ पिर ।
२,
सोचिन्छ अनौठा कुरा
जिन्दगीमा कहिले भएन
सोचेका सपना पूरा ।
३,
तापको तातो सहन
सकिन्न जस्तो भयो
तातै हावा वहन । - लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)
…
१,
कुरा गहिरो खन्ने
आश्वासन बाँड्न जानेमा
अगुवा सजिलै बन्ने ।
२,
कामले माम दिन्छ
भनेरै म जोतिएँ
उल्टै खुन लिन्छ ।
३,
भोकले भोजन घुमायो
हेरेर मात्रै बस्दा
अल्छीले अवसर गुमायो । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा, मधेस प्रदेश)
…
१,
परिस्थितिको रहेछौ दास
जे आउँदा अघि
लाग्दोरहेछ नि आस ।
२,
स्वच्छ राखे मनस्थिति
अवस्थ सहज हुनेछ
आफ्नो आफ्नो अवस्थिति ।
३,
समयले खेलाँची गर्दैन
जसले जे भनोस्
हुने कुरा टर्दैन । - त्रिलोचन भण्डारी, मेचीनगर झापा
…
१,
जोखिममा छ घर
बर्खा सुरु भयो
पहिरो आउने डर ।
२,
बाडौँ सबैमा ज्ञान
प्रकृति प्रकोक आएमा
जानै सक्छ ज्यान ।
३,
गरेर राम्रो काम
चिनाउनु छ हामीले
यो देशमा नाम। - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
रुखो बोलीमा काँडा
मिसिएको चाप देखियो
भेट्न आउॅंदा टाढा ।
२,
वैरागी यो भेषमा
के खोजिरहेछ दुनियाँमा
अझैसम्म भेटिएन देशमा।
३,
आपसी द्वन्द्व चलिरहेको
कसलाई के थाहा ?
मुटुमा आगो बलिरहेको । - ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिमअछाम
…
१,
तिम्रो मेरो भेट
अब कहिले नहुने
याद बसेछ अमेट ।
२,
छातीमा मायाको घाउ
बल्झिरहने सदा खाटा
सम्झनामा तिम्रो नाउ ।
३,
पर्खिरहे आस्थामा बसेर
तिम्रै नामको जपना
सुखद सपना रचेर । - दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
…
१,
मायामा संसार अडेको
दुखीलाई सधै गारो
आँसु पुछ्दै बढेको।
२,
अरूको लागि राम्रो
सोचौँ सधैँ निश्वार्थ
कर्तव्य यही हाम्रो।
३,
झुटो लाई फालेर
अगाडि बढौँ हामी
सत्य लाई अङ्गालेर। - सविता भट्टराई, जनकपुर, मुरली चोक जनकपुरधाम
…
१,
मट्टितेल दाउरा चाहिँदैन
निहुँ चाहिन्छ मान्छेलाई
अप्ठ्यारोमा आफन्त पाइॅंदैन ।
२,
कसलाई आफन्त भन्छौ?
आफ्नै भन्नेले रेट्छन्
पछि औँलामा गन्छौ ।
३,
चुर्लुम्म फोहोरमा गाडियौ
भरियो कानमा मसला
स्वार्थ लुट्यौ टाढियौ। - चुडामणी देवकोटा, पुरानो नैकाप काठमाडौँ
…
१,
कसैले केही भन्छन्
किन सोच्नुपर्ने होला ?
किमार्थ खेदो खन्छन् ।
२,
अरूको खुसी देखेर
भित्रभित्रै जल्दा रहेछन्
झन् जिउँदै लेखेर ।
३,
थुकेर थुक चाट्ने
देखियो आडम्बरको पराकाष्ठा
आफूले आफैँलाई ढाँट्ने। - पृथक प्रकृति ,झापा
…
१,
सहयात्रा छोडी बिलायौ
साथ दिन्छु भन्दै
नरित्तिने आँसु दिलायौ।
२,
उद्योग बन्द गरेका
सर्वहारा वर्गलाई हेर्न
दिनरात कसरी छलेका ?
३,
बाढी, पहिरो गएको
दर्जनौँ ठाउँमा हेर
अझ क्षतविक्षत भएको । - कला ढकाल, झापा
…
१,
अन्जान खुसीहरू पाले
जीवन सजिलो चल्नेछ
गरिबी जरैदेखि उखाले ।
२,
स्पष्ट बोलेपछि छर्लङ्ग
हिँडेर उकाली ओराली
लडेछ नसोची बेढङ्ग ।
३,
आधार हुनुपर्छ हेर
काम गरेर देखाउनु
विश्वास भएकोले धेर । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
स्वदेशमा भुतुक्कै लजाउने
बनेर अर्काको भरिया
विदेशमा पसिना बगाउने।
२,
अर्ती कुरा नमान्ने
हामी आफ्नै खुट्टामा
आफैँले बन्चरो हान्ने। - बिके मुखिया, दार्जीलिङ, भारत
…
१,
आफ्नै माटोमा कर्म
आमाको सेवा गर्नु
सबैभन्दा ठुलो धर्म !
२,
प्रभुले पठाए काज
जुटौँ राष्ट्र सेवामा
कहिल्यै नमानी लाज !
३,
सौम्य पिरतीको मूल,
हेर सुन्दर बगैँचामा
ढकमक फुलेका फूल ! - आर्त अकुलीन
…
१,
रुख रोपौँ हराभरा
पारौँ सोच्छ आँगन
खेत गरा गरा । - शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
…
१,
जनतालाई सास्ती धेरै
व्यवस्थाको खिल्ली उडाएर
भन्छन् अझै मेरै । - प्रेम थापा “मन”बागलुङ
…
१,
घर संसार सुन्दर,
बनाउने रहर यहाँ ,
कसलाई हुन्न र?
२,
परिवार एकत्रित पार्ने,
खम्वा बनोस् स्थायी,
स्वाभिमान उचाइमा सार्ने।
३,
बोलेर हुँदैन यहाँ ,
गरेर देखाउने महान्
देवता मानिन्न कहाँ ? - मनोहरी पौडेल, गैडाकोट १
…
१,
देश बिगार्ने केटा
फकाउॅंछ जनता भोटमा
जितेर लाउॅंछ फेटा।
२,
जङ्गे खम्बा हरायो
सरकारले देखेन खै!
भाषणमा मात्र करायो।
३,
लिम्पियाधुरा टनकपुर पनि
जनताले खोज्दैछ अब
सरकार खै भनी ? - एवाइ प्रभात, सहिदभुमि धनकुटा
…
१,
खान हुँदैन मागेर
बजाऊ आफ्नै पाखुरा
नजाउ कतै भागेर ।
२,
छैन कर्म गरेको
पाइँदैन केही खोजेर
रहेन भण्डार भरेको ।
३,
काम गर्न डराउने
डुलेर कहिले पुगेन
खाने बेला कराउने । - सञ्जना शर्मा, लमही दाङ
…
१,
जस्तै दुःखी परानी
गरिब ती जनताको
भयो जीवन खरानी ।
२,
क्रान्तिको बिगुल फुके
अन्तमा आएर तिनीहरू
फेरि नराम्ररी चुके ।
३,
भयो यहाँ अति
नगरे केही अरू
अझै होला कति । - डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
…
१,
सपना बेचेर खाए
रगतको खोलो बगाई
जनताले दुःख पाए।
२,
उसलाई सन्तोष भयो
जनताको अस्तित्व हरायो
सबैको मातृत्व गयो।
३,
लाखौँ सपुतको बलिदान
जननीको छाती चिर्यौ
धेरैको जीवन चिहान । - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
परीक्षा हुनु अघि
नतिजा प्रकाशन गरेर
परीक्षा लिने ढोँगी।
२,
कस्तो जानेको दुराचारीले
केवल आफूलाइ सपारेर
बिगार्यो सन्तान अत्याचारीले ।
३,
विकार कसरी गयो ?
सारेर ल्याउॅंछ कुप्रवृत्तिले
नसुध्रेर धिक्कार भयो । - लोकबहादुर क्षेत्री लामिछाने
…
१,
मनको मैलो पखालौँ
हटाऔॅं सबै दाग
दिलमा शान्ति सजाऔॅं ।
२,
के लानु मरेर ?
छरौँ मित्रता सबैमा
मरौँ प्रिति गाँसेर! - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
…
१,
मनमा खुसी पाले
दुनियाँ जसरी बाँच्छ
यसको नाम काले।
२,
झरी कस्तो आयो
मनमा माया राख
किसानले गीत गायो। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१,
गर्मीले साह्रै सतायो
ओहो ! पानी पर्दैन
बेथिति बसोबास बतायो । - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
टाढाको भनेर तिमी
बिलौना गाउँछु गीत
असारे झरी रिमीझिमी ।
२,
कुहिरोले सबै छेलियो
एक्लो धुमधुम्ती बस्दा
भएको हौसला सेलियो । - मोती सुब्बा दार्जिलिङ निमकी डाँडा
…
१,
पगरी नेता पदको
कामकुरो सबैको व्यापारी
तैपनि ठुलो कदको ।
२,
कुचालमा राजा फालिएको
सिद्धान्तहीन छ राजनीति
कसैको अनुग्रहमा पालिएको
३,
देशको स्थिति खस्केको
मौलायो विकार, विकृति
झुटो आश्वासन पस्केको । - प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
…
१,
पेटभरि छैन खाना
सुरापान मस्ती गर्दै
अङ्ग्रेजीमा गाउॅंछौ गाना ।
२,
सुत्केरी श्रीमती घरमा
बुबा थलिए निमोनियाले
बाँचेका पानीको भरमा ।
३,
लरखराउॅंदै पस्छौ घर
काम गर्छन् साथीसङ्गती
तिमी हुन्छौ परपर । - हिरालाल न्यौपाने ,बानपा ८ कोटमौला, सल्यान
…
१,
जिन्दगी बगेको खोला
एक दिन मर्नैपर्छ,
यस्तो मान्छेको चोला ।
२,
तँछाडमछाड सधैँ गरी
बिताउँदा हरेक पल,
पछुतो लाग्छ जीवनभरि । - पुष्पा राई, ऐसेलुखर्क, खोटाङ
…
१,
हेर्दा लाग्छ सदाचार
त्यो रूप पशुकोझैँ
गर्दै हिॅंड्छ कदाचार।
२,
फूल फुल्यो पाखाभरि
सुन्दर छ दृश्यहरू
आहा ! मेरो आँखाभरि ।
३,
बोकेर जीवनलक्ष्य हाम्रो
सेवा गरौँ मनैदेखि
जीवनमा सबभन्दा राम्रो । - दीप गोले तामाङ, रौतहट
…
१,
शरीरमा सारै घाम
घाम भएको बेला ,
गर्नु हुँदैन काम ।
२,
तराईमा घाम अति
गर्दाखेरि तातो घामले
अन्न उत्पादनमा क्षति ।
३,
स्वस्थ पाएन पानी
पानी नहुदाँ हजुर ,
स्वस्थमा ठूलो हानी । - श्रीकृष्ण धामी, बझाङ
…
१,
विचारमा नयाँपन खिल्दैन
लेख्ने प्रयास गर्छु
पटक्कै भाव मिल्दैन।
२,
कहिल्यै सकिएन काम
हेक्का रहँदैन ईशको
भवसागर तार्ने राम ।
३,
कति गर्छौ विज्ञापन ?
नगर झुटको खेती
सत्कर्ममा लगाऊ मन । - अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ, भारत
…
१,
चोखो माया गरेर
राख्छु सधैँ मनमा
ओठमा खुसी छरेर ।
२,
फसाएर मिठो बोलीले
घायल बनायौ लौन।
कर्के नजरको गोलीले। - वेल थोकर तामाङ, बकैया – ८, मकवानपुर
…
१,
असारमा नि खडेरी
कस्तो अनौठो समय
ओभानो सेती, भेरी।
२,
मास्ने बाटो जसरी
मौसमले घात गर्यो
बाँच्नु अब कसरी?
३,
बाँझै छ खेत
रोपाइँ गर्ने बेलामा
पाल्नु कसरी पेट ? - साबित्री प्याकुरेल,धादिङ
…
१,
बाटोमा आउँदै थिएँ
भेट भयो उसॅंग
साथै मैले पिएँ । - सुरेश कार्की
…
१,
लागि रहन्छ डर
उर्लियो भेल बर्खामा
बगरमा छ घर!
२,
नचाहेरै हुन्छ मेल
यस्तै रहेछ माया
बिछोड मिलनको खेल । - बि.कुलुङ, दार्जिलिङ, रंगबुल
…
१,
खाएर आएँ भात
अर्थोक के सक्थेँ
फालेर आएँ जात ।
२,
भोकले भोजन माग्छ
खुब बिचारेँ मैले
होसले रोग भाग्छ ।
३,
हिम्मतले संसार जित्यो
केही गर्न सकिएन
समय आफ्नो बित्यो । - लक्ष्मी रिजाल, रुपनगर, सप्तरी
…
१,
कसरी गर्छौ राजनीति ?
कोरा भाषणले मात्र
सुध्रिन्न समाजको बेथिति ।
२,
आफूलाई विज्ञ ठान्ने
आपत्विपत् कसैलाई पर्दा
अरूको सल्लाह नमान्ने ।
३,
के भनौँ दाता ?
कस्तो मूर्ख ज्ञानी
विज्ञ हे भाग्यविधाता ! - विवश पारदर्शी, झापा
…
१,
विचरा पिॅंजडाको सुगा
उड्न चाहन्छ सधैँ
तोडेर फलामे लुगा । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
बीउ झर्दा माटोमा
प्रतिकुल हुँदा बखत
बाँझै पर्छ पाटोमा !
२,
गर्मी चर्को घाममा
एकनास हुँदैन मौसम
झरी वर्षा याममा ! - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
चिनाऊ देश नेपाल
हिमाल पहाड मधेशी
पहिले थियो विशाल ।
२,
अखण्ड देश हाम्रो
सुन्दर शान्त नेपाली
वीरहरूको प्रदर्शन राम्रो।
३,
चिसो बतास हिमाली
वीरहरूको बसेर यो
एकढिक्का छौँ नेपाली। - सुरेशकुमार पाण्डे दाङ घोराही १८
…
१,
चुँडियो लठारो पुल
बिजोग भयो खच्चडको
नेताले गरे भुल।
२,
बोकाएर भारी नुन
खै के भनौँ ?
कहिले तिर्ने गुन।
३,
बनौँ सबै सचेत
थाहा पाएर नि!
नहोऔॅं अबुझ अचेत । - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
…
१,
हुँदैन ईर्ष्या पालेर
उन्नति प्रगति गरौँ
मनको तीतो फालेर ।
२,
विवेकका घैलाहरु भरौँ
साहित्य बागमा यसरी
ज्ञानामृत सिन्चित गरौँ । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
…
१,
बेहाल छ जिन्दगी
कुन दिन मर्छु
म नदीमा बगी ।
२,
दैवले लाइदियो बार
धेरै पटक जीवनमा
मैले खाइसकेँ हार ।
३,
भाग्यको बार हटाउन
मलाई रहर भयो
धर्तीको बोझ घटाउन । - ललिता गिरी सिन्धुली, हाल काठमाडौं
…
१,
समयको हामी दास
समयसँग चल्न सके
हुनुपर्दैन कसैको आस । - दुर्गा भट्टराई, मोरङ
…
१,
भइन्छ भन्छन् मालामाल
प्रमाणपत्र बिकेन भने
राजनीतिमा हाम फाल l
२,
नेता भए जीर्ण
जनताको सेवा सुविधाप्रति
सोच राख्छन् सङ्कीर्ण l
३,
फुक्ला भाषण गर्छन्
विकासे बजेट लुकाई
आफ्नै लाद्रो भर्छन् l - बाबुराम गौतम, गुल्मी
…
१,
जतासुकै बढेको तनाव
कस्तो होला दुनियाँ ?
बुझौँ कसरी जनाब?
२,
गर्मी बाहिर भित्र
एउटा देखिए पनि ,
अनेक हुँदारहेछन् चित्र । - दीपा समभाव, खोटाङ्ग
…
१,
टिपिक्क परेको चोली
हाँसखेल गरौँ न
एकैछिन दिल खोली।
२,
सलल बगेको खोली
रहेछ मिठो तिम्रो
सुरिलो त्यो बोली।
३,
धोएर रुमाल निचार
भइहाल्यो हाँसखेल त
के छ विचार? - सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
…
१,
हाम्रो देश सगरमाथा
हामी सबै नेपालीको
विश्व चिनाउने गाथा ।
२,
सगरमाथाले सान चुकाउॅंदैन
नेपालीहरू जहाँ गए
कहिल्यै शिर झुकाउॅंदैन। - केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
…
१,
सुवास सुहाग सुन्दर
सुमधुर सुमन सुरसा
सुखद सुत्तो सुग्घर । - ममता पौडेल, बुढीगङ्गा -२ , मोरङ
…
१,
कालो बादल फाटेर
धर्ती जलमग्न बनाउॅंदै
किसान पसिना साटेर ।
२,
उर्लियो खोला हेर
असारे झरी पर्दैमा
गयो बालीनाली खेर । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
…
१,
पुजापाठ गर्ने धेरै
मान्छेलाई मान्छे नदेख्ने
धर्म जाने खेरै।
२,
ढुङ्गालाई देउता पुजेका
मान्छे सबै एउटै
भन्नेले खै बुझेका ।
३,
भेदभाव आखिर किन
दुईदिने सबै पाहुना
मर्नै पर्ने एकदिन । - रुना कर्माचार्य दाहाल ,चितवन
…
१,
तातो बाफ चलेर
स्वास फेर्न गाह्रो
चर्को धूप बलेर |
२,
हामी काममा जाऔॅं
कोक फ्यान्टाको सट्टा
दही मोही खाऔॅं | - सरिता सेढाई धादिङ
…
१,
आगोलाई नठानौँ सानो
हेलचक्राई गरेको हामीले ,
जलाई दिन्छ छानो ।
२,
यता आगो लाग्दाखेरि
बोलाऔॅं दमकल सबैले
नोक्सान होला फेरि ।
३,
आगोले ताप दिन्छ
दुरुपयोग हुन गएमा,
हाम्रो खुसी छिन्छ । - सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
…
१,
युवालाई तालिम चाहिन्छ
उद्यमशील भए व्यक्तिले
स्वरोजगार गर्न पाइन्छ ।
२,
सुतेर देश बन्दैन
उद्यम नगरे आफैँले
छिमेकी देशले गन्दैन ।
३,
कर्ममा विश्वास लाग्दछ
पसिना पोखे धर्तीमा
गरिबी आफैँ भाग्दछ । - पद्मा काश्यप पाण्डे, मोरङ
…
१,
चिप्लिन्छ अनि लडिन्छ
फेरि उठेर हिॅंडौँ
तब अलिक बढिन्छ।
२,
म देशलाई चिन्छु
र देशकै लागि
अवश्य रगत दिन्छु। - राजनारायण राई, राजदल बस्ती सोनादह
::::::::जय झिल्का साहित्य ! ::::::::::