साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २१ सम्पन्न

  • २९ जेष्ठ २०८१, मंगलवार १६:२१ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    १,
    छु व्यस्त साधनामा
    जसरी थियो वाल्मिकी
    चाहे परूँ सामनामा ।
    २,
    रुख काटिन्छन् जब
    पाखापखेरी रुन थाले
    धरती डढ्यो तब ।
    ३,
    तिमी हौ विश्वास
    जिउने आधार माया
    धड्किरहन्छ खुसीको सास ।

    • म्यामराज राई, भोजपुर

      १//
      प्रचण्ड गर्मीको माहोल
      द्रोह गर्दैछिन् प्रकृति
      स्यालमाथि सिंहको खोल !
      २//
      बढ्दैछ गम्भीर औटो
      गधा गाईको भेषमा
      ब्वाँसोको मुखमा मुखौटो !
      ३//
      अन्यायको बढ्दैछ हाबी
      सिनोको रखवाला स्याल
      चोरसँग ढुकुटीको चाबी !
    • वसन्त अनुभव, घोराही, दाङ

      १,
      खुसीको बोकी हाँसो
      हिॅंड्यौ भनेको सुनेँ
      लिएर हाम्रो नासो ।
      २,
      रित्तियो मेरो खल्ती
      एकचोटि भनिदेऊ न
      कहाँ भयो गल्ती ?
      ३,
      नछोपी दाउ चौका
      दिएको भए हुन्थ्यो
      एकचोटि सुधर्ने मौका ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा

      १,
      वातावरण दिवस मनाइयो
      यसो खोस्रेर बिरुवा
      रोप्न उपस्थिति जनाइयो ।

      एउटा बिरुवा रोपियो
      थोरै पानी तुर्क्याएर
      औपचारिक देखाएर छोपियो।

      हराभरा बनोस् जङ्गल
      आगो नलगाऔॅं सुक्खामा
      हुनेछ सबैलाई मङ्गल ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ

      १,
      सधैँ खुसियाली छाउँछ
      मिलन भए परिवारमा
      सुख, शान्ति आउँछ ।
      २,
      तराई, पहाड, हिमाल
      लाग्छ सबैभन्दा राम्रो
      मेरो प्यारो नेपाल ।
      ३,
      जून अनि घाम
      बुबाआमा हुन् मेरा
      जिउँदो देवता चारधाम ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      आनन्द मन घुमेर
      लाउने खाने रमाउने
      फर्की आउँदैन उमेर ।
    • ताराप्रसाद चापागाई, धुनिबेसी

      १,
      दिलको माया दिएको
      हरायौ तिमी कता
      भुल्नको लागि पिएको।
      २,
      जलेर मन मेरो
      तिमी पराई हुँदा
      मर्यो मायाको फेरो।
      ३,
      टनकपुर फेरि रुँदैछ
      सुन्दैन बसेर कुर्सीमा
      विदेशी मालिक हुँदैछ।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा


      एकदिन जान्छ गुड्दै
      नफर्किने समयको गति
      हेर्दाहेर्दै सबै उड्दै।

      नहुने भएछ पुरा
      सोचेको कुरा कहिले
      भएछ सबै अधुरा।

      अन्तैतिर नाता जोडेछौ
      नयाँ भेटेपछि तिमीले
      पुरानो माया तोडेछौ।
    • कला ढकाल, झापा


      सिर्जना गर्ने दिलासा
      प्रचण्ड घामले ततायो
      नवीन बनेन जिज्ञासा ।

      नहुने साथमा सिरानी
      एक्लियो जिन्दगी अचेल
      यस्तै हजारौँ कहानी ।

      बाटोमा बग्दैन सरिता
      अध्ययनबिनाको त्यो साहित्य
      भावमय बन्दैन कविता ।
    • भगवती दवाडी ,झापा

      १,
      हामीले गर्नुपर्छ भर
      जिउँदो भगवान् हुन्
      भन्छन् सबैले डाक्टर।
      २,
      बिरामीको छेउमा आई
      सधैँभरि दिन्छन् शीतल ,
      आफ्नो पीडा लुकाई।
      ३,
      सुख्खालाई बनाउँछन् हरियाली
      जीवन हाम्रो बचाउँने,
      डाक्टर हुन् शक्तिशाली ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा

      १.
      जनता थाङ्नामा सुताउँदै
      झर्ला खाउॅंलाको आशा
      बित्यो पोखेको उठाउँदै ।
      २.
      अर्काको धनमा दसैँ
      किच्च हाँस्दै सहने
      देखी डराउनुपर्छ सधैँ ।
      ३.
      कहानी किन गर्नु
      लाज पचेको देखेर
      हेर्नेलाई लाजले मर्नु ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ


      मन रोयो धेरै
      पुछी दिने छैन
      आँसु गयो खेरै।

      मानिसको असीमित चाहना
      सहजै हुँदैनन् बुझ्ने
      मनभित्रको सही भावना ।

      मौसमले धोका दिॅंदा
      देश शोकमा पर्यो
      मानिसको ज्यान लिॅंदा।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर


      भएन घुमन्ते जीवन
      बनेर यात्रु सधैँलाई
      घुमाउॅंदै हिॅंड्ने रनबन।

      उल्झिन्छन् समस्यमा नाता
      धुमिल हुँदै जान्छन्
      सम्झना ऋणका खाता।

      मानिस भएर जन्मिए
      सैतानको व्यवहार गर्दै
      निर्दोषको रगत पिए।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८


      रातमा आउने पानी
      दिनको चर्को घाम
      धेरैलाई पुर्‍याउने हानी ।

      प्रकृतिले जाल बुनेछ
      सतर्कता अपनाउनु सबैले
      अत्यधिक वर्षा हुनेछ।
    • संगीता खरेल, चन्द्रागिरी 8 काठमाडौं

      १,
      ढुङ्गाको लगाई सिरानी
      आकाश ओढेर सडकमा
      गरिबले बिताउँछ जिन्दगानी।
    • बिके मुखिया, दार्जीलिङ,भारत

      १.
      कोही गल्ती गरेर
      कहिले नमाग्ने माफी
      हाँस्छन् दागा धरेर।
      २.
      भन्छन् बगरको बास
      कुनै उपाय नभएपछि
      साथमा रहेन आस ।
      ३.
      हाडी जस्तो फुट्यो
      सम्बन्ध पनि हजुर
      पुनः चट्याङले कुट्यो।
    • पृथक प्रकृति

      १,
      किन हेरिन्छ माथि
      भूलेको सम्झना कति
      नभन ऐ साथी ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ

      १,
      ईर्ष्या हुँदैन साँच्नु
      रुँदै मर्छ मानवता
      दम्भले हुँदैन बाँच्नु !
      ~ऋजु दिल्पाली, ईटहरी १ सुनसरी

      क/
      छोड्दिन काव्य साधना
      झेल्नु परे पनि
      अनेक खाले सासना l
      ख/
      आएछ कि ह्रासकाल
      सरकार फेर्दाफेर्दै बित्यो
      सरकारको यो साल l
      ग/
      कतै छैनन् सक्षम
      जता हेर्यो उतै
      नेता देखिन्छन् अक्षम l
    • बाबुराम गौतम, गुल्मी

      १,
      लिखित कतिपय अलिखित
      गाउॅंदै जाने यहाँ
      जीवन सङ्घर्षको गीत।
      २,
      जीवन काँडेदार फूल
      सुराक्षित कोही छैन
      मन्दिरमा चढाइन्छ त्रिशूल।
      ३,
      जीवनको अर्थ भेटियो
      लेख्नुथ्यो रहरको कथा
      बगरमा पुगेर मेटियो!
    • बि.कुलुङ, दार्जिलिङ रंगबुल

      १.
      म नयन खोल्छु
      सही तथ्य कुरामा
      अघि सरी बोल्छु ।
      २.
      जहाँ विश्वास हुन्छ
      सदा परस्पर एकार्काको
      मनले मन छुन्छ ।
    • प्रेम थापा “मन”बागलुङ

      (१)
      बनाउॅंछ उसैले मूर्ख
      जसको व्यवहार झुटा
      हार्दछ सत्यवादी तुर्क ।
      (२)
      हुँदैन औषधी मूर्खको
      हरायो पुर्खाको सत्य
      बाहुल्यता छ उसको ।
      (३)
      घोर कलियुग आयो
      आर्जनका झुटो व्यवहारले
      मौलिक युग हरायो ।
    • लोकबहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर ,पर्वत

      १,
      मनको दियो बालेर
      जिउनु छ हाँसीखेली
      दु:ख पीडा फालेर।
      २,
      राम्रो काम गरेर
      जीवन फूलझैँ बनाउनु
      ईश्वरको भर परेर ।
    • वेल थोकर तामाङ, मकवानपुर ,बकैया – ८, बस्तिपुर

      १,
      आफैँले दु:ख पाउॅंछ
      मान्छेको गलत कर्मले
      प्राकृतिक विपत् आउॅंछ ।
      २,
      जीवजन्तु सबै भाग्दछ
      मान्छेको कारणले गर्दा
      जङ्गलमा डढेलो लाग्दछ ।
      ३,
      सर्वश्रेष्ठ प्राणी लेखियो
      धरती बिगार्ने कर्ममा
      मान्छे अगाडि देखियो ।
    • दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर

      १)
      बाहिर फुलबुट्टे झोला
      नवीनता रहेनछ भित्र
      आडम्बरी नबिताऔॅं चोला ।
      २)
      मात्तिएर जवानीको जोस
      विगारी सकिएछ घरबार
      खुल्यो बल्ल होस ।
      ३)
      सबैलाई आफ्नै ठान्छु
      भित्री रहस्य बुझिएन
      बारम्बार धोखा खान्छु ।
    • हिरालाल न्यौपाने, बानपा ८ कोटमौला, सल्यान

      १,
      सधैँभरि दिन्छु साथ
      भन्ने गर्थ्यो तिमी
      छोड्यौ आज हात ।
    • गंगाराम यादव, औरावनी २ सुनसरी

      १.
      प्रचण्ड भैरहेछ गर्मी
      देश द्रोहन गर्नेहरू
      धेरै छन् अधर्मी।
      २.
      अन्याय कति गर्छौ ?
      एकदिन पक्कै तिमी
      कालै नआई मर्छौ ।
      ३.
      नबढाऊ जनतासँग दूरी
      पालो सधैँ नरहला
      किन गर्छौँ चुरीफुरी?
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।

      १.
      सफलताले शिखर चुमेर
      मेहनत गर्नुपर्छ खुसीले
      नहिॅंडौँ अनावश्यक घुमेर।
      २.
      जिन्दगी आउँदैन फर्केर
      त्यसै खेर नफालौँ
      किन हिॅंड्छौ तर्केर ?
      ३.
      मनमुटु जलाई नहिन्नु
      पुर्‍याउॅंछ चिन्ताले चितामा
      आफूले आफैँलाई नचिन्नु।
    • घनश्याम पन्त, हरिवन सर्लाही

      १,
      अनौठो समय साल
      किन प्रत्येकको आँगनमा
      घुमेर आउँछ काल !
    • आर्त अकुलीन


      छोड्दा राम्रो रिसराग
      खानुपर्छ सधैँ हामीले
      तितो करेला, साग ।

      किन लाउनु दोष
      हुनु थियो भयो
      पोख्नु हुन्न रोष ।

      खोज्दैछ यस्तो ठाउँ
      जहाँ बुद्धत्व मात्रै
      बास बसेको गाउँ ।
    • दीपा गुरुङ्ग समभाव, खोटाङ्ग

      (१)
      भोकले मेहनत सिकाउँछ
      मानिसको आचरण हो
      भोगले विलासी बनाउँछ।
      (२)
      राखेर आपसमा भेदभाव
      आफैँलाई महान् ठान्छौ
      कस्तो मानसिक अभाव ?
      (३)
      छुवाछुतले आँखा छोपिन्छ
      तर मतलबका कुरा
      छोएर सुनपानी चोखिन्छ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ

      १,
      विकासले बिनास गर्‍यो
      आज सुख खोज्दा
      ज्यान धरापमा पर्‍यो ।
    • मन्दिरा सेढाई, मलेखु,धादिङ

      १)
      तिमी देशभक्ति कसरी
      सीमा मिचिॅंदा हेर्छौ
      तिमी राष्ट्रघाती यसरी !
    • रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि

      १.
      रित्तियो देशको ढुकुटी
      बाँडीचुँडी सिध्याए सारा
      थन्क्याए बनाई सुकुटी !
      २.
      गर्दैनन् कमाइ धन्दा
      जोहो नगर्ने पशुपक्षी
      सुखी छन् मान्छेभन्दा !
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १)
      जीवन यात्राले थाकेर
      मन छ बिसाउनु
      उमेरले मात्रै पाकेर।
      २)
      भोलि खुसी आउनलाई
      थुप्रै विकल्प थिए
      आफैँभित्र स्वयं रमाउनलाई।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ

      १.
      हातमा बोकेर पारपत्र
      डुल्दै त्यो मरुभूमिमा
      नेपाली परे अलपत्र ।
      २.
      हेर्नुस् हाम्रो समाज
      किन स्वार्थी दुनियाँ ?
      दुःखीको सुन्दैन आवाज ।
      ३.
      हाम्रो देशको शिक्षा
      ठुलाबडाकै गर्छ चाकडी
      कस्तो यो दीक्षा ?
    • दीप गोले तामाङ, चन्द्रपुर -१, पौराई, रौतहट

      १.
      सनातन हिन्दु धर्म
      राम्रो धेरै दर्शन
      बुझ्छ जनको मर्म ।
      २.
      धर्म छोड्ने बानी
      बनायो मान्छे यस्तो
      गर्ने सबै हानी ।
      ३.
      प्रकृति हाम्रो सुर
      हामी देव मान्छौ
      हुँद‌ैन कोही दूर ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची

      १)
      पाइॅंदैन मिलनसार मन
      कलियुगको प्रभाव यस्तै
      सर्वत्र भेटिन्छ दुर्जन।
      २)
      चल्दैन हिजोआज अर्मपर्म
      गाउँघर सहर बन्यो
      हरायो पुराना कर्म।
      ३)
      संस्कृति अनि संस्कार
      खोलाको गीत भयो
      खाए नेपालीले मार।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत

      १.
      लथालिङ्ग बनाए देश
      भ्रष्टाचारी ,जाली नेताले
      हरायो रहनसहन भेष।
      २.
      खुबै फूर्ती लाउँछन्
      भोट माग्ने बेला
      नमस्कार गर्दै आउँछन्।
      ३.
      आफ्नो लागि झुक्छन्
      जनतालाई समस्या पर्दा
      नेता दुलोभित्र लुक्छन्।
    • साबित्री प्याकुरेल, धादिङ

      १.
      उमेर पनि ढल्कियो
      जवानीको रङ्ग सुकेर
      बुढेसकालतिर अब सल्कियो।
      २.
      विश्वास नभएको मन
      हुँदैन कहिले आफ्नो
      अरूले कमाएको धन।
      ३.
      जीवन बगेको खोली
      खेरो नफालौँ व्यर्थैमा
      आउॅंदैन फेरि भोलि।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी दार्जिलिङ

      १,
      एकछिन सोचेर बोल
      होसियार बनी सधैँ
      मनको कुरा खोल ।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी – १६, सुनसरी


      मायाविनाको त्यो पल
      कसिएको कण्ठ जस्तो
      बनाउँछ भाव विह्वल।

      माया गर पवित्र
      माकुराको जालोले जस्तो
      अड्याई राख्छ भित्र।
    • कोपिला अधिकारी, सिरानचोक -७, गोरखा

      १/
      कविता भन्न खोज्दा
      निबन्ध भयो रे
      आफ्नै मन रोज्दा ।
      २/
      भोक लागेको बेलामा
      ढुङ्गो स्वादिलो हुन्छ
      काम गर्ने मेलामा ।
      ३/
      पानीले खोज्दैन रानी
      मात्र खोज्छ तीर्खा
      जीवनको हो खानी ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर

      १,
      सृजना फुलाउने रहरहरू
      काँडा बनी आएपछि
      फैलिए रोगका जहरहरू ।
      २,
      हिजो आहा ! भयो
      आज निर्बल हुँदा
      जीवन निरासिॅंदै गयो ।
    • दुर्गा भट्टराई, मोरङ

      १)
      मनमा शीतल ल्याऊ
      गर्मी पर भगाएर
      स्याउ सधैँ खाऊ ।
      २)
      जङ्गल सबै मासेर
      आँसु लाग्यो पशुको
      रुन्छौ हामी हाँसेर।
    • सविता भट्टराई, जनकपुर

      १,
      सत्य रहेछ सपना
      नब्युउँझिदा सम्म मात्र
      ब्युउँझेपछि भ्रमकै थपना ।
    • सुरेश कार्की, काठ. – ७


      जीवन सत्कर्मले सजाउनु
      आखिर छाडिन्छ संसार
      संस्कृति मिलेर बचाउनु ।

      उदासीमा बज्दैन ताली
      दुःख सहेमा सुख
      प्रभुकै बनौँ माली ।

      बेठिक मजाक उडाउनु ?
      चिन्ता गर्नु व्यर्थ
      बिन्ती सधैँ चढाउनु ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १.
      मिठा गफ गरी
      चौतारीमा सॅंगसॅंगै बसौँ
      अलि नजिक सरी।
      २.
      बगैँचामा सुटुक्क पस्छु
      तिमी आऊ है!
      म कुरी बस्छु।
      ३.
      सुख पाउने रहर
      भाग्य मेरो खोटो
      देख्न पाइन सहर।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं

      १,
      झिल्काको तलतल कस्तो
      सकस परिरह्यो बेस्सरी
      बिहानीको चिया जस्तो।
      २,
      नलेखौँभन्दा पनि नहुने
      अन्य केही लेख्दा
      शब्दले मन नछुने।
      ३,
      झिल्का लेख्दैछु रमेर
      यथार्थ भावहरू खोज्दैछु
      शब्दहरू धेरै गमेर ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा

      १.
      पैसामा जोडिएको नाता
      स्वार्थले भरिएको बोली
      हुन्न अप्ठ्यारोमा छाता।
      २.
      खाइन्छन् झुटा कसम
      बगाउँदै अश्रु धारा
      बिर्सन्छन् आफ्नै खसम।
      ३.
      ओझेल पारिन्छन् सपनाहरू
      खोली घातका पानाहरू
      निचोरिॅंदै मिठा सिर्जनाहरू।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल

      १)
      आयो ऋतु ग्रीष्म
      आकाश धर्ती तातेर
      बन्ने भयो भीष्म ।
      २)
      छैन शीतल कही
      कोठा ओछ्यान तातै
      आउँदा पानीमा रही।
      ३)
      चिसो पानी परे
      शीतल हुन्थ्यो होला
      आकाश धरा भरे ।
    • रसज्ञ छहरा, कावासोती-३ नवलपुर, नेपाल

      १,
      गणतान्त्रिक शासन व्यवस्था
      मन्त्रीमण्डल गठन विघटन
      जनताको उस्तै अवस्था ।
      २,
      जनताको बुझ्दैनन् चाहाना
      पात्र प्रवृत्ति त्यस्तै
      अनेक बनाउँछन बाहाना।
      ३,
      लाग्न छाड्यो आस
      गर्दैनन् काम कसैले
      जनतालाई बनाए निराश ।
    • सतीश पण्डित, भानु – ६, चुँदी तनहू (हाल चनपा ६ मातातीर्थ)

      १,
      सिमसिमे पानी आयो
      साँझपख हेर त
      तनमा सितल छायो ।
      २,
      दिनहरू बितेर जान्छन्
      एकपछि अर्को गर्दै
      मान्छेलाई बुढेसकालतिर लान्छन् ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा

      १.
      मनलाई खुसी राखेर
      गर्नुछ सङ्घर्ष सधैँ
      पुग्नुछ लक्ष्य ताकेर।
      २.
      सोच्दै अगाडि बढेर
      इज्जत पर्छ कमाउनु
      अनगिन्ती अब पढेर।
      ३.
      देशको माया गरेर
      सधैँ अगाडि बढनु
      छाती गौरवले भरेर।
    • दुर्गा आचार्य, मोरङ

      १/
      कतै आगो बलेको
      कस्ले देख्छ यहाँ
      भित्र मुटु जलेको ।
    • शोभा आचार्य गौतम, काठमाडौँ

      १.
      सुन्दर शान्त देश
      मेरो देशमा कसैलाई
      पनि नलागोस् ठेस ।
      २.
      सफलता खोज्ने आस
      चलेको छ घामपानीमा
      मुटु धड्कनको सास ।
      ३.
      सडकमा पानीको काम
      छैन हजुर मजदुरलाई
      काम गर्दा आराम ।
    • श्रीकृष्ण धामी – बझाङ

      १,
      प्रेममा पागल बनेर
      सहर, बजार घुमेछौ
      बाबाआमा बारी खनेर ।
      २,
      बेरोजगार भए बसे
      बिचल्ली परेमा गरिबी
      साधुले खरानी घसे ।
      ३,
      हुँदैन सोचेको कुरा
      पर्खेर बसे परदेशी
      भए लालाबाला टुहुरा ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड


      साथीसँग रमाउने मन
      आज मोबाइलको गेममा,
      समाजबाट टाढिॅंदै जन |

      कस्तो माहोल बनायो
      कोरोना पश्चातको समयले ,
      प्रविधिले आधिपत्य जमायो।

      बन्दैछ मोबाइल आज
      झन् प्रिय पुस्तकभन्दा
      एकलौटी गर्दैछ राज।
    • सुस्मिता अधिकारी ,काठमाडौँ

      (१)
      होइन प्रेमको भिखारी
      स्वार्थमा सम्बन्ध राख्ने
      सम्पतिको औकात निहारी ।
      (२)
      सम्वन्धमा धन हेरिॅंदैन
      आत्मीयता च‍ोखो हुनुपर्छ
      कुनै पर्खालले छेकिॅंदैन ।
      (३)
      सम्झिनेहरूले माया तोडेपछि
      खोजखबर लिनै छोडिदियो
      अर्कैतिर सहयात्रा जोडेपछि ।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ

      १)
      सिॅंढीले उक्लिनु सिकाउँछ
      सागरमाथाको चुचुरा देखाउॅंदै
      सङ्घर्षले सफलता पुराउँछ ।
      २)
      म रोज्छु फूल
      उ रोज्छिन् काँडा
      भँचियो प्रेमको पुल।
    • राजनारायण राई, राजदल बस्ती सोनादह

      १.
      धर्तीमै छ आनन्द
      स्वर्गको कुरा नगरॅौ
      प्रकृतिले दिन्छिन् परमानन्द ।
      २.
      नेता आए घरमा
      आश्वासन दिएर गए
      नबसॅौ यिनका भरमा ।
      ३.
      जनता भोकै राखेर
      आश्वासन मात्रै दिॅंदै
      आए सत्ता चाखेर ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ

      १ ,
      सृष्टि, स्थिति ,संहारको
      मूल मानौँ झिल्का
      सबै चराचर भवको ।
      २ ,
      बुझेर मात्र बालौँ
      उसको गुण जानी
      समयमै बुझी सम्हालौँ ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार


      सजाऔॅं नेपाल हाम्रो
      सबै मिलेर जाऔॅं
      बनाऔॅं सुन्दर राम्रो!

      मेची गण्डकी काली
      सलल पानी बग्छन्
      हामी नेपाली माली।

      हिमाल उच्च हेर
      संसार पर्छ दङ्गै
      सौन्दर्य अति धेर ।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ बजार स्याङ्जा, गण्डकी प्रदेश

      १)
      खोल आफ्नो दृष्टि
      बाली ज्ञानको दियो
      पाउॅंछौ भिन्न सृष्टि ।
      २)
      नगर्नु कसैको हेला
      हात्ती पनि पर्नसक्छ
      हेर कमिलाको फेला ।
      ३)
      फूलसरि बास्ना छर्नु
      हजारौँ चोट सहेर
      पनि परोपकार गर्नु ।
    • रुना कर्माचार्य दाहाल ,चितवन

      १.
      बालबालिका भोलिका कर्णधार
      उचित पालनपोषण दिऔँ
      भविष्य बनाउॅंछन् यादगार ।
      २.
      विभेदको अन्त्य गरौँ
      छोरा छोरी बराबरी,
      समानताको शिक्षा भरौँ ।
    • पुष्पा राई, बादेल, खोटाङ

      १)
      हेरेर घरि जूनलाई
      याद आउॅंछ मायाका
      साटेको मायाको गुनलाई ।
      २)
      मुछिएका यी हातहरू
      रगत र पसिनामा
      मिठा लाग्छन बातहरू ।
      ३)
      आएपछि समस्याको थुप्रोमा
      चाल्नुपर्ने हुन्छ पाउहरू
      लुक्नु हुँदैन झुप्रोमा ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

      १,
      कर्ममा विश्वास गरौँ
      समयको सदुपयोग गर्दै
      जीवन सौन्दर्यले भरौँ ।
      २,
      समयको निरन्तर गति
      पच्छ्याउन प्रयास नगरे
      रोकिन्न कहिल्यै कति ?
      ३,
      विगतको समीक्षा राम्रो
      गर्न कोशिस गरेमा
      भविष्य बन्छ हाम्रो ।
    • जय नारायण नेपाल, इलाम (हाल सूर्यविनायक २ बालकोट भक्तपुर )

      १.
      जीवनमा धोका पाएर
      अर्थ छैन बाँच्नुको
      मर्छु पासो लाएर ।
      २.
      देखाउँदैनन् कसैले चासो
      आफन्तविहीन आफैँ भएपछि
      कसलाई पोखौँ गुनासो ।
      ३.
      ज्यान बलिदान दिएर
      मर्न बेस बाँच्नुभन्दा
      अर्थ छैन जिएर ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौं)

      १.
      कर्मको फल मिठो
      सधैँ दुःखमा रमाउने
      म गाउँले ठिटो ।
      २.
      सङ्घर्षको भारी बोकेर
      पुग्न सकिन्न गन्तव्यमा
      बीचमा पाईला रोकेर ।
      ३.
      दुःखको जङ्घार तरेर
      जिउनुको अर्थ सिकाई
      एकदिन जान्छौँ मरेर ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)

      १.
      फूलको सुन्दरता देखेर
      रमाउन सक्छ मान्छे
      काँडामा पाइला टेकेर ।
      २.
      सङ्घर्षको यात्रा हाम्रो
      यसरी बुझौँ सबैले
      जीवन चल्छ राम्रो ।
      ३.
      कर्मको खेती गरौँ
      पौरखी हातहरू चलाउँदै
      स्वदेशकै लागि मरौँ ।
    • पद्मा काश्यप पाण्डे, मोरङ

      १)
      लाउने खाने उमेर
      खुसीले मानव रमाऊ
      फर्केर आउँदैन घुमेर ।
      २)
      हाम्रो जीवनको भर
      राखेर भक्ति भावना
      मनमा सम्झौँ ईश्वर ।
    • बेदु न्यौपाने

      १.
      सकिए रुख ढलेर
      यस्तै पारा भए
      सकिन्छन् मान्छे जलेर।
      २.
      जङ्गल सबै मासियो
      आधुनिकताको नाउँ लिएर
      प्रदुषणसँग नाता गाँसियो।
      ३.
      बचाउनु विश्वको धन
      सचेत भए आजै
      बाँच्छ हरेक जीवन।
    • विमल खतिवडा माइला, सिलगढी, भारत

      १,
      बाहिरबाट हुँदैछ गोल
      चोक्टा उनैले खान्छन्
      भित्रकाले खान्छन् झोल ।
    • देवी पन्थी

    ::::::::जय झिल्का साहित्य ! ::::::::

    Leave a Reply