साताका उत्कृष्ट झिल्काहरू

  • १६ असार २०८१, शनिबार १०:१० मा प्रकाशित

  • [१]
    १.
    कतै छ पानी
    कतै छ सुख्खा
    मिल्दैन मौसमको भविष्यवाणी ।
    २.
    डुब्न लागिसक्यो घाम
    महिना छ असारको
    आली हिलोको काम ।
    ३.
    समय आफैँले छोप्नुपर्छ
    पर्खँदैन कसैलाई यसले
    समयमा धान रोप्नुपर्छ ।
    ✍️

    सतीश पण्डित

    [२]
    १.
    सुधारौँ आफ्नो बानी
    अरूको क्षति चाहँदा
    आफ्नै हुन्छ हानी ।
    २.
    सधैँ नम्र बोल्नू
    रुखो बोलेर हुँदैन
    बोलीमा मह घोल्नू ।
    ३.
    आफ्ना लागि बाँच्नू
    अरूको पिर नगरी
    आफ्ना खुसी साँच्नू ।
    ✍️
    काजल न्यौपाने

    भोजपुर।

    [३]
    १.
    असारे राेपाइँ गरेर
    सबै किसान मिली
    राखौँ अन्न भरेर ।
    २.
    प्लास्टिकले शरीर छाेपौँ
    असार पन्ध्रमा रमाउँदै
    छुपुछुपु धान राेपौँ ।
    ३.
    असारे गीत गाएर
    काम गरौँ खेतमा
    अचार राेटी खाएर ।
    ✍️
    रबि पाैडेल

    दक्षिण भारत

    One thought on “साताका उत्कृष्ट झिल्काहरू

    1. Just wish to say your article is as surprising The clearness in your post is just cool and i could assume youre an expert on this subject Fine with your permission allow me to grab your RSS feed to keep updated with forthcoming post Thanks a million and please keep up the enjoyable work

    Leave a Reply