
साताका उत्कृष्ट झिल्का कविताको १८औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १८ का लागि झिल्काकारत्रय म्यामराज राई, बेदु न्यौपाने र राजेन्द्रप्रसाद भुसालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
———<•>———
[१]
राजनीतिले खेलाउॅंछ खेल
छिर्के लाग्दै, लगाउॅंदै
खोजिन्छ बेमेलभित्र मेल ।
[२]
झुण्डको झन्डा बोकेपछि
आँखा टालिन्छ गुनको
देशको झन्डा बिर्सेपछि ।
[३]
चालकले चलाखीपूर्ण नचलाए
गाडी दुर्घटनामा पर्छ
जथाभावी मन बहलाए ।
✍️
म्यामराज राई, भोजपुर
———<•>———
[१]
जनतामा गराए भ्रान्ति
सबैमा कलह उदायो
देशमा भएन शान्ति ।
[२]
मानवता कतै भएन
गरेनन् विकास देशको
स्वधर्ममा कोही गएन ।
[३]
लाउने खाने उमेर
आनन्द खुसीले रमाउँ
फर्केर आउँदैन घुमेर ।
✍️
बेदु न्यौपाने
———<•>———
[१]
राज्य सञ्चालन विधि
राजनीति तथा शासन
जाेगाउनु राष्ट्रकाे निधि ।
[२]
सर्वत्र सत्ताकाे माेहो
गर्न गाह्रो जनतालाई
बिहान बेलुका जाेहो ।
[३]
राजनीति गर्ने नेता
लाग्याे सधैँ दाग
भएनन् कहिल्यै सेता ।
✍️
राजेन्द्रप्रसाद भुसाल
———<•>———
