
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव आएका सल्यान शारदा नगरपालिका ४ साहुटोला निवासी २२ बर्षीय रूपसिंह यारिको कामकै सिलसिलामा दुर्घटनामा परी मृत्यु भएको छ ।
नुरा मुतायरी कन्ट्रयाक्टटिङ कम्पनीमा सफाई कर्मचारीको रूपमा चार महिना अगावै साउदी अरब आएका रूप सिङ यारीको घरमा सानै उमेरमा आमाले उनी र दिदीलाई छोडी गएपछि बाबाको साथमा केही वर्ष बाल्यकाल बितेको थियो। तत्पश्चात बाबाले पनि अचानक एकदिन दुवै भाइबिनालाई छोडे लापत्ता भएबाट उनी आफ्नो काकाबाउ को घरमा बसी स्कुले जीवन पश्चात् सुन्दर भविष्यको कल्पना गर्दै साउदी अरब आएका थिए।
तर गत शुक्रबारको दुर्घटनाले उनको सबै सपना तुहाइदियो ।
नेपाली दूतावास साउदी अरबका द्वितीय सचिव टिकाराम उपाध्यायले जानकारी गराए अनुसार शुक्रबारको घटनामा उनको मृत्यु भएको र सवलाई घर पठाउन दूतावासले छिटो छरितो तरिकाले प्रोसेस अगाडि बढाउने जानकारी गराउनुभयो।
