विशेष झिल्का लेखन अभियानको १७औँ शृङ्खला ( रक्तदान विषयक) सम्पन्न

  • १ असार २०८१, शुक्रबार १९:४५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १७ औँ शृङ्खला (रक्तदान विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    पुण्यको कर्म महान
    जिन्दगी बचाउन कसैको
    गरौँ नित्य रक्तदान ।
    २//
    मान्नुहुँदैन कुनै डर
    भइन्नँ कमजोर, रोगी
    बन्छ रक्त निरन्तर ।
    ३//
    आँखाबाट आँसु नझरून्
    पाऊन् पीडितले रक्त
    अभावले कोही नमरून् !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    रक्तदान महादान गरौँ
    बिरामीलाई बचाई अब
    स्वर्गको बाटो तरौँ ।
    २//
    डर किन लिने ?
    मर्न लागेको बिरामी
    बचाउन रगत दिने ।
    ३//
    रक्तदान पुण्यको काम
    गर्नु कर्तव्य हाम्रो
    रहनेछ असल नाम ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ————-==———–
    [३]
    रत्तदान सबैले गरौँ
    सबैभन्दा ठूलो धर्म
    गर्न पछि नपरौँ ।
    ✍️
    कला ढकाल झापा
    ————-==———–
    [४]
    १//
    मैले बिन्ती गर्दछु
    पुण्य मिल्छ जानेर
    रक्तदान गराैँ भन्दछु ।
    २//
    नराखी कुनै अभिमान
    साेचेर हित अरूको
    मासिक गराैँ रक्तदान ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ————-==———–
    [५]
    १//
    रक्तदानले जीवन बचाउँछ
    पुण्य मिल्दछ सत्कर्मले
    रगतले जीवन पाउँछ ।
    २//
    रक्तदान कार्य महान
    आनन्द मिल्दछ मनमा
    रोगीले पाउँछ जीवनदान ।
    ✍️
    भाेलामान बर्देवा
    धरान ८ सुनसरि
    ————-==———–
    [६]
    १//
    काम गरौँ महान
    सबैजना एकजुट भई
    गरेर अमूल्य रक्तदान ।
    २//
    दिउँ आलो रगत
    बाँच्न सकोस् आरामले
    हेर्दै संसार जगत ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    [७]
    १//
    मान्छे हुन्छ महान
    सघाउन अप्ठ्यारोमा परेकालाई
    सबैले गरौँ रक्तदान ।
    ✍️
    शंकर कार्की, मकवानपुर ।
    ————-==———–
    [८]
    १//
    रक्तदान जीवनकै दान
    पुण्य मिल्छ ठूलो
    कमजोरीको हुँदैन भान ।
    २//
    रगत हुन्छ रातो
    दान गर्दा उत्तम
    यसैमा छ सातो ।
    ✍️
    दीपा गुरुङ्ग (समभाव)
    खोटाङ्ग
    ————-==———–
    [९]
    १//
    रक्तदानले जीवन बाँच्छ
    मनमा शान्ति लिई
    निरोगी भएर नाँच्छ ।
    २//
    थोपा रगत भए
    बिरामी उपचार छैन
    गरिबी धेरै सहे ।
    ✍️
    अम्विका अधिकारी
    झापा बिर्तामोड
    ————-==———–
    [१०]
    खुसी बाँडेर जिऔँ
    हामीले रक्तदान गरेर
    कसैको घाउ सिऔँ ।
    ✍️
    पृथक प्रकृति
    ————-==———–
    [११]
    १//
    सेवा ठूलो धर्म
    गरौँ रक्तदान खुसीले
    बुझौँ सबैको मर्म ।
    २//
    नहोस् अभाव रगतको
    रक्त संकलन केन्द्रमा
    भलो होस् जगतको ।
    ३//
    सक्छौ बन्न जीवनदाता
    गरेर रगतको दान
    खोलौँ पुण्यको खाता ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ————-==———–
    [१२]
    १//
    रक्तदान नै जीवनदान
    गराैँ सहयोग सबैले
    कसैलाई नहाेस् भान ।
    २//
    राताे रगत हुन्छ
    सहयोग गरियाे भने
    मानिसको मन छुन्छ ।
    ३//
    रक्तदानकाे बानी बसालाैँ
    सबैलाई काम लाग्ने
    ठाउँमा रगत खसालाैँ !
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि
    ————-==———–
    [१३]
    १//
    भविष्य हुन्छ साकार
    रक्तदान काम राम्राे
    जीवनले लिन्छ आकार ।
    २//
    गर्नुपर्छ यस्ताे धर्म
    हुन्छ पुनर्जन्म जनको
    बुझ्नुपर्छ मानवीय मर्म ।
    ३//
    रक्तदान ठूलाे कर्म
    अभावमा दिनु सबै
    हुँदैन मान्नु सर्म ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [१४]
    सके गरौँ रक्तदान
    मानवधर्म हो ठूलो
    यहीँ हुनेछ सान ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ————-==———–
    [१५]
    १//
    गराैँ सबैले रक्तदान
    सबैले बुझेर राखाैँ
    मान्छे हुन्छ महान ।
    २//
    यहीँ सबैकाे सान
    मानव सेवा गरेँ
    हुँदैन दुःखकाे भान ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    ————-==———–
    [१६]
    सकेसम्म गर्नुस् रक्तदान
    हजुरको सानो सहयोगले
    बाँच्नेछ कसैको ज्यान !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ————-==———–
    [१७]
    १//
    गराेैँ सहर्ष रक्तदान
    बुझेर सबैकाे मर्मलाई
    काम हुन्छ महान ।
    २//
    जीवनकाे गति बुझेर
    बचाउनु पर्छ बिरामी
    अमूल्य रक्तदान गरेर ।
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    ————-==———–
    [१८]
    १//
    रक्तदान महान धर्म
    अरूको ज्यान बचाउँदै
    सुधारौँ आफ्नो कर्म ।
    २//
    थोपा थोपा रगतको
    महत्व हुन्छ रोगीलाई
    कल्याण हुन्छ जगतको !
    ३//
    आवश्यकतामा रक्तदान गरेर
    हुन्छ उपचार रोगीको
    जाँदैन कोही मरेर ।
    ✍️
    मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [१९]
    १//
    हामीले गरौँ रक्तदान
    भनिन्छ जीवनदान हो
    दानीलाई गरौँ सम्मान ।
    २//
    रहौँ सजग पनि
    बेच्न नपाओस् रक्त
    बन्नलाई कोही धनी ।
    ३//
    दिउँ आवश्यक मानिसलाई
    नि:शुल्क सहयोग हामीले
    गर्नुपर्छ मानवता जगाई ।
    ✍️
    सुरेशकुमार पाण्डे, दाङ घोराही १८
    ————-==———–
    [२०]
    १//
    काम पवित्र महान
    देशले सम्झिने गरी
    मान्छेले गरून् रक्तदान ।
    २//
    सबैले बुझौँ मर्म
    जिन्दगीको हरेक क्षणमा
    सेवा ठूलो धर्म ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    [२१]
    १//
    मानवीय पुण्यकर्म ठान
    मानिसको जीवन बचाउने
    उत्तम महादान रक्तदान !
    २//
    अपार दानको महिमा
    रक्तदानमा स्थापित भए
    बढ्छ मानवीय गरिमा ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    [२२]
    गरौँ मिली रक्तदान
    भगवानको रुप बनी
    हुन्छौँ अनि महान ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    ————-==———–
    [२३]
    १//
    जीवदान हो रगत
    निरन्तर गरौँ सेवा
    विश्वासमा चल्छ जगत ।
    २//
    छैन अरू कुनै
    रगतको दानभन्दा उत्तम
    गर दान जुनै ।
    ३//
    अर्काे छैन जीवनदान
    हुन्छ धर्म ठूलाे
    रक्तदान कार्य महान ।
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [२४]
    १//
    पुण्यको कर्म रक्तदान
    मानवताको भावना रहोस्
    सामाजिक सेवा महान ।
    २//
    रक्तदानभन्दा ठूलो दान
    अरू छैन केही
    पुण्य अनि महान ।
    ३//
    दिनुपर्छ समयमा अवदान
    रक्तदान अमूल्य मानवमा
    समय रहेछ बलवान ।
    ✍️
    दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
    ————-==———–
    [२५]
    १//
    रक्तदान महान काम
    सबैले रक्तदान गरौँ
    रक्तसंचार नडराई जाम ।
    २//
    रक्तदान रेडक्रसमा गई
    महिला पुरुष सबैले
    रक्तदानमा सहभागी भई ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [२६]
    जसले गर्छ रक्तदान
    सहयोग नै मानवताको
    त्यो हो महान ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [२७]
    १//
    धर्मकर्म हो महान
    बाँचौ अनि बचाऊ
    दिएर थोपा रक्तदान ।
    २//
    थोपा थोपा रगतको
    महादान सँधै विश्वलाई
    खाँचो हुन्छ मद्दतको ।
    ३//
    गाउँ, सहर जागौँ
    मान्छेमा चेतना जगाउँदै
    पुण्य कर्मतिर लागौँ ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    [२८]
    सबैले गरौँ रक्तदान
    स्वस्थ राखौँ शरीरलाई
    पाइन्छ सबैको सम्मान ।
    ✍️
    धड्कन जैशी, अछाम
    ————-==———–
    [२९]
    १//
    सुन्दर कार्य रक्तदान
    ठूलो काम संसारकै
    कर्म पुण्य महान ।
    २//
    गरौँ सबैले रक्तदान
    सधैँलाई जीवित बन्ने
    नाम उच्च सम्मान ।
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा गण्डकी प्रदेश
    ————-==———–
    [३०]
    १//
    मिलेर सहयोग गरौँ
    काम गर तिमी
    यसको परिभाषा भरौँ ।
    २//
    रङ्ग लागेको सपना
    कति ठूलो मन
    कहिले होला थपना
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ————-==———–
    [३१]
    १//
    रक्तदान दिने कर्म
    दुविधामा नपरी गरौँ
    यही मानव धर्म ।
    २//
    रक्तदानमा अघि सरौँ
    थोरै भए पनि
    हजुर मानवसेवा गरौँ ।
    ३//
    रक्तदान हो महादान
    ज्यान बचाए कसैकाे
    पाइन्छ ठूलो सम्मान ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    [३२]
    १//
    हामीले गरेमा रक्तदान
    पलाउॅंछ रगत अझै
    यसबाट हु्न्न नोक्सान ।
    २//
    रक्तदान हो जीवनदान
    पुण्यकर्म यही भन्दै
    चलाऊॅं सबैले अभियान ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [३३]
    १//
    हामी मानव महान
    बुझेर मर्म सबैको
    गरौँ सबैले रक्तदान ।
    २//
    पुनर्जीवन पाउनेछ
    एक थोपा रगतले
    ओठमा खुसी छाउनेछ ।
    ३//
    गरेर ठूलो धर्म
    रक्तदान गरौँ साथी
    बुझेर सबको मर्म ।
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर ,बकैया_८//बस्तिपुर
    ————-==———–
    [३४]
    मानव हामी समान
    मर्नु नपरोस् अकालमा
    गरौँ सबैले रक्तदान ।
    ✍️
    सरिता सेढाई धादिङ
    ————-==———–
    [३५]
    दिएमा हामीले रगत
    ज्यान बच्छ बिरामीको
    निरोगी हुन्छ जगत ।
    ✍️
    बाबुराम पाण्डे
    ————-==———–
    [३६]
    १//
    कसैको बाँच्छ ज्यान
    आउनुहोस् गरौँ सबैले
    मिलेर यहाँ रक्तदान ।
    २//
    बुझौँ सबैको मर्म
    रक्तदान गर्नु पनि
    हो हाम्रो धर्म ।
    ३//
    हाँस्दै गाउँदै रमाऔँ
    सबैलाई सहयोग गरेर
    हामी पुण्य कामाऔँ ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [३७]
    १//
    सबै गरौँ रक्तदान
    हुन्छ काम पुण्यको
    मिल्छ है मानसम्मान ।
    २//
    कोही छैन पराइ
    रगत सबको एक
    हातमा हात समाई ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    [३८]
    १//
    त्यही हुनेछ महान
    जीवन दिन्छ अरूलाई
    गरेर रगतको दान ।
    २//
    एक पोका रगतले
    जीवित रहे कोही
    जयकार गर्छ जगतले ।
    ३//
    पाउँदा कतै अवसर
    रक्तदान गरौँ सबैले
    आशिर्वाद पाउँछौँ जीवनभर ।
    ✍️
    नन्दा धामी
    नौगड, दार्चुला
    ————-==———–
    [३९]
    १//
    राम्रो उत्कृष्ट कर्म
    रक्तदान मानवजातिको निम्ति
    पुण्य अनि धर्म ।
    २//
    दिएर घट्दैन कहिले
    रगत हाम्रो शरीरको
    गरौँ पुण्य पहिले ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    ————-==———–
    [४०]
    १//
    कर्मले बनौँ महान
    अमूल्य जीवन हाम्रो
    गरौँ स्वस्फूर्त रक्तदान ।
    २//
    बुझेर बिरामीको मर्म
    रक्तदान गरेमा सधैँ
    हुनेछ पुण्य, धर्म ।
    ३//
    मृत्युको मुखबाट बचाओैँ
    रक्तदान धर्म ठानी
    बिरामीको परिवार हसाँओैँ ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [४१]
    १//
    रक्तदान जीवनदान
    ज्यान बचाऔ अरूको
    गरी कर्म महान ।
    २//
    सकुन्जेल गरौँ रक्तदान
    धर्म एक बुझी
    रहोस् सुकर्मको भान ।
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा
    ————-==———–
    [४२]
    गरौँ सबैले रक्तदान
    जीवन बन्दछ अजम्मरी
    सत्कर्म सधैँ जान ।
    ✍️
    तेजप्रसाद खनाल, लमही,दाङ।
    ————-==———–
    [४३]
    बाँच्छ कसैले ज्यान
    मनमा सङ्कोच नलिई
    सबैले गरौँ रक्तदान ।
    ✍️
    प्रविना प्रयासी
    ओखलढुङ्गा
    ————-==———–
    [४४]
    १//
    एउटै रगतको मानव
    रक्तदानको भागीदार बनौँ
    हटाई मनको दानव ।
    २//
    सत्कर्मको काम गरौँ
    मानवताको ह्रदय बोकी
    सुबिचारले आफूलाई भरौँ ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    [४५]
    मानव मन टल्कियोस्
    रक्तदान गरेर सधैँ
    सेवा गर्न पल्कियोस् ।
    ✍️
    पशपती राई, खोटाङ ।
    ————-==———–
    [४६]
    १//
    नगरौँ कहिल्यै धुम्रपान
    राखेर जीवन निरोगी
    गरौँ सबैले रक्तदान !
    २//
    एकदिन सबैले मर्नुछ
    कर्म सम्झेर मानवताको
    खुसीले रक्तदान गर्नुछ ।
    ३//
    बचाऔँ आफू बाँचेर
    क्षणभङ्गुर छ जीन्दगी
    केही जादैन साँचेर ।
    ✍️
    ऋजु दिल्पाली, ईटहरी १ सुनसरी
    ————-==———–
    [४७]
    १//
    रक्तदान कार्य महान
    जोगाए ज्यान कसैको
    पाइन्छ जीवनभर सम्मान ।
    २//
    गरौँ सबैलाई मद्दत
    सकिँदैन दिएर कहिले
    हाम्रो शरीरको रगत ।
    ३//
    रक्तदान सबैले गरौँ
    असल कर्म ठानी
    हामी अघि सरौँ ।
    ✍️
    रुना कर्माचार्य दाहाल, चितवन
    ————-==———–
    [४८]
    १//
    गरौँ सबैले रक्तदान
    जिताउन मुखबाट मृत्युको
    पाउनेछ उसले जीवनदान ।
    २//
    स्वच्छ पानी पिएर
    महान कार्य गरौँ
    रगतलाई दान दिएर ।
    ३//
    मर्नेछौँ सबै एकदिन
    छैनन् अजम्बरी कोही
    सेवा गरौँ हरदिन ।
    ✍️
    दीप गोले तामाङ
    चन्द्रपुर-१, रौतहट
    ————-==———–
    [४९]
    १//
    गरेको राम्रो रक्तदान
    दु:खमा सहयोग गर्ने
    व्यक्ति सबै महान ।
    २//
    एकथाेपा रगत भए
    मानवको बन्छ महान
    सेवा गर्दै गए ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [५०]
    १//
    रक्तदान सबैले गरौँ
    एकअर्काको सेवा गर्न
    सधैँ अगाडि सरौँ ।
    २//
    रक्तदान ठूलो धर्म
    बचाउन ज्यान अर्काको
    गरौँ राम्रो कर्म ।
    ३//
    रगत नपाएर जहाँ
    कतिका ज्यान जान्छ
    रक्तदान गरौँ यहाँ ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    [५१]
    १//
    बाँच्न चाहिने रगत
    रक्तदान धर्म ठूलो
    बचाउँछाै हामी जगत ।
    २//
    धन भुटेकाे खाजा
    रक्तदान गर्न नडराओैँ
    जीवनदान ठूलाे राजा ।
    ३//
    रक्तदान पुण्यकाे बाटाे
    पाउछ बिरामी बेलैमा
    बेतुक धनसम्पत्तिकाे साटाे ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, काेटमाैला सल्यान
    ————-==———–
    [५२]
    बाँच्छ बिरामीको ज्यान
    मनमा सङ्कोच नलिई
    सबैले गरौँ रक्तदान ।
    ✍️
    प्रविना प्रयासी
    ओखलढुङ्गा
    ————-==———–
    [५३]
    १//
    सबै सहयोगी बनौँ
    रक्तदान जीवनदान हो
    सबैलाई यही भनौँ ।
    २//
    रक्तदान सबैले गरौँ
    पीडामा पीडा साटेर
    एकअर्कामा खुसी भरौँ ।
    ३//
    आफ्नो नहुँदा धन
    सहयोगी भावना भएको
    होओस् हाम्रो मन ।
    ✍️
    ललिता गिरी सिन्धुली
    हाल काठमाडौं 🇳🇵
    ————-==———–
    [५४]
    १//
    रक्तदान जीवनमा महादान
    गरिबको सेवामा लागौँ
    रक्तदान सबैको सम्मान ।
    २//
    रक्तदान नै जीवनदान
    मानवको ठूलो धर्म
    रक्तदान हो महान ।
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    [५५]
    १//
    सबैको गरौँ सम्मान
    जीवन बचाउन कसैको
    ठूलो सेवा रक्तदान ।
    २//
    जिन्दगीको सागर तर्नलाई
    दुनियाँको हुन्छ ईच्छा
    आऊ केही गर्नलाई ।
    ३//
    शुद्ध खाऊ खानपान
    कसैको सेवा सम्झी
    खुसीले गरौँ रक्तदान ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ————-==———–
    [५६]
    १//
    रक्तदान हो महादान
    सङ्कलन केन्द्रमा जाऔँ
    चलाएर बृहत् अभियान l
    २//
    बाँच्छ कसैको ज्यान
    मानवता जताउँदै गरौँ
    निसङ्कोच भएर रक्तदान l
    ३//
    रक्तदानले असर गर्दैन
    परमर्म बुझ्ने मान्छे
    मरेर पनि मर्दैन l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [५७]
    १//
    रक्तदान गर्ने महान
    दिन्छन् जीवन जसले
    उसको हुन्छ मान ।
    २//
    नयाँ जीवन पाएर
    खुसी हुँदै उसले
    रक्तदान गाथा गाएर ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ————-==———–
    [५८]
    दम्भले सत्कर्म छुँदैन
    अकस्मात् परिन्छ बिरामी
    रक्तदानमा हट्नु हुँदैन ।
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २देउपुर पर्वत्
    ————-==———–
    [५९]
    १//
    रक्तदान भन्छन् जीवनदान
    गर्छ रक्तदान जसले
    पाउँछ उसले सम्मान ।
    २//
    रक्तदान महान दान
    हुँदा कमी रगतको
    दुखी हुन्छ ज्यान ।
    ३//
    रगत जीवनको धन
    चल्दछ रगतको भरमा
    हाम्रो मुटुको धड्कन ।
    ४//
    चल्दैन जीवनको गति
    कमी हुँदा रगतको
    पुर्‍याउँछ जीवनकै क्षति ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मतातीर्थ
    ————-==———–
    [६०]
    १//
    ठूलो दान रक्तदान
    कर्म गरौँ पुण्यको
    भइन्छ हेर महान ।
    २//
    जीवन बाँच्छ कर्मले
    उद्धार मनले दिउँ
    बुझाउँछ मानव धर्मले ।
    ✍️
    हन्नाह छेत्री
    ————-==———–
    [६१]
    १//
    धर्म हाे रक्तदान
    गर्नुपर्छ अरूलाई नि
    भलाइ हुने जीवनदान ।
    २//
    पाएर पनि फगतमा
    मरिलानु के छ
    रक्तदान गर जगतमा ।
    ३//
    शिर, पाउ, काया
    सबैतिर सर्छ रगत
    नभए हुन्न माया ।
    ✍️
    मनुहाङ किराँती साेलु
    ————-==———–
    [६२]
    १//
    गराैँ सबैले रक्तदान
    गरेर नित्य मानवसेवा
    पाओैँ धेरै सम्मान ।
    २//
    हटाओैँ दु:ख मानवकाे
    असल काम गरेर
    छाैडाैँ व्यवहार दानवकाे ।
    ३//
    थाेपा रगतले कसैलाई
    ज्यान बचाउन सक्छ
    आह्वान गराैँ सबैलाई ।
    ✍️
    रामप्रसाद पुरी, बादेल,खाेटाङ ।
    ————-==———–
    [६३]
    १//
    मानवधर्म यो निभाऔँ
    ज्यान बच्छ कसैको
    रक्तदान गर्न जाऔँ ।
    २//
    विचार राखौँ महान
    जिन्दगी बचाउन लागौँ
    गरौँ सबैले रक्तदान ।
    ✍️
    अनिता कार्की
    पाँचथर
    ————-==———–
    [६४]
    १//
    बनाैँ हामी दानी
    चार महिना पुगेपछि
    गरौँ रक्तदान जानी ।
    २//
    रक्तदान सबैले गराैँ
    अरूकाे ज्यान बचाएर
    मनमा खुसी भराैँ ।
    ३//
    तेइसाैँ पटक दिएँ
    रगत दिँदा मज्जा
    मैले भरपुर लिएँ ।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    कपिलवस्तु जीतपुर
    ————-==———–
    [६५]
    १//
    मठमन्दिर धाउनु पर्दैन
    गरेमा रक्तदान जीवनमा
    हाम्रो योगदान मर्दैन ।
    २//
    देखाउन लेखाउन नखोज
    पुण्य कमाउनुपर्छ हामीले
    मानवता बाहेक नरोज ।
    ३//
    जीवनमा धर्मकर्म गर्नैपर्छ
    संसार केवल नाट्यशाला
    भवसागर हामीले तर्नैपर्छ ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ————-==———–
    [६६]
    १//
    सकिँदैन रगत दिएर
    केवल बन्छ आहारविहारले
    जाँदैन शरीर खिएर ।
    २//
    रक्तदानले हुन्छ जीवनदान
    बाँच्छ अर्को भने
    दिन सङ्कोच नमान ।
    ३//
    सृष्टिका अनमोल रत्न
    अकस्मात् पर्छन् पीडामा
    उठाउन गरौँ प्रयत्न ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ————-==———–
    [६७]
    १//
    बचाउँ मानवले मानव
    मित्र सम्झी सबै
    बसाउँ सुन्दर भव ।
    २//
    गराैँ रक्तदान सबले
    आपसमा हामी मिलेर
    सेवा गर्नु तनमनले।
    ✍️
    हरिगाेपाल न्हुन्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ————-==———–
    [६८]
    १//
    ठूलो कर्म जीवनदान
    मर्न आँटेकालाई बचाउने
    त्यत्तिकै ठूलो रक्तदान ।
    २//
    दानलाई स्थिरता चाहिन्छ
    निस्वार्थ कर्म गरे
    सुफल अवश्य पाइन्छ ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    ————-==———–
    [६९]
    १//
    जीवनको सुरक्षा गर्छ
    राखेर सहयोगी भावना
    हामीले रक्तदान गर्नुपर्छ ।
    २//
    खुसीमा मन रुँदैन
    रक्तदान धर्म हो
    यसमा भेद हुँदैन ।
    ३//
    कसैको जीवन बचाउन
    तुच्छ वचन पनि
    हामीले सक्नुपर्छ पचाउन ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत
    ————-==———–
    [७०]
    १//
    मनुष्य चोला उपहार
    नसोचौँ कुभलो कसैको
    सहयोग ठूलो उपकार ।
    २//
    बाँच्दछ प्राणी रगतले
    अरूको जीवन बचाउँदा
    पुज्दछ सारा जगतले ।
    ३//
    रगतको मूल्य अमूल्य
    रक्तदान गरे अरूलाई
    जीवन बन्छ मातृतुल्य ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    [७१]
    रक्तदान नै जीवनदान
    चालाैँ अभियान सबैले
    धर्म मिल्छ महान ।
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक -७ गाेरखा
    ————-==———–
    [७२]
    १//
    पुण्यका लागि दान
    सबैले महत्त्व बुझाैँ
    उत्तम हो रक्तदान ।
    २//
    गरेर असल कर्म
    रक्तदान जीवनदान जानी
    कमाउँ मिलेर धर्म ।
    ३//
    मिल्नेछ मीठो मेवा
    नियमित रक्तदान गरी
    गर्नुछ मान्छेको सेवा ।
    ✍️
    जयनारायण नेपाल
    ————-==———–
    [७३]
    निरन्तर रक्तदान गरौँ
    स्वस्थ व्यक्ति सबैले
    पीडितमा खुसी छरौँ ।
    ✍️
    पुष्पा राई
    ऐसेलुखर्क, खोटाङ ।
    ————-==———–
    [७४]
    १//
    अकालमा जाँदैन ज्यान
    प्रष्ट पाएमा हामीले
    चाहिने जति रक्तदान ।
    २//
    दुखीको दुःख हरौँ
    पुण्य कार्य मानिन्छ
    रक्तदान गर्ने गरौँ ।
    ३//
    सेवा नै धर्म
    पुण्य मिल्छ सधैँ
    गरे राम्रो कर्म ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Leave a Reply