
झिल्का लेखन अभियानको १६ औँ शृङ्खला (बाबुआमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>—————
[१]
१//
रहन्छ हरकुराको सामा
सन्तानका खातिर सदैव
भगवान् हुन् बाबुआमा !
२//
काटेर आफ्नो गाँस
पेट भर्छन् सन्तानको
मारेर सधैँ भोकप्यास !
३//
हरठाउँ ईश्वरको सामा
स्वर्गमा देवराज इन्द्र
धर्तीमा छन् बाबुआमा !
✍️
वसन्त अनुभव
घोराही, दाङ
————-==———–
[२]
यिनै हाम्रा संसार
जन्माएर हुर्काउने बढाउने
जीवनमा नमानिकन हार !
✍️
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
————-==———–
[३]
१//
हुर्काउनुहुन्छ दु:ख गरी
भाेकाे नराखी गर्नुहुन्छ
काम मरी मरी !
२//
कठिन दु:ख गरेर
बाबा पढाउनुहुन्छ हामीलाई
स्कुलको फी भरेर !
३//
आमाबाबु भगवान्का रूप
नबनाउँ कसैले पनि
जलाई नैवेद्य धूप !
✍️
रबि पाैडेल
दक्षिण भारत पाण्डेचरि ।
————-==———–
[४]
१//
पूजनीय पिता माता
धर्तीमा पाइला टेकाउने
हामी सबका विधाता !
२//
जतिसुकै गरोस् हङ्गामा
बदला लिँदैनन् कहिल्यै
सन्तति माथि बाबुआमा !
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
————-==———–
[५]
नभुलाैँ कहिल्यै सुसंस्कार
बाआमाकाे महानता भुल्दै
गर्नु हुन्न तिरस्कार ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी, धादिङ
————-==———–
[६]
१//
भगवान् जस्तै बाबुआमा
सन्तानको पीर बोकी
कहिल्यै नथाक्ने पीडामा !
२//
आफू नखाई खुवाउने
सन्तानप्रतिको अगाध माया
सधैँ श्रमले नुहाउने !
३//
प्रेमको निशानी सन्तान
हुर्किन्छ झन बढ्दै
समयको गति बलवान !
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा
————-==———–
[७]
१//
लगाउन दिई जामा
जन्माई हुर्काइ बढाउने
भगवान् हुन् बाबुआमा !
२//
दिनुपर्छ हामीले साथ
अशक्त भएको बेला
राखेर पाउमा माथ !
३//
सबै मिल्नेछ खोजेमा
शक्तिमा हुँदा आफू
तर मिल्दैन बुवाआमा !
✍️
दुर्गा भट्टराई
मोरङ
————-==———–
[८]
आमा, बाबा हाम्रा
तारा दुई आँखाको
धेरै प्यारा राम्रा !
✍️
कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा
————-==———–
[९]
आमाबाबा भन्दा ठूलो
कुनै भगवान् हुन्नन्
सन्तान पाउको धुलो !
✍️
विवश पारदर्शी
झापा
————-==———–
[१०]
१//
देश नबनी हुँदैन
बाआमा पाल्ने कुरा
करकापमा परी हैन ।
२//
हटाउन यो सामन्तवादलाई
शोषणबाट मुक्त गराऔँ
सम्पूर्ण हाम्रा बाआमालाई !
३//
लागे सहिदहरू अतितबाट
व्यर्थ भए प्रयासहरू
रेमिट्यान्सै चाहियो विदेशबाट !
✍️
लोक वहादुर छेत्री लामिछाने
मोदी गा पा २ देउपुर, कल्याणठाना, पर्वत
————-==———–
[११]
१//
आफ्नो संस्कार भुलेर
हिँड्नु हुँदैन कहिल्यै
नराम्रो काममा डुलेर !
२//
बाआमालाई माया गर
सन्तानलाई सहारा भनी
परेका हुन्छन् भर !
३//
आफ्नो सन्तानको लागि
आफू भोकै बसेर
बरु खुवाउँछन् मागी !
✍️
ललिता गिरी
सिन्धुली, हाल काठमाडौँ 🇳🇵
————-==———–
[१२]
जन्माउने हुर्काउने राम्रा
जन्मदाता महान् छन्
जिउँदा भगवान् हाम्रा !
✍️
आर्त अकुलीन
————-==———–
[१३]
१//
भविष्य सन्तानको उज्यालो
आफूलाई रित्याउने विधाता
वृद्धवृद्धाको पन्यालो तुवालो !
२//
वृद्धाश्रमले मन चुँडिन्छ
सन्तानको खुसीको डोकोले
अन्धकारमय भविष्य किन्छ ।
३//
जीवनमा सबैको पालो
आमाबुवा सन्तान सुख
जीवनचक्र घाउ आलो !
✍️
ममता पौडेल
बुढीगङ्गा -२ , मोरङ
————-==———–
[१४]
१//
बाबाआमा ईश्वरको रुप
छोराछोरीले स्याहार बुढेसकालमा
छोराछोरी हुर्काउँछन् खुब !
२//
मेहनत कर्म बाबाको
भोको नाङ्गो हेरेर
हरेक स्याहार आमाको !
३//
बाबाआमा ईश्वरको बरदान
कसैले वृद्धाश्रम नपुर्याउँ
घरमै गर्नुपर्छ सम्मान !
✍️
बेदु न्यौपाने
————-==———–
[१५]
म जान्दिनँ धेरै
यत्ति जान्दछु आमाबाबु
भगवान् हुन् मेरै !
✍️
लक्ष्मी रिजाल
रूपनगर, सप्तरी
————-==———–
[१६]
१//
नजाऔँ ईश्वर खोज्न
हुनुहुन्छ भने बुबाआमा
अरू पर्दैन रोज्न !
२//
सुखको हुन्न फारो
बुबाआमा नहुनेको घर
सदा हुन्छ अँध्यारो !
३//
बुबाआमा हुन् ईश्वर
यिनैको भरमा पर्दा
बिग्रन्न कहिल्यै घर !
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
————-==———–
[१७]
१//
सम्मानका हुन् हकदार
जन्माएर हुर्काउने ती
बाबाआमाप्रति छ प्यार !
२//
आशिर्वाद दिएर हात
ठूलो मान्छे बनाइदियौ
लागेर हाम्रो साथसाथ !
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
————-==———–
[१८]
१//
जन्माएर हामीलाई धरामा
सबभन्दा ठूला भगवान्
सादर प्रणाम बाबुआमा !
२//
पाईँदैन कतै खोजेर
बाबुआमा साथमा भएपछि
खान लाउन रोजेर !
३//
सबै तारतम्य मिलाउने
बाबुआमाले खोजमेल गरेर
चाहिने कुरा दिलाउने !
✍️
गुणनिधि घिमिरे, अमेरिका
————-==———–
[१९]
१//
दुःख कहिल्यै गएन
गरिबको आवाज सुन्ने
आज कोही भएन ।
२//
सधैँ दोषारोपण गरेका
कुर्सीमोहमा छन् यिनीहरू
एकअर्कामा हुन्छन् लडेका ।
३//
छलफल सधैँ चर्को
एकता नहुने रहेछ
लाग्न थाल्यो झर्को ।
✍️
कला ढकाल, झापा
————-==———–
[२०]
आमाबुबा छन् महान
सदा पुण्य कमाऔँ
गरेर गरिबलाई दान !
✍️
श्रीबहादुर केसी शैलुङ्गे
————-==———–
[२१]
१//
अनेकन् कष्ट गरी
जन्माए, हुर्काए, पढाए
हुन् भगवान् सरी !
२//
हाम्रालागि धाए चारधाम
साथमै राख बाआमा
नगर लखेट्ने काम !
३//
सधैँ पटुकी कसेर
सन्तानको पेट भर्ने
आफू भोकै बसेर !
✍️
साबित्री प्याकुरेल, धादिङ्ग
————-==———–
[२२]
१//
केही पाइन्न मन्दिरमा
बाआमा खुसी रहुन्
केही चाहिन्न शिरमा ।
२ //
नखानु अन्न कुहाएर
यसैबाट बन्छ मदिरा
नराख्नु बाआमा रुवाएर ।
३//
मौका हेर्छन् पर्खिन्छन्
वृद्ध बाआमासँग बेकारमा
मदिरा खाएर झर्किन्छन् ।
✍️
चुडामणी देबकोटा
पुरानो नैकाप काठमाण्डौ
————-==———–
[२३]
१//
सबैभन्दा छन् राम्रा
जिउँदा भगवान् हुन्
बाबुआमा दुवै हाम्रा ।
२//
मिलोस् शितल छाया
बाबुआमा दुवैको सवैलाई
नटुटोस् कहिल्यै माया !
३//
हेलाँ नगर्नु कहिल्यै
वृद्ध भएका बाबुआमालाई
सेवा पुर्याउनु जहिल्यै ।
✍️
अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ, भारत।
————-==———–
[२४]
१//
जून अनि घाम
बुबाआमा हुन् मेरा
जिउँदो देवता चारधाम ।
२//
मायाममताको शुद्ध खानी
बुबाआमा नै हुन्
मेरा सारा जिन्दगानी ।
३//
सोच्दैनन् कहिले नराम्रो
प्राणप्यारो हुन्छन् सधैँ
बुबाआमा नै हाम्रो ।
✍️
अनिता भण्डारी, ताप्लेजुङ
————-==———–
[२५]
१//
आमाबुबा हुन् भगवान
सबै दैवले दिएकाे
गाैरवशाली हाम्रो सान !
२//
दैवकाे प्रसाद बाआमा
हुन् अमुल्य सम्पत्ति
जिवनकाे गतिलो खामा ।
३//
पुजेर हिँड्छु सधैँ
मेरा जिउँदा भगवान्
ठानेर बाआमा अझै ।
✍️
ईश्वर साउद
रामारोशन गाउँपालिका ६ सुदेरपश्चिम अछाम
————-==———–
[२६]
१//
आमाबाबु हाम्रो भगवान
खपेर कष्ट लाखौँ
बनाए हामीलाई जवान !
२//
छाओस् सुखशान्ति दिनमा
आमाबाबुलाई लागुन् निद
नपारौँ कसैले ऋणमा ।
३//
नहोस् बरु धन
रहोस् परिवार हाँसीखुसी
नदुखाई आमाबाबुको मन ।
✍️
मोती सुब्बा
दार्जिलिङ निमकी डाँडा।
————-==———–
[२७]
१//
बाबुआमा ईश्वरका रुप
ठोस खान सक्दैनन्
बनाएर देऊ सुप ।
२//
बाबुआमालाई साथ देऊ
बुढेसकालमा सेवा गर
उनको आशिर्वाद लेऊ ।
३//
बाँचुन्जेल गर सेवा
मृत्युपछि केही पर्दैन
दान दिनलाई मेवा !
✍️
देव कृष्ण काफ्ले
पोखरा १कास्की
————-==———–
[२८]
१//
पाइन्छ अटुट माया
महत्त्वपूर्ण अङ्ग पनि
जिउँदै बनेर पाया ।
२//
बुबाआमा आशिर्वादको खानी
सन्तानको लागि बरदान
केवल स्वर्ग जिन्दगानी ।
३//
छोराछोरीको लागि हारेर
प्रफुल्ल हुनुहुने बुबाआमा
आफ्नो इच्छा मारेर ।
✍️
पृथक प्रकृति, झापा
————-==———–
[२९]
१//
झेलेर अनेकन् धामा
सन्तानको भलो चाहने
साक्षात् ईश्वर बाबुआमा l
२//
सारा इच्छा मारेर
सन्तानलाई जिताउने होडमा
बस्छन् आफूले हारेर l
३//
शीलवती भएमा रामा
घर बन्दछ अमरावती
खुसी रहन्छन् बाबुआमा l
✍️
बाबुराम गौतम, गुल्मी
————-==———–
[३०]
१//
बाआमाको सम्मान गर्न
सबैले जान्नुको कुरा
छोडिन्न पाउ पर्न ।
२//
जिउँदा देवी भनेर
सधैँ चिनिन्छन् बाआमा
बस्छु भक्त बनेर !
३//
नदिनु दुःखमा पर्न
ख्याल गरौ बाचुन्जेल
अकालमा नपार्नु मर्न ।
✍️
लक्ष्मण देउवा डोटी
हाल भारत 🇳🇵
————-==———–
[३१]
१//
आमाकाे न्यानाे काख
बाबाकाे साथ गुनिलाे
बिर्साउछ घमाइलाे बैशाख !
२//
बाबाआमाकाे चोखो मायामा
भविष्य सदा फक्रन्छ
उहाँहरूकै शितल छायामा !
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगाबजा।
————-==———–
[३२]
१//
सृष्टिकर्ता हुन् आमा
प्रकृति चाहिँ बाउ
नाता प्याराे मामा !
२//
माया भयाे मुखले
बुढाे हुँदा हेला
बाँच्ने कति दुखले !
✍️
जि.बि.चिन्तन
————-==———–
[३३]
१//
जिन्दगीको संसार देखाउने
आमा बाबु हुन्
प्रेमिल नाम लेखाउने ।
✍️
प्रेम थापा “मन”बागलुङ
————-==———–
[३४]
१//
सधैँ दु:खकष्ट गरी
पालनपोषण गर्ने आमाबाबु
भगवान् हुन् सधैँभरि !
२//
आमाबाबु पहिलो गुरू
ज्ञान, बुद्धि सिकाउन
गरे उनैले सुरू !
३//
कहाँ पाइन्छ खाेजेर
आमाबाबुलाई घृणा नगर्नु
कहिल्यै पाइन्न राेजेर !
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
————-==———–
[३५]
दुःख पोल्टामा राखेर
राख्दछ्न् बाबुआमाले सुखमा
छोराछोरीलाई देवीदेवता भाकेर !
✍️
प्रमिला प्याकुरेल, विराटनगर -५
————-==———–
[३६]
१//
आमाबाबु मेरा भगवान्
साथ सहयोग दिने
मेरा लागि महान् !
२//
मिलिरहोस् आमाबुबाको साथ
सधैँभरि सुन्न पाउँ
उनका मिठामिठा बात !
३//
सबैलाई मिलाेस् छाया
जिन्दगीमा मिलिरहाेस आमाबुबाको
सधैँ न्यानो माया !
✍️
श्रीकृष्ण धामी – बझाङ
————-==———–
[३७]
१//
जन्माए, हुर्काए, बढाए
सन्तानलाई बाबु आमाले
सत्मार्गकाे ज्ञान सिकाए !
२//
जान्दै बुझ्दै गएपछि
बिर्सिन्छन् आफ्नै सन्तानले
स्वार्थ पूरा भएपछि
३//
बाबुआमा मिल्दैनन् खाेजेर
सामान जस्तै किन्नलाई
बजारमा पाईँदैन राेजेर !
✍️
सुन्दरी घिमिरे खतिवडा
सङ्खुवासभा
————-==———–
[३८]
बाबुआमा भगवान् समान
सुन्दर संसार देखाउने
उनै हुन् जान !
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाइ ४ झापा
————-==———–
[३९]
१//
आमाबा हुन् देवता
कहिले रुन नपरोस्
कहदै आफ्नो व्यथा !
२//
अरूको लाख चाहिँदैन
आमाको काख भए
कुनै विलाप गाइँदैन ।
३//
दुःखै सही मुस्कुराउने
सन्तानको खुसीको लागि
सत्मार्गमा हिड्न सिकाउने ।
✍️
धनमाया चौधरी, कैलाली
————-==———–
[४०]
१//
आमाबाबा हाम्रा भगवान्
तिरस्कार नगर्नु कसैले
गर्नु भगवान्झैँ सम्मान् ।
२//
यस धर्तीमा टेकाउने
आमाबाबुले नै हुन्
सारा संसार देखाउने !
३//
गर्व गर्छु मातापिता
धन्य भए आज
साथमा पुज्छु गीता ।
✍️
दुर्गा आचार्य
मोरङ
————-==———–
[४१]
आमाबाबु पाइँदैन खोजेर
आशीर्वाद हुन्छ ईश्वरको
नखोज तिमी रोजेर ।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
————-==———–
[४२]
१//
यहाँ बाबाआमा जस्तो
छैन अर्को भगवान्
खोजी हिँड्छौ कस्तो ?
२//
बाबा र आमा
भेट्न सक्दिनँ कहिल्यै
फाट्दा धेरै जामा !
✍️
दीपा समभाव
खोटाङ्ग
————-==———–
[४३]
१//
हाम्रो बाबुआमा भनेको
हृदयको पाटो हुन्
ईश्वर बनी बसेको ।
२//
जिवन हुन्छ शुरू
घरै भयो पाठशाला
बाबुआमा हुन् गुरु !
✍️
राजनारायण राई
राजदल बस्ती सोनादह
————-==———–
[४४]
१//
बाबुआमाले हुर्काए बढाए
दश नङ्ग्रा खियाएर
हामीलाई लेखाए पढाए !
✍️
बि.कुलुङ
————-==———–
[४५]
१//
आमाबाबा नै राज्य
गर्छु सदैव श्रद्धा
उनीहरू हाम्रो साम्राज्य ।
२//
जीवन मेरो अधुरो
आमाबाबा बितेर गएपछि
सम्झेको छु अपुरो ।
३//
महानता देखे मातापितामा
सम्झे अविभावकमा ईश्वरीय
दुख्दैछ जलेको चितामा ।
✍️
दिल ठकुरी, दार्जिलिङ
————-==———–
[४६]
१//
सम्झन्छु बुट्टे जामा
मायाले ल्याइदिन्थे
मेरो प्यारो बुबाआमा !
२//
सन्तानको खुसी खोजेर
सम्झौता गर्थे कठै
दुःखको बाटो रोजेर ।
३//
बच्चाकै सपना देख्थे
रातोदिन एक गरी
उनकै भविष्य लेख्थे ।
✍️
पुष्पा राई, बादेल, खोटाङ।
————-==———–
[४७]
१//
असिनाले पार्यो राँजो
पीडा कसलाई सुनाउँ ?
निष्प्राण छ रैपाँजो l
२//
विकट गाउँमा बस्छु
खेतीपाती मुख्य पेसा
माटोमै नङ्ग्रा धस्छु l
३//
पाइदैनन् कतै निमेकी
अर्मपर्म गरौँ भने
बसाइँ सरे छिमेकी !
✍️
बाबुराम गौतम
गुल्मी
————-==———–
[४८]
१//
ज्यानदिन्छन् सन्ततिका लागि
आफू भोकभोकै बसेर
खुवाउछन् बरु मागी ।
२//
जान पर्दैन मन्दिर
बाआमा खुसी हुँदा
ह्ट्दछ सारा पीर !
३//
नेपालीपन यो नभुलौँ
समय खेर फाल्दै
अरूको लहैलहैमा नडुलौँ !
४//
सबैभन्दा छन् राम्रा
जिउँदा भगवान् हुन्
आमाबाबा नै हाम्रा !
५//
पुज्ने गरौँ अब
मन्दिर नगई घरमा
बाआमा छन् जब ।
✍️
दुर्गा भट्टराई
मोरङ
————-==———–
[४९]
१//
जन्माउन हुर्काउन धामा
सँधै खुसी चाहने
भगवान् हुन् बाबुआमा ।
२//
सहेर अनेकाैँ कष्ट
हेर्न चाहन्छन् बाबुआमा
सन्तान नहाेस् पथभ्रष्ट।
✍️
काेपिला अधिकारी
सिरानचाेक – ७, गाेरखा
————-==———–
[५०]
१//
बाबुआमा भगवान तुल्य
आफ्नो कर्तव्य सम्झी
तिर्नपर्छ सबले मूल्य !
२//
बाबुआमा घरको बलो
बुढेसकालमा हेला गरे
हुन्न त्यसको भलो !
३//
गर्नुपर्छ बाबुआमाको सेवा
गरेमा असल काम
बल्ल मिल्दछ मेवा ।
✍️
जयनारायण नेपाल
इलाम ,हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर
————-==———–
[५१]
१//
आमाबाको छ छत्रछाया
सुरक्षीत त्यो कवच
कतै नपाएको माया !
२//
कालो टीकाले जोगाए
कुदृष्टि पर्नै दिएनन्
सन्तानको जिन्दगी सजाए ।
३//
गाली नै ज्ञान
आमाबाको प्रसाद सम्झनू
त्यसैले गर्नु सम्मान !
✍️
राजेश्वरी राजोपाध्याय
ललितपुर
————-==———–
[५२]
बाबाआमा हुन् भगवान्
आदर सत्कार गरौँ
बन्न सदैव महान् ।
✍️ बाल कृष्ण श्रेष्ठ,
सोलुखुम्बु
————-==———–
[५३]
१//
लागेन निद्रा रातमा
रेखदेख गर्दा उनैको
छैनन् सन्तान साथमा !
२//
ढुङ्गाका देउता नखोजौँ
बाबुआमाको मन दुखाई
नर्कको बाटो नरोजौँ ।
३//
कोखाकाे घाउ छोराछोरी
अपार माया दिएर
हुर्काउँछन् कसर नछोडी !
✍️
पद्मा काश्यप पाण्डे
मोरङ
————-==———–
[५४]
१//
बस्छु बाबुआमाको साथमा
सोध्ने गर्छु बारम्बार
कस्तो छ गाथमा ?
२//
बाबुआमा साक्षात् भगवान
दिनुहुन्छ सल्लाह अप्ठेरो
कहिल्यै गर्नुहुन्न अपमान ।
३//
नबनून सन्तान कपुत
चाहनुहुन्छ मेरा बाबुआमा
बनून् राष्ट्रकै सपुत !
✍️
सतीश पण्डित
भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ।
————-==———–
[५५]
बाबाआमा हाम्रा भगवान
ख्याल राख उनको
नगरौँ कसैले अपमान !
✍️
सरिता सेढाई, धादिङ
————-==———–
[५६]
१//
दुःख कहिले नदेखाउने
सन्तानको हुन् भगवान्
हाँसेर खुसी बनाउने !
२//
आमाबाबु हाम्रा छहारी
प्रेरणा दिन्छन् सधैँ
जीवन जिउँछौँ नहारी !
✍️
सविता भट्टराई, जनकपुर
————-==———–
[५७]
१//
अरूभन्दा नि राम्रा
जिउँदा भगवान हुन्
बाबाआमा त हाम्रा ।
२//
सेवा सधैँ गर
बुढेसकालको सहारा भनी
परेका छन् भर ।
✍️
कला ढकाल, झापा
————-==———–
[५८]
आमाबाबा सन्सार उनै
उनीहरू विनाको जीवन
देख्दिनँ खास कुनै !
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
————-==———–
[५९]
१//
आमाबाबु आउँदैनन् फेरि
जतिसक्दो गरौँ सेवा
अहिले यहीँ हुँदाखेरि ।
२//
वरिपरि दुखले घेर्दा
मुसुक्क हाँस्थिन् आमा
सन्तानको मुख हेर्दा ।
३//
मातापिता भगवानको रुप
सक्छौ घिउभात खुवाऊ
कोइलालाई किन धुप ?
✍️
पशपती राई, खोटाङ
————-==———–
[६०]
१//
आमाबुबा साथी मानेको
देवतासमान हुन् छोराछोरीका
संसारमै महान ठानेको ।
२//
पीरमा केही नदिने
छोराछोरीलाई नख्वाई आफूले
खाना नभए नलिने ।
✍️
भगवती दवाडी
————-==———–
[६१]
बाबुआमाको न्यानो काख
भए पुग्छ मलाई
चाहिँदैन सम्पत्ति लाख ।
✍️
बिके मुखिया
दार्जीलिङ,भारत।
————-==———–
[६२]
१//
स्नेह प्रेममा आमाबाबाका
डुब्न नजानेर मान्छे
हिसाब ब्याज साँवाका ।
२//
जिउँदा देवता छोडी
मन्दिर जान्छन् किन ?
यथार्थसँग मुख मोडी ।
३//
ममता, सुरक्षा काख
पागल ! बिर्सेर चटक्कै
पितृलाई बत्ती लाख ।
✍️
मनोहरी पौडेल
गैडाकोट १
————-==———–
[६३]
१//
आमाबुबाको छहारी पाई
हामी रमेका हुन्छौँ
नाना चाचा लगाई ।
२//
आफ्नो पेट कटाई
हामीलाई दिन्छन् सुख
पसिनाको धारो बगाई !
३//
हामी नयनको नानी
अगाडि बढाउँछन् बाबाआमाले
पुर्याउन खोज्दैनन् हानी !
✍️
सीमा कार्की समर्पण
मेलचोक, पर्सा, नेपाल
—-<••:जय झिल्का! जय साहित्य!:••>—-