
२०८१ जेठ १८ / झिल्का लेखन अभियानको १५ औँ शृङ्खला (धूम्रपान विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>—————
[१]
१//
तानिरहे चुरोटको सर्को
हुन्छ स्वास्थ्यमा हानी
भुक्तान पर्नसक्छ चर्को !
२//
सबैभन्दा अमूल्य ज्यान
ख्याल नगरी बिगार्दैछौँ
नियमित गरेर धूम्रपान !
३//
देखाउँदा बेकारमा सान
जिन्दगी पर्छ धरापमा
असमयमै जान्छ ज्यान !
✍️
वसन्त अनुभव
घोराही, दाङ
————-==———–
[२]
१//
बस्छौ चुरोट तानेर
स्वास्थ्यलाई गर्छ हानी
नगर्नु गल्ती जानेर !
२//
स्वस्थ रहे जीवन
चुरोट तान्न नपाए
मेरो मान्दैन मन !
३//
अमृत जस्तै ठानेर
चोकमा शान देखाउँछन्
चट्ट चुरोट तानेर !
✍️
लक्ष्मण देउवा डोटी
हाल भारत🇳🇵
————-==———–
[३]
हुनैपर्छ सबैमा ज्ञान
नपिउँ कहिल्यै कसैले
ज्यान लिने धूम्रपान !
✍️
प्रेम थापा “मन”
बागलुङ
————-==———–
[४]
भएन गतिलो मति
सानले गर्दछौ धूम्रपान
रोकिएला मुटुको गति !
✍️
ऋजु दिल्पाली
ईटहरी १ सुनसरी
————-==———–
[५]
१//
धूम्रपानलाई गरौँ हेला
स्वास्थ्य बिगार्छ यसले
जीवन राेगकाे फेला !
२//
नतान्नुस् कसैले सर्काे
उडाउँदा धुवाँले पनि
असर पर्छ अर्को !
३//
गराैँ जीवनकाे ख्याल
धूम्रपान सेवन गरी
नपाराैँ फाेक्साेमा प्वाल !
✍️
रबि पाैडेल
दक्षिण भारत पाण्डेचरि
————-==———–
[६]
१//
सबैले लिनुपर्छ ज्ञान
असल साथीभाइ बनाउन
नगर्नू कहिल्यै धूम्रपान !
२//
देश खोक्रो बनायो
धूम्रपान पिए जस्तै
सारा सपना जलायो !
३//
जिन्दगीलाई नगर्नु हेला
धुवाँले उडाउँछ हरर
रोगको परिन्छ फेला !
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा
————-==———–
[७]
१//
जिन्दगी धुवाँमा नउडाऊ
स्वस्थ जीवन बाँच्नलाई
निरोगी गाडीमा गुडाऊ !
२//
लत बसेपछि छुट्दैन
लम्पसार परेपछि जिन्दगी
उठाउन खोज्दा उठ्दैन ।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
————-==———–
[८]
१//
ठूलो समस्या भएको
धूम्रपान गर्दा हेर
अकालमा ज्यान गएको !
२//
जनचेतना चाडै फैलाऊ
अकालमा जाला ज्यान
सबैमा सचेतना जगाऊ ।
✍️
कला ढकाल
झापा
————-==———–
[९]
१//
चुरोट खैनी खानी
स्वास्थ्यमा हानी गर्ने
राम्रो होइन बानी !
२//
धूम्रपान मद्यपान छोड
जिउन जीवन निरोगी
कुलतबाट पाइला मोड !
✍️
विवश पारदर्शी
झापा
————-==———–
[१०]
१//
छिट्टै पुगिन्छ श्मशान
जीवन मिल्दैन घरिघरि
नगर विषाक्त धूम्रपान !
२//
फोक्सो कलेजो सकिएला
लाचार बेकामे भएर
उमेरमै थला परिएला !
✍️
निर्मल शर्मा
पेदोङ भारत
————-==———–
[११]
१//
मेटिन्न अङ्गमा दाग
रहिरहन्छ पहिलेकै असर
धुम्रपानले पार्छ खाग !
२//
स्वास्थ्य खाने बाघ
चर्छ यो तनभरिमा
बनौँ धूम्रपानबाट अलग !
३//
नसा देखेर डराउँ
धूम्रपान हो मृत्यु
शरीर निरोगी गराउँ !
✍️
लोक वहादुर छेत्री लामिछाने
मोदी गा.पा.वडा नं २ देउपुर पर्वत्
————-==———–
[१२]
१//
ओठको शान छुसी
पहिलो रोजाई सबैको
बस्छ पकेटमा घुसी !
२//
स्वर्णीम पलको खुसी
सर्कोमा आफ्नै जीवन
परिवारमा पलाउँछ ढुसी !
३//
प्राणपखेरु लान्छ लुसी
फोक्सोलाई तीर हानी
कुलत भरियो झुसी !
✍️
ममता पौडेल
बुढीगङ्गा -२, मोरङ
————-==———–
[१३]
१//
स्वास्थ्य बिग्रँदै जान्छ
चारदिन रमाइलो होला
अकालमा ज्यान जान्छ !
२//
छोड धूम्रपान मद्यपान
सबैमा सन्देश पुगोस्
आखिरमा लिन्छ ज्यान !
✍️
कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा
————-==———–
[१४]
१//
तान्नुभन्दा ठेल्नु जाति
कुलत नत्यागेमा चाहिँ
असमयमै पुगिन्छ माथि !
३//
भकाभक मान्छे मरेका
सतअसतको बाटो बिर्सी
पचाएर ध्रुमपान गरेका !
३//
धूम्रपान सबैले त्यागौँ
अमूल्य जीवन सम्झेर
कुलतबाट टाढै भागौँ ।
✍️
नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर ।
————-==———–
[१६]
१//
खाएमा सुर्तीजन्य पदार्थ
निम्तिन्छ काल छिटो
निरोगी भइन्न किमार्थ !
२//
चुरोटको धुवाँको सर्को
तानेमा निरन्तर हेर
लाग्दछ रोगको लर्को !
✍️
बेदु न्यौपाने
————-==———–
[१७]
१//
धूम्रपान मन्द जहर
स्वास्थ्य पर्नसक्छ जोखिममा
स्वास्थ्यविद्को यही ठहर !
२//
धूम्रपान सेवन गर्दा
श्वासप्रश्वासमा पर्छ असर
सोहीमा इच्छाशक्ति भर्दा !
३//
सकेसम्म बहिष्कार गरौँ
धुवाँले सकस पार्छ
यही सन्देश छरौँ ।
✍️
पृथक प्रकृति
झापा
————-==———–
[१८]
१//
दिँदै हिँड्ने सान
देखिन्छ गल्ती गरेको
गरेर धेरैले धूम्रपान !
२//
नगर्नु कसैले धूम्रपान
जोगिने धन आफ्नो
सुरक्षित हुन्छ ज्यान !
✍️
दुर्गा आचार्य
मोरङ
————-==———–
[१९]
सबैलाई सम्झेर आएँ
धूम्रपान त्याग गरौँ
सचेतना नारा लगाएँ ।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
————-==———–
[२०]
१//
कुलतमा कहिल्यै नपरौँ
आत्मादेखि नै सोचेर
धूम्रपान कसैले नगरौँ ।
✍️
इमान सिंह के.सि.
ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
————-==———–
[२१]
१//
लागेपछि धूम्रपानको लत
जीवनले साथ छोड्ला
छोड्न सकिन्छ हतपत !
२//
बिग्रेपछि मान्छेको मति
जानेरै रोज्छन् धूम्रपान
स्वास्थ्यलाई गर्नेगर्छ खति !
✍️
बि.कुलुङ
दार्जिलिङ
————-==———–
[२२]
१//
धूम्रपान सेवन नगराैँ
अकालमा ज्यान फालेर
कहिले पनि नमराैँ।
२//
चुराेट जसले खान्छ
त्यही मान्छेलाई नै
कालले छिट्टै लान्छ ।
३//
रक्सी चुराेट खान्न
बाचा गर आजै
भन भट्टीमा जान्न ।
✍️
भवानी पाेखरेल( बाबू विराज)
बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
————-==———–
[२३]
१//
खान्छौँ खैनी सुर्ती
हामी यस्तै पाराको
देखाइदिन्छौँ लौ फुर्ती !
२//
नगर्नु भन्छन् धूम्रपान
यत्रो तागत यसको
छुट्टै बनाउँछ सान !
३//
धूम्रपान सेवन गरेर
फोक्सोमा असर देखायो
अब गइन्छ मरेर !
✍️
ललिता गिरी सिन्धुली
हाल काठमाडौं🇳🇵
————-==———–
[२४]
१//
धूम्रपान कसैले नगरौँ
यसबाट हुने नोक्सानी
औँल्याउँदै चेतना छरौँ l
२//
नफसौँ कुलतमा जानाजान
बेलैमाथि होस नराखे
अकालमै पुर्याउछ श्मशान !
३//
मेटाउन भनेर तलतल
धूम्रपान त्याग्न नसके
आयु छोटिन्छ पलपल !
✍️
बाबुराम गौतम
गुल्मी
————-==———–
[२५]
१//
स्वास्थ्य अमूल्य धन
व्यर्थमा खेर नफालौँ
गरी सुर्तीको सेवन !
२//
नगरौँ कसैले धुम्रपान
सुर्तीको सेवन गरी
नफालौंँ अकालमा ज्यान !
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
————-==———–
[२६]
१//
अम्मल खराब बानी
त्यागी सधैँ धूम्रपान
बन्नुपर्छ असल ज्ञानी !
२//
जीवन हुन्छ कहर
जब पिउँछ मान्छे
कालकुटरूपी विषालु जहर !
३//
धूम्रपान सबले त्यागाैँ
ज्ञानगुनले भरिपूर्ण भई
प्रगति मार्गमा लागाैँ ।
✍️
जयनारायण नेपाल
इलाम ,हाल सूर्यविनायक २
वालकोट ,भक्तपुर ।)
————-==———–
[२७]
लागौँ धुम्रपानको विरुद्ध
शरीर स्वस्थ राखौँ
खानपान होओस् शुद्ध !
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
————-==———–
[२८]
१//
नगरौँ कसैले धूम्रपान
धूम्रपान मद्यपान गरेपछि
अकालमा जान्छ ज्यान !
२//
धूम्रपान नराम्रो बानी
बिडी, खैनी, चुराेट
खाएपछि स्वास्थ्यमा हानी !
३//
राम्रो बाटो जाेड्नु
फालौँ नराम्रो बानी
सधैँ हामीले छाेड्नु !
✍️
श्रीकृष्ण धामी
बझाङ
————-==———–
[२९]
१//
धूम्रपानले बेफाइदा सबैलाई
हुन्छ चिज नोक्सानको
प्रयोग नगरौँ भाइ !
२//
सुर्तीजन्य पदार्थ चिज
शरीरको दुश्मन हो
क्यान्सरको हुन्छ बिज !
३//
पुग्छ फोक्सोमा धुवाँ
शरीरलाई दाउँमा लगाई
नखनौँ गहिरो कुवाँ !
✍️
सुरेशकुमार पाण्डे
घोराही १८
————-==———–
[३०]
धूम्रपानले गर्छ हानी
अन्धकार बनाउँछ है
शरीर हुनेछ खरानी !
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
————-==———–
[३१]
१//
सधैँ बेहोस बनेर
चामल छैन घरमा
भट्टीमा दियौ गनेर !
२//
फाट्यो हेर चोली
टार्छौ छैन भनेर
भन्छौ ल्याउँछु भोलि !
✍️
सञ्जना शर्मा
————-==———–
[३२]
छुदै नछुनु धूम्रपान
हुनेछ स्वास्थ्यको लागि
हानीकारक भनेर जान !
✍️
बिके मुखिया
दार्जीलिङ,भारत।
————-==———–
[३३]
लगाएर धूम्रपान लागत
ज्यान जानसक्छ है
कमजोर हुन्छ तागत !
✍️
गंगाराम यादव
औरावनी २ सुनसरी
————-==———–
[३४]
१//
उपरखुट्टे लाएर सान
दिनेहरूको छैन कमी
जोखिममा पारेर ज्यान !
२//
मुटु, कलेजो खान्छ
खोक्रो आडम्बर देखाउँदा
अकालमा ज्यान जान्छ ।
३//
धूम्रपान बहिष्कार गरौँ
फैलाऔँ सही सन्देश
देशकै निम्ति मरौँ !
✍️
धनमाया चौधरी
कैलाली
————-==———–
[३५]
१//
सानो गल्ती ठान्छन्
ग्याङ्ग बनाउँछन् चोकतिर
अनि चुरोट तान्छन् ।
२//
चुरोटको बसेपछि लत
खराब गर्छ फोक्सोमा
जाँदैन यसको खत !
३//
आफू स्वस्थ हुन
सधैँ धूम्रपानबाट बचौँ
जीवनभर पर्दैन रुन !
✍️
ललिता गिरी
सिन्धुली, हाल काठमाडौं🇳🇵
————-==———–
[३६]
१//
धूम्रपानको सेवन गर्दा
घरमा अशान्ति हुन्छ
झैँझगडामा अघि सर्दा !
२//
सम्पत्तिको नास गर्छ
विकृति फैलाउँछ धूम्रपानले
जनचेतना फैलाउन पर्छ।
३//
राम्रो हैन धूम्रपान
अटेर गरी खाएमा
अकालैमा जान्छ ज्यान !
✍️
अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ, भारत।
————-==———–
[३७]
१//
चुरोट सेवन नगरौँ
स्वस्थ बनाई शरीर
जीवनमा उर्जा भरौँ ।
२//
धूम्रपान मनैबाट त्यागौँ
खुसी हुन्छन् परिवार
कुलतबाट टाढै भागौँ ।
३//
फुर्तिलो हुन्छ तन
रोगले छिटो नछुँदा
बचत हुन्छ धन !
✍️
सुस्मिता अधिकारी
काठमाडौँ
————-==———–
[३८]
१//
हुँदैन कुलतमा फस्नु
सुखी जीवन जिएर
स्वस्थ भएर बस्नु ।
२//
बाँडौ सबैलाई ज्ञान
धूम्रपान गर्नुहुन्न कदापि
जानसक्छ है ज्यान !
३//
धूम्रपानको बानी बसेपछि
गाह्रो हुन्छ छोड्नलाई
कुलतमा हामी फसेपछि !
✍️
अनिता भण्डारी
ताप्लेजुङ
————-==———–
[३९]
१//
पुर्याउँ सबैले ध्यान
धूम्रपान धेरै गरेमा
लिन्छ यसले ज्यान !
२//
पिएर चुरोट सुर्ती
हानिकारक छ स्वास्थ्यमा
नलगाउँ धेरै फुर्ती !
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६ , दोलखा ।
————-==———–
[४०]
१//
लागेपछि धूम्रपानको लत
नियन्त्रण गर्न नसक्दा
दिलाउँछ जीउमा खत !
२//
जानीजानी हानी नगरौँ
बल्लबल्ल पाएकाे जुनी
अकालमा कोही नमरौँ ।
३//
खाएर चुराेट बिँडी
विवेक पुर्याऔँ बेलैमा
नलगाऔँ काललाई सिढीँ !
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
————-==———–
[४१]
१//
लागेपछि चुरोटको लत
बरु घरबार छोड्ला
छोड्न सकिन्न हतपत !
२//
हतपत नगर्नु धूम्रपान
भनेको मान बाबुहरू
नत्र लिन्छ ज्यान !
✍️
दुर्गा भट्टराई
मोरङ
————-==———–
[४२]
१//
धूम्रपानले क्यान्सर हुन्छ
प्राणघातक चिज नखाउँ
खाएमा रोगले छुन्छ ।
२//
धूम्रपानले पेट भरिन्न
प्राणघातक क्यान्सर नलागोस्
नखाएर भुतुक्क मरिन्न ।
३//
गुट्खा, पराग, सुर्ती
धूम्रपान मुखमा च्यापेर
नदेखाउनु कसैले फुर्ती !
✍️
चुडामणी देबकोटा
पुरानो नैकाप काठमाण्डौ
————-==———–
[४३]
१//
गर्दछ धूम्रपानले हानी
थाहा पाइकन् हामीले
किन लिनु जानाजानी !
२//
कुलत हो धूम्रपान
यसको लतमा पर्दा
अकालमा जान्छ ज्यान !
३//
छोड्ने प्रण गरौँ
कुलत हो भनेर
समाजमा सचेतना छरौँ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालःअमेरिका,बोस्टन।
————-==———–
[४४]
१//
लाग्दछ रोग प्राणघातक
धूम्रपानबाट टाढा रहनु
सचेत हुनुपर्छ जातक !
२//
धूम्रपान निषेध गरेर
जागरुक बनौँ समाजमा
अकालमा कोही नमरेर !
३//
धूम्रपान नराम्रो बानी
मृत्युको मुखैमा नपरौँ
सेवन गरी जानाजानी !
✍️
मोती सुब्बा
दार्जिलिङ निमकी डाँडा।
————-==———–
[४५]
१//
धूम्रपान राेगकाे खानी
सकिन्छ पाउन छुट्कारा
हटाउँ खराब बानी !
२//
धूम्रपानकाे नसा चर्काे
बेलैमा ध्यान जाओस्
विकल्प छैन अर्काे ।
✍️
काेपिला अधिकारी
सिरानचाेक-७, गाेरखा
————-==———–
[४६]
१//
चुरोट रक्सी नखाऊँ
पैसा बचाउन सकिन्छ
रोगबाट आफूलाई बचाऊँ ।
२//
राज्यले कर बढाउँछ
सुर्ती र मद्यपानको
यहीँ मन पराउँछ ।
३//
फोक्सो, मुखको क्यान्सर
फैलिने हुन्छ सम्भावना
जिन्दगी बन्दछ जर्जर !
✍️
मनोहरी पौडेल
गैडाकोट १
————-==———–
[४७]
१//
धूम्रपानको धुवाँदार नशा
युवकत्व प्रदशर्नको लत
जिन्दगीको बर्बादि दशा !
२//
पचाउन सक्दैन शरीरले
खाइन्छ वास्ता नगरेरै
भन्छन् तानेको पिरले।
३//
बट्टामै तस्बिर देखाएर
हानीकारक भनिएकै हो
जान्छन् हस्पिटल लेखाएर !
४//
आँखाहरू दुवै अन्धा
बुझ पचाएर ओइरो
बनाउँछन् त्यही धन्दा !
✍️
घनश्याम पन्त
हरिवन सर्लाही
————-==———–
[४८]
नगरौँ साथी धूम्रपान
रहरसँगै लौ लहैलहैमा
लिन्छ यसले ज्यान !
✍️
बाल कृष्ण श्रेष्ठ
सोलुखुम्बु
————-==———–
[४९]
१//
आनन्द एक सर्काेले
रमाउन नखाेज साथी
छाेपिएला मुख बर्काेले !
२//
फाेक्साे क्यान्सरले फुट्छ
राेग सन्चाे बनाउनलाई
पैसा कहाँबाट जुट्छ ।
३//
सानैदेखि नगर धूम्रपान
स्वास्थ्य धन हाम्राे
सामजमा बिक्दैन सान !
✍️
हिरालाल न्याैपाने
बानपा ८,काेटमाैला, सल्यान
————-==———–
[५०]
१//
धूम्रपान अब त्यागेर
स्वस्थ जीवन बनौँ ।
मर्नु अघि जागेर ।
२//
ज्यान खाने धूम्रपान
सचेत बसी गरौँ
आफ्नै जिवनको अध्यान !
✍️
राजनारायण राई
राजदल बस्ती सोनादह
————-==———–
[५१]
१//
नसोचौँ तनाव घटाउँछ
गरेमा यो धूम्रपान
फेरि सान बढाउँछ ।
२//
अमूल्य छ जीवन
कहिल्यै नउडाऔँ धुवाँमा
बर्बादै पार्दछ धन !
३//
नगर्नु कसैले धूम्रपान
मन्द विष हो
लिन्छ यसले ज्यान !
✍️
सतीश पण्डित
भानु ६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ।
————-==———–
[५२]
१//
धूम्रपानले गर्छ हानी
खराब बनाउँछ फोक्सो
सचेत रहनु सानी !
२//
छोड मद्यपान धूम्रपान
प्राण रहन्छ हाम्रो
सक्दैन यमराजले लान !
३//
मुटु, कलेजो बिगार्छ
बयली बनेर रोगले
हामीलाई थलामा पार्छ!
✍️
सीमा कार्की समर्पण
पर्सा नेपाल, काठमाडौ
————-==———–
[५३]
१//
धूम्रपानले लिन्छ ज्यान
सबैलाई सचेत गराऔँ
दिलाऔँ सबैलाई ज्ञान !
२//
हुँदैन चुरोट पिउन
रोग लागे हामीलाई
गाह्रो हुन्छ जिउन !
३//
धूम्रपान गर्ने बानी
साह्रै खराब हुन्छ
अकालै ज्यान जानी !
✍️
देव कृष्ण काफ्ले
पोखरा १कास्की
————-==———–
[५५]
१//
खैनी चुरोट सेवन
आदत गर्नु नराम्रो
जलाउँछ यसले तन !
२//
धूम्रपानले रोग निम्त्याउँछ
अकालमा मृत्यु नरोजौ
सन्तानले दु:ख पाउँछ ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाइ ४ झापा
————-==———–
[५६]
धूम्रपान गर्ने किन ?
त्यही पैसा बचाऔँ
लाग्दैन व्यर्थै रिन !
✍️
ताराप्रसाद चापागाईँ
धुनिबेसी
————-==———–
[५७]
देखासिकीमा तान्दा चुरोट
सान देखाउने भ्रममा
प्वालैप्वाल बन्दैछ कोट !
✍️
विजयराज न्यौपाने
————-==———–
[५८]
१//
सबैलाई सचेत गराउने
धूम्रपान हानीकारक भनेर
जनचेतना घरबाटै फैलाउने !
२//
मायाको थियो परिणाम
दिल जलायो भनी
व्यर्थै चुरोट बदनाम !
३//
मन कल्पनामा हराउँछ
चिरेर बादल चुरोटको
मेरी जून उदाउँछ ।
✍️
दिवाकर चाम्लिङ्ग राई
खर्साङ्ग, दार्जीलिङ।
————-==———–
[५९]
१//
धुवाँसँगै उडेको जीवन
धूम्रपानले सल्काउँदै लग्यो
खरानी बनाउँदै तन !
२//
गरिरहेको छ हानी
थाहा पाएर मान्छे
सुधार्दैन किन बानी ?
३//
खानेलाई अनेक बाहाना
पीर परेको भन्दै
पुर्याउने मनको चाहाना !
✍️
संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौं
————-==———–
[६०]
हानिकारक हुन्छ धूम्रपान
स्वास्थ्य खराब पार्दै
कमजोर बनाउँछ ज्यान !
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
————-==———–
[६१]
१//
नगराैँ धुम्रपान कहिल्यै
पाइँदैन नरको चाेला
त्यागाैँ धुम्रपान अहिल्यै !
२//
धुवाँमा नउडाऔँ जीवन
लगाऔँ देह उपकारमा
उत्तम बन्छ तनमन !
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगाबजार।
————-==———–
[६२]
मान्छे मूर्ख किन ?
बिगार्छ पाउँदैन थाहा
गर्छ धूम्रपान हरदिन !
✍️
शंकर कार्की
मकवानपुर ।
————-==———–
[६३]
१//
धूम्रपानको एक सर्काे
फाेक्साे सडाएर फेरि
सकियाे सम्पत्ति घर्काे !
२//
लहैमा यो सिक्दाखेरि
उन्मत्त जवानी थियाे
उमेर ढल्क्याे हत्तेरी!
✍️
जी.वि.
घाेराही,दाङ ।
————-==———–
[६४]
धूम्रपान नगरेको राम्रो
यसले पेट भर्दैन
ज्यान लिन्छ हाम्रो !
✍️
देवी पन्थी
————-==———–
[६५]
१//
गरौँ सुन्दर कर्म
धूम्रपान घातक बानी
हिँडौँ बुझेर मर्म !
२//
जाँड रक्सी छोडौँ
स्वास्थ्य हाम्रो जीवन
राम्रो साइनो जोडौँ !
✍️
आर्त अकुलीन
————-==———–
[६६]
१//
शरीर हाम्रो नासो
बेवास्ता गरे खानपानमा
जीन्दगी बन्छ पासो !
२/”
धुवाँको सर्को तानेर
नहिँडौँ अल्लारे पाराले
नर्कलाई स्वर्ग मानेर !
३//
सबैले कोसिस गरेर
सकिन्छ छुटाउन कुबानी
जनमा चेतना भरेर !
✍️
पद्मा काश्यप पाण्डे
मोरङ
————-==———–
[६७]
१//
धूम्रपानले बनाउँछ रोगी
पिछा छुट्दैन यसको
अन्त्यमा हुन्छौँ भोगी !
२//
नशाले लिन्छ ज्यान
गर्नुहुन्न धूम्रपान कदापि
यसबाट सिकौँ ज्ञान !
✍️
विनोद खाती
मिरिक।
————-==———–
[६८]
१//
धूम्रपानले लिन्छ ज्यान
थाहा पाएर पनि
युवा देखाउँछन् सान !
२//
जीवनको ख्याल गरौँ
निरोगी स्वस्थ हुन
सबैजना लागी परौँ !
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
————-==———–
[६९]
१//
नगरौँ कसैले धुम्रपान
सावधानी रहे मात्रै
बाँच्न सक्छ ज्यान !
२//
कुलतमा कोही नफसौंँ
समाजमा असर पुर्याई
धुम्रपान गरेर नबसौँ !
✍️
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
————-==———–
[७०]
परिस्थिति छ भन्ने
धूम्रपान सेवन गरेर
आफैँ राजा बन्ने !
✍️
धनुष न्यौपाने “यात्री”
————-==———–
[७१]
१//
धूम्रपानको मजा लिँदा
स्वास्थ्यमा असर पर्छ
राम्रो ध्यान नदिँदा !
२//
कर बढ्छ जति
धूम्रपान र मद्यपानको
बिक्री हुन्छ अति !
३//
नगर्नु कहिल्यै धूम्रपान
ध्यान राख्दै स्वास्थ्यको
असल होइन ठान !
✍️
राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
————-==———–
[७२]
१//
धूम्रपान सेवन गरेर
स्वास्थ्य खराब नबनाऔँ
परिवारमा दुःख भरेर !
२//
आजैदेखि नै छोड्छु
म चुरोट, खैनी
नराम्रो कुरा गोड्छु ।
✍️
शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ
—-<••:जय झिल्का! जय साहित्य!:••>—-