विशेष झिल्का लेखन अभियानको २० औँ शृङ्खला ( मनसुन विषयक) सम्पन्न

  • १२ असार २०८१, मंगलवार २२:१६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २० औँ शृङ्खला (मनसुन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————


    [१]
    १//
    उधुम गर्मीको आहत
    एकाएक प्रवेश मनसुनको
    भयो तनमनमा राहत ।
    २//
    गर्मी कतै झरी
    प्रकृतिको एकछ्त्र राज
    गर्दै हिँड्छ मनपरी ।
    ३//
    भगवान् तिम्रै भर
    नहोस् मानवीय क्षति
    बाढी पहिरोको डर ।
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    जतासुकै चल्छ भनसुन
    त्यसैले आउन यसपालि
    गाह्रो मान्दैछ मनसुन ।
    ✍️
    दीपा समभाव, खोटाङ्ग
    ————-==———–
    [३]
    १//
    जताततै वर्षा भेल
    म कसरी बुझौँ
    दैवको यो खेल ।
    २//
    किसानलाई बन्यौ सहारा
    अनेकौँ रूप तिम्रो
    कसैको तिमी हत्यारा ।
    ३//
    कोही छन् रमाएका
    सर्वस्व गुमाउनेहरू चाहिँ
    बलिन्द्र आँसु बगाएका ।
    ✍️
    विमल खतिवडा माइला, सिलगढी, भारत
    ————-==———–
    [४]
    १//
    गर्जन्छ मेघ खहरे
    मल हाले लहरिन्छ
    खेतमा तरकारी लहरे ।
    २//
    परेको परेकै झरी
    भन्दैछन् काफल पाक्यो
    हाँगामा बसेर चरी ।
    ✍️
    बिके मुखिया, दार्जीलिङ, भारत।
    ————-==———–
    [५]
    १//
    प्रकृतिप्रदत्त यो मनसुन
    भित्र्याउनलाई चाहेको बेला
    लाग्दैन कसैको भनसुन ।
    २//
    बनाएर रेखा बक्र
    आउँछ मनसुन घुम्दै
    बनाउँदै न्यूनचापिय चक्र ।
    ३//
    आउँछ कहिले झाडीबाट
    प्राकृतिक लीला अचम्मको
    आउँछ बङ्गालको खाडीबाट ।
    ✍️
    डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [६]
    १//
    कति पर्खनु मनसुन
    धैर्यको बाँधै चर्कियो
    चल्छ कि भनसुन ?
    २//
    विक्षिप्त बन्यो पश्चिम
    प्रकृति हुँदा पक्षपाती
    नहुँदा वर्षा सिमसिम !
    ✍️
    चिरञ्जीवी ढकाल, नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके
    ————-==———–
    [७]
    टारी खेतमा पानी
    मनसुन सुरू भयो
    कृषिमा गरौँ लगानी ।
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [८]
    १//
    धेरै भयो गर्मी
    वायुमण्डल नै खल्बलाएर
    किन बन्छन् अकर्मी ?
    २//
    विदेशमा मनसुनको भर
    फरक हुन्छ दिनमै
    तर नमान्नु डर ।
    ३//
    एकनास नहुँदा मनसुन
    बाढी पहिरोको डरले
    नपरोस् कसैले रुन ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन!
    ————-==———–
    [९]
    १//
    मनसुन सुरु भयो
    अन्त्य कैले हुने ?
    धेरै बाढी गयो ।
    २//
    जटिल मौसम परिवर्तनले
    चट्याङ झरेको धेरै
    मान्छे मर्‍यो बिजोगले ।
    ३//
    विकासले विनाश ल्यायो
    देश गरिब बनाएर
    जनता लाटो बनायो ।
    ✍️
    एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१०]
    आकाशमा उडे कर्याङ्गकुरूङ
    मनसुन आएन तैपनि
    खडेरीले मकै खर्याङ्गखुरूङ ।
    ✍️
    सुरेश कार्की, हाल सिड्नी अष्ट्रेलिया
    ————-==———–
    [११]
    १//
    आउँदै मनसुन जल
    छन् किसान खेतबारीमा
    पाइँदैन बिउ मल ।
    २//
    गर्जँदै आयो मनसुन
    छैन मल बिउ
    चल्छ निकै भनसुन ।
    ✍️
    मन थापा, पोखरा २१ कृस्ती
    ————-==———–
    [१२]
    १//
    तिमी वर्षादको पानी
    म मनसुनी हावा
    गर्मी भयो सान्नानी ।
    २//
    आँखामा गाजल लगाऊ
    चमक्क चम्काउँदै बिजुली
    तिमी मनसुनमा रमाऊ ।
    ✍️
    होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
    ————-==———–
    [१३]
    मनको मिठो झरी
    सम्झना गराउँछ तिम्रो
    सायद बर्खामा परी ।
    ✍️
    नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [१४]
    १//
    माैसममा आधारित खेत
    राहत भएन किसानलाई
    सरकारको खुलोस् चेत !
    २//
    जलवायु परिवर्तनकाे असर
    कसर छाेडेनन् किसानले
    तर उत्पादन पसर ।
    ३//
    जलवायु परिवर्तनकाे न्युनीकरण
    उत्थानीकरण गर्नुपर्छ मिली
    हुन्छ वातावरणकाे सबलीकरण ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [१५]
    १//
    खेतबारी हुँदैछ रसिलो
    प्रकृति खुल्दैछ हराभरा
    मनसुन भइदियो ढिलो ।
    २//
    तात्तिनु पर्छ किसान
    छ अन्न उब्जाउनु
    गरेर भूमिमा श्रमदान ।
    ✍️
    भुपेन्द्र राना मगर, धादिङ
    ————-==———–
    [१६]
    १//
    परेको परेकै पानी
    मनसुन आगमन हुँदैछ
    खुसी छिन् सानी ।
    २//
    मनसुनको महिना असार
    धान रोपाइँको चापाचाप
    नपर्नु बसेर लम्पसार ।
    ३//
    माना रोपेर पाथी
    धानको रोपनी गरौँ
    परमा चलाउनु साथी ।
    ✍️
    मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा ।
    ————-==———–
    [१७]
    १//
    पूर्वमा वर्षाको भेल
    बस्ती डुबानमा परेको
    कस्तो दैवको खेल ।
    २//
    आकाशे पानीको भर
    गर्नुपरेको छ किसानलाई
    नपरेमा हुनेछ डर ।
    ३//
    मनसुन सक्रिय बन्दैछ
    सजक रहन सरकारले
    सबैलाई सूचना भन्दैछ ।
    ✍️
    कला ढकाल, झापा
    ————-==———–
    [१८]
    १//
    चर्काे लाग्यो घाम
    मनसुनको भर नहुँदा
    भएन खेतमा काम ।
    २//
    बल्ल मनसुन आयो
    वर्षा सुरु हुँदा
    मनमा खुसी छायो ।
    ३//
    कतै वर्षा झरी
    मौसमकाे भर छैन
    बस्ने पो कसाेगरि।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [१९]
    १//
    सुखदुःख भयो मनसुन
    एकैनासको छैन केही
    चट्याङ बाढी अवगुण ।
    २//
    मान्नुपर्छ प्रकृतिको चलन
    मान्छेको हुँदैन हातमा
    भएपनि कुनै दलन ।
    ३//
    किसानलाई झन् खुसी
    मनसुन बन्यो राहत
    हराभरा एकदम भूमि ।
    ✍️
    पृथक प्रकृति ,झापा
    ————-==———–
    [२०]
    भित्रिएछ यहाँ मनसुन
    हुनेछ धान रोपाई
    प्रभुले गरेका भनसुन ।
    ✍️
    कार्की डिबी माकुम
    ————-==———–
    [२१]
    १//
    मन भयो छिन्नभिन्न
    आगोझैं तातो रापले
    हिँडे पङ्खा किन्न ।
    २//
    मनसुन सुरु भयो
    पानीको बहावमा
    राप सेलाएर गयो।
    ३//
    झमझम पानी पर्यो
    गर्मी लजाउँदै हजुर
    अलिअलि पछि सर्यो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    [२२]
    १//
    पानी नपरेरै सतायाे
    पसिना बगेकाे छ
    मन निकै अतायाे !
    २//
    बादल पानी पठाइदेउ
    निकै कठिनाई भयाे
    समस्या तिमी हटाइदेउ !
    ३//
    असारकाे खेती लगाऔँ
    खेती राम्रो बनाएर
    कृषकले समस्या भगाऔँ !
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि।
    ————-==———–
    [२३]
    १//
    भएन राम्रो मनसुन
    काम गर्न नेपालमा
    चाहिन्छ राम्रो भनसुन।
    २//
    प्राणीको तागत भर्दछ
    मनसुन समयमा भए
    समस्या सबै टर्दछ ।
    ३//
    मनसुनले बन्छ जीवन
    सर्वत्र ल्याउँछ यसले
    जीवन जगतमा परिवर्तन।
    ✍️
    सतीस पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ
    ————-==———–
    [२४]
    १//
    आयो असार मास
    मनसुन सुरुवात हुने
    हुन्छ सबैको आस ।
    २//
    वन बनाए घडेरी
    मनसुन सुरु नहुँदा
    लागे सर्वत्र खडेरी ।
    ✍️
    कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [२५]
    आहा ! बादल वर्षियो
    पर्‍यो चट्याङ झिलिक्क
    मेरो मनै तर्सियो ।

    नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ————-==———–
    [२६]
    सक्रिय बन्दैछ मनसुन
    प्रकृति मात्रै यस्तो
    चल्दैन कसैको भनसुन ।
    ✍️
    शंकर कार्की, मकवानपुर।
    ————-==———–
    [२७]
    १//
    बाहिर पानी परेको
    किसान खुसी भएर
    हर्षका आँसु झरेको ।
    २//
    सक्रिय भयो मनसुन
    गर्नुपर्दैन अब कसैलाई
    बाली लगाउनलाई भनसुन ।
    ३//
    आकासे पानीको भर
    पहाडका किसानको जिन्दगी
    सोचेभन्दा हुन्छ पर ।
    ✍️ देवकृष्ण
    ————-==———–
    [२८]
    १//
    चल्छ नेपालमा मनसुन
    वित्यासै पार्छ कहिलेकाहीँ ,ल
    बाँच्नै गर्नुपर्छ भनसुन ।
    २//
    तराई डुबाउने भलले
    पहाड पहिरोले क्षति
    माटो भिज्दैन मलले ।
    ३//
    संसारको अनुपम देश
    उचाइमा विविधता हुँदा
    सिके बसाइँ वेश ।
    ✍️
    मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [२९]
    १//
    कुद्छ बुट्टा कर्मीले
    अस्वस्थ बनाइदियो हेर
    यहाँ सबैलाई गर्मीले ।
    २//
    सुरु भयो असार
    पर्नसकेको छैन पानी
    सुक्दैछ खोला बगर ।
    ३//
    तातो चर्को घाममा
    पसिना बगाउँदै किसान
    व्यस्त छन् काममा ।
    ✍️
    दिप गोले, चन्द्रपुर-१पौराई रौतहट
    ————-==———–
    [३०]
    १//
    आउदैछ तुफानी मनसुन
    कताकता सुन्दैछु मैले
    मिल्नेभए गर्नहुन्थो भनसुन ।
    २//
    सास फेर्नै गाह्रो
    खै कसरी बाँच्ने
    पानी नपरी साह्रो ।
    ३//
    कतै सुनिन्छ पहिरो
    हामीलाई भयो जातिबिती
    मनसुन आओस् गहिरो ।
    ✍️
    सुनगाभा पोखरेल
    ————-==———–
    [३१]
    १//
    प्राकृतिक प्रकोप मनसुनमा
    जीवन आफैँ समालौँ
    चेतनाको मीठो धुनमा ।
    २//
    समय बितेर रुनुमा
    पीडा मात्रै सकिन्छ
    विपत्तिले अनायसै छुनुमा ।
    ३//
    भयानक रूपमा देखिन्छ
    खेलाँची नसम्झौँ यसलाई
    सतर्कताले दुर्घटना छेकिन्छ।
    ४//
    झुट होइन लेखेको
    मैले यस्ता घटनाहरू
    आफ्नै आँखाले देखेको।
    ५//
    मनसुनको गीत गाएको
    हल्कामा नलिनु कहिल्यै
    जनचेतनाको निम्ति सजाएको।
    ✍️
    अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।
    ————-==———–
    [३२]
    १//
    तिमी झरी आउछाै
    र मेरो पेटमा
    शक्तिको दिप जलाउछाैै ।
    २//
    तिम्रो तागत मनसुन
    कति छ कति
    तिर्न नसकिने गुन ।
    ✍️
    ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [३३]
    १//
    सबैले मौका छोप्नु
    मनसुन सुरु भयो
    मिलेर धान रोप्नु ।
    २//
    असार मासको बेला
    खेतमा काम गर्छन्
    भएर सबै भेला ।
    ३//
    पर्‍यो मुसलधारे पानी
    बाढी पहिरो गएर
    पुर्‍याउँछ होला हानी ।
    ✍️
    अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत।
    ————-==———–
    [३४]
    १//
    प्रकृतिको खेल मनसुन
    आउँछ आफ्नै खुसीमा
    कसैको चल्दैन भनसुन ।
    २//
    गर्मीले पसिना बगेको
    मनसुन धर्तीमा आउन
    एक्कासी वर्षा खसेको ।
    ३//
    गर्मीले तितरबितर आहत
    प्राणी प्रकृतिको भरमा
    वर्षाले दियो राहत ।
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    [३५]
    १//
    कस्तो अचम्म आज
    मनसुन बद्लिएर आयो
    जताततै गर्दै राज ।
    २//
    न्याय दिने काम
    कर्तव्य हो सबैको
    गरौँ मिली रोकथाम ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    [३६]
    १//
    मौसम ऋतु अनुसार
    कहिले प्रचण्ड गर्मी
    कहिले आउँछ तुषार ।
    २//
    वनस्पति हाम्रो आधार
    आएर मनसुन समयमा
    कृषिमा आओस् बहार ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ————-==———–
    [३७]
    १//
    बल्लतल्ल भित्रियो मनसुन
    हर्षको साथ किसानहरू
    गुनगुनाउछ्न् आफ्नै धुन ।
    २//
    आउनेछ बाढी पहिरो
    जोगाउन गाह्रो ज्यान
    नेपालीको पीडा गहिरो ।
    ✍️
    वेल थोकर तामाङ, मकवानपुर //बस्तिपुर
    ————-==———–
    [३८]
    १//
    सुन्दैन कसैको भनसुन
    सबै सतर्क रहौँ
    बदलिँदै आयो मनसुन।
    २//
    खोलातिर नजानुस् जानीजानी
    पहिरोको जोखिम छ
    पर्दैछ सबैतिर पानी ।
    ✍️
    चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [३९]
    १//
    जोखिममा छ घर
    मनसुन भित्रियो देशमा
    पहिरो जाने डर ।
    २//
    पानि पर्‍यो अति
    जताततै पहिरो गएर
    जनधनको भयो क्षति।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [४०]
    १//
    गर्मी यसपालि जस्तो
    बढेर नजावस् फेरि
    मौसम बिग्रियो कस्तो ।
    २//
    मनसुनी वर्षा लागेर
    दर्केर पर्यो पानी
    आयो उत्साह जागेर ।
    ३//
    रमाउँदै लगाउने बाली
    रोपेर धान खेतमा
    उब्जाउने टन्न यसपालि ।
    ✍️
    पुष्पा राई, ऐसेलुखर्क, खोटाङ ।
    ————-==———–
    [४१]
    १//
    कता अल्मलियो मनसुन
    बढेर ताप सूर्यको
    छट्पटिए तारा जून ।
    २//
    आउँछ छिट्टै पानी
    लामो खडेरी पर्दा
    आत्तिने हाम्रो बानी ।
    ✍️
    पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ————-==———–
    [४२]
    १//
    सुरु भयो मनसुन
    किसानको मुहारमा हाँसो
    मनमा मीठो धुन ।
    २//
    लाग्दैन अब जून
    वर्षा सुरु भयो
    निरन्तर मनसुनको धून ।
    ३//
    बाधीले पहिरो जान्छ
    सचेत बनौँ सबै
    घरखेत नै लान्छ ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [४३]
    १//
    बादल गर्जँदै आयो
    गर्‍यो जलले स्पर्श
    धर्तीमा खुसीयाली छायो ।
    २//
    मनसुन सुरु भयो
    प्रचण्ड राप हेर
    शीतल भएर गयो ।
    ३//
    मुसलधारे पर्दा पानी
    सबैलाई लाग्यो डर
    बाढी, पहिरोको हानी ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ————-==———–
    [४४]
    १//
    याे वर्षकाे मनसुन
    कृषक पट्यारीमा दिक्दारीमा
    कसैकाे लागेन भनसुन ।
    २//
    टन्टलापुर घाममा चराहरू
    आवाज सुनिँदैन ढुकुरकाे
    सुकेर चर्किए गराहरू ।
    ३//
    माैसम बिग्रिएर राेगहरू
    रित्तिँदैछन् भकारी किसानका
    बढ्दैछ चिन्ता शोकहरू ।
    ✍️
    हिरालाल न्याैपाने ,बानपा ८, काेटमाैला सल्यान
    ————-==———–
    [४५]
    १//
    मनसुन यता सरेन
    असार लाग्दा पनि
    अझै पानी परेन l
    २//
    मनसुन पूर्वतिरै लुक्यो
    सहन नसकी घाम
    खेतीपाती सबै सुक्यो ।
    ३//
    कतै वर्षे भेल
    जथाभाबी धर्ती भत्काउदा
    बिग्रियो प्रकृतिको तालमेल l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [४६]
    १//
    मनसुन सुरु भयो
    कसरी कटाउनु बर्खा
    जताततै बाढीपहिरो गयो |
    २//
    चाहिने भन्दा अति
    पानी पर्‍यो भने
    हुन्छ धेरै खति |
    ✍️
    सरिता सेढाई धादिङ
    ————-==———–
    [४७]
    १//
    उपयुक्त माैका छाेपाैँ
    मनसुन भित्रिएको बेला
    जुटेर धान राेपाैँ ।
    २//
    भएर हामी भेला
    चलाउनुपर्छ अब साथी
    धान राेपाइँकाे मेला ।
    ३//
    देखिन्छ प्रकृति रसाएकाे
    मनसुन आएर हाेला
    खुसीले पानी खसाएकाे ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ————-==———–
    [४८]
    १//
    मनसुन बल्लतल्ल आयो
    त्यसैले गर्दा हजुर
    गाउँमा खुसी छायो ।
    २//
    धनबिरेले काम पायो
    मनसुनले गर्दा नै
    जानुकीसँग मायापिरती लायो ।
    ३//
    चौतारीको पसले मर्यो
    समय जति सबै
    खेतबारीले जफत गर्यो ।
    ✍️
    नन्दलाल आचार्य, बेलका-२, सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।
    ————-==———–
    [४९]
    १//
    कृषिप्रधान मेरो देश
    पानी आउने आशमा
    किसानको फुलिसक्यो केस ।
    २//
    उतैबाट आउनुपर्छ मनसुन
    देश कसले चलाउने
    त्यतैबाट आउँछ भनसुन ।
    ३//
    सधैँ छ्याप्छौ हिलो
    एक गरो रोपेर
    देखाउँछौ किन फिलो ?
    ✍️
    पशपती राई, खोटाङ ।
    ————-==———–
    [५०]
    १//
    चर्को लागे घाम
    घाम लागेको बेला
    गर्नुहुँदैन है काम ।
    २//
    अलिकति लागेछ झरी
    राेपाइँको बेला हजुर
    खेतमा सबैको मनपरी ।
    ३//
    किसानलाई पानीको भर
    मनसुन सफा नहुदाँ
    बाढी, पहिरोको डर ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [५१]
    १//
    पूर्वमा मनसुन सरेको
    आयो असार नलाग्दै
    बेसरी पानी परेको ।
    २//
    आकाश गर्जिन्छ स
    आकाश कालोनिलो गरी
    मनमा लाग्यो डर
    चट्याङ पर्दा बेसरी ।
    ✍️
    दुर्गा आचार्य, मोरङ
    ————-==———–
    [५२]
    १//
    खेतीमा हुन्छ डर
    मनसुनी वर्षाको पनि
    छैन कुनै भर ।
    २//
    सुख्खा यो वर्ष
    मनसुन गडबड भयो
    छैन मनमा हर्ष ।
    ३//
    सुख्खा बादल झरी
    मनसुनको ठेगाना छैन ।
    दुख हुने सधैँभरि ।
    ✍️
    जयनारायण नेपाल, इलाम हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर
    ————-==———–
    [५३]
    १//
    मनसुन आयो भन्छन्
    गर्मीले पराकाष्ठा नाघ्यो
    महिना औॅलामा गन्छन् ।
    २//
    गर्मी कि झरी
    मार्न लाग्यो आजकल
    बॅाच्ने के गरी ।
    ३//
    किसान आत्तिएका छन्
    मनसुन आयो होला
    बीऊ मासियो झन् ।
    ✍️
    राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ————-==———–
    [५४]
    १//
    आयो मनसुनी पानी
    खडेरीले सताएको बेलामा
    गरौँ खेतमा लगानी ।
    २//
    गर्जेर आयो पानी
    मान्छे कृषिप्रधान देशका
    उकासौँ है जिन्दगानी ।
    ३//
    मनसुन सुरु जब
    गर्मीको चाप पनि
    बिस्तारै सेलाउँदैछ अब ।
    ✍️
    दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [५५]
    कतिको ज्यान लियो
    यो गर्मीले गर्दा
    खाली नोक्सानी दियो ।
    ✍️
    सनत रोकाय बिवश, कुशे गा.पा ८, जाजरकोट
    ————-==———–
    [५६]
    मनसुन समय जस्तो
    हुँदैन अरू समय
    फलेछन् धान कस्तो ।
    ✍️
    गंगाराम यादव, औरावनी २ सुनसरी
    ————-==———–
    [५७]
    १//
    वर्षातको धैर्यता टुट्यो
    मनसुन कहाँ गयो
    गर्मीले मुटु फुट्यो ।
    २//
    कतै बाढी भेल
    असारे खेत भरी
    कतै धुलोको खेल ।
    ३//
    डाँडा ढाकेको कुहिरो
    कर्मयोगी किसानको मर्म
    पहाडमा आएको पहिरो ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    [५८]
    आयो बङ्गालको खाडीबाट
    मनसुन झुक्काएर वहने
    कसरी जोगिने बाढीबाट !
    ✍️
    लोक बहादुर छेत्री
    ————-==———–
    [५९]
    १//
    हृदयलाई विदारक बनाउँछ
    कतिको घरवार उठाउने
    मनसुनमा मानिस हराउँछ ।
    २//
    मनसुन आवश्यक भएको
    हाँसो रोदनको वर्षा
    बाढीको चपेटामा परेको ।
    ३//
    तागत साहस मनसुनको
    नेताकै रूप लिएका
    चलन नसुन्ने भनसुनको ।
    ४//
    कसैको जिन्दगी अचेतमा
    बाढी पहिराले पीडित
    कमिशन चल्छ बजेटमा ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    [६०]
    वर्षियाे असारे झरी
    धरा रजाेवती भइन्
    उब्जाउनु बीउ छरी ।
    ✍️
    प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
    ————-==———–
    [६१]
    १//
    जतिसुकै बाढी पहिरो
    सुन्छु आजकल हेर
    सरकार किन बहिरो ?
    २//
    मनसुनले हसायो किसान
    पानीले भरियो खेतबारी
    रोप्छन् किसानले धान ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
    ————-==———–
    [६२]
    १//
    वर्षाले गरेकाे कमालमा
    हेरिबसे वर्षातमा म
    आउनेछु हेर सहकालमा ।
    २//
    गीत गाउँदै मेला
    धान रोप्ने चटारो
    बल्ल पर्‍यौ फेला ।
    ✍️
    भाेलामान बर्देवा, धरान ८ सुनसरि
    ————-==———–
    [६३]
    १//
    बाली लगाउन राम्रो
    परे अति पानी
    नोक्सान हुन्छ हाम्रो ।
    २//
    सिमसिम पानी पर्दा
    बाली राम्रो हुन्छ
    किटनासक औषधी छर्दा ।
    ३//
    पानीले जीवन दिने
    साउनको भेलले नै
    हाम्रो ज्यान लिने ।
    ✍️
    सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
    ————-==———–
    [६४]
    १//
    मनसुन छौ कहाँ
    आकाश खाली देख्छु
    आँसु मात्रै यहाँ ।
    २//
    धानको बीउ डढिसक्यो
    वर्षा आउने आशामा
    किसानको जाँगर मरिसक्यो ।
    ३//
    आधा असार भइसक्यो
    पानी पर्ने आशामा
    रोप्ने बेला गइसक्यो ।
    ✍️
    सविता भट्टराई, जनकपुर
    ————-==———–
    [६५]
    १//
    काम बन्ने भनसुनले
    आफ्नै परिवेश वातावरण
    नेपालकाे वर्षा मनसुनले ।
    २//
    जय ! किसान नारामा
    बस्नुपर्ने छ किसानले
    सधैँ पानीविनाको धारामा ।
    ३//
    बेवास्ता मथेर नेती
    गर्छन् किसान दुःख
    मनसुन पर्खेर खेती ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [६६]
    १//
    अवश्य पानी पर्छ
    राम्रो गर्छ मनसुनले
    चारैतिर वर्षा छर्छ ।
    २//
    चारैतिर मनसुन छायाे
    किसान ती साराका
    खुसीकाे दिन आयाे ।
    ✍️
    उर्मिला के.शी., धनकुटा
    ————-==———–
    [६७]
    १//
    मनसुन एकनासकाे रहेन
    बाढी र पहिराेले
    किसानलाई शान्ति भएन ।
    २//
    कहिले चर्काे घाम
    कहिले पानी दर्कने
    कसरी हाेला काम ?
    ✍️
    सुन्दरी घिमिरे
    ————-==———–
    [६८]
    १//
    भएपछि बर्साद् मनसुन
    अन्नबाली राम्ररी फस्टाउने
    गर्नुपर्दैन कसैलाई भनसुन ।
    २//
    गर्छन् सबैले चर्चा
    लामो खडेरी पऱ्यो
    कहिले हुन्छ वर्षा ।
    ३//
    दर्कने पानी परेर
    बढेर जान्छन् खोलानाला
    आउनू होस गरेर ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ————-==———–
    [६९]
    १//
    बल्ल आयो मनसुन
    खुसी छन् किसानहरू
    गाउँदै असारे धुन ।
    २//
    घुम्टो लाग्यो हिमालमा
    चौतर्फी खुसी बाँडेर
    मनसुन भित्रीयो नेपालमा ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती न.पा.-३,काभ्रे ।
    ————-==———–
    [७०]
    अन्तरसम्बन्ध बनायो मनसुनले
    तर हाम्रो देशमा
    अस्थिरता जन्मायो भनसुनले ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [७१]
    १//
    मनसुन बदलिँदै गरेको
    वर्षात् लागेर होला
    पानी धेरै परेको ।
    २//
    कृषकलाई खुसी पार्न
    मनसुन सुरू भयो
    पर्छ बिरुवा सार्न ।
    ३//
    मनसुन बदलिएर होला
    बढ्दै बढ्दै गयो
    घरको छेउको खोला ।
    ✍️
    लक्ष्मण देउवा, डोटी । हाल भारत चेन्नई
    ————-==———–
    [७२]
    १//
    वर्षात सुरु भयो
    महसुस हुँदैछ आज
    अब गर्मी गयो ।
    २//
    मनसुन नभएर गाउँमा
    बिरुवा मरेर गए
    सारेको रोपेको ठाउँमा ।
    ३//
    बुझिँदैन मनसुनको चाला
    बदलिँदो मनसुनको कारण
    बढ्दै गए खोलानाला ।
    ✍️
    ललिता गिरी, सिन्धुली । हाल काठमाडौँ
    ————-==———–
    [७३]
    १//
    ल्यायो मनसुनले पानी
    नाङ्गा ती पाखापखेरामा
    पुर्‍याउन सक्छ हानी ।
    २//
    ऋतु परिवर्तन हुँदा
    हुन्छ चिन्ता किसानलाई
    सुक्खा खडेरीले छुँदा ।
    ✍️
    नन्दा धामी, नौगड, दार्चुला
    ————-==———–
    [७४]
    १//
    रिमझिम मनसुन आयाे
    सारा धरती हरियाली
    किसानकाे आशा लहरायाे ।
    २//
    असारे भाका हाल्दै
    खेतमा राेपाहार रमाउँछ्न्
    मनमा विश्वास बाल्दै ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार।
    ————-==———–
    [७५]
    १//
    व्योम गर्जेर यसरी
    झर्दा पानीको बहाव
    तर्सिन्छ मन कसरी ।
    २//
    किसानलाई पानी चाहिन्छ
    पानी परे बर्खामा
    वर्षदिन खान पाइन्छ ।
    ३//
    मौसमी हावा चलेर
    क्षति कसैलाई नगरोस्
    बोटबिरुवा सबै ढलेर ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    [७६]
    १//
    अब भित्रियाे मनसुन
    हर्षित भई किसानहरू
    घन्काउँछन् असारे धुन ।
    २//
    हिलाेमा पिरती लगाई
    पन्ध्र असार मनाऔँला
    दही चिउरा खाई ।
    ✍️
    काेपिला अधिकारी, सिरानचाेक-७ गाेरखा
    ————-==———–
    [७७]
    मनसुनी वर्षाको प्रभाव
    खनजोत गर्नलाई समस्या
    खेतमा पानीको बहाव ।
    ✍️
    भगवती दवाडी

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    One thought on “विशेष झिल्का लेखन अभियानको २० औँ शृङ्खला ( मनसुन विषयक) सम्पन्न

    1. I do trust all the ideas youve presented in your post They are really convincing and will definitely work Nonetheless the posts are too short for newbies May just you please lengthen them a bit from next time Thank you for the post

    Leave a Reply