‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३९ सम्पन्न

  • ४ असार २०८१, सोमबार १३:३८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३९
    पुल पुल कति भन्छौ ? चट्ट चढ भ्यू टावर
    मोज गर, निर्धक्क घुम ट्वन्टीफोर आवर ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~
    [१]
    भाँचियोस् पुल नै, मरून् प्राणी, छैन कुनै बाल
    जसरी नि, पर्नुपर्‍यो, खाली आफूलाई माल ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    विकृति छ राजनीतिमा विकास गाेजीतिर
    भ्यू टावरले संसार देख्याे छैन पुल भिर ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    भोकमरीले मरून् कि बगोस् रगतको खाल
    मस्ती गर्ने हो सदनमा विकास कछुवाको चाल ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    ~<•>~
    [४]
    आइसक्यो भनेको मनसुन बाटो बिराएर कता पो गयो
    गर्मी बढेर सहन नसकी मान्छेहरूको बिचल्ली पो भयो ।
    ✍️
    पवनकुमार बुढाथोकी
    काठमाडौं
    ~<•>~
    [५]
    भोकमरीले मरे नि हेर्न कसलाई चासो ?
    आफ्नै हातको राखन् धरन् मनमा चट्ट हाँसो ।
    ✍️
    बेदु न्यौपाने
    ~<•>~
    [६]
    जेहोस् बाल मतलब दुनो आफ्नैतिर सोझ्याउॅंने
    फाइदाको लागि लड्दैछु अरू जो सुकै होउॅंन् रुने।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [७]
    पुल बनाउने पैसा छैन, भ्यू टावरको सान
    बाढी आउँदा रमिता हेर्ने असल नेता छान।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~<•>~
    [८]
    जनतालाई अलमल्याउन नेता जे नै गर्छन्
    आफू लिन्छन् चाैरासी व्यञ्जन जनता भाेकै मर्छन् ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    [९]
    देशमा गतिलो छैन, हजुर पुल
    बाटो बिराउँदा जनतालाई भूल ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    [१०]
    भाँचियोस् पुल नै, पहिरोले पुरियोस् बस्ती, ठिकै लाग्छ
    फेरि बनाउँदा आउने आफ्नो भागले, उत्साह जाग्छ ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [११]
    आवश्यकता अनुसारको काम गर बोल सत्य साँचो
    दुर्गम ठाउँमा विकास गर छैन भ्यू टावरको खाँचो ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    [१२]
    कति चुस्छौ रगत विविध करको नाउँमा
    भोट लिन फेरि आउनु पर्ला हाम्रो गाउँमा ।
    ✍️
    सविता भट्टराई, जनकपुर
    ~<•>~
    [१३]
    भ्यू टावर बनाओस् यात पुल खाेजीनितिकाे छैन खासै खाँचो
    जसले देशको विकास गर्छ उसलाई दिनु देशको साँचो ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१४]
    कुराले सकिन्छ हुन्छ खोकिदियो विकास
    पुल सडक नालाको कतै छैन निकास ।
    ✍️
    चुडामणि ध्रुव देवकोटा
    ~<•>~
    [१५]
    केवलकार चढ्न पाए भ्यू टावर किन ?
    पैसा भए त सबै कुरा मिल्छ एकैछिन ।
    ✍️
    बाबू विराज
    कपिलवस्तु
    ~<•>~
    [१६]
    खाेलापारि तर्नु पर्दा तुईन चुडिएर मर्नुपर्ने
    नेता भए ओखतीमुलाे विदेश गई गर्नुपर्ने ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला,सल्यान
    ~<•>~
    [१७]
    जनताले खान नै गाँस छैन ठाउँ ठाउँमा बन्यो चढ्न भ्यू टावर
    परिवारै घुमफिर जनताले तिरेको करमा पाउँदा पावर ।
    ✍️
    सुशील शिखा
    काठमाडौँ कागेश्वरी
    ~<•>~
    [१८]
    यो देशमा बन्ने हैन आवश्यक पुल
    कर्म गरौँ हामी सब धेरै गर्यौं भूल ।
    ✍️
    कमला देवकोटा, पाल्पा
    ~<•>~
    [१९]
    पुल बनाउने पैसा झ्वामझ्वाम चट्ट बैङ्कमा राखेर
    वर्षैपिच्छे जनताको आँखामा छारो हाली दिन भाकेर ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [२०]
    क्या अनौठो छ सपनाको सहर
    सपनाभित्र हराएका रहर ।
    ✍️
    आर्त अकुलीन
    ~<•>~
    [२१]
    जनताको पसिनाबाट नै कर असुल पारेर
    रमाए गगनचुम्बी महल भ्यू टावर राखेर ।
    ✍️
    कला ढकाल झापा
    ~<•>~
    [२२]
    भाषण गर्दा नेताले देश र जनता भन्छन् मेरै
    पुल राम्रो बनाउन नसक्नेका फुर्ती अझ धेरै ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२३]
    जन्तु, मान्छेको मूर्ति, गेट, टावर धेरै बनाउने हो लाेकतन्त्रमा विकास
    कुकर्मले डुङ्डुङ्ती गनाए पनि बेजोडा हाै छैन हाम्रो विरुद्धमा निकास ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    [२४]
    जनताको गॅास कटाई भ्यू टावर बनाउने
    खानुसम्म खाएर विकास भएको जनाउने ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [२५]
    चारवर्षलाई मोज गरौँ चुनावमा भोज गरौँ
    जनतालाई मख्ख पार्दै संसदभित्र फेरि सरौँ ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ~<•>~
    [२६]
    नियत छैन विकासको र बनाउँछन् भ्यू टावर
    पुल किन चाहियो भत्किन्छ देश हुन्छ झरझर ।
    ✍️
    सुरेशकुमार पाण्डे, दाङ घोराही १८
    ~<•>~
    [२७]
    पुलकै नाम बेची सजियाे घर आँगन र दुनियाँ
    गरिब दीनदुखीहरूकाे सपना भयाे छियाछिया ।
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ~<•>~
    [२८]
    भ्यू टावर बनाएर के भयो ? हान्यो मुटुमा शूल
    भ्यू टावर होइन नदीमा बनाउ बलियो पुल ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [२९]
    हेर्नुपर्छ यो दुनियाँ ! रङ्गीबिरङ्गी भ्यू टावर चढेर
    चाहे पुल भाँचियोस् मतलब छैन चाहे मरोस् लडेर ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [३०]
    गधा बस्ने सहर
    छैन केही रहर ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    ~<•>~
    [३१]
    रोजगारको कुरा गर्छौ, जाउँ हेर्ने भ्यू टावर
    किन चाहियो पुल यहाँ, महलको छ लहर ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [३२]
    नेताहरूमा भयाे धेरै मुखकाे कला
    भएन अरू केही थपे घरकाे तला ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-१, कुर, अर्घाखाँची
    ~<•>~
    [३३]
    विकास भन्दै विनासको बहार ल्याउँदैछु
    आफ्ना नातिपनातिलाई उकास्न भ्याउँदैछु ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    हाल- एनेलकुटी, सिरहा ।
    ~<•>~
    [३४]
    सबै राखे पनि यो मन खोलिनँ
    धेरै कुरा हजुर मैले बोलिनँ ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~<•>~
    [३५]
    जनताको छाती टेकी शिखरमा चढ्न थाल्यौ
    शक्ति त तिम्रो हातमा छ, देश नर्कमा फाल्यौ ।
    ✍️
    शंकर कार्की,मकवानपुर
    ~<•>~
    [३६]
    फस्दैछ रे देश विपदमा सरासर
    किन गर्छौ कुरा बनाउने भ्यू टावर ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,लबनेपा १४ साँगा बजार।
    ~<•>~
    [३७]
    सुख्खा मौसममा नभ्याउने तिमी
    असारे झरी यो, पानी रिमीझिमी।
    ✍️
    मोती सुब्बा
    ~<•>~
    [३८]
    ठीक बेठीक हेर्दैनन् लाग्छन् शासककै हुलमा
    शासकको ध्यान भ्यू टावरमा, जाँदैन पुलमा ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [३९]
    नीति निर्माण गर्दैछन् रित्तो कुर्सीहरूले
    हाजिरी छँदैछ भनेर के हुन्छ अरूले ?
    ✍️
    पुष्पा राई, ऐसेलुखर्क, खोटाङ ।
    ~<•>~
    [४०]
    हेलिकोप्टर सित्तैमा छ किन चाहियो मलाई
    मरे मरोस् न ! कठोर मन आउँदैन पलाई ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [४१]
    पुल शूल बन्छ, ढुङ्गो माटो टेकिन्छ
    भ्यू टावर बने, पर पर देखिन्छ ।
    ✍️
    विवश पारदर्शी
    झापा
    ~<•>~
    [४२]
    चार वर्षे सत्ता हो गरिन्छ मजाले मोजमस्ती
    ऎन कानुन आफ्नै हो पेवा गरिन्छ जबर्जस्ती ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    ~<•>~
    [४३]
    भाषणले मात्रै भए सबैतिर विकास
    कतै पनि छैन पुल सडककाे निकास ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~<•>~
    [४४]
    मासु र रक्सीमा सबै जनता भुल्याए
    पुल बनाउने रकम त आफैँ खाए ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ~<•>~
    [४५]
    बेकामे भ्यू टावरहरू तिमी आफैँ चढ
    त्यही बसी जनता बगेको खबर पढ ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [४६]
    भ्यू टावर बनाउनुभन्दा बनाऊ पुल
    मान्छे हौ मान्छे जस्तै बनेर सुधार भूल ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~<•>~
    [४७]
    भ्यू टावर चढन पाएका छौ खुसी बन जन
    उद्याेगधन्दा खाेलेपछि त कमाउँछ धन ।
    ✍️
    जी.वि.कश्यप, घाेराही, दाङ ।
    ~<•>~
    [४८]
    आवश्यक ठाउँमा खै पुल छैन, भ्यू टावर अनेक ठाउँ
    नाफाको दृष्टिमात्र नलगाऊ गएर हेर ती आफ्नै गाउँ
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४९]
    किन चाहिए बाटा, पुल म त्यहाँ हिँड्न पर्दैन सत्तामा के म एक्लै छु र उसले केही गर्दैन । ✍️
    सबिता खड्का कैलाली
    ~<•>~
    [५०]
    हाहाकार नै मच्चियो लौन भयौ काकाकुल
    हे प्रभु ! वर्षा लाग्द नि फुटेन पानीको मूल ।
    ✍️
    वेल थोकर तामाङ
    बकैया_८ मकवानपुर
    ~<•>~
    [५१]
    गरिबको पसिना बेची नाम कमाउने नेतासँग परेँ दिक्क
    जनता मेरो भगवान् नै हुन् भन्दै भाषण छाट्दै पार्छन् हेर ठिक्क ।
    ✍️
    बिकास छेत्री अन्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [५२]
    विकासको रकम सबै खाए
    बचेको पैसाले पुल बनाए ।
    ✍️
    बि.कुलुङ दार्जिलिङ
    रंगबुल
    ~<•>~
    [५३]
    हामी तुइन तरेकै छौँ ज्यान जोखिममा मोलेर
    मोजमस्ती गर्दै हिँड अझै नि चट्ट छाती खोलेर |
    ✍️
    सरिता सेढाई धादिङ
    ~<•>~
    [५४]
    खोलानाला उत्खनन् गरेर बनायौँ भ्यू टावर
    गरिब दुखीलाई मारेर देखाउदै छौँ पावर ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~<•>~
    [५५]
    मोज र भोजको युगमा थितिका कुरा नगर
    समाजलाई उँभो लग्छु भनेर अघि नसर ।
    ✍️
    लक्ष्मी रिजाल, रुपनगर, सप्तरी
    ~<•>~
    [५६]
    यत्रतत्र छ समस्या गतिछाडा सत्ता
    अल्पमत बहुमतका नाममा भत्ता ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ~<•>~
    [५७]
    आम्दानीको रुख रोप्यौ लिई नेताको पावर
    भन्छौ कति सजिलो गरेर चढ भ्यू टावर ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [५८]
    तुइन हटाउ खोला र नदीमा बनाउ पक्की पुल
    ढाँट छल गरी लुटेर खाई नपार्नु है रनभुल ।
    ✍️
    सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ।
    हाल चनपा६ मातातीर्थ

    ~<•>~

    Leave a Reply