‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३८ सम्पन्न

  • २९ जेष्ठ २०८१, मंगलवार १५:३५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३८
    जय होस् हजुर चाप्लुसी गर्दै खुट्टा मल्नेहरूको
    उन्नति अनि  प्रगतिमा  आरिसले  जल्नेहरूको ।
    ~~~~~<•>~~~~~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    [१]
    सकेजति त झुक्नुपर्छ अनि झुकाउनुपर्छ
    साम, दाम, दण्ड, भेद उपाय लगाउनुपर्छ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~~~~~<•>~~~~~
    [२]
    आफैँ सक्षम भए पाे त राम्राे काममा अघि सर्छ
    असक्षमले त माथि पुग्न लाेलाेपाेताे गर्नै पर्छ ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~~<•>~~~~~
    [३]
    जसरी भएपनि माथि पुग्न हिम्मत कसिन्छ
    दायाँबायाँ गर्न थाले भने देखी घुँडा धसिन्छ
    ✍️
    बेदु न्यौपाने
    ~~~~~<•>~~~~~
    [४]
    आरिसेहरू त  अरूको  प्रगति  चाहदैनन्  देख्न
    खुट्टा मल्ने जतिको लिष्ट बनाई अब पर्यो लेख्न ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~~~~~<•>~~~~~
    [५]
    चाप्लुसी गरी खुट्टा मल्नेलाई जय होइन गर्नुपर्छ छि:छि: र थुरथुर
    यस्ताबाट भाँचिन्न एउटा सिन्को पनि त्यसैले राख्नुपर्छ सदा दुरदुर ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ, हाल चनपा६ मातातीर्थ
    ~~~~~<•>~~~~~
    [६]
    अर्काको प्रगतिमा आरिस डाहा कहिल्यै नगर्नु
    सक्छौ हौसला देऊ लान्छना लगाई भ्रम नछर्नु ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~~~~~<•>~~~~~
    [७]
    मुखले भने चिप्लो पार्दै बाहिर रोप्छौ छुरा
    यता मुखले ठिक्क पारेर उता काट्छ्न् कुरा।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ~~~~~<•>~~~~~
    [८]
    कसरी खुट्टा तानेर लडाउने भनी बनेका छन् जम्बु टोली
    संसारकै चलन भइसकेको छ त नि ! हजुर आजभोलि।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~~~~~<•>~~~~~
    [९]
    खेलको मज्जा लिन पनि दुई चार हुनुपर्छ जल्ने
    प्रगतिशिल पाइला चालेको देख्दा आरिसले ढल्ने।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~~~~~<•>~~~~~
    [१०]
    मुखले राम जपेर भित्रभित्रै धस्छन् छुरा
    दुई जिब्रेहरूको गरेर, के साध्य छ कुरा ?
    ✍️
    शंकर कार्की ,मकवानपुर ।
    ~~~~~<•>~~~~~
    [११]
    खेलमा मजा लिन्छन्, उता दुईचार जनाले
    नत्र भने खुट्टा तान्न मिल्दैन यहाँ लज्जाले ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~~~~~<•>~~~~~
    [१२]
    सागरमाथि  उर्लिएको  छाल
    हेर्दाहेर्दै जिन्दगी भो  बेहाल ।
    ✍️
    रघु थापा सु न पा १.
    ~~~~~<•>~~~~~
    [१३]
    खुट्टा तान्नेहरूको भिडमा रमाउँदैछु
    खुसी केही मिल्छ भन्दै लरखराउँदैछु ।
    ✍️
    कला ढकाल, झापा
    ~~~~~<•>~~~~~
    [१४]
    म अगाडि बढ्दै जान्छु, तिमी आरिसले जल्दै गर
    अर्काको प्रगति देखेर कालै नआई चाडै मर ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~~<•>~~~~~
    [१५]
    सक्षमले  राम्रो राम्रो काम सधैँभरि देशकै लागि गर्छ
    असक्षमले त आरिस गरी खुट्टा तान्न अघि अघि सर्छ ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५  संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~~~~~<•>~~~~~
    [१६]
    को नै बनेको छ र यहाँ बलबुताले सक्षम ?
    चापलुसी त गर्नु  नै पर्छ भएपछि अक्षम l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~~<•>~~~~~
    [१७]
    खुबीवाला आफ्नै बुद्धि र पौरखमा रमाउँछ
    निरन्तरको मिहेनतले संसार जमाउँछ ।
    ✍️
    इमान सिंह के.सि.
    व्यास९ धनुबेसी,कलेस्ति,तनहुँ
    ~~~~~<•>~~~~~
    [१८]
    चाकडी चाप्लुसी गरी पानीसाप र गड्यौलो झैँ हिँडाइ गर्नेको
    चतुर्‍याइँ ठानिन्छ धाेका दिई बाेली फेर्दै अरूकै खाई मर्नेको ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~~~~~<•>~~~~~
    [१९]
    राम्रो होस् यी चोरी ढाटी लुट्नेहरूको
    मङ्गल भो सयौँ चोटि फुट्नेहरूको ।
    ✍️
    कमला  देवकोटा, पाल्पा
    ~~~~~<•>~~~~~
    [२०]
    जीवन घाम र पानीमा  चलिरन्छ
    रिस मान्नेहरू आगोमा जलिरन्छ ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ~~~~~<•>~~~~~
    [२१]
    किन गर्नुपर्ने सधैँ ती अरूका कुरा
    कर्म गर अनि मात्र लक्ष्य हुन्छ पूरा ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ~~~~~<•>~~~~~
    [२२]
    एउटै छ रूप मान्छेको केवल एउटै छ जात
    दुनियाँ भनेकै लाग्छ मलाई खुट्टा तान्ने जमात ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ~~~~~<•>~~~~~
    [२३]
    कति के भनेर पनि यहाँ हुँदैन
    मनमा कहिले उसलाई छुँदैन ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~~~~~<•>~~~~~
    [२४]
    माथि जान पाए जुनसुकै उपाय लगाउने बानी
    खुट्टा मल्ने चलन आइसकेको छ मल्छु जानाजानी ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~~~~~<•>~~~~~
    [२५]
    नजिक नजिक बन्यो चाप्लुसीको भरमा
    स्वार्थको झोली भिरेर निमुखाको घरमा ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~~~~~<•>~~~~~
    [२६]
    चाप्लुसी खुट्टा मल्नेहरू बुनेर हिँड्दछन् जाल
    एकदिन आफैँ जालमा परेर हुनेछ काल ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।
    ~~~~~<•>~~~~~
    [२७]
    काम गर   फलको   आशा आजै नगर
    भाग्य आफैँ  लेख  कसैको भरमा नपर ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ~~~~~<•>~~~~~
    [२८]
    थरीथरीका मान्छेको थरीथरी सोचाइ
    अनि सोचाइ भन्दा फरक हुने भोगाइ ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ~~~~~<•>~~~~~
    [२९]
    चाप्लुसी गर्छु अघि जान अरूको खुट्टा तान्दै
    व्यङ्ग्य वाण मार्छु भरसक गरी छुरा हान्दै !
    ✍️
    विवश पारदर्शी
    झापा,
    ~~~~~<•>~~~~~
    [३०]
    झुक्ने झुक्छन्  सकेजति पोखिएको टिप्न
    कालोमोसो  आफैँ  आफ्नो मुहारमा लिप्न ।
    ✍️
    महेन्द्र मान बलामी
    ~~~~~<•>~~~~~
    [३१]
    माथि चढ्न लगाउँदै छु भर्‍याङ
    जल्नेहरू त कति धेरै हौ चाङ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~~~~~<•>~~~~~
    [३२]
    कुराहरू खोतल्दै चाप्लुसी गर्न खुट्टा मल्नेहरूलाई                                       

    प्रगति गरेर देखाउनु छ रिसले जल्नेहरूलाई ।            

    ✍️
    सबिता खड्का, कैलाली
    ~~~~~<•>~~~~~
    [३३]
    हजार सपना बाेक्दै चिन्तनमा जीवन नढाल
    क्षमताकाे आकलन विना धर्तिमा बीउ नफाल ।
    हिरालाल न्याैपाने ,बानपा८,काेटमाैला, सल्यान
    ~~~~~<•>~~~~~
    [३४]
    कहाँ देख्न सक्छन् र यहाँ आफन्तले प्रगति गरेको
    आफ्नो दु:खमा भन्दा अरूको सुखमा डाहाले मरेको
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ
    ~~~~~<•>~~~~~
    [३५]
    आरिसले जल्नेहरू आफैँ भष्म हुन्छन्
    खुट्टा मल्ने जति सबै भविष्यमा रुन्छन्।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~~~~~<•>~~~~~
    [३६]
    उन्नतिको बहानामा बिगारे भएको थातथलो
    गोरु चुट्ने बहाना जुराउन नअड्काउनु हलो ।
    ✍️
    कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ~~~~~<•>~~~~~
    [३७]
    केको मेसो हुन्छ कठै उल्टो उल्टो चल्नेसँग
    हिसाब किन राख्नु आफ्नै रागले जल्नेसँग ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ ।
    ~~~~~<•>~~~~~
    [३८]
    मनमा पीडा दबाई परदेशमा बसिन्छ
    कालसँगको युद्ध लड्न त कम्मर कसिन्छ ।
    ✍️
    सनत रोकाय बिवश
    कुशे गा. पा ८, जाजरकोट
    ~~~~~<•>~~~~~
    [३९]
    प्रगतिको श्रेय अन्धभक्तलाई पनि जान्छ
    भर्ने छौ पेट देशको ढुकुटीले जति धान्छ ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ~~~~~<•>~~~~
    [४०]
    असक्षमले नै तान्ने गर्छन् हजुर अरूको खुट्टा
    चाप्लुसे र आरिसेले कुरा काट्छन् भरी फूलबुट्टा ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ~~~~~<•>~~~~~
    [४१]
    यस्तै छ यहाँ जताततै हाम्रो देशको चाला
    चाकरी अनि चाप्लुसीको मात्र छ बोलवाला।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~~~~~<•>~~~~~
    [४२]
    बोलीले विकास गरी ठगेरै खान पल्केको चाहिँदैन कुनै विकास 
    आफूलाई सजिलो हुनुपर्छ अरूको लागि किन दिनु त नी निकास ।
    ✍️
    सुशील शिखा
    काठमाडौँ कागेश्वरी
    ~~~~~<•>~~~~~
    [४३]
    कानुन छ अन्धो बैरी भए बन्धु भाइ
    बाध्य छु ठूलाबडाको खुट्टा मोल्नलाई ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~~~~~<•>~~~~~
    [४४]
    भोक लागे हसुर पानी चाहिए पिऊ
    भुक्दै नहिँड यसरी मनभरि जिऊ ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    ~~~~~<•>~~~~~
    [४५]
    स्वार्थ साध्न नै होकि उद्दत किन चाकडीमा राेज
    अन्डर टेबुल उपर टेबुल दिनदिनै भोज ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा
    ~~~~~<•>~~~~~
    [४६]
    चाप्लुसी  प्रगति देखेर डाहा गर्नेको  राज
    सोझा साझा र चाप्लुसी नजान्नेको छैन काज।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~~<•>~~~~~
    [४७]
    असक्षम छु अघि बढ्न पनि गाह्राे
    तिम्राे त्याे प्रगतिले मुटु जल्याे साह्राे ।
    ✍️
    काेेपिला अधिकारी
    सिरानचाेक-७, गाेरखा
    ~~~~~<•>~~~~~
    [४८]
    खुट्टा  मल्ने  र चाप्लुसी सबै यहाँ हुनेरहेछ
    त्यस्को चोट जति निमुखाले मात्र यहाँ सहेछ!
    – पवनकुमार बुढाथेाकी
        काठमाडौं
    ~~~~~<•>~~~~~
    [४९]
    देशका नेता जति भए कमिना  कुलङ्गार
    विदेशीले हेर गरेका छन् कति चमत्कार ।
    ✍️
    सुनगाभा पोखरेल
    ~~~~~<•>~~~~~
    [५०]
    रिसले जल्नेहरू जले
    आखिर भित्रभित्रै गले !
    ✍️
    आर्त अकुलीन
    ~~~~~<•>~~~~~
    [५१]
    सहृदय हुनेको कमी छ आज 
    पुनः हुने भो यहाँ रावण राज ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ~~~~~<•>~~~~~
    [५२]
    रातारात जुनी फेर्ने नै हुन्छन् महाजन तेल घस्नेहरू
    कटुवाल चप्पल, छाता ओढ्ने रातो कार्पेटमा हिँड्छन् बरू ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    ~~~~~<•>~~~~~
    [५३]
    समय निरन्तर चलिरहन्छ
    रिसाहा मान्छे भने जलिरहन्छ ।
    ✍️
    दुर्गा भट्टराई , माेरङ
    ~~~~~<•>~~~~~
    [५४]
    गरीबलाई खै अन्न छैन, भोकले आँत
    जलिरहेछ
    टाउकेहरू कमिसनमा नै, तोलमोल  चलिरहेछ ।
    ✍️
    समिता पौडेल  न्यौपाने
    भ न पा७ कृष्णपुर चितवन
    ~~~~~<•>~~~~~
    [५५]
    कही कतै देखिएन सत्यताकाे शुद्ध खेल
    जहाँतहीँ हुनथाले आजभाेलि अनमेल ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ~~~~~<•>~~~~~
    [५६]
    सधैँ आफ्नो कर्म नित्य गर्छु
    मेहनत गरी पेट भर्छु ।
    ✍️
    शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~~~~~<•>~~~~~
    [५७]
    काम छैन कसरी हाे बस्ने यहाँ खल्ती भरी
    कमाइ त्यसै कहाँ हुन्छ र चाप्लुसी  नगरी ?
    ✍️
    भवानी पोख्रेल
    ~~~~~<•>~~~~~
    [५८]
    स्वार्थको पनि भाँडा ठूलो रहेछ कहिले पोखिएन
    पोखिएर निस्वार्थ भावले यहाँ कहिले जोखिएन ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~~~~~<•>~~~~~
    [५९]
    गोडा तानुन् कोही काटुन् कोही कुरा
    या धसुन्  यो  दिलमा कसैले छुरा ।
    ✍️
    रतन बिष्ट, आलिताल डडेल्धुरा
    ~~~~~<•>~~~~~
    [६०]
    खुट्टा मल्नेहरूको नै, जय देखिन्छ देशमा
    गरी आरिस के हुन्छ? मौन छन् सब केसमा।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    ~~~~~<•>~~~~~
    [६१]
    अरूले गरेको प्रगति देखेर धेरै भए जल्ने
    अरूकाे प्रगतिकाे जराे ढाल्दा आफैँ पाे भए ढल्ने ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~~~~~<•>~~~~~
    [६२]
    फूलबुट्टा हानेर, झोले नेता पालिन्छ
    यसपालिको बजेटले लुतो फालिन्छ ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~~~~<•>~~~~~

    Leave a Reply