
समर्पण रम्जान ! जेद्दा! साउदी अरब!
मिति ३१ मे २०२४ शुक्रबारका दिन ईस्लामिक दावा सेन्टर नेपाली बिभाग सनैया १ जेद्दाद्वारा ईस्लामिक परिचायत्मक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भेटघाट गराइ ईस्लामिक परिचय दिने उद्देश्यका साथ सेन्टरका नेपाली बिभागकाका प्रतिनिधि मन्जुर अलि मियाँको सभापतित्वमा र नेपाली महाबाणिज्य दूतावास जेद्दाका कार्यबाहक महाबाणिज्यदुत सत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा नेपाल बाट हजको लागि आउनु भएका अलाउदिन फलाही, बिशिस्ट अतिथी तथा प्रमुख बक्ताको रुपमा रहेका थिए ।

मदिना युनुभर्सिटिमा पढ्दै गरेका प्राध्यापक महम्मद युसुफ द्वारा संचालन गरिएको कार्यक्रममा बिशेष अतिथिमा एनआरएनए उपाध्यक्ष राजकुमार गिरि, र अतिथिहरुमा दावा सेन्टरका सेखरु, एनआरएनए आरसिसि का का.वा. अध्यक्ष चिरञ्जीवी बस्नेत, बरिस्ठ समाजसेवी भिम गुरुङ, हाजी मुमिन मियाँ, समाजसेवी सम्पुर्ण के.सि, युवा क्लबका सचिब पवन पराजुली हरुले आशन ग्रहण गरेका थिए !

कन्सुलर जेद्दाका प्रतिनिधि शेख अताउल्लाह जि बाट इस्लामीक पवित्र धार्मिक ग्रन्थ कुरानको बाचन गरेपछि नेपाली राष्ट्रिय गान सँगै सुरु गरिएको उक्त कार्यक्रममा नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख बक्ता अलाउदिन फलाही तथा अब्दुल्लाह बिष्टले इस्लामको परिचयका साथै जीवन जिउने पद्धति,आसय र ईश्वर प्रतिको आस्था बारे बृस्तित जानकारी गराइ सबैमाझ इस्लामको परिचय दिनु भएको थियो ।
यसै गरि कार्यक्रममा रम्जानदिन मियाँले स्वागत मन्तव्य दिएका थिए । अतिथिहरु भिम गुरुङ राज कुमार गुरुङ ले इस्लामका बारेमा बुझ्ने मौका मिलेकोमा दवा सेन्टर लाई धन्यवाद दिएका थिए । अन्तमा प्रमुख अतिथि सत्रुध्वन पोखरेल ज्यु ले पनि यो कार्यक्रम बाट धेरै कुरा बुझ्न पाइएकोमा खुशी व्यक्त गर्दै संक्षेपमा सबैले सत्कर्म गर्न पर्ने र एक आपसी सद्भाव सहयोग तथा आदार सत्कार गर्नुनै जीवन यापन र मरण पछिको सफलता हुने बताउदै आयोजकलाइ धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा आयोजक टिमले नेपाली सेल रोटि तथा खानाको ब्यबस्थापन पनि गरेको थियो ।

कार्यक्रममा सफल र भब्य बनाउन उपस्थित रहनु भएका अतिथी तथा सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ कार्यक्रम आयोजक सभापति मन्जुर अलि मियाँद्वारा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।