
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१]
मान्छे
मूर्ख कति
निम्त्याउँछन् आफ्नै क्षति !
- वसन्त अनुभव
[२]
प्रतिशोध
मुर्खको अस्त्र
गिदी सबै निर्वस्त्र ! - गोपेन्द्र रिजाल, पाँचथर
[३]
मान्छे
मूर्खता खास
आफ्नै मूर्खताले सर्वनाश ! - बेदु न्यौपाने
[४]
आरिस
धेरै अरूकाे
सर्वनाश भाे बेकुफहरूकाे ! - ताराप्रसाद चापागाई, धुनिबेसी
[५]
मान्छे
गर्छन् मूर्खता
चेतेर पछि पछुतो ! - रचना शर्मा प्रतीक्षा
[६]
मूर्ख
नकारात्मक प्रवित्ति
हुन्छ आफ्नै दुर्गति ! - सीता पाण्डेय मरासिनी
उपल्लो तम्घास, गुल्मी
[७]
मान्छे
मुर्खको जाल
निम्त्याउॕदैछ आफै काल ! - सरिता सेढाई, धादिङ
[८]
काम
देखियो मुर्खताको
ल्याउँदै जीवन दुर्दशाको ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[९]
मान्छे
आरीसे जाती
मर्छन् घमण्डले माती ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, संगम काेलाेनी, राधे राधे, भक्तपुर
[१०]
मान्छे
कुरा गरेका
अर्काको भर परेका ! - कला ढकाल, झापा
[११]
मूर्ख
रहुञ्जेल सास
गर्दछ आफ्नै सर्वनाश ! - ज्ञानबहादुर क्षत्री
सन्धिखर्क-२, अर्घाखाँची
[१२]
जीवन
हरियो रुख
आखिर सुकेर दु:ख ! - आर्त अकुलीन
[१३]
जिन्दगी
चल्दछ कसरी
मानिस मुर्ख यसरी ! - सविता के.सी.
[१४]
क्षति
अज्ञानताको गति
मान्छेको बिग्रिएको मति ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[१५]
मूर्ख
आफू जान्दैन
भनेको पनि मान्दैन ! - अनिता भण्डारी, ताप्लेजुङ
[१६]
घमण्ड
नगर खास
जान्छ आफ्नै स्वास ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३,काभ्रे
[१७]
उल्टो
मान्छेको मति
निम्त्याउँछन् आफ्नै खती ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[१९]
मान्छे
मूर्ख कति
गर्छ आफैलाई क्षेति ! - रघु थापा सु न पा १
[२०]
मान्छे
गर्छन् अति
आफ्नै दुर्दशा क्षति ! - धनमाया चौधरी, कैलाली
[२१]
मूर्खाधिराज
मानिसको भित्र
नत्र हेर सचित्र ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[२२]
कुबुध्दि
विवेक हराएको
मान्छे स्वार्थी अशुद्धि ! - विवश पारदर्शी
झापा,
[२३]
मान्छे
सोच्दैन पहिले
खतिमा पछुताउँछ अहिले ! - प्रेम थापा ‘मन’, बागलुङ
[२४]
मानव
अनौठो धोको
दम्भको मात्रै पोको ! - पृथक प्रकृति, झापा
[२५]
काम
जुनसुकै गर्दा
सोच भविष्यको परिणाम ! - केन्द्रप्रकाश बराल, इलाम
[२६]
घमण्ड
अति भयो
कुनै चिज गयो ! - घनश्याम पन्त
हरिवन, सर्लाही
[२७]
मान्छे
धेरै ज्ञानी
आफ्नै खुट्टामा बञ्चरो ! - डुकछिरिङ लेपचा
मिरिक, भारत
[२८]
दम्भ
मानवता हराएको
घमण्ड देखाउछन् अचम्म ! - सरस्वती वली
बर्दिया, नेपाल
[२९]
मन्थन
घमण्ड मान्छेको
चेतना कहिले खुलेन ! - एवाइ प्रभात
सहिदभूमि, धनकुटा
[३०]
खाल्डो
अरुलाई खनेर
परिन्छ आफै गनेर ! - नागेन्द्रप्रसाद यादव, दाङ
[३१]
जीवन
गयो खाडलमा
आफ्नै मूर्खताले वास्तवमा - सुरेश न्यौपाने
[३३]
मान्छे
गर्छन् जालझेल
कहाँ हुन्छ मेल ? - दीपा समभाव, खोटाङ्ग
[३४]
मान्छे
बिग्रेको मति
आफ्नैले पुर्याउँछ क्षत्री ! - बुद्धिप्रसाद लामिछाने
घोनपा-८, दीपनगर, कैलाली
[३४]
भरोसा
नसकिने गर्न
विश्वास पछुतोमा पर्न ! - संगीता खरेल
चन्द्रागिरी-८, काठमाडौं
[३५]
मान्छे
नपरौँ भर
आफ्नाको विश्वास नगर ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[३७]
सत्कर्म
सदैव यादगार
उसैको बखान सदाबहार ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३८]
विवेक
विनासमा प्रयोग
उपहार मुर्खको उत्पत्ति ! - सुस्मिता अधिकारी, काठमाडौँ
[३९]
मानव
बिग्रेको मति
आफ्नाले पुराउँछ क्षति !
-सम्झना कुसुम
[४०]
नफर्की
काटी चढ्ने
कसरी आफू बढने ! - चक्र शाही, लम्की, कैलाली
[४१]
कालीदास
मुर्ख प्रबृत्ती
आफ्नै शरीरमा कर्द ! - कमला देवकोटा, पाल्पा
[४२]
मान्छे
बिग्रेपछि मति
आफ्नै गर्ने क्षति ! - रुना कर्माचार्य दाहाल, चितवन
[४३]
मान्छे
खुट्टा तानातान
छैन एकअर्काको मान ! - शोभा आचार्य गौतम, काठमाडौँ
[४४]
देश
मूर्खैमूर्खको हात
कठ्ठै संसारै सत्यनाश ! - सन्तु खत्री, भक्तपुर
[४५]
दाऊ
मनुष्य प्रवृति
मैँ लाऊँ खाऊँ ! - शारदा आचार्य
[४६]
टुप्पोमा
बस फेद
काट भुईमा खस ! - मङ्गला उपाध्याय
[४७]
मति
बिग्रिँदा रामको
मूर्ख कहलिन्छ नामको ! - लक्ष्मी रिजाल
कञ्चनरूप-१२, रुपनगर, सप्तरी
[४८]
ज्ञान
मलिन भएपछि
कर्मकाे सुरताल बिग्रन्छ ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[४९]
आज
मुर्खताकाे पराकाष्ट
छुट्यायनै नसक्ने यथार्थ ! - राेशन पराजुली, धरान
[५०]
हैट्
विनाशको बखत
बुद्धि विवेक चैट् ! - विके माकजू, भक्तपुर
[५१]
मान्छेले
अर्कोलाई खसाल्नेले
बिर्सिन्छ खासाल्ने उसले ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[५२]
जमात
आरिसे प्रवृत्ति
मुर्ख्याईँकाे कुरूप आकृति ! - श्रद्धा आचार्य, पोखरा
[५३]
इर्ष्या
मानिसकाे दुस्मन
आफ्नै लागि खाल्डो ! - टीकाराम जाेशी, टीकापुर
[५४]
मानिस
रुख चढाउने
पछाडि खुट्टा काट्ने ! - कविता आचार्य, कैलाली
[५५]
मान्छेको
उल्टो मति
गर्छ आफ्नै क्षति ! - रमा पन्त, पाल्पा
[५६]
आरिस
साथी सफल
कोही पछाडि नफर्किने ! - घनश्याम पौडेल
गौरीगंगा-९, कैलाली~~~~

