
साप्ताहिक झिल्का लेखन अभ्यासको १९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
फसाऊ, सके फसाउॅंछु
विडम्बना ! राजनैतिक खेल
कम्तीमा बनी बसाउॅंछु ।
२,
कानुन बसाइॅं गयो
सन्जालमा पूर्ण फैसला
नोटको हालीमुहाली भयो ।
३,
गफिने कर्म माने
फल केही नलाग्ला
भविष्य कता लाने ?
- म्यामराज राई, भोजपुर
…
१,
बल्दैछ आगो दनदनी
मिलेमतोमा छन् कलाकार
बानेश्वर कुरा कम्पनी !
२,
हमेसा खोरको डर
रणभुल्लमा छ टाउको
रहेन गोडाको भर !
३,
नखोल्दा जनता ठुस्कने
दुर्गन्ध साह्रै फैलियो
खोल्दा धोती फुस्कने ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
धेरै भेटिए फसाउने
जीवनको पाटो मेरो
हाँस्ने अनि हॅंसाउने ।
२,
कानुन कसले मान्यो
उसैको महल ठडिन्छ
जसले लुट्न जान्यो।
३,
जिन्दगी भाँडमा गयो
मेलोमेसो मिलाऊ साथी
मेरो यस्तै भयो । - लक्ष्मण देउवा, डोटी (हाल भारत)
…
१,
भ्रमले केही हुँदैन
तात्तिएको यो जीवनमा
विडम्बनाले खासै छुँदैन !
२,
घामसँग उदायो उमङ्ग
देखेर आफ्नै प्रगति
आफैँ परे दङ्ग !
३,
निराश लाग्छ हिजोआज
जीवन देखेर सादा
लाग्न थाल्यो लाज ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
यहाँ सबैले फसाउँछन्
तान्छन् अरूको खुट्टा
आफ्नो घर बसाउँछन् ।
२,
राजनीति फोहोरी खेल
किन भ्रष्टाचार गर्नेलाई
लगाउँदैनन् होला नेल ?
३,
जीवनको भएन भर
के हुन्छ कहिले ?
आफ्नै इच्छा गर । - ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ)
…
१,
अन्धाधुन्ध गोली चलेछ
वनजङ्गल मास्ने पापी
गाउँघर सबै जलेछ ।
२,
आँटेको कुरा पुगेन
भाकेर सबै देवीदेवता
मन्दिरमा रुङ्दै रुँगेन ।
३,
मुस्किलको काम सकियो
घमण्डले बन्यो रिसाहा
झिल्का लेख्दै बसियो । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
कोट्याए अनेकौँ चुरो
सत्ताको भागबन्डा हेरेर
चोखिने देखिन्छ कुरो ! - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
शङ्का गर्ने आदत
आफू जस्तो सोच्छौ
बसेछ अर्को कुलत !
२,
लिएको सम्पूर्ण भुल्छन्
जतासुकै छन् दुईजिब्रे
अप्ठ्यारो मान्दैनन् खुल्छन्।
३,
शुभकामना उन्नति होस्
निन्दाको सप्रोस् खेती
अझ चर्चा गरोस् । - पृथक प्रकृति, झापा
…
१.
भेटिन्छन् यहाँ फसाउने
आफू त्यस्तो गर्दिनँ
अरूलाई सकेसम्म हॅंसाउने !
२.
फस्छौँ हामी नमान्दा
यहाँ खोज्छन् फसाउन
केही गर्न नजान्दा !
३.
कानुन देखाउने दाँत
नोटको हालीमुहाली हुँदा
खाइरहेछन् तिनले आँत ! - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, (हालः-अमेरिका,बोस्टन)
…
१,
लखेट सबै जुटेर
गर्छु भन्दछ जसले
घाइते बनाऊ कुटेर !
२,
शक्ति उम्लियो जसको
सबै छर्लङ्ग देखियो
गोठालो रहेछ कसको ? - इमान सिंह के.सि., ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
…
१.
लगाऊ माया हेरेर
तनमनका साथ खुसीले
राख मलाई बेरेर।
२.
घटी हुन दिन्न
मायाको उपहार तिमीलाई
हुने छैन भिन्न ।
३.
सुगन्ध छर्दै डुलिरहनु
संसारलाई मोहित पारी
सुन्दर बनी फुलिरहनु । - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
…
१,
कस्तो स्वार्थी मान्छे
डाडुपन्यु हातमा समाई
हुन खोज्छ भान्छे।
२,
हुन नपाए भान्छे
पाइन्न खान भनेर
भाउन्न हुन्छ मान्छे।
३,
राजनीतिका यस्तै दाउ
सत्तामा पुग्न नसके
कसैले दिँदैन भाउ। - सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ (हाल चनपा – ६ मातातीर्थ)
…
१
कुराले बिग्रिन्छ घरबार
मतलब नराख्नु नारदको
मुखमा बोक्छन् तरबार।
२
बोली यस्तो तरबार
सहज सहन गाह्रो
बोलीले जलाउॅंछ घरबार ।
३
मट्टितेल दाउरा चाहिॅंदैन
निहुँ चाहिन्छ मान्छेलाई
अप्ठ्यारोमा आफन्त पाइॅंदैन । - चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
…
१
विश्वमा उच्च हिमाल
सुन्दर स्वर्ग पृथ्वीको
हाम्रो देश नेपाल ।
२
गफाडीको थलो भयो
पदलोलुप मोहमा फसेर
सिंहदरबारको अस्तित्व गयो ।
३
हुँदैन तेलबिनाको सेल
लिप्साले देशको राजनीति
अत्यन्त झेलयुक्त खेल । - गुणनिधि घिमिरे, अमेरिका
…
१,
आफ्नै पाराको बानी
फसाउॅंदैमा कहीँ फस्छन् ?
हुन्छन् तिनै स्वाभिमानी !
२,
समय चक्र बलवान्
पुतली बन्छ झुसिल्किरो
होमिन्छन् हुन महान् !
३,
देश मात्रै मेरो
मैले कहिले भने ?
तिम्रो सोच अप्ठेरो ! - कमला पौडेल, चा न पा भक्तपुर
…
१,
यसरी बदला लिन्छु
कालो कलङ्क भन्नेलाई
म काजल बनिदिन्छु ।
२,
मतलबका कुरा खोल्दैछ
आज धेरै दिनपछि
साइनो जोडेर बोल्दैछ।
३,
आऊ सुनौँ सुनाउँ
सृजनाभित्र प्रस्फुटित भावनाको
प्रवाह यो बहाउँ। - दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जीलिङ
…
१,
देखाउँछौ आसुरी शक्ति
बेइमानीको सीमा नाघेर
गर्दैछौ कसको भक्ति ?
२,
मति भ्रष्ट हुँदा
सबैले दु:ख पाइन्छ
जन्मभूमिको अस्तित्व रुँदा ।
३,
फेर्नुपर्छ यो व्यवस्था
काउछो रोप्नु हुँदैन
बिगार्छ सबै अवस्था ! - ऋजु दिल्पाली, इटहरी १ सुनसरी
…
१,
फूल फुलेछ भीरमा
टिप्न जान सकिन
लाउन सकिनॅं शीरमा ।
२,
इन्द्रकमलको वासना चल्यो
मायालुको मिठो सम्झनाले
छातीभित्र मुटु जल्यो ।
३,
निर्मोहीले बिर्सिन् होली
माया दिएर फर्किन्
वृतान्त व्यथाहरू खोली। - दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
…
१
मनको हुन्छ बल
बदलिन्छ मौसम सधैँ
समयमा फल्छ फल !
२
किन मान्ने हार
मन प्रभुसँग भएमा
अवश्य लाग्छ पार !
३
नदीको बग्दछ जल
मनले कसैसँग कहिल्यै
गर्न नहुने छल । - कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
…
१
शान्तिका हुन् अग्रदूत
जन्माइदेऊ नेपाल आमा
फेरि बुद्धजस्तै सपूत ।
२
अशान्तिको युद्ध भयो
बुद्धको अर्ती उपदेश
लोप हुँदै गयो ।
३
बुद्ध जन्मेको देशमा
छन् यहाँ जताततै
मान्छे पापीको भेषमा । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
नयाँ योजना थाल्नुपर्छ
विगत सबै बिर्सिएर
पाइला अघि चाल्नुपर्छ।
२,
छानबिन छिटो गर
न्यायपालिकाले अनुसन्धान सही
गर्न पछि नपर । - कला ढकाल झापा
…
१,
हेरेर हरेक बिहान
पलपल किन भयो
मान्छेको मन चिहान !
२,
माछापुच्छ्रे अनि फेवा
प्राकृतिक सम्पदा सौम्य
कसैको होइन पेवा !
३,
फूलझैँ सुगन्ध छरेर
आखिर गएको तिमी
पिरतीको नदी तरेर ! - आर्त अकुलीन
…
१,
कुर्सीको म पुजारी
अरबौँ धन कमाए
देशलाई नाङ्गो पारी।
२,
घाइते बनाए कुटेर
राम्रो काम गर्नेलाई
भ्रष्ट नेता जुटेर ।
३,
सोझा जनता फसाउने
नेताले झोले बनाएर
आपतमा छैन बचाउने। - राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
…
१,
हृदयमा हुनुपर्छ उदारता
व्यवस्था परिवर्तनले हुँदैन
उन्नत समाजको सार्थकता।
२,
एउटा एउटा खाटो
सबैले लिएर गएका
बोल्दा देखिने टाटो।
३,
जनताको आशामा भुमरी
बहुदलमा बहुलाएका हुल
सोझ्याउने दुना, टपरी। - घनश्याम पन्त, हरिवन सर्लाही
…
१.
सपना भए चकनाचुर
जाउ माया सधैँ
तिमी मबाट दूर ।
२,
सडकमा धुलो उडाउने
ड्राइभर दाइको काम
सडकमा गाडी गुडाउने !
३,
आउँला बर्षमा खोला
दुई दिनको जिन्दगी
भोलिपल्ट के होला ? - श्रीकृष्ण धामी – बझाङ
…
१.
निल गगनको घाम
गर्दैछ अग्नि वर्षा
बचाऊ प्रभु राम !
२.
आमाबाबाको यो माया
शीतल प्रदान गर्ने
वरपिपलको अनमोल छायाँ ! - बिके मुखिया, दार्जीलिङ,भारत
…
१.
विदेश जानुभन्दा बरु
लाग्दैछ एकजुट भई
आधुनिक कृषिकर्म गरुँ ।
२.
अरूको भर नपरे
स्वस्थ खान पाइन्छ
गाउँमै कृषि गरे ।
३.
कृषिप्रधान देश हाम्रो
परदेश जानुभन्दा स्वदेशमै
खेतीपाती गर्नु राम्रो । - साबित्री प्याकुरेल, धादिङ
…
१,
पौषमा चाहिएको तातो
यतिखेर पो आएर
लिन आँट्यो सातो ।
२
विकृति सबै मासेर
जगाऔॅं जागरण जीवनमा
बाँचौँ बचाऔॅं हाँसेर ।
३
पिऔॅं प्रशस्त पानी
गर्मीको हेक्का राखेर
स्वच्छ बनाऔॅं जिन्दगानी । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…
१,
कुरा गर्छौ मिठा
मौका छोपी हिँड्ने
तरुल कि गिठा ? - प्रेम थापा “मन”बागलुङ
…
१,
जीवन वैरागी बन्ला,
प्रेमको बेचैनले भोलि
विचार गरेनौ भन्ला !
२,
ओखती सम्झेर विष
जीवन चिप्लिएर जाला
अधीनमा राख रिस ! - होम प्रसाद नेउपाने, धरान,सुनसरी।
…
१,
मनको मिठो फल
कामना गर्दछु हजुरलाई
ईश्वरले दिन्छ बल !
२,
हेरेको जस्तै सपना
नेताहरू जनता खोज्छन्
कालेले बनायो विपना ! - निमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१.
हेर्नुहोस् नेताको चाल
तिनको स्वार्थका लागि
आउँछ जनताको काल !
२.
भ्रष्टाचार नियन्त्रण भन्छन्
कुर्सीमा बसेर आफैँ
कालो धन गन्छन्।
३.
चुनावमा कुरा हाँक्ने
एकैखाले नेता सबै
जितेपछि भ्रष्टाचार ढाक्ने। - विमल खतिवडा माइला, सिलगढी भारत
…
१,
प्रकृति पनि रिसाइछिन्
पानी बर्सिएन आज
थाकेर काँध बिसाइछिन्।
२,
सपनीमा पनि आउँदैनौ
किन होला आजकाल
कतै किन छाउँदैनौ ?
३,
भोर भयो अहिले
सखारै भेटौँला हामी
घामभन्दा अझ पहिले। - शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
…
१.
मानिसको यो जिन्दगानी
केही भर हुँदैन
भन्छन् कर्कलाको पानी ।
२,
अजम्बरी मेरो माया
जुनी जुनी रहनेछ
नगर है दायाँबायाँ ।
३.
हावा चल्छ मन्द
आफ्नै यो माटोमा
राष्ट्रियताको छ सुगन्ध । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
…
१,
मन भयो अधुरो
कामदारले काम गर्दा
नछाडे हुन्थ्यो अपूरो ।
२,
घाम झुल्क्यो बिहानी
अर्काको भर पर्दा
सधैँ भिज्यो सिरानी । - बेदु न्यौपाने
…
१,
हाँगा छैन समाउने
जहाँको त्यहीँ उभिएर
साधन नभएर रमाउने।
२,
इच्छहरू भित्रै सुक्दैछन्
कसलाई गुहार लगाऊॅं
आफन्त भनाउँदा लुक्दैछन्।
३,
बाँच्दैछु आँसु छेकेर
खुसी मनाउने गर्छन्
मेरो पीड़ा देखेर। - अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
…
१,
सुन्दर शान्त विशाल
नलागोस् आँखा वैरीको
हाम्रो देश नेपाल। - सरस्वती श्रेष्ठ, इटहरी
…
१,
हुँदैन अहङ्कार पालेर
चाहन्छौ भने शान्ति
आऊ तामस फालेर !
२,
बुद्धको उपदेश राम्रो
व्यावहारिक भए हुन्छ
शान्ति समृद्धि हाम्रो ! - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१.
परक्क बटारिने जात
विपक्षीको अनमोल बानी
चुपचाप भेट्दा भात ।
२.
छ हातमाथि आगो
खुट्टा तान्ने प्रवृति
परिस्थिति तल भाँगो !
३.
नागरिकता नक्कली भयो
मान्छे नक्कली भएपछि
बाँकी नरही गयो । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
…
१,
प्रेमिल संसारको सपना
सजाइएको मन मुटु
बिदेसिनुको पीडा वेदना !
२,
छपक्क ढाकेको हिमाल
शितोष्ण आहट सिरेटोको
मनमा स्वप्निल नेपाल ।
३,
वृद्ध आमाबुबाको सहारा
छोराछोरी श्रीमतीको भविष्य
सजिएको मनचरीको चारा। - ममता पौडेल, बूढीगङ्गा-२, मोरङ्
…
१.
साथीहरू माया नबल्झाऊ
खाँदै साझा सम्पत्ति
नानाथरीले पद अल्झाऊ ।
२.
ठण्डाराम पार यसलाई
तिम्रो जाँदैन आउँछ
भित्रै दबाऊ जसलाई !
३.
कुरा बुझ्दा गहिरो
काम बिगार्ने भाग्छ
कसले थाम्ने पहिरो । - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
झुपडी महल लाग्छ
तिम्रो सकारात्मक सोचले
बाँच्ने इच्छा जाग्छ! - मन्दिरा सेढाई, मलेखु, धादिङ
…
१)
ध्यान कर्मको योग
जीवन साधना हो
नबनाउ कसैले बिजोग !
२)
अॅंध्यारोमा लड्दै उठेको
जीवन हो यो
शान्ति पथमा जुटेको !
३)
लागेर आकाशमा जून
अब्बल मानिस बुद्धिमा
ध्यान दिएर सुन ! - रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
…
१,
निर्दोषलाई दोषी बनाउने
शक्तिले मात्तिएर सम्पन्न
स्वार्थले देश चुसाउने ।
२,
चिनायौ जनतालाई फटाहा
रित्याएर देश ,मोटाएका
गद्धार र हेपाहा।
३,
कसरी भयो घाउ ?
राज्यलाइ फत्रक्क गलाउने
चिनाइदेउ रोगका नाउॅं । - लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा – २, देउपुर, पर्वत
…
१)
सोचेझैँ हुँदैन पथ
निर्धारित गन्तव्य पुग्नलाई
होसियारले हाँक्नु रथ।
२)
सक्ने मात्रै ताक्नु
फत्ते गर्नु ताकेको
आकास पाताल नहाँक्नु।
३)
सधैँ कर्तव्यपरायण हुनु
लगनशीलतासाथ कर्म गरी
सफलताको शिखर छुनु। - अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ,भारत
…
१,
बलियो मायाको डोरी
भरोसा छैन कसैलाई
हल्लियो नेपालको राजनीति । - लक्ष्मी रिजाल, कञ्चनरूप १२, रूपनगर, सप्तरी
…
१,
नेता सब भ्रष्ट
प्रमाण के खोज्छौ ?
देश गतिले प्रष्ट ।
२,
बोकौँ हातमा मसाल
छ देश जोगाउनु
नगरौँ कुनै सवाल ।
३,
बनी वीर सपूत
गद्दार विरुद्ध लडौँ
जोगाऔॅं देश मौजुद । - शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर
…
१,
शङ्का गर्ने आनीबानी
जसको हुन्छ धेरै
उसकै हुन्छ मनमानी।
२,
घाम नलाग्दा रिसाउने
लागेपछि पनि हामी
उसैसॅंग धेरै किचकिचाउने।
३,
भुलबाट सबैले सिक्नुपर्छ
राम्रो कामको मेलोमेसो
अनि सफलतामा टिक्नुपर्छ। - राजनारायण राई, राजदल बस्ती सोनादह
…
१.
पक्षी गयो उडेर
पाइला छोडेन कतै
सपना लग्यो चुँडेर।
२.
मायाको सुवास जताततै
गुलाफमा भुल्छ आँखा
भाका बुझ्दैन कतै।
३.
प्रेम सागर भन्छ
साँचो मिलन भएमा
आफैँ थोपा बन्छ। - पशपती राई, खोटाङ
…
१,
मन सफा हुनुपर्छ
रङ्ग सेतो नखोज
कुना पसेर रुनुपर्छ ।
२,
अख्तियारले पो समाउला
टेवलमुनि नहेर है
बरु दुःखमा रमाउला । - प्रमिला प्याकुरेल, विराटनगर -५
…
१.
लेखिन्छन् कथा हजार
बुझ्दैनन् मर्म भित्री
फिजाउँछन् व्यथाका बजार।
२.
रुन्छन् प्रेमिल मनहरू
परि घृणाको शिकार
सुकाउॅंदै मस्त तनहरू।
३.
लुटिन्छन् मिठा पलहरू
जाकिॅंदै शून्य खाडलमा
उदाउॅंछन् निर्मम छलहरू ! - तोया नाथ चापागाईं, दमक, झापा
…
१,
राजनीति महको प्याला
अघिपछि कुकुर बिरालो
स्वार्थमा चाट्छन् गाला !
२,
लेखाइमा धेरै फोहर
अब लाज लाग्यो
आम्दानी हुन्न मोहर ।
३,
एक्कइसौँ शताब्दी माझ
कठै ! देशका नेताहरू
नित्य गर्दैछन् बाझाबाझ । - प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
…
१,
गाउॅं जन्मेको ठाउॅं
सिरमा हिमाल अटल
पाउमा खोलिको नाउॅं ।
२,
खेती किसानी काम
शीतल हावा, पानी
स्वादिलो छ माम ।
३,
वल्लोघर पल्लोघर छिमेकमा
सरसापट ऐॅंचोपैँचो छॅंदैछ
सहयोगी काम एकापसमा । - रोसन अधिकारि, खोटाङ मात्तिम
…
१,
हामी जुटेको दिन
जीवनभरिको छ सम्झना
जन्ती गएको लिन ।
२,
जीवनमा तिमी आयौ
मेरो भाग्यको उदय
जस तिमीले पायौ ।
३,
छोराछोरी छन साथमा
जीवन भयो आनन्दित
चिन्ता छैन गाथमा । - देव कृष्ण काफ्ले, पोखरा – १, कास्की
…
१
बिटो बाँड्न जान्ने
ठुलो पदमा रोज्छन्
भ्रष्टलाई मात्र मान्ने !
२
लुट्नेलाई नै भोट
किन दिन्छन् जनताले
आफैँलाई सधैँ चोट !
३
मुहार फेर्न लागौँ
उघारेर मनको ढोका
जागौँ जनता जागौँ ! - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
संसदमा गर्ने झगडा
नेता हाम्रो देशको
कुस्ती खेल्न तगडा !
२,
उनका दुईजिब्रे बोली
जति खाएपनि कमिसन
कहिल्यै नभरिने झोली !
३,
जनतालाई केवल चोट
राजनीति नेताका लागी
पैसा फल्ने बोट ! - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
पोहोर मरिन् सासू
आउनु नै थियो
अहिले आयो आँसु । - सुरेश कार्की, काठमाण्डौ- ७ कुमारीगाल (हाल सिड्नी, अष्ट्रेलिया)
…
१,
मुखले आज गन्दैछु
व्यवहार जहिले टेडो
राजनीतिको उपदेश भन्दैछु । - जगत राई
…
१,
महादेव किन रिसाए ?
बिर्सिएर पानी पार्न
ध्यान कता बिसाए ?
२.
गर्मी भयो धेर
सितलु छैन कतै
श्वास रोकिन्छ हेर !
३.
लगाउन पाइएन बाली
लगाएको बल्ल बचाइयो
थोपा सिॅंचाई हाली ! - सरिता सेढाई धादिङ
…
क/
बुझिएन चेपारे कुरो
गौप्राणी भएर होला
सुझेन कुरोको चुरो !
ख/
बताऊ अन्तरको कुरो
गुस्याएर राख्यौ भने
लिप्सा रहला अधुरो !
ग/
नेता बने तक्षक
निमुखाको श्रम चुस्ने
धुन्धुकारी औ भक्षक ! - बाबुराम गौतम, गुल्मी
…
१.
खाने बानी बसिसक्यो
काँचो होस् पाकेको
ज्यानले खान्की कसिसक्यो ।
२.
विरोध गर्नेहरू झन्
हुन्छन् आक्रोशित हेर
बेकारमा भिड थुप्रिन्छन् ।
३.
पैसा खायो भन्छन्
सित्तैमा होइन पाएको
पाए आफैँ गन्छन् । - राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
…
१,
संसदमा चलोस् बहस
गनतन्त्रको मूख्य प्रणाली
कृपया नगर्नु तहसनहस ।
२,
तर्कपूर्ण रहोस् प्रणाली
बहुमतको छाप रहोस्
बजोस् सर्वहितमा ताली।
३,
समयको सदुपयोग गरेर
नजाओस् विधेयक थातिमा
सत्रमा अघि सरेर । - मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
…
१,
स्वर्ग बनाऔॅं पाटो
जति टाढा गएपनि
नबिर्सनु आफ्नो माटो ।
२,
राम्रो काम गरेर
आदर्श व्यक्ति बनी
हिँड्नु सुगन्ध छरेर । - उर्मिला के. शी, धनकुटा
…
१,
अहम्ता कति बढेछ
उनलाई मात्र समाउॅंदा
स्वतन्त्रताको प्रश्न उठेछ।
२,
श्रमजीवीलाई वेतन हराएछ
जिन्दावाद मुर्दावाद सभामा
जबर्जस्त बोलावट आएछ।
३,
कति कमजोर व्यवस्था
समाउँदा कुनै साहुलाई
हनन् भएछ स्वतन्त्रता ! - केन्टरमेश क्षेत्रीय, रोल्पा
…
१.
मन भारी हुन्छ
अचानक थिचेपछि पीडाले
आँसुले परेली छुन्छ।
२.
देखिॅंदैन आँसुको दाग
भिजाएर बग्छ परेली
फुकाउँदै पीडाको भाग ! - बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ
…
१)
सच्चा मन नेपाली
सुखदुःखमा साथ दिने
छलकपट छैन जाली ।
२)
रमिता हेरेर गिज्याउने
सुखदुःखको लेनदेनका साथी
पिउॅंदै हात मिलाउने।
३)
साक्षत् भगवान्को रूप
अग्रज हजुरहरू सबै
सिक्नुपर्ने मलाई खुब । - ईश्वर साउद, रामारोसन – ६, सुदुरपश्चिम अछाम
…
१
कर्कलाको रहेछ पानी
कति बेला ढल्कन्छ ?
रमाइलोमा बिताऔॅं जिन्दगानी।
२
मीठो बोलीमा हाँस्ने
सबैलाई एक समान
माधुर्यताको सम्बन्ध गाँस्ने।
३
बोले हाँसे हुनी
एकबार पाएको जन्म
मरे रहेछ माटोमुनि। - संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
…
१.
समयले दिएको मेल
बर्सौंदेखि लक्ष्य भेट्ने
इच्छा भयो भेल।
२.
याद आउने तिनै
खेलेको हाँसेको हामीले
बालापनको झल्को दिनदिनै। - दुर्गा आचार्य, मोरङ
…
१
भ्रष्टाचारी नेतालाई चुनेर
जनता आफैँ फसे
आफैँले जालो बुनेर।
2
शब्द भरीमा विशेष
सम्झेर छातीमा खोपे
मैले मेरो देश । - बि.कुलुङ, दार्जिलिङ, रंगबुल
…
१,
बाध्यता या रहर
आफ्नो देश छाडी
विदेश जाने लहर !
२,
गरुङ्गो मन बनाई
बाआमा जहान छोडेर
परदेशको बाटो समाई । - बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
…
१,
प्रकृतिको हुन्छ हानी
आउँदा जुनसुकै ऋतु
बिस्तारै नपर्दा पानी !
२,
पानीको स्पर्शले छुँदा
जङ्गल बन्छन् हरियाली
स्याहार्ने माली हुँदा !
३,
जीवित रहन तन
चाहिन्छ पानी हावा
बन्द हुँदैन धड्कन । - सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
…
१
कुरा मन छुने
मान्छे एक भएपनि
रूप बेग्लाबेग्लै हुने ।
२
किन चल्छ तानातान
शरीर या शब्दको
गर्छन् किन हानाहान ?
३
गरोस् जतिसुकै खिचातानी
फेरि सबैमाथि आखिरमा
दैवको चल्छ मनोमानी । - दीपा समभाव, खोटाङ्
…
१,
फूलले सुवास छर्दछ
बगैँचा रङ्गीन बनाई
मनमा आनन्द भर्दछ।
२,
शिरमा सजिने फूल
कहिले कुल्चिएर पापीले
गर्दछ ठुलो भूल !
३,
फूलको आफ्नै कथा
सजिने चुँडिने दुवै
कसले बुझ्ने व्यथा ? - सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
…
(१)
देशको भलाइ हुनलाई
राष्ट्रिय एकता चाहिन्छ
पर्दैन हामी रुनलाई ।।
(२)
संस्कृति साझा हाम्रो
जोगाउँदा मिली सबैले
सभ्यता बन्छ राम्रो ।
(३)
युवालाई रोजगारी चाहिन्छ
श्रम सिपलाई रोपेमा
स्वदेशमै जागिर पाइन्छ । - पद्मा काश्यप पाण्डे, मोरङ
…
१:
प्रेमको पर्याय विश्वास
टुट्यो भने भताभुङ्ग
अर्थै रहेन खास ।
२:
पुर्दा पुर्दै खाटाहरू
ट्युमर बन्यो क्यान्सरको
बन्द बाँच्ने बाटाहरू ।
३:
कोशिसहरू खेर गए,
नौनी जस्ता मनहरू
पत्थरका ढेर भए। - मनोहरी पौडेल, गैडाकोट १
…
१
विकासको सुस्त गति
कानुन मेरो भन्छ
डर मान्दैन रति ।
२
हातमा लिएर लाठो
गोठका भैंसी देखाउँछ
ठान्छ आफूलाई बाठो।
३
लिएर मनमा कालो
धुलियाको काम गर्छ
भन्छ कसैको सालो। - जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक १, बालकोट ,भक्तपुर
…
१.
कस्तो अचम्म लाग्छ
जस्तो छन् केटाकेटी
लडेर एकता भाग्छ ।
२.
एकअर्कामा आरोप प्रत्यारोपभन्दा
देशको हितमा लाग्नु,
बित्यो समय गन्दा ।
३.
सोचेर सबैको हित
देशले काँचुली फेरे
जनताको हुन्छ जीत । - पुष्पा राई, बादेल, खोटाङ
…
१,
काँचुली फेर्नेले फेर
सर्पकोझैँ गरी जीवनको
अन्दाज गरी हेर ।
२,
माग्ने पनि तरिका
हुन्छ भनेर नजिस्क
बुझ आँसु गहभरिका ।
३,
लगाऊ प्रिती बुझेर
वरपिपलको नजिक बसेर
चौतारीमा माया लुकेर । - मनुहाङ किराँती सोलु, महाकुलुङ ५,चाचालुङ
…
१//
गणतन्त्र नराम्रो हैन
व्यवस्थापन गर्ने नाइकेको
काम सच्चा छैन ।
२//
भ्रष्ट अघि सर्छ
भ्रष्टाचार गर्नेको प्रशंसा
गरेरै भुँडी भर्छ ।
३//
कुरा काट्ने गर्छन्
ठुलाबडाको गुणगान गाउँदै
तलुवा चाट्ने गर्छन् । - सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
…
१,
कोही आयो मझेरीमा
कसैलाई खोज्दै खोज्दै
जानु थियो पँधेरीमा ।
२,
मायाको हात फैलाउॅंदै
जोडेकी थियौ नाता
गयौ सम्बन्ध मैलाउॅंदै । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा
…
१ ,
मनको गहिरो चोट
तिम्रै ताजा निसानी
बेकार बनायौ अतीत ।
२ ,
सकियो अभिलाषा सबै
जिउँदो लास जस्तो
नलिनु आकाङ्क्षा कबै । - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
…
१
चलिरहेछ सत्तामा खेल
सहभागी हुँदैछन् नेताहरू
अपनाउँदै विविध झेल ।
२
दिलमा माया बसाउने
हुन्छ निरन्तर कोशिस
फस्ने अनि फसाउने । - कोपिला अधिकारी, सिरानचोक ७,गोरखा
…
१.
मर्ने जिन्दगी हाम्रो
तेरोमेरो छोडेर साथी
एकता गरेकाे राम्रो ।
२.
भोलि बादल खुल्छ
धैर्यता राखेर कुरौँ
जित हाम्रै हुन्छ । - केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
…
१/
छैनभने कुनै गल्ती
कसको हुती हुन्छ
रित्याउन तिम्रो खल्ती ?
२/
दुष्टहरू सुध्र पहिले
परिसकेपछि पछुतो मान्दै
किन रुन्छौ अहिले ? - विवश पारदर्शी, झापा
…
१,
कोपिला बढेर फूलमा
बिस्तारै बारीमा झर्दैछन्
पछुताउॅंछौ बितेका भुलमा।
२,
व्यक्तिको मधुर बानी
फूलको बासना मिठो
लोभ्याउॅंछिन् मयालु नानी ।
३,
नबिर्सौँ आफ्नो जन्मभूमि
घरको आँगन प्यारो
आउनै पर्छ घुमी । - हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान
::::::::जय झिल्का साहित्य ! ::::::::::