
साप्ताहिक झिल्का लेखन अभ्यासको १८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
कसैसॅंग हुँदैन पूर्णता
अभ्यासले अभ्यस्त बन्न
गुरुशिष्यको चाहिन्छ एकता ।
२,
आफ्नै तालमा कुदिरहन्छौ
महासागर पुग्ने योजनामा
विनालगाम किन खोजिरहन्छौ ?
३,
चरी खोज्छिन् चारो
कठै ! गुलेलीले ढलिन्
मानवको सोचाइ तगारो ।
- म्यामराज राई, भोजपुर
…
१,
हमेसा चल्दछ जात्रा
जन्मेदेखि हेर नमरुन्जेलसम्म
जिन्दगी एक यात्रा !
२,
खेलाडीहरू छन् अनेक
खेल सबैको उही
पालैपालो खेल्छन् हरेक !
३,
छोड्दैनौँ कदापि भेडोपन
आफूलाई सम्झन्छौँ बुज्झकी
धन्य ! जनता जनार्दन ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
खुसी पाइन्न खोजेर
बाँड्न सकिन्छ अरूलाई
मिल्ने साथी रोजेर ।
२,
छुटिएको माया हाम्रो
भेटिएर पनि बाँधिएन
स्वाभिमानमा बाँच्न राम्रो ।
३,
परिस्थितिले यसरी छुटायो
यात्रामा बिचौली खेल्दाखेल्दै
कताकता छातीभित्र दुखायो । - दिल ठकुरी
…
१,
भाग्य आउँदैन रोजेर
कर्म हामीले गर्नुपर्छ
अनि पाइन्छ खोजेर ।
२,
सबैमा ज्ञान अधुरा
गुरुशिष्यमा भए एकता
बन्नेछ ज्ञान पूरा !
३,
यात्रा हाम्रो हुँदैछ
सजिलै रोकिन गाह्रो
देशमा हाहाकारले छुँदैछ । - बेदु न्यौपाने
…
१,
सके धेरै कमाऊ
खुसी खोज्न अन्यत्र
नगई आफैँभित्र रमाऊ ।
२,
सहरतिर सबै झरेका
गाउँघर शून्य बनाई
किन बसाइँ सरेका ?
३,
सुन तस्करी गरेका
ठगी, काण्डमा हेर
प्रमुख नेता परेका । - कला ढकाल, झापा
…
१,
नजिकभन्दा झन् टाढा
राम्रो देखिन्छ हजुर
बन्दैन दु:ख गाढा।
२,
नेताको जस्तो चरित्र
छेपारो जस्तो प्रकृति
लाग्न छाड्यो विचित्र।
३,
कोही पुगेपछि माथि
चढेको भर्याङ भुल्छन्
कस्तो मानसिकताका साथी ? - पृथक प्रकृति ,झापा
…
१,
तिम्रा इज्जतका सहरहरू
हराएका छैनन् कतै
आत्मविश्वास बढाऊ अरू ।
२,
मान्छेहरूका इज्जतका कुरा
परिवर्तित सामाजिक दृष्टिकोणले
कहिल्यै हुँदैनन् पूरा ।
३,
क्षमायाचनाको कुरै नगर
अलिकति तल झरे
उक्लनलाई भरै नपर । - गुणनिधि घिमिरे, अमेरिका
…
१,
कुरो गरेको मैले
संसार फाँड्छु भनेर
बात मारेको तैँले ।
२,
भक्ते सोचेर आए
पूर्ण नभए पनि
रहलपहल पेटभरि खाए ।
३,
भाइले उल्टो घुमायो
गर्मी खाँदै गर्दा
पङ्खाले लङ्का छुवायो । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
…
१,
कसैसँग हुन्न पूर्णता
सिक्ने इच्छा जाग्दै
सोचाइ आओस् समानता।
२,
बाँचौँ खुसीका साथ
सत्कर्ममा मन लागोस्
नहोस् अरूको तैनाथ।
३,
जाऊन् अरू माथि
आफ्नो प्रयासले नहुँदा
सम्झौँ आफ्नै साथी। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
…
१,
आगोको झिल्का देखेँ
पानीको देखेँ पोखरी
दमकललाई चिठी लेखेँ । - देवी पन्थी
…
१,
लुटमार नगरौँ भ्रष्टाचार
देशमा हुन्छ रमाइलो
गरौँ पौरखको व्यापार।
२,
पसिनाले सिॅंचेको राम्रो
मलिलो माटो बन्छ
फल्छ सुन हाम्रो।
३,
बिस्तारै गरौँ सफर
सुरक्षित पुगिन्छ सबै
जिउन भने रहर। - सुरेशकुमार पाण्डे दाङ घोराही १८
…
१,
धेरै भए बेपत्ता
अधिकांश युवा पलायन
भारतको बङ्गाल कलकत्ता ।
२,
सरकार श्रमिकलाई हेर
किन उफ्रिन्छौ संसदमा
यिनका आवश्यकता फेर ।
३,
गरौँ सत्कर्म सुकर्म
उद्धार गर्नु भोकानाङ्गाको
मानवको परम धर्म । - चुडामणी देबकोटा, चनपा१३काठमाण्डौ
…
१,
मेरा खुसी लेऊ
जीवनको अन्तिम क्षणसम्म
मलाई साथ देऊ।
२,
फूल बनेर फुलिदिउँला
पाए तिम्रो साथ
सारा दुःख भुलिदिउँला।
३,
तिमी जीवनको सार
साथ नभए तिमी
मेरो जीवन बेकार। - विमल खतिवडा माइला, सिलगढी, भारत
…
१,
अर्थतन्त्र सुकेर सुकुटी
लुट्न पल्केका नेता
कुम्लाएर देशको ढुकुटी।
२,
गाउँ अनि सहर
होला हजुर कहिले
समानताको छाउने लहर।
३,
रहरलाई पोको पारी
जानुपर्ने बाध्यता विदेश
आँखाबाट आँसु झारी। - संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
…
१,
ध्यान गयो कता
थियौ बेपत्ता खोजैँ
पाऊँ तिमी जतातता । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
आहा! मन डुलेको
चैत वैशाख महिना
लालिगुराँस छ फुलेको।
२,
फुल फुल्यो वनभरि
टिपी ल्याएँ साथमा
छरियो सुगन्ध मनभरि।
३,
शिर उच्च हाम्रो
हेर प्रकृतिको सुन्दरता
आहा! कति राम्रो । - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
…
१,
बाहाना निदाएको गर्नेलाई
को सक्छ उठाउन?
हाम फाली मर्नेलाई ।
२,
अर्काको भलो चिताउनु
नैतिक इमान्दार भएर
जीवन मजाले बिताउनु ।
३,
शरिरको एउटा अङ्गले
मात्रै केही गर्दैन
काटिन्न जीवन ढङ्गले । - हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान
…
१,
हिॅंड्नु कर्तव्य बुझेर
मनमा पाप बोकी,
हुन्न शिला पुजेर।
२,
सक्छौ गर राम्रो
अरूको खुट्टा नतान
अस्तित्व हुन्न हाम्रो।
३,
इमानदार बनौँ अब
जन्मपछि अवश्य मृत्यु ,
जानुपर्छ एकदिन सब। - शंकर कार्की, मकवानपुर
…
१,
देखेर देशको गति
अचम्म लाग्छ यहाँ
बिग्रँदा नेताको मति । - बाबुराम पाण्डे, अर्घाखाँची
…
१,
मानव चोला आखिर
अनिश्चित छ यहाँ
आध्यात्मिक बाटो छिर ।
२,
युवा गए विदेश
देश खाली भो
देशमै राखे बेस।
३,
बारी बाँझो भयो
घरमा हली छैन
छोरो मुग्लान गयो। - तेजप्रसाद खनाल,लमही दाङ
…
१,
आमाबाबु मात्रै घरमा
छोरा बुहारी परदेशी
पैसा जति बगरमा ।
२,
सत्ताको मोह कति
ज्यान जाओस् छोडिन्न
विरोध गर जति।
३,
नबन कसैको भक्ति
देशको मुहार फेर्न
युवाले देखाऊ शक्ति । - राज कुमार राजभण्डारी खोटाङ्गे
मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
…
१,
गरेर राम्रो काम
बढौँ सधैँ अगाडि
कमाऔॅं आफ्नो नाम ।
२,
नपर अर्काको भर
सफल हुन्छौ तिमी
आफू परिश्रम गर ।
३,
किन गर्नु आहा !
मुखले चिप्लो घसेर
सधैँ गर्छौ डाहा । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
महॅंगीले आकाशै छोयो
सुशासनको गफ नलगाऊ
जनताको हृदय रोयो ।
२,
अन्धकार रातको कालीमा
रमाउँछन् सार्है नेताहरू
जनताको गडगडाहट तालीमा । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
…
१,
प्राणीमा श्रेष्ठ मानव
भन्छन् सबैले तर
मानव हुँदैछन् दानव ।
२,
सुध्रियोस् मानवको मति
जिन्दगी कुमालेको चक्र
हुन्छ आफ्नो दुर्गति । - मंगला उपाध्याय, कलैया उप. म.न.पा. – १, बारा
…
१,
चरीको त्यो व्यथाले
मन बनायो घायल
बरा! निर्दोषको कथाले । - गंगा खड्का, बूढानीलकण्ठ ,काठमाडौँ
…
१,
नाटक किन पटकपटक
सरकार सदन कस्तो ?
भैरहेछ धेरै चटक ! - नागेन्द्रप्रसाद यादव , दाङ
…
१,
निधारमा चन्दन घसेर
दुष्कर्म गर्दछ सधैँ
ऊ मन्दिरभित्र बसेर ।
२,
सत्य, तथ्य स्पष्ट
ओरालोतिर अर्थतन्त्र देशको
महङ्गीले जनतामा कष्ट ।
३,
समय एकनास घुमिरहने
एकछिन विश्राम नलिई
प्रकृतिले सबै सहने । - प्रद्युम्न चालिसे, भक्तपुर कठुञ्जे
…
१,
देशमा ठुलाठालुको रजाइँ
चर्काचर्की पोल खोलाखोल
कसले राख्ने कजाइॅं ।
२,
दोषी जाली भ्रष्टाचारी
रहेनछन् कोही अछुत
झोलेहरू किन सदाचारी ?
३,
देशको अस्तित्व हरायो
सबै साखुल्ले छद्मभेषी
अपराधी सदनमा करायो। - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
प्रमादी हो जीव
ईश्वर चैँ अप्रमादी
परमार्थमा दुवै शिव । - सुरेश कार्की, काठमाडौँ- ७, कुमारीगाल
(हाल सिड्नी, अष्ट्रेलिया)
…
१,
सुध्रिने कहिले अर्थतन्त्र ?
जनता खुसीले रमाउने,
भएर आर्थिक स्वतन्त्र।
२,
युवा निरास भए
देशमा उपाय नदेखी,
छोडेर विदेश गए ।
३,
आफ्नो स्वार्थ छोडेर
राष्ट्रको हितमा लागे,
सधैँलाई अहम्ता तोडेर । - पुष्पा राई, बादेल, खोटाङ
…
१,
ज्ञानका विधाता गुरु
दिन्छन् मोक्षको गति
दृष्टि उघारी खुरुखुरु।
२,
दिव्यचक्षु सबै खोलौँ
पाई गुरु दर्शन
बिकार चाहिॅं पोलौँ ।
३,
अलौकिक कृष्ण एक
मुक्तिका हुन् दाता
देखाउॅंछन् रूप अनेक। - तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
…
१,
भेट्न आएको थिएँ
तर तिमी आएनौ
त्यसैले आँसु पिएँ ।
२,
हिजो थियौ घर
आज किन देखिएनौ
किन हुन्छौ पर ?
३,
नेपाल मेरो घर
प्राणभन्दा छ प्यारो
छाडी जान्न पर । - शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
…
१,
जनताको मत मागेर
लहर ल्याउॅंछु विकासको
धोका हुँदैन मरेर।
२,
नजर दोषी देखाई
महान् हुन खोज्छौ
आफ्नो जाँगर सेलाई। - एवाइ प्रभात, सहिदभूमि धनकुटा
…
१,
युवा छैनन् देशमा
खेतबारी बाँझो हेर
आमाबाबु गेरु भेषमा।
२,
अर्थतन्त्र कता गयो
नेता सबै आफ्ना
तेरो मेरो भयो। - दुर्गा आचार्य, मोरङ
…
१,
घर बनाएको थिएँ
शान्तिले सकून् भर्न
पसिनाको मूल्याङ्कन लिएँ ।
२,
इज्जत पाउने सहर
खोज्दैछु दुनियाँको भिडमा
पाउॅंदैन छुटिएको रहर। - बिकास छेत्री अञ्जान, कैहके, बिजनबारी, दार्जिलिङ
…
१,
गरे के हुँदैन
मेरो बेहाल हुँदा
तिम्रो मुटुमा छुँदैन ।
२,
सबैले देखे लाचार
तुलना जन्तुसँग गरे
सकियो तिम्रो आचार ।
३,
हेरौँ राजनीतिको बजार
कुराको हुच्ची मच्चाउँदै
जनताको उन्मुक्तिमा हतार । - रामप्रसाद पुरी, बादेल, खाेटाङ
…
१,
बस्न मन थियो
समय भयो दोषी
मायाले पीडा दियो। - दीपा तिम्सिना, ईलाम
…
१,
रोकथाम गरेर बोली
नयाँ स्विकृतिले दिएको
निर्धालाई चल्यो गोली !
२,
शुभ झुल्किने घाम
धर्ती तताएर गए
नराखीकन कुनै डाम !
३,
आयो आयो गयो
थाहा नै नपाउँदै
के भयो भयो ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
कतै पाइन्न काम
सहरमा बाँच्न गाह्रो
फर्किनु बरु गाम !
२,
गर्छ कुकुर झगडा
समृद्धिको पथमा देश
छैन शासक तगडा ! - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
मैले तिमीलाई रोजे
नेताको आँट छैन
समयले मलाई खोजे।
२,
रङ्गीन मनले बोली
किन होला गाह्रो
मनमा माया खोली। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१,
गर्गीले तराईमा तातो
युवा युवती सहन्छन्
बच्चाको लियो सातो !
२,
पङ्खा हुनेको हावा
नहुनेको कष्टकर जीवन
दु:खीको कर्ममा धावा !
३,
मौसम भयो उल्टा
पानी नपर्ने कतिबेलै
फल्दिन फर्सीको मुन्टा !
भगवती लवाडी
…
१,
जब यात्रा सुरु
चुचुरोमा पुग्न सघाउने,
एक महामानव गुरु।
२,
थरी थरीका सिकारी
तिनले मच्चाउॅंछन् हाहाकार ,
जबसम्म जलाइन्न चिङ्गारी !
३,
सधैँ हुँदैनन् साथी
घामपानी नभनी हिॅंड्नुपर्छ
पुग्नलाई त धेरैमाथि। - दीपा समभावा, खोटाङ्ग
…
१,
जीवन सुखदु:खको खेल
मिलन बिछोडको चक्र
हाँसो आँसुको मेल।
२,
जीवन नफर्कने खोला
लिएर जानु के ?
मरिजाने हो चोला।
३,
मन बनाउँदै अधीर
सतहमा के खोज्दछौ ?
धाउॅंदै ढुङ्गाको मन्दिर। - सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
…
१,
नैतिक शिक्षा पाएमा
जान्नेछन् आदर गर्न ,
असल बन्न चाहेमा।
२,
गर्नु पर्छ कर्म
फल पाउन मिठो
सेवा ठुलो धर्म।
३,
ज्ञान लिन सुरु
निरन्तर प्रयास गरेमा
खुसी हुनुहुन्छ गुरु। - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
रुनु न हाँस्नु
जस्तै परिस्थिति आवस
सधैँ मितेरी गाँस्नु।
२,
चकनाचुर हुन्छ सिसा
प्रहार भएमा ढुङ्गाको
नरोज्नु घृणाको दिशा।
३,
नम्र व्यवहार राम्रो
क्रोधी स्वभाव देखाएर
कहिल्यै नबन्नु चाम्रो ? - अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ,भारत
…
१,
नझुकाऊ, तिमी सिर
पुग्न सफलताको शिखरमा
नलिनु कहिल्यै पिर।
२,
गर्नु राम्रो काम
परिश्रमले दिन्छ सफलता
मिल्दछ हेर नाम। - गंगाराम यादव, औरावनी – २, सुनसरी
…
१,
तापेर आगोको राप
किन जाँदैन जाडो
सधैँ मानिसलाई ताप !
२,
खेल मैदानमा आऊ
बाहिरबाट बोलेर हुन्न
जितेर देखाएर जाऊ ।
३,
हेर्न राम्रो हुनुपर्छ
क्रिकेट टिम मिलेको
खेलले दिल छुनुपर्छ ! - रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि
…
१,
आफ्नै श्रममा रमाऊ
निरन्तरता देउ कामलाई
सके जति कमाऊ ।
२,
सके आफैँ कमाउनु
ईर्ष्या नगर्नु अरूको
आफ्नै कमाईमा रमाउनु ।
३,
व्यावहारिक हुन सिक
विश्वास गर श्रममा
पैसामा कहिल्यै नबिक । - देव कृष्ण काफ्ले, पोखरा – १ ,कास्की
…
१,
परिस्थिति प्रतिकूल हुँदा
सङ्घर्ष जारी राख्नुपर्छ
मातृभूमि कहालिएर रुँदा । - ऋजु दिल्पाली, इटहरी १ सुनसरी
…
१,
नराम्रो काम नगरे
हुँदैन दु:ख कहिल्यै
ईश्वरको शरणमा परे।
२,
सम्झाउन जस्तो सजिलो
सम्झिन हुँने भए
मुटुमा बन्थेन किलो । - साबित्री प्याकुरेल, धादिङ्
…
१,
केही बर्ष बाँचौला
सबै टाडिए पनि
झिल्का लेखी हाँसौला ।
२,
गाउँले नबुझे पनि
हतोत्साहित किन हुनु?
निरन्तर लेखौँ भनी ।
३,
कलमको सहारा ठुलो
चित्त नबुझेको बेला
यसले गर्दछ औषधीमुलो । - मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
…
१,
खोजेको पाएर हर्ष
अक्कबक्क बोल्न नसकी
साहस बटुली सङ्घर्ष ।
२,
सम्झाउनै गाह्रो परेछ
कुरा नबुझेर सिधाले
उफ्रिॅंदै ओरालो झरेछ ।
३,
धारिलो हतियार बाङ्गो
खान नपाएर भोकै
लुगा नलाएर नाङ्गो । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
रुमाल छैन फाटेको
भिडहरूमा देखे तापनि,
छैन माया साटेको ।
२,
बाटो बिराएको नठान्नु
गन्तव्यको दोष होइन,
मनमा खोट नमान्नु । - हन्नाह छेत्री, दार्जिलिङ
…
१,
खुसीले गरी काम
सुन्दर कर्मको बाटो
राखेर अनुपम नाम !
२,
सम्झेर अनेक भिर
जिन्दगीको लामो यात्रा
मनमा अथाह पिर !
३,
सम्झेर तिम्रो मन
उकाली ओराली गर्दा
उराठ लाग्छ वन ! - आर्त अकुलीन
…
१,
फूल मन पराए
टिप्न खोज्दा हतारमा
काँडा पो समाए ।
२,
तरकारी मिठो नुनले
ठिक्क लाए सुहाउला
घाँटी राम्रो सुनले । - ध्रुव श्रेष्ठ, खोटाङ,हाल काठमाडौ ।
…
१,
नक्कल गर्नेदेखि सावधान
बौद्धिक चोरी गर्नेहरूप्रति
साइबर अपराधको प्रावधान ।
२,
चोरेको कसरी मेटिन्छ
छोपुन्जेल लुक्छ डालाले
फाटेपछि टुप्लुक्कै भेटिन्छ ।
३,
अन्तस्करणबाट सिर्जना गर
पूर्ण हुनेछ अपेक्षा
अरूको भरमा नपर । - पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर
…
१,
कहाँबाट सुरु गरौँ
म अलमलमा परे
कसको भर परौँ ।
२,
कसलाई मानौँ गुरु
अब सबैले भन्नुहुन्छ
आफैँ लेख खुरुखुरु।
३,
सबैले खुट्टा तान्छन्
अचेल सबैले मेरो
रिस डाहा मान्छन्। - ललिता गिरी, सिन्धुली
…
१,
गुन्द्रुकलाई पर्दैन पकाउन
किन होला भनेको
पर्दैन सालीलाई फकाउन।
२,
मन परेकी साली
छ हिस्सी परेकी
जिस्किन पो थाली।
३,
सालीको बोली रसिलो
भनिदिन्छे उसले फेरि
लाइहालूँ माया कसिलो। - सतीश पण्डित, भानु ६चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
…
१,
झिल्का उडेर आयो
मनमा थियो उमङ्ग
मधुमास बिहानी छायो।
२,
देखाएँ हिमाल तराई,
आफ्नै रहेछन् मायालु
होइन रहेछन् पराई।
३,
नजाउ भन्छिन् छोडेर
रोएर नेपाल आमा
असल बाटो मोडेर। - होम प्रसाद नेउपाने, धरान,सुनसरी
…
१,
खुशी सबै हर्छ
यादको भेल उर्लिँदा,
आँसु तपतप झर्छ ।
२,
गयौ बाटो फेरी
आसाको डोरी बाट्दै,
बसिरहेछु तिमीलाई हेरी ।
३,
आशा खुसी रित्तियो
मनका तृष्णा मरे,
लाग्छ समय सिद्धियो । - सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
…
१,
जात सानो ठुलो
जात बनाउने खुसी
जातको अन्योलता मुलो । - भोलामान बर्देवा, धरान ८ सुनसरि
…
१,
कर्मको भरोसा गर्नु
आफूमा भएका दिव्य
ज्ञान सबैमा छर्नु ।
२,
मनैमा हुन्छ भक्ति
शुद्ध चरित्रले पाउने
सदैव प्रभु शक्ति ।
३,
आत्मालाई बसाई सर्नु
प्रभु सँग आखिरीमा
पर्नेछ भवसागर तर्नु । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
कतै देखिन्न समता
कसरी हुन्छ विकास?
नभएसम्म राष्ट्रिय एकता l
२,
बनाएर संयुक्त गठ
रातदिन लड्छन आपसमा
रहेछन् अबुझ शठ l
३,
भएन मन शान्त
दुष्टहरूको पारा देख्दा
हुन्छ झन् आक्रान्त l - बाबुराम गौतम, गुल्मी
…
१,
स्वार्थ बाेकेर आए
हाले छाराे आँखामा
पुस्ता उनैका रमाए ।
२,
हिजाेभन्दा आज कडा
दिनहरू बित्दै जाँदा
समस्या भए खडा ।
३,
लगन साइत जुर्नुपर्छ
भन्दैमा बन्दैन कविता
मस्तिष्कमा पनि फुर्नुपर्छ । - त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
…
१,
नखानु कसैले हरेस
गरेर आऊँ हातेमालो
बनाउँ नयाँ स्वदेश।
२,
स्वर्गभन्दा छ राम्रो
नाँचेको डाँफे मुनाल
हिमाली देश हाम्रो। - बिके मुखिया, दार्जीलिङ, भारत
…
१,
जिन्दगी रहर अप्ठ्यारो
हारेर बाँचेको दुनियाँ
यात्रीको जीवन फारो ।
२,
रमाउ भनेर नहुने
आएछ निर्दयी जमना
भावना कहिले नचुने। - अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
…
१,
दौड थियो चर्को
पछि आउनेले उछिने
गुनासो छैन अर्को।
२,
मनले गरौँ भन्छ
विविध अड्चन बाधा
शरिरले कसरी सहन्छ? - गोरखा सिरानचोक
…
१,
खोजेर भाग्य भेटिँदैन
नबगाएसम्म यहाँ पसिना
भान्सामा धुँवा देखिँदैन।
२,
चुहिन्छ फूलको रगत
जब चुँड़िन्छ ऊ
बनेर दुष्टको सङ्गत।
३,
तिमी हुनु आकाश
तिम्रो मेरो प्रेमकथामा
म बन्छु बतास। - राजनारायण राई, राजदल बस्ती सोनादह
…
१,
साहित्यमा नाम भरौँ
इतिहासमा नाम कोरेर,
हामी अघि सरौँ।
२,
पढाइमा अनेक काइदा
गुरुबाट शिक्षा राम्रो
लिए धेरै फाइदा ।
३,
दुई तीन चार
गएपछि त खेलमा
मलाई भयो हार । - श्रीकृष्ण धामी – बझाङ
…
१,
यो मेरो देश
शिर हो विश्वको
नहोस् है अशेष ।
२,
नेताको देखेर चालढाल
बढ्दैछ निराशा युवामा
विदेशतिर हाम फाल।
३,
देवता ठूला किसान
गर्दछन् कर्मको पूजा
भविष्य गर्दै किटान। - पद्मा काश्यप पाण्डे, मोरङ
…
१,
विश्वास धेरै नगर
धोका दिन्छ जसले
उसकै भर नपर ।
२,
घाउमा मलम लगाऊ
आफैँ डाक्टर नबन
दलालहरू सबैलाई भगाऊ । - सनत रोकाय बिवश, कुशे – ८ जाजरकोट
…
१,
मनमा शान्ति छाउँछ
सन्तुष्ट हुनु सधैँ
अनि आनन्द आउँछ।
२,
दुःख तिमी गर
फलको आश नगरी
सधैँ अघि सर ।
३,
स्वास्थ्यको ख्याल गर्नु
समय निरन्तर चल्छ
आफैँमा भर पर्नु । - धनुष न्यौपाने”यात्री”, जुम्ला
…
१,
चाहिन्न कालो धन
हुनुपर्छ सुखका लागि
उदार शुद्ध मन ।
२,
हुन्छ संसार हाम्रो
खराब बानी छोड्नपर्छ
हुन सबको राम्रो ।
३,
अल्छी आलस्यता भगाई
हामी कर्मठ बन्नुपर्छ
जोश जाँगर जगाई । - जयनारायण नेपाल, इलाम ,हाल सूर्यविनायक २, भक्तपुर
…
१,
लुरेले हाँक्छ राज्य
भेष साधु जस्तो
हुँदै आयो विभाज्य।
२,
उसको मन कालो
चाला धेरै तुच्छ
बुन्छ सधैँ जालो । - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
…
१,
जेसुकै पनि पच्ने
नेपाली माटो हाम्रो
गोर्खालीले इतिहास रच्ने ।
२,
छैन आशा कसैमाथि
यही माटो अब्बल
नेपालीको माटो साथी ।
३,
आोशा त्यही हुन्छ
मिहिनेत हुन्छ जहाँ
पोखिएर मन छुन्छ । - ईश्वर साउद, सुदुरपश्चिम रामारोसन – ६, अछाम
…
१.
आफ्नै मनभित्र हल्लीचल्ली
शान्ति खोज्दैछ मान्छे
बाहिर गल्ली गल्ली ।
२.
अर्काकै राम्रो लाग्यो
आफूलाई हेरेन कहिल्यै
खुसू अन्तै भाग्यो।
३,
भएकोमा सन्तुष्ट छैन
हुँदै नभएको खोजेपछि
कहाँ भेटिन्छ चैन।
-पशपती राई, खोटाङ
…
१,
डडेलो लाग्यो वनमा
निभाउने कोही छैनन्
विरह चल्यो मनमा ।
२,
चरिले गीत गाउॅंछे
मन रुन्छ धुरुरु
वन पाखा धाउॅंछे । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
…
१,
मायामा सौदाबाजी भयो
मेरो त्याग ,समर्पण
डस्टबिनभित्र फालेर गयो।
२,
गर्यौ मुटुको चिरफार
च्यातचुत पार्दै तिम्रो
तस्बिरहरू फाल्दैछु बारम्बार ।
३,
रोपेर प्रेमको बोट
दियौ उपहार मलाई
जीवनभर नभुल्ने चोट । - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
जीवन रङ्गीन बनाउन
सुख, शान्ति भए
पर्दैन उत्सर्ग मनाउन।
२,
पीडाले भरिएको मन
बुझ्दैन रत्तिभर कुरा
अरबौँ होस् धन ।
३,
पीडाको आहुति दिएर
लाग्छ मरौँ जस्तो
अब जहर पिएर । - लक्ष्मण देउवा डोटी
…
१,
आशाको दियो बाल्नलाई
जुटौँ एक भएर
नयाँ काम थाल्नलाई।
२,
नतिजा आफैँतिर पार्न
मरिमेटी लाग्दैछ खेलाडी
चाहॅंदैन कोही हार्न । - बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु
…
१,
साहित्यका उर्जाहरू जगमगाऊन्
गहनता उपयोगले लम्किरहौँ
बढ्दै दर्जाहरू जाऊन् ।
२,
लेखिएका रचिएका कुराहरू
ज्यादै हल्का लिएपछि,
सकिँदैन समस्याका चुराहरू !
३,
एकातिर दर्शन जति ,
व्यवहार हेर्दा अर्कोतिर ,
परिवर्तन भयो कति ? - मनोहरी पौडेल, गैडाकोट १
…
१,
आमाको आँसु पुछ्नु
लायकको सन्तान बनेर
रातो टीका मुछ्नु !
२,
भावना बुझ्ने गर
पहिला घर परिवारको
भकारीमा अन्न भर।
३,
धनी मन होस्
जहाँ गरिब दुखीप्रति
तनमा जोस बढोस् ! - राजेश्वरी राजोपाध्याय, ललितपुर
::::::::जय झिल्का साहित्य ! ::::::::::