
साप्ताहिक झिल्का लेखन अभ्यासको १७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
दोहोरिरहने तिम्रो बानी
कसरी बुझूँ म ?
अनजान या मनोमानी ।
२,
गगनभरि फिॅंजियो मन
बादलको नक्कल गर्दै
हुरीले बुझाइदियो आफ्नोपन ।
३,
आमा हुन् सृष्टिकर्ता
समाजमा नाम बनाइदिएर
बुवा दु:ख हर्ता ।
- म्यामराज राई, भोजपुर
…
१,
धोका घातको खानी
समयमा चिन्न सकिएन
स्वार्थी रहेछ बानी !
२,
मलाई शत्रु ठानेर
गयौ टाढा निष्ठुरी
मुटुमा छुरा हानेर !
३,
मार्दछ्यौ जहिल्यै ताना
के सम्झूँ तिम्रो
धोका या बचकाना ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
पिर धेरै परेछ
दुनियाँलाई होच्याउनु खोज्दा
आफैँ तल झरेछ।
२,
हुँदैछ मिरमिरे साँझको
जोगाई राखे बाल्नलाई
पिरती हामी माझको। - बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ
…
१,
के हो पाउने
भाग्य कोर्ने दैव
कसले कसलाई देखाउने । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
विरक्तमय समय बित्यो
खुसी मनाउॅंदै जाँदा
तिम्रो मनले जित्यो।
२,
प्रकृतिसॅंगै रम्न पाउॅंदैछौ
तिम्रो हाम्रो अहमताले
दु:खको भाका गाउॅंदैछौ !
३,
अहम्ताले प्रकृतिसॅंग बोल्यो
ममता सबैलाई चाहिॅंदा
आतङ्कित शब्दले पोल्यो । - केन्टरमेश क्षेत्रीय, रोल्पा
…
१,
कर्मको फल पाउने
कर्म नगरी हुँदैन
त्यसै कसरी धाउने ।
२,
सत्यमा आफैँ बस
यदि सक्दैनौ भने
जोगीको खरानी धस ।
३,
मर्दले खान्छ गरेर
देखाउन कसलाई पर्यो
नामर्दले देखाउँदै लडेर । - बेदु न्यौपाने
…
१,
प्रभु असल मित्र
सम्भव हुने आस्थामा
मनमा राखौँ चित्र ।
२,
मन हुन्छ चञ्चल
भक्तिमा हुन्छ शक्ति
प्रभु मनमा अटल ।
३,
प्रभु राखौँ मनमा
कुकर्मीको आँखा मात्र
अर्काको मात्र धनमा । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
मन पोल्यो हेर
देखेर लास चितामा
मेहनत गयो खेर।
२,
जिउने आशा बोकी
मनमा असल सोची
हिॅंड्दैछु पाइला नरोकी ।
३,
गरौँ इच्छा पूरा
खुलेर असल मनले
हुन्नन् अब अधुरा। - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, संखुवासभा
…
१,
तिम्रो खुसी हेर्नुछ
प्रिय ! लाखौँ जुनी
यो अङ्गालोमा बेर्नुछ।
२,
आऊ, मनमा बस
गर राज्य प्यारी,
त्यो अङ्गालोमा कस।
३,
लग्यो दिल हरेर
मनमा राज गर्यो
प्रेमको बिउ छरेर। - नवशिला, नवदेव मार्ग ,लालभित्ती,मोरङ
…
१,
हरियाली राखौँ वन
संरक्षण गरौँ सबैले
नेपालको हो धन ।
२,
मुखले भन्दै राम
अरूलाई नराम्रो पार्ने
रहेछ तिम्रो काम । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
यस्तै छन् दुनिया
सबैप्रति सदा निकाली
बनाऔॅं राम्रो नजरिया।
२,
जगाऔॅं मनमा उत्साह
मनबाटै निकाल्दा सबले
भनून् आफूलाई वाह !
३,
बनौँ हामीले सज्जन
व्यावहारिक समेत भई
जोगाऔँ है आफ्नैपन। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
…
१,
विरहका यी भाकाहरू
वैशाखे हुरी बनेर
उडे मायाका खाकाहरू ।
२,
सबै रहेछ मन
बनाउन नजिक टाढा
सघाउॅंदो रहेछ धन ।
३,
बोल्नुपर्छ रे सोचेर
आगो पनि बाल्नलाई
फुक्नुपर्छ दाउरा ठोसेर । - दीपा समभाव, खोटाङ्ग
…
१,
भिन्नभिन्न विचार हाम्रो
खोला तर्न सकिॅंदैन
यात्रा नगरेको राम्रो ।
२,
आवाज उठाउनु पर्छ
सहनु हुँदैन ज्यादती
आफैँलाई हानी गर्छ।
३,
झिनामसिना कुरा भनेर
नजरअन्दाज कहिले नगरौँ
पीडा जिउँदै मरेर। - पृथक प्रकृति ,झापा
…
१,
जसले गर्छ मनपरि
हाँसेपनि दुईचार दिन
रुनुपर्छ उसले जीवनभरि।
२,
हाँसौँ अनि हसाऔॅं
जीवन उत्सव हो
सबैले मिलेर मनाऔॅं ।
३,
मान्छेले आफन्त चिन्दैन
पैसा हात नपर्दा
कुनै कुरो छिन्दैन । - विमल खतिवडा माइला, सिलगढी भारत
…
१,
विकासको लहर आयो
थोरै देखाई गोजीमा
भुॅंडी भरेर पचायो।
२,
देशको हालत यस्तै
सत्ताको मोहमा लिप्त
लडाउने त्यो खेलजस्तै।
३,
लिपुलेकको खै कुरा ?
सरकार सधैँ मौनतामा
देश बेचिखायो पूरा। - एवाइ प्रभात, सहिदभूमि धनकुटा
…
१,
मान कि नमान
पौरखको फल त्यो
मिठो हुन्छ जान।
२,
जसको मनमा भय
जानी राखौँ सबैले
हुँदैन उसको जय।
३,
जालीले पाउॅंछ ताली
कस्तो विडम्बना यस्तो
मालीको भाग्यमा गाली । - बिके मुखिया, दार्जिलिङ, भारत
…
१,
जीवन भयो आधा
सङ्घर्ष गर्न नछोडे
सकिन्छ नाघ्नु बाधा।
२,
अलिकति खुसीमा रमाउनुपर्छ
दुखसुख दुवै पाटो
धैर्यताले मन बनाउनुपर्छ । - राजनारायण राई, राजदल बस्ती सोनादह
…
१,
मन छैन थिर
सोचे जस्तो नहुँदा
लाग्छ धेरै पीर।
२,
सिमसिमे पानी परेको
आकाशलाई बादलले ढाकेर
शीतल महसुस गरेको ।
३,
तन मन गल्यो
सोचे जस्तो नहुँदा
जिन्दगी नराम्रोसँग ढल्यो। - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर
…
१,
शान्तिले फूल फुल्छ
माहुरी फूलमा भुनभुनाउँदा
आफ्नै आँखा डुल्छ ।
२,
विगतका पुराना बातहरू
सबैले गर्छन दुख
रङ्गिन बनून् दिनरातहरू ।
३,
जुनकिरीलाई रमाईलो अँधेरी
मान्छेलाई तिर्खा लाग्दा
पानी खाने पॅंधेरी । - चुडामणी देबकोटा, चानपा१३काठमाण्डौ
…
१,
मनको एउटा बारी
केही शब्दहरू छैन
नजाऊ तिमी पारि ।
२,
हेरेको जस्तो लाग्छ
नाम छ दुनियाँको
हेर, मनमनै भाग्छ।
३,
उसितको मन कस्तो
रात पनि मरेछ
कहिले नसकिने जस्तो। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१,
समयले कहाँ पुर्याउँछ
वशमा आफैँले राख्नु
नत्र परिस्थितिले हुर्याउँछ ।
२,
सहज मात्रै आउँदैन
जिन्दगीका हरेक मोडहरू
त्यसै सफलता छाउँदैन।
३.
घिस्रिन कहिले नछोड्नु
घाइते बने पनि
गलत बाटो नमोड्नु । - पुष्पा राई, बादेल, खोटाङ
…
१,
मिलेन खोजेको काम
देशमा काम गर्दा
पनि आएन दाम ।
२,
माछा बस्ने ताल
सोध्न पाएन मैले
के छ हाल ?
३,
जिन्दगी दुईदिने चोला
हेर ! आजभोलि भन्दाभन्दै
मरेपछि जान्छ खोला । - कृष्ण धामी, बझाङ
…
१,
फर्किॅंदैन बनेपछि खोला
आज नजिक आउने
भोलि टाढा होला ।
२,
रूपको आउॅंछन् पुजारी
आफू परे तिम्रो
माया माग्ने भिकारी ।
३,
प्यारो तिमी मलाई
भन्छौ भने देखाउॅंछु
म आफैँलाई जलाई । - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
जीवन बितोस् हाँसोमा
भुलेर पनि कोही
कहिल्यै नपरोस् पासोमा ।
२,
बढोस् मोह ज्ञानको
बजार्दा हात कर्ममा
ख्याल रहोस् ज्यानको ।
३,
गरौँ योग साधना
शान्तिपूर्ण जीवन खातिर
बढाऔॅं प्रेमिल भावना । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…
१,
बराबर ठान्नु सबैलाई
एकदिन पालो आउनेछ
नठान्नु कमजोर कसैलाई । - समुन्द्रा शर्मा, सुनसरी
…
१,
लेखन सबैको रहर
भावना हुन्छ भरिएको
हुँदैन उत्तिको कदर।
२,
दुःख पाएको मजदुर
भुक्तभोगी हुन्छन् सबै
जोगाउने गर्छन् भरपुर।
३,
सामाजिक काम गरौँ
स्वार्थको रोग छाडी
पौरखमा भर परौँ। - सुरेशकुमार पाण्डे, दाङ घोराही १८
…
१,
जिन्दगीको जोडघट कोरेर
मैदान पुग्नुछ सङ्घर्षको
नमिलेमा पहाड फोरेर।
२,
अब केही साँचेर
होइन बाँच्नु जिन्दगी
अस्तित्व जोगाऔॅं हाँसेर।
३,
जीवनका घुम्तीहरू छन्
आँखा खोल्न नसकेमा
अप्ठ्यारोमा परिन्छ झन्। - घनश्याम पन्त हरिवन सर्लाही
…
१,
दुनियाँ लाग्छ असल
राम्रो दृष्टिले हेरे
खुसीले भइन्छ सफल ।
२,
रमाऔॅं न आफैँभित्र
कर्मयोगी बन्नुछ भने
आत्मबोध गरेर मित्र ।
३,
परिवर्तन समयको नियम
दृष्टि अनुसार सृष्टि
खानु पर्दैन गम । - कमला ढकाल, तिलोत्तमा -९, रुपन्देही
…
१,
डढेलो देखेँ वनमा
कसरी देखाऊॅं खै ?
पीडा भएको मनमा।
२,
पानीले तिर्खा मेट्ने
मुटु खान्छ कटक्क
वचनले मन रेट्ने। - संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौं
…
१,
सानी हाम्री नानी
धेरै चकचक नगर
हुनुपर्छ साह्रै ज्ञानी ।
२,
सुनसान अँधेरी रातमा
बाटो खोज्दै हिॅंड्दैछु
मेरी मायालुको साथमा
३,
जूनले आँसु झार्यो
उष्ण यो धर्तीलाई
शितल शितल पार्यो । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
…
१,
पुतलीझैँ पहाडकी नानी
हाँसौँ खेलौँ रमाएर
जिन्दगी कर्कला पानी !
२,
उकाली भिरको बाटो
हिँड्न गाह्रो हुन्छ
सबैभन्दा पिरलो पाटो !
३,
सौम्य हिमालको छाया
आहा झरनाको कलकल
विशुद्ध मनको माया ! - आर्त अकुलीन
…
१,
हेर्न विकासको फड्को
बदलेर दाम्भिक समाज
हटाई शोषण, अड्को ।
२,
नबनी नयाँ संविधान
इतिहासले सुधारेको भए
राखेर एउटै ध्यान ।
३,
बन्छ सुनौलो भूमि
मेची महाकाली ढाकेर
रमाइला देश घुमी । - लोकबहादुर क्षेत्री
…
१,
रोइरहेछ आज नानी
बाआमा खुसी माने
पढेपछि हुन्छ कहानी । - देवी पन्थी
…
१,
गन्तव्यमा पुगेर फर्क
असुरक्षित त छॅंदैछौ
नराम्रो कामबाट तर्फ ।
२,
दिमाग छिटो चलायौ
भ्रष्टाचारी जालोमा पस्छ
आफैँ फस्छौ बहलायौ ।
३,
सरल स्वभाव भएर
दरिलो हुनेछौ बलले
अनेक सङ्कट सहेर । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
भन्छन् सतीको सराप
केवल बाहना हो
पारे देश धराप ।
२,
देख्दा माला भिरेका
रहेछन् यी नक्कली
व्यवहारमा सधैँ गिरेमा ।
३,
युवामा जोश जगाई
बनाऔॅं यो देश
दुष्कर्मी सारा भगाई । - जयनारायण नेपाल, इलाम (हाल सूर्य विनायक २ बालकोट भक्तपुर )
…
१,
सोच्यो अग्र कसले
दोष अरूलाई थुपारी
पूर्वाग्रह राख्छ जसले । - प्रेम थापा “मन”बागलुङ
…
१,
सोझो रुखलाई छिटो
सबै बन्चरो उध्याउॅंछन्
बनाउॅंछन् भारी बिटो ।
२,
छाँट्छ अन्यायको भाषण
गाउॅंले निमुखाको बस्तीमा
बाहुबलले गर्छ शासन।
३,
जीवन रहेछ पिङ
माथिल्लो तल्लो मथिल्लो ।
उम्रॅंदैन कुकुरको सिङ। - हिरालाल न्यौपाने,बानपा ८,काेटमाैला ,सल्यान
…
१,
समयानुसार भन्नेले भन्छन्
अपाच्य फेसन गर्नेलाई
नराम्रो साथीमा गन्छन् ।
२,
बालापन प्यारो देखेँ
परिस्थिति कता गयो
सम्झनामा आज लेखेँ । - दुर्गा आचार्य, मोरङ
…
१,
गाउँघर साह्रै रमाइलो
कोइली कराउँदा हुन्छ
पुरै वनै घमाइलो ।
२.
विकासको बिउ छर्ने
ठुलो चाहना मेरो
देशको सेवा गर्ने । - शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
…
१,
जहाँ हुँदैन तिर्सना
नभएमा जाँगर सीप
हुन्न होला सिर्जना ।
२,
जुम्लाको मार्सी धान
नबिर्सिकन ल्याउनु है
भतेर पकाएर खान । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
सधैँ नङ्ग्रा खियाउॅंछ
फेरिॅंदैन चोला निमुखाको
दु:खले मात्रै चियाउॅंछ l
२,
लामो खडेरी पर्यो
पृथ्वी तताउने काम
मानिसले नै गर्यो ।
३,
जङ्गल भयो तहसनहस
जताततै डढेलो लाग्दा
पशुधनलाई पर्यो सकस l - बाबुराम गौतम, गुल्मी
…
१,
अशुभ काग करायो
बेइमानी मायाको चालले
रातको निन्द्रा हरायो ।
२,
काटेर रातो रिबन
जोडेको मायाको गाँठो
ओइलायो फूलको जीवन। - होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
…
१,
लोभमा कहिले नपर्नु
मनमा सन्तोष लिनुपर्छ
धनको घमण्ड नगर्नु।
२,
ईर्ष्या डाह त्याग्नुपर्छ
राखेर भाव सेवाको
सत्कर्ममा सदा लाग्नुपर्छ।
३,
समयले कहिल्यै पर्खन्न
फोर्नुपर्छ मौकामा हिरा
बगेको खोला फर्कन्न। - सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
…
१,
बालापनको माया गाढा
मुटुभित्र पूरा गाडिएको
हुँदैन कहिले टाढा ।
२,
घुमेको हाटको मेला
अझै स्मरण छँदैछ
गाउँ उत्रिएका भेला ।
३,
ढकमक्क फूल फुलेर
सुगन्ध छर्छौ तिमी
नौलो बिहानीमा खुलेर । - धनमाया चौधरी, कैलाली
…
१,
हारेको छ कर्म
जता हेरौँ बिरानो
कस्ले बुझ्ने मर्म ।
२,
मर्नै पर्छ एकदिन
विश्वास छैन कसैलाई
भन्दै हिॅंड्छ एकछिन ।
३,
खहरेझैँ सुक्ने भय
दुईदिनको जीवन यो
हाँसिदिए बन्छ लय । - फूलमाया कुलुङ, महाकुलुङ – १, सोलुखुम्बु
…
१,
माछो ठुलो थियो
जालमा परेन क्यारे
उसले हैरान पारिदियो ।
२,
भन्थ्यो छोड्दिन तँलाई
हालत खराव भयो
विश्वास थिएन मलाई ।
३,
अरूलाई औॅंठो ताक्दा
आफैँतिर फर्कियो खस्यो
रुखको फल पाक्दा । - रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
…
१,
मनाउ सधैँ खुसियाली
बगाए गरामा पसिना
हुन्छ पाखा हरियाली। - दुर्गा भट्टराई
…
१,
दिॅंदा भइन्छ नाङ्गो
नदिॅंदा थाहै छ
आफन्तको मुखै बाङ्गो ।
२,
फटाहालाई सधैँको ताली
यस्तै बस्दैछ थिति
इमान्दारीलाई सबैको गाली ।
३,
विचार मार्नु हुँदैन
गर्नु सामूहिक सङ्घर्ष
कसैको प्रलोभनले छुँदैन । - ऋजु दिल्पाली इटहरी – १, सुनसरी
…
१,
दुःख बिसाउने चौतारी
कही भेटिन धर्तीमा
त्यसैले हिॅंड्छु भौँतारी ।
२,
अघाएर छोडेको थाल
त्यस्तै भयो जिन्दगी
नसोध मेरो हाल ।
३,
जीवन गयो टुटेर
संसार उजाड भयो
आज तिमीसँग छुटेर । - लक्ष्मण देउवा, डोटी
…
१,
आगो फुक्ने सोते
अँगेनामा दाउरा हाल
दाँत फुक्लेको थोते !
२,
फूलपाती चढाउने गर्छौ
देउता खुसी पार्न
कति पैसा छर्छौ ? - विवश पारदर्शी, झापा
…
१,
धेरै खरानी घस्छ
तपस्या नगरेका जोगी
विद्वान हुँदा फस्छ।
२,
असल काम गर
असहाय दुःखी जनको
सेवामा अघि सर।
३,
विद्वान नबन्ने हैन
सबथोक जान्ने भएर
अध्ययन केही छैन। - अरुण कुमार भुजेल, गोरू बथान, कालिम्पोङ, भारत
…
१,
दुःखी भइरहने तनमा
एउटा अचम्म बानी
कसरी बस्छ मनमा ?
२,
निरास कसरी भाग्ला ?
सधैँ खुसी हुँदै
दिलमा घाम लाग्ला !
३,
जातको कुरोले थाकिएला !
अछुत कतिन्जेल भन्ने
अब कसरी सिद्धिएला । - भोलामान बर्देवा, धरान – ८, सुनसरी
…
१,
झिल्का ननिकाल्ने लाइटर
बेकामको भन्नु जस्तो
गर्मीमा कपडा फाइबर । - सुरेश कार्की, कुमारीगाल-७ काठमाण्डौ, हाल- सिड्नी अष्ट्रेलिया ।
…
१,
नझार्नू, आमा आँसु
तिमी दु:खी हुँदा
कसरी म हाँसूँ ?
२,
बाबा मेरो सान
हुनु है तिमी
सदा उज्यालो बिहान । - अनिता कार्की, कुम्मायक गाउँपालिका – ५, पाँचथर
…
न दर्दले छोड्यो
जीवनको त्यो पल
प्रयास बेइमानीले तोड्यो । - शरद ओझा ‘मेदिनीराज’, द.न.पा-४, बमरोडा
…
१,
खोज्दैछु दियो जलाई
शब्द भाव हराएँ
के भएछ मलाई ।
२,
मन खिन्न भयो
हरायो जोश जाँगर
भावना उडेर गयो ?
३,
लेख्न इच्छा जागेन
नियास्रो भइरहेछ दिनमा
केहीमा मन लागेन । - मोती सुब्बा, दार्जिलिङ
…
१,
मनको मायालु खरबारी
कति दुर सुदूर
संसारदेखि अझ पारि । - विनोदकुमार प्रधान
…
१,
धोकाको खेती गरेर
अजर अमर हुँदैनौँ
एकदिन जान्छौ मरेर।
२,
हिॅंड्छौ दुनियाँ हँसाएर
गयो भन्ने सुने
माइलीकी छोरी फसाएर।
३,
गिद्दे नजर लगाएर
कति लुकाउँछस् ठुले ?
अब छोरो भगाएर। - ललिता गिरी, सिन्धुली
…
१,
सोच्दै छु आज
के लेखुँ खै
जीवन रूपी राज!
२,
दैनिकी चल्छ एकोहोरो
चुपचाप आफ्नै तालमा
विरोध छैन दोहोरो !
३,
नाटक रूपी कथा,
पात्र अनेक छन्
तेस्तै फरक व्यथा! - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
सपना विपना लुटिँदैछ
लुटाइमा महोदय हेर्दैछु
भविष्यको बागडोर छुटिँदैछ । - हन्नाह छेत्री, दार्जिलिङ
…
१,
आयो मच्छड आयो
काम गर्नै दिएन
खायो खानसम्म खायो ।
२,
चराको आवाजले जित्यो
संसारकै रीत रहेछ
महिनाको समय बित्यो ।
३,
मुखाले दाइ थिए
कतै दाग नलगाई
जीवन सुलुत्तै पिए । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी, सिरहा
…
१,
आकाशमा तारा झलल
झरिले बिर्सेको याममा
किसानको पसिना खलल !
२,
छटपटी बडिरहने मनमा
धेरै बटुलेर कमाउनेको
आसक्त भइ धनमा !
३,
रित्तो गाग्री अशुभ
भन्दै हिॅंड्छन् खुरुखुरु
कहिले भेटाउने कौस्तुभ ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
डुल्दै छ मन
कता हो कता
छैन साथमा धन।
२,
मन भतभती पाक्छ
कसो गरूँ हुन्छ
शरीर बेसरी थाक्छ।
३,
सम्पत्तिमा सबैको हाई
विपत पर्दा खेरि
गरिदिन्छन् फेरि वाई ! - सतीश पण्डित, चुँदी तनहूँ
…
१,
नेताको दोहोरी देखेर
पर्दैछन् छक्क जनता
कति बस्नु हेरेर ।
२,
जनताले चाहेको कुरा
पुरा कहिल्यै भएनन्
काम गर्छन् अधुरा । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कन्काइ – ४ झापा
…
१
सातु, सर्वतको दान
वैशाख महिनाको धुपमा
तृप्ति स्वर्गकै समान ।
२,
नछोड्नु क्लेश कुकर्मको
दुई दिनको जीवनलिला
पहिल्याऔॅं मार्ग सुकर्मको ।
३,
समुद्र कहिल्यै सुक्दैन
गरेर मानव सेवा
शिर कहिल्यै झुक्दैन । - पारसमणि खतिवडा, सूर्योदय – ३, इलाम (हाल सूर्यविनायक भक्तपुर)
…
१,
एउटा कुरा ढाँट्नलाई
बोलेपछि दश झुठो
सहज हुन्छ काट्नलाई ।
२,
हुनेले लगाउँछन् कुलो
नहुनेले हार्नै पर्ने
पैसा, बैँसै ठुलो ।
३,
काल टरेर जान्छ
भन्छन् युग कलीको
देवतै पैसाले मान्छ । - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
सफा राख मन
खुसी हुन जीवनमा
चाहिॅंदैन कुनै धन | - सरिता सेढाई धादिङ
…
१,
जीवन समुन्द्रको पानी
अटुट सम्बध नभए
खरानी बन्छ जिन्दगानी ।
२,
बाँचेछु याद गरेर
पर्ला लडाई झगडा
नजानु वितृष्णा भरेर !
३,
तानिन्छ मेरो मन
व्यवहार सच्चा गर्नेलाई
मान्छु आफ्नो प्रियजन ! - सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
…
१,
निर्दोष प्राणी ढले
बिथोलियो प्रकृतिको चक्र
कैयौँका सपना जले !
२,
दूषित भयो वायु
निम्तिए अनेक रोग
औषधीले बढायो आयु !
३,
रोपौँ वृक्ष जुटेर
बचाऊ हाम्रो प्रकृति
जान्छन् दुःख टुटेर ! - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१ ,
झिलिक्क झिल्किने झिल्का
कामलाग्ने सबै राखौँ
बेकार सबै मिल्का।
२ ,
झिल्का ठुलै रहेछ
सल्केछ मुढा पनि
लङ्का ध्वस्तै पारेछ। - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४, साँगा बजार
…
१,
गोहीको आँसु चुहाउनेहरू
समाजमा भेटिन्छन् कैयौँ
जिउँदै खाडलमा डुबाउनेहरू।
२,
मुटुको टुक्रा भन्छन्
जन्मेपछि फ्याँकिन्छ झाडीमा
माया कसरी सहन्छन् ?
३,
जहरिला सर्पहरूले डसेर
सपेरा बिम्बिली बजाउँछन्
नागिनको रगरगी पसेर । - दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
…
१,
यो मन कस्तो ?
साना अनि ठुला
छेपारोको ढङ्ग जस्तो !
२,
फूल र काँडाको
सङ्गम भएछ क्यारे
आवाज सुने छाडाको !
३,
हिजो कपास थियो
फाइदामा बेकाइदा गर्ने
आज ढुङ्गा भैदियो। - राजेश्वरी राजोपाध्याय, ललितपुर
::::::::जय झिल्का साहित्य ! ::::::::::