
साप्ताहिक झिल्का लेखन अभ्यासको १६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
ढुङ्गाको मन अजब
कठै ! देश बेवास्तामा
कुर्सी जोगिए गजब !
२,
मुखमा राम भन्छन्
उतार्छन् व्यवहारमा रावण
लट्ठ्याउने कहानी कहन्छन् ।
३,
आकार बन्छ सुन
घन खाएर अनगिन्ती
गृहमा प्रवेश सगुन ।
- म्यामराज राई
…
१,
हरियाली डाँडापाखा वन
मनोरम देखियो प्रकृति
वसन्तको हुँदा आगमन !
२,
खुसीले यताउता गरी
चहार्दै वनपाखा हेर
गाउॅंछे कोइली चरी !
३,
रनबन पखेरा डुल्दा
देखिन्छ पाखा रक्ताम्य
चट्ट गुराँस फुल्दा ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
हामी बाँचेको माटोमा
रोग नलागोस् कसैलाई
शत्रु नआऊन् बाटोमा ।
२,
मिलेर बसेको देश
हिमाल ,पहाड ,तराई
उस्तै संस्कृति परिवेश ।
३,
इतिहासका पानाहरू हेरौँ
वीर गोर्खालीले लेखेको
गोरेटो कसैले नफेरौँ । - रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
…
१,
दुईदिने जिन्दगी कस्तो
घमण्डले पालिएको देखेर
हुँदैन भनेको जस्तो।
२,
महॅंगो भयो सन्सार
बेरोजगारको भाँडो भरिएपछि
हुँदैछ घुसपैठको भन्सार। - बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
…
१,
जोगाऔॅं धर्ती अब
प्रकृति प्रकोप बढ्यो
सचेत बनौँ सब । - ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
…
१,
आमा धर्ती माता
पाप लाग्छ रुवाए
खोलौँ सम्मानको खाता! - मन्दिरा सेढाई, मलेखु, धादिङ
…
१,
गुराँसले राताम्मे वन
सबैतिर डुलेर हर्दा
टक्क अडिने मन।
२,
खुसी लाग्छ मन
सकरात्मक सोच लिॅंदा
स्वस्थ रहन्छ तन।
३,
जोगाऔँ सबैले हेर
बचाउन शरीरलाई आफ्नो
नगरी कुनै अबेर। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
…
१,
कुर्ची तानातान भयो
देश बन्यो रणभूमि
हेर्दाहेर्दै जीवन गयो।
२,
युवा खोज्न खास
उठाउँछ अनुदान नेता
असहाय वृद्धको रास।
३,
देश भन्छन् कृषिप्रधान
त्यो आकाशतिर हेर्दाहेर्दै
किसानको गयो परान। - सुरेशकुमार पाण्डे, दाङ घोराही १८
…
१,
खडेरी लामो यसपालि
किसानलाई पार्यो मर्कामा
सुकायो सबै बालीनाली । - सरिता सेढाई धादिङ
…
१,
भनेको कुरामा जाग्दैनौँ
जबरजस्ती गर्छौँ आफ्नोपनमा
बुद्धिजीवीको भनाइमा लाग्दैनौँ ।
२,
लाग्दैछ इज्जतमा धक्का
समाजले बनएको नियम
पालन गर्नुपर्नेछ पक्का ।
३,
भौतिक लालचमा डुबिन्छौ
थुपारेर सम्पत्ति अपार
एकदिन माटोले पुरिन्छौ। - दिल ठकुरी, टिस्टाभेली दार्जिलिङ
…
१,
वसन्तको रौनक छायो
पाक्यो काफल वनमा
चरीले खान बोलायो।
२,
धेरै पानी पिउनु
बढेको छ गर्मी
स्वास्थ्य भएर जिउनु। - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
जन्मेको ठाउँको माटो
भुल्नु हुन्न कहिल्यै ,
खेली हिॅंडेको बाटो ।
२,
हिमालको काखैमा गाउँ
कस्तुरी, मृग खेल्ने
कति सुन्दर ठाउँ ।
३,
आमाभन्दा छिन् राम्री
कोही छैन संसारमा
धर्ती माता हाम्री। - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
…
१,
छोडिसके गर्न काम
नेपालमा हेर मजदुरले
नदिएर उचित दाम।
२,
डढेलो लागेको हेर
चारैतिर भयो सुक्खा
जिउधनको गयो खेर। - कला ढकाल, झापा
…
१,
स्वार्थमा हिॅंडे सब
खोज्न गाह्रो भयो ,
असल मान्छे अब।
२,
रहर सबैलाई कमाउन
बाटो बिराएर थाले,
अकुत सम्पत्ति जमाउन। - शंकर कार्की ,मकवानपुर ।
…
१,
भुल्नुपर्छ पुराना बातहरू
दिन सबैका आउँछन्
रङ्गीन बनून् दिनरातहरू ।
२,
सहभागी दाजुभाइ वारिपारि
खुलाएर परिचय दिनुस्
हालसम्मको यथार्थ जानकारी ।
३,
प्रयास जोडी हुनलाई
एक्लो बस्नु हुँदैन
दिन्न कहिल्यै रुनलाई । - चुडामणी देबकोटा, चनपा – १३, काठमाडौँ
…
१,
वनवासी प्रभु राम
तिमीलाई नभेटी यहाँ
अस्ताउने भयो घाम। - बिके मुखिया, दार्जिलिङ, भारत
…
१,
हुँदैन मुग्लान पसेर
अब केही गरौँ
आफ्नो देशमै बसेर ।
२,
गुराँस फुल्यो पाखामा
गीत गायो न्याउलीले
साह्रै विरहको भाकामा ।
३,
लेकमा फुल्यो चिमाल
बिहानी झुल्के घाममा
टलल टल्क्यो हिमाल । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
…
१,
कुर्सीमै हुन्छ ध्यान
विकास गर्नुपर्छ भन्ने
छैन कसैमा ज्ञान । - बाबुराम पाण्डे, अर्घाखाँची
…
१,
मनको पखेटा हुँदा
ऐ ! दुनियाँ कस्तो
दिललाई आनन्दले छुँदा।
२,
मायालु मनमा आऊँ
वनभरि न्याहुली रुँदैछ
परदेशी घर जाऊँ। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१,
सत्ताको खेल हुँदैछ
जनता दोधार देशमा
लुटिने यहाँ रुँदैछ ।
२,
लुटेको धन चाहिॅंदैन
हुँदैन प्रगति केही
मोजमस्तीमा नि खाइॅंदैन ।
३,
फक्रियो चमेलीको फूल
चारैतिर बास्ना छर्यो
बास्नामा हुँदैन भूल । - ईश्वर साउद , रामारोसन – ६, सुदुरपश्चिम अछाम
…
१,
मानवीयता कता हरायो ?
जताततै डढेलो देखिन्छ
वन्यजन्तु जङ्गलमा करायो।
२,
मानिस विवेकहीन बन्दैछ
जस्तोसुकै काममा तल्लीन
आफूलाई महान् भन्दैछ।
३,
आफ्नै विनाश खोज्दैछ
किन मानिसहरू आजभोलि
कुकर्म मात्रै खोज्दैछ। - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
मुसुक्क हाँस्दै तिमी
वैशाखको यस्तो घाममा
पानी परोस् रिमीझिमी ।
२,
पानीको कस्तो अभाव
हाहाकार मच्चियो चारैतिर
सुकौरोले पार्यो प्रभाव ।
३,
साथी तिमी आऊ
एउटै छाता ओढेर
परतिर टहल्न जाऊ । - मोती सुब्बा
…
१,
हेर्छु हिमाल हाँसेको
जलवायु परिवर्तनले एकातिर
हिउँ पगालेर नासेको !
२,
लालीगुराँस ढकमक्क फुलेको
रङ्ग्याई रातै वनपाखालाई
देखेर मन भुलेको !
३,
न्याउलले गीत गाउने
आफूले पनि गुनगुनाई
यो मन रमाउने ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
देश चल्दैछ अधोगतिमा
सुन्दर योजना छैन
के भरौँ मतिमा ? - प्रेम थापा “मन”, बागलुङ
…
१,
फूलको बैँस आउॅंदा
रुखमा बसी हलेसो
विरह गीतै गाउॅंदा ।
२,
संसारमा आमा ठुलो
अरू कोही हुन्न
बिरामीको ओैषधी मुलो ।
३,
माया तिमीलाई गर्छु
हृदयमा झङ्कार बोकी
प्रेमैले सङ्गीत भर्छु । - मनुहाङ किराँती सोलु (युमन खालिङ), महाकुलुङ ५ चाचालुङ
…
१,
मान्छेको विचार कस्तो
घमण्ड कैले शान्त
रिसले बौलिएको जस्तो।
२,
तिमीले रुहाएर राम्रो
एक्लोपनमा छु म
याद नआउॅंदा हाम्रो। - एवाइ प्रभात
…
१,
झुक्किएर भएको भूल
पाठ बन्नसक्छ जिन्दगीमा
नबनोस् दु:खको मूल।
२,
नियालेर पाउ शिर
छिटो अवधारणा बनाउॅंछन्
मूल्याङ्कन गर्छन् आखिर ।
३,
अंश नलाग्ने शिक्षा
कसैले चोर्न सक्दैनन्
गरेर हेर्नुपर्छ समीक्षा । - पृथक प्रकृति ,झापा
…
१,
डढेलोले नासियो वन
आगलागी नियन्त्रणमा विवेकहीनता
गरिबको विक्षिप्त मन ।
२,
बदमासीले बदमास गऱ्यो
देशव्यापी धनजनको क्षति
मानवता ओरालो झऱ्यो ।
३,
सरकारको ध्यान जानुपर्छ
विपत्तिमा राहत नपाउँदा
जनताको जनविश्वास मर्छ । - पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर ।
…
१,
मानवकै विरुद्ध लेखिए
संवेदनशील भन्ठान्थे मानव
सबैभन्दा असंवेनशील देखिए ।
२,
पैसाकै खातिर मर्यो
गति छाडेर मानवले
विनाश गर्नु गर्यो । - बि.कुलुङ, दार्जिलिङ
…
१,
हरियो वसन्त कस्तो
मन भुलाउन गाह्रो
बैगुनीको माया सस्तो । - नागेन्द्रप्रसाद यादव , दाङ
…
१,
कुराले देश बन्दैन
मेहनत गरौँ सबैले
पैसा नभई गन्दैन ।
२,
देशको मुहार फेर्न
एकजुट भई नेपाली
सुन्दर नेपाल हेर्न । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
…
१,
बोल या नबोल,
मायाका ती कुराहरू
खोल या नखोल ।
२,
छैन कुनै अन्तर,
महसुस गर्न सक्छु
माया पाउॅंदैछु निरन्तर !
३,
परिवर्तनशील छ अनुहार ,
हामी सबैले यहाँ
चल्नुछ चलाउने अनुसार ! - दीपा समभाव, खोटाङ्
…
१,
फाल्नु जाति विकार
बेवास्ता गरेर नबस्नु
पाल्दा हुन्छौँ सिकार । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
डढेलोले जङ्गल मास्दै
सीमाना पारीको बस्तीमा
मनपरि तन्त्रमा गाँस्दै ।
२,
प्रकृति प्रकोप बढेर
हरियो वनमा डढेलो
भ्रष्टाचारी नेता सडेर ।
३,
जनधनको क्षति हुँदैछ
यसरी घमण्ड नगर
पापले संसार छुँदैछ । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
डढेलोले गर्यो विनाश
मान्छे अविवेकी हुँदा
धनजन सुरक्षामा अविश्वास ।
२,
जनवारहरूको उठिबास भयो
बिचरा निरीह पशुपन्छीको
अकालमा ज्यान गयो ।
३,
चेतनाको सन्देश छरौँ
वातावरणको रक्षा गर्न
ज्ञानको भण्डार भरौँ । - जयनारायण नेपाल, इलाम, हाल सूर्य विनायक २, बालकोट भक्तपुर
…
१,
दुखमा आस साथीको
सहयोगको थियो आशा
पर्खेछन् आदेश माथिको ।
२,
दुखैमा सहयोग माग्ने
कामै छैन आफन्तको
समस्या पर्दा भाग्ने ।
३,
जिन्दगी साह्रै छोटो
आपद्मा बहानाबाजी गर्नेको
मन साह्रै खोटो । - देव कृष्ण काफ्ले, पोखरा -१, कास्की
…
१,
बाहिरी ओँठमा हाँसो
टिलिक्क दन्त देखाउँदै
भित्र हाल्छन् पासो।
२,
मुखमा मिठो कुरा
हुन्छन् जसको धेरै
उसैले हान्छन् छुरा। - राजनारायण राई, राजदल बस्ती सोनादह
…
१,
गरौँ असहायको सेवा
हर्ष अनि सन्तुष्टिसँगै
चाख्न पाइन्छ मेवा।
२,
गूढ रहस्यको पोको
परिश्रममा विश्वास राखे
बस्नु पर्दैन भोको।
३,
जो चाहन्छ जिउन
दूध, दही, मही
कसले रोक्छ पिउन। - अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ, भारत
…
१,
गाउँ मेरो महाकुलुङ
त्यही सोलुखुम्बुभित्र पर्छ
नाउँ माया कुलुङ ।
२,
याद आउँछ घरको
चिटिक्क पारी बनाइएको
छाना छ खरको ।
३,
बस्छिन् आमा झुपडीमा
हराउॅंछिन् होला पक्कै
मान्छे मान्छेको थुपडीमा । - माया कुलुङ, सोलुखुम्बु
…
१,
सम्भावित जोखिमको शङ्काले
काममा जान छाड्यो
दियो निभ्यो पङ्खाले ।
२,
डर मनमा पसेपछि
मान्छे शान्त नरहला
इज्जत तल खसेपछि ।
३,
इमान बाँड्न साँच्नुभयो
सबैलाई राजा बनाई
आमा मनभरि बाँच्नुभयो । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी सिरहा
…
१,
गरौँ आमाको मान
नजिकबाट बुझौँ हामी
उनै हाम्रो सान ।
२,
हुर्कियौँ उनकै साथमा
चित्त नदुखाऔॅं कहिल्यै
राखौँ उच्च माथमा । - दुर्गा भट्टराई
…
१,
प्रकृति मान्छेका लागि
प्रशंसक उपभोक्ता मानिस
बचाउन फल्छ जागी ।
२,
माया साटेर लिने
प्रशंसक प्रेमी हुन्छ
बैँस मायालुलाई दिने ।
३,
जीवन ओइलाउने फूल
सम्झेर आफ्नो चोला
जीवनमा नगर्नु भूल । - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
भ्रमको खुल्दैन पर्दा
निष्ठुरी बसेर मौन
नाटकीय नाटक गर्दा।
२,
नजानु बाटो मोडेर
सम्बन्ध गाँसेर बिचमै
दोबाटोमा एक्लै छोडेर । - संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
…
१,
नारीको पीडा गहिरो
अर्को नारीले नबुझ्दा
जीवनमा आउँछ पहिरो।
२,
नारीको नाम अनेक
देवी,बोक्सी, वेश्या
सम्बोधन तुच्छ विभेद।
३,
नारी सृष्टिकी मूल
बगैँचा रूपी परिवार
फुल्दछ जहाँ फूल। - सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
…
१,
महान् बन्न हामी
सोचेर मात्र बनिदैन,
होला कर्म छानी।
२,
कर्मै नगरी चम्किने,
सर्वत्र देखिॅंदै आए,
उस्तै लगानीविना लम्किने।
३,
ऋणमा यात्रामा घुम्दा
कोशिसले उक्लन सकेन,
होस हवास गुम्दा । - मनोहरी पौडेल, गैडाकोट १
…
१,
बुझेरै देखेरै अन्मिएको
आजकल दुर्नाम किन ?
अन्तै अर्कै जन्मिएको ?
२,
गरिबको पुज्यौ ढोका
रुवाउन्न जीवनभर पनि
पाउने छैनौ धोका ।
३,
झुपडी देखेकै थियौ
महल बनाउन सकिनॅं
घुटुघुटु रगत पियौ । - हिरालाल न्यौपाने ,बानपा – ८, कोटमौला, सल्यान
…
१,
गए हुन्थ्यो मारेर
किन छोडी गयौ ?
आज एक्लै पारेर ।
२,
जान्छ जीवन ढलेर
एकदिन आर्यघाट पुगी
सकिन्छ चितामा बलेर ।
३,
नरुनु हेरेर लास
बाँचुन्जेल कसैको म
कहिल्यै भइनॅं खास । - ललिता गिरी, सिन्धुली
…
१,
सरकार कसका लागि ?
सत्ताका व्यापारीको आलोपालो
हुन्छन् भ्रष्टहरू सहभागी ।
२,
स्थिरताको रागमा गठबन्धन
स्वार्थघातमा पर्दछ किचमिच
सत्ता परिवर्तनको गन्थन ।
३,
ऋणभार देशमा अति
नगदनारायण सत्तामा स्वाहा
जनता रुने कति ? - प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
…
१,
सकिनॅं खुसीले रमाउन
गरिब देशमा जन्मिएर
गाह्रो पैसा कमाउन ।
२,
सधैँ विदेश पसेर
हुन्न भन्छिन् बुढी
कमाउॅंला घरमा बसेर।
३,
आधा मन घरमा
पसिना बगाउँदैछु प्यारी
केही पैसाको भरमा । - लक्ष्मण देउवा डोटी, हाल भारत
…
१,
अनौठो मौसमी चाल
आकाश खुल्छ कहिले
फैलियो तुवाँलो बेहाल ।
२,
आशामा जीवन चलेको
आखिर एकपटक झर्छ
हेर्छन् मात्र फलेको ।
३,
कुनै घमण्ड छैन
गर्न सकेमा राम्रो
नत्र केही हैन! - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
भ्रस्टाचार नेता हटाऔॅं
देश विकास गर्न
सत्यचार जनता जगाऔॅं ।
२,
छैन कोही इमान्दारी
आजको कलियुग समयमा
छन् सबै बेइमानी । - गंगाराम यादव, औरावनी २ सुनसरी
…
१,
चैते हुरी खडेरी
हुरहुरी पाखा सारा
चिम्लिदिऊॅं आँखा नहेरी ।
२,
पाल्छन् विदेश जानेले
नासियोस् बाँदरको बास
बालेछन् चुरोट खानेले ।
३,
किन जोगाउने घारी?
जोगिए पनि तस्करको
बसिदिऊॅं दाह्री मुसारी। - कमला पौडेल
…
१,
विभिन्न परिकार बनाउने
भन्छन् बन्दाकोपीको प्रयोगले
रगतलाई सधैँभरि बढाउने ।
२,
शरिरको वजन घटाऔॅं
स्वस्थ राखौँ स्वास्थ्य ,
रक्तचाप सन्तुलनमा ल्याऔॅं ।
३,
किन्दा सस्तो पाउने
बन्दाकोपी रहेछ हजुर,
पलपल काम आउने । - सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
…
१,
तिम्रो याद आयो
खै कहाँ खोजौं
दुःख मात्रै छायो ।
२,
माया गर्छु हेर
कसरी म देखाऊॅं ?
आफ्नै छाती चिरेर।
३,
तिमी मायाकी खानी
महॅंगी भयो धेरै
किनेँ जानी नजानी। - धनुष न्यौपाने यात्री, जुम्ला
…
१,
बिहान पातमा शीत
रमाउँछ मानिसको जिन्दगी
खुसीले गाएर गीत ।
२,
कहिले पूर्णेको रात
अनुपम मनको मायामा
सुन्दर ताराहरूको मात ।
३,
कलकल बगेको पानी
अनुपम मानिसको जीवन,
बनेपछि आँखाको नानी । - आर्त अकुलीन
…
१,
तिमी होइन मालिक
सेवक हौ जनताको
नबन उभिएको सालिक ।
२,
कर्म गर साथी
अनि जीवन पुग्छ
हाम्रो प्रगतिपथ माथि। - दीपा तिम्सिना, ईलाम
…
१,
दुनियाँ हो विचित्र
सबै आफ्नै स्वार्थमा
चिन्दैन कोही मित्र । - बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी
…
१,
दुःख कष्ट सहेर
हुर्काउॅंछिन् सन्तान आमा
भावनाको भेलमा बहेर।
२,
हेर्छन् सन्तान मुख
मातातिर्थ औॅंसी चाडमा ,
छाओस् जीवनमा सुख।
३,
सकिन्न वर्णन गरी
आमा बाबुको महिमा ,
पूजनीय धर्ती आकाशसरि। - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
अहिले एकलै पारेर
गएछौ मलाई छोडी
अर्कैसँग माया सारेर।
२,
के भुल भएछ
सोध्न मन थियो
ऊ त गएछ।
३,
मायाको कुरा खोलेर
रमाउॅंछु भनी सोचेथेँ
गएछ झुटो बोलेर। - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
…
१,
झिल्का लेख्न लाग्यो
कतै केही नफुर्दा
अनिन्द्रा रातभर जाग्यो ! - कुमारीगाल-७ काठमाडौँ, हाल- सिड्नी अष्टेलिया
…
१,
निरासाको कुरा गर्दै
कहिले सम्म बस्ने,
जागौँ उत्साह भर्दै ।
२,
गरिएका काम देखौँ
उर्जा मिल्छ पक्कै,
उज्ज्वल भविष्य लेखौँ ।
३,
केहि आशा लिएर
जन्मिएका छन् युवाहरू,
जानेछन् योगदान दिएर । - पुष्पा राई, बादेल, खोटाङ
…
१,
मस्तिष्कबाट नैतिकता झिके
गरे जालझेल प्रपञ्च
मनुष्य पैसामा बिके।
२,
उपदेशलाई बुझ्ने गाली
चोरी ,फटाहाको सम्मानमा
बजेको देखिन्छ ताली ।
३,
निर्दोष सिकार हुन्छ
नियम कानुनले पनि
निमुखालाई मात्र छुन्छ । - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
गर्मीले यता सतायो,
खडेरी लामो परेर
बारीमा मकै पकायो।
२,
गरेर खानुपर्छ कमाई,
हामी परिश्रमी बनेर
सधैँ बसौँ रमाई ।
३,
आनन्द आउने देखेर,
जताततै हरियाली पाउँदा
यतै बसे लेखेर। - दुर्गा आचार्य, मोरङ
…
१,
नफर्किने गरी बिलायौ
परिवारमा छायो सन्नाटा
स्वजन बिछोडमा डुबायौ ।
२,
थियो बात बाँकी
रोक्नु पर्यो बिचमै
को अब हुलाकी ?
३,
सम्झनाको अदृश्य झाँकी
मानसपटलमा सदा सल्बलाउॅंछ
बाँचेर गुण फलाकी। - हरिगोपाल प्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार
…
१,
त्रसित जगत्को रगत
भेटिॅंदैन कतै मान्छे
असुर मात्र फगत ।
२,
बुद्धि विदेशमै बस्यो
विवेक अझै फर्केन
विकास भ्रष्टाचारमा फस्यो । - ऋजु दिल्पाली ईटहरी १ सुनसरी
…
१,
तुहिए भ्रुण छोरी
पुरुष मानसिकताको मञ्जुरीनामा
डाक्टरी पेसा चोरी ।
२,
छोरी नभएको घर
नवीन सृष्टिको सुरुआत
छोरासँग छोराकै स्वयम्वर - ममता पौडेल, बुढीगङ्गा – २, मोरङ
…
१,
छोराले वचन भुल्यो
आमाले बाटो हेर्दै
थामेको आँसु खुल्यो ।
२,
गर्नु गर्यो मलाई
चाहिने बेला प्रयोग
स्वार्थले मुटु जलाई ।
३,
बल्ल भिज्यो माटो
बिउहरू चल्मलाउन पाए
सोझियो किसानको बाटो । - राजेश्वरी राजोपाध्याय, ललितपुर
::::::::जय झिल्का साहित्य ! ::::::::::
