
साताका उत्कृष्ट झिल्का कविताको १४ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १४ का लागि झिल्काकारत्रय ️एवाइ प्रभात, ️पशपती राई र ️साया चाम्लिङका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~
[१]
१.
विभेदका सधैँ कुरा
नगर्नू है सबैले
देश बेचेर पूरा !
२.
मानव हराएको देशमा
हिंसाको बाटो देख्छ
चमत्कार विदेशी भेषमा !
३.
सहरमा सुख खोजे
नारीको इज्जत माटोमा
फेरि गाउँ रोजे ।
✍️एवाइ प्रभात
धनकुटा सहिदभुमि
[२]
१.
आमा शब्दै काफी
झन् आमाको काख
स्वर्गभन्दा नि माथि !
२.
इन्द्रको आसन धाइँदैन
आमाको काख पाइरहे
अरूको लाख चाहिँदैन ।
३.
आमाको कस्तो बानी
झिकेर मुटु खटाउने
रहेछ ममताको खानी !
✍️पशपती राई
खोटाङ
[३]
१.
हुँदैन देवता ढोगेर
नलेखिएपछि आफ्नो नसिबमा
पाइन्न निधार ठोकेर !
२.
वर्षले उमङ्ग छाओस्
नयाँ वर्षले सबैमा
सुख, शान्ति ल्याओस् !
३.
धर्धरी रुन नपरोस्
सधैँ उन्नति प्रगतीले
खुसीको घडा भरियोस् !
✍️साया चाम्लिङ
खोटाङ
————<•>———–
