विशेष झिल्का लेखन अभियानको १४औँ शृङ्खला ( गणतन्त्र विषयक) सम्पन्न

  • १८ जेष्ठ २०८१, शुक्रबार ०५:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको १४औँ शृङ्खला (गणतन्त्र विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    मनका कुराहरू खोल्न
    हुँदैन त्रास गणतन्त्रमा
    निर्धक्क सकिन्छ बोल्न !
    २//
    नदबाइयोस् कसैका भावना
    व्यवहारमै मिलोस् अधिकार
    गणतन्त्र दिवसको शुभकामना !
    ३//
    गरौँ सधैँ सोचविचार
    आफ्नो अधिकार लिदा
    नमरोस् अरूको अधिकार !
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    गणतन्त्र कसरी आयो
    हत्या अनि हिंसा
    भ्रष्टाचारले देश खायो ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ————-==———–
    [३]
    १//
    बोकेर स्वतन्त्रताको मन्त्र
    हेर सबैको घरआँगनमा
    सुन्दर दिवस गणतन्त्र !
    २//
    गर्न चाहना पूरा
    बसेका छन् सबै
    बोकी रहर अधूरा !
    ३//
    गणतन्त्र दिवसको शुभकामना
    छरिरहोस् सुगन्ध बनेर
    मनभरिका खुसी चाहना !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
    ————-==———–
    [४]
    १//
    सबैमा रहोस् भावना
    प्रभातले उज्यालो छायो
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सुख, समृद्धि आओस्
    गर्दछु सबैमा कामना
    गणतन्त्रमा अन्धकार नछाओस् !
    ३//
    बिहानीको घाम घमाइलो
    जनताको उज्यालो मुहारमा
    बनोस् गणतन्त्र रमाइलो !
    ✍️ बेदु न्यौपाने
    ————-==———–
    [५]
    १//
    भनिन्छ बोल्न पाइन्छ
    तर गणतान्त्रिक नेपालमा
    अधिकार किन दबाइन्छ ?
    २//
    नगर्दा हामीले सोचविचार
    हक मर्ला अरूको
    अनि होला हार !
    ३//
    यही छ चाहना
    सबैको अधिकार बचोस्
    गणतन्त्र दिवसको शुभकामना !
    ४//
    अरूको अधिकार बचोस्
    आफ्नो उपयोग गर्दा
    अरूको घट्दै नघटोस्
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [६]
    १//
    पुरा हाेस् चाहना
    मनैदेखि सबैलाई छ
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सत्य कुरा खोल्न
    देशमा गणतन्त्र आएपछि
    मिल्छ निर्धक्कसँग बोल्न !
    ३//
    देशमा नहोस् षड्यन्त्र
    सुख, शान्ति मिलिरहाेस्
    सधैँभरि सत्य गणतन्त्र !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [७]
    १//
    गणतन्त्रको ईतिहास हेर
    बदल्न मुहार देशको
    रगत बग्यो धेर !
    २//
    स्वास्थ्य, शिक्षा रोजगारी
    देशको स्वाधीनताका लागि
    गराैँ सबले रखवारी !
    ✍️ जयनारायण नेपाल, इलाम ,हाल सूर्यबहादुर विनायक २ बालकोट भक्तपुर ।
    ————-==———–
    [८]
    जताततै गणतन्त्र करायो
    कसरी हाँसु म
    अस्तित्व सर्वनास गरायो ।
    ✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ।
    ————-==———–
    [९]
    १//
    केही उपलब्धि भएन
    उस्किन सकेनन् जनता
    गणतन्त्र उचाइमा गएन ।
    २//
    नेतालाई फलिफाप गणतन्त्र
    जनतालाई तुषारापात लाग्यो
    हुनुपर्थ्यो सबैको जनतन्त्र !
    ३//
    एउटा राजा फालीयो
    गणतन्त्रमा थुप्रै राजा
    सात प्रदेशमा पालियो ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [१०]
    १//
    नेपाली जनताको चाहना
    भ्रष्टाचारको अन्त्य हाेस्
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    गणतन्त्रको देश हाम्रो
    सधैँ फलाेस् फुलाेस्
    विश्वले भनाेस् राम्रो !
    ३//
    जनताले ल्याएको गणतन्त्र
    प्रतिगामीकाे रजाइँले यहाँ
    नबनाेस् कसैकाे धनतन्त्र !
    ४//
    काेही छैनौँ पराइ
    गणतान्त्रिक देश नेपाल
    हिमाल पहाड तराई !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [११]
    नेतामा सत्बुद्धि आओस्
    गणतन्त्र दिवसको कामना
    सुख, शान्ति छाओस् !
    ✍️ कला ढकाल झापा
    ————-==———–
    [१२]
    १//
    चलोस् सुगन्धित वासना
    क्लेश, मैलो पखालौँ
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सत्कर्ममा मन लागोस्
    नेता तथा जनतामा
    देशभक्तिको भाव जागोस् !
    ३//
    छैनौँ कोही पराइ
    फैलिएको छ नेपाल
    हिमाल पहाड तराई !
    ४//
    शान्ति सुरक्षा हाँसो
    कायम गर्दै हामीले
    जोगाउनुपर्छ पू्र्खाहरूको नासो !
    ५//
    नेपाली बनेर हिन्नलाई
    बुद्ध अनि सगरमाथा
    शिरमा राखौँ चिन्नलाई !
    ✍️ दीपा समभाव, खोटाङ्ग
    ————-==———–
    [१३]
    देशमा गणतन्त्र आयो
    हत्या हिंसा मच्चाउँदै
    धेरै भ्रष्टाचार पलायो ।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१४]
    १//
    राणाशासन र पञ्चायत
    सहिदको बलिदान त्यागले
    मुक्त भयो जगत !
    २//
    आन्दोलन जनताको मूलमन्त्र
    ढल्यो शासन राजाको
    अङ्कुरित भयो गणतन्त्र !
    ✍️ ममता पौडेल, बुढीगङ्गा -२ मोरङ
    ————-==———–
    [१५]
    १//
    गणतन्त्र गनायो आज
    देखेर नेता बहुलाएको
    लाग्नथाल्यो नि लाज !
    २//
    हरायो सुगन्ध माटोको
    धरापमा पर्दैछ गणतन्त्र
    नपाएर भेउ बाटोको !
    ३//
    नपरोस् गर्न सामना
    अशान्ति भोक रोगको
    गणतन्त्रमा मेरो शुभकामना !
    ✍️ विवश पारदर्शी, झापा
    ————-==———–
    [१६]
    १)//
    गणतन्त्रमा शान्ति भएन
    उस्तै छ अवस्था
    कसैको दु:ख गएन !
    २//
    गणतन्त्र राम्रो व्यवस्था
    विकास भएन किन ?
    खस्किँदै जनताको अवस्था !
    ३//
    सहिदको रगतले रङ्गिएकाे
    हाे गणतान्त्रिक लाेकतन्त्र
    नेताहरू भ्रष्टाचारमा जङ्गिएकाे !
    ४)
    गणतन्त्र बचाउने चाहना
    फलाेस् फुलाेस् धर्तीमा
    यही हाम्रो शुभकामना !
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि ।
    ————-==———–
    [१७]
    १//
    देशमा गणतन्त्र आयो
    जनता रमाए खुसीले
    हुँदाखानेले दुख पायो ।
    २//
    गणतन्त्र ल्याउने संविधानमा
    देशमा चाहना जनताको
    सरकारले ल्याउदैन व्यवहारमा !
    ३//
    जन्मसिद्ध जनताको अधिकार
    गणतान्त्रिक सरकार नेपालको
    जनताबाटै बनोस् हरबार !
    ✍️ दिल ठकुरी, दार्जिलिङ
    ————-==———–
    [१८]
    जनताकाे यही मूलमन्त्र
    नागरिकको भलाे होस्
    स्थापित होस् गणतन्त्र !
    ✍️ शालिकराम
    ————-==———–
    [१९]
    १//
    जनताको राम्रो चाहाना
    सरकार बदनाम दुनियाँमा
    नेताहरू नगर बाहाना !
    २//
    नामाकरण मात्र प्रजातन्त्र
    दुःखमा साथ नदिने
    भइरह्यो यहाँ नेतातन्त्र !
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [२०]
    १//
    गणतन्त्रको राम्रो परिभाषा
    किन खरानी हुँदैछ ?
    आज सबै आशा !
    २//
    आधारभूत कमी आज
    नेपालमा युवा शून्यता
    चौतर्फी लुटतन्त्रको राज !
    ३//
    हराउँदैछन् हाम्रा अभिलाषा
    फेरि दोहोरियो किन ?
    रणनीति शकुनीको पाशा !
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ————-==———–
    [२१]
    १//
    माथि बस्ने मान्छेहरू
    तान्छ्न् आफ्ना मान्छे
    बबुरो के गरूँ ?
    २//
    सधैँ यिनको राज
    मिलाई आपसमा पालो
    टुलुटुलु हेर्छ समाज !
    ✍️ शम्भु गजुरेल
    ————-==———–
    [२२]
    १//
    सुख, समृद्धिको चाहना
    राजतन्त्रको जरो उखेली
    आएको गणतन्त्रलाई शुभकामना !
    २//
    गणतन्त्रको गीत गाउनू
    सुख, शान्ति छाओस्
    देशको झन्डा फहराउनू ।
    ३//
    फाली निरङ्कुश राजतन्त्र
    स्वतन्त्र भयौँ बोल्नलाई
    क्रान्तिले ल्यायो गणतन्त्र !
    ✍️ मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [२३]
    १//
    नाममा सिमित गणतन्त्र
    फाइदा शासकले उठाए
    दिएर झुटो मन्त्र !
    २//
    कुर्सीको लागि हानाहान
    गणतन्त्र यही हो
    भ्रष्टको मात्र छानाछान !
    ३//
    सबैको खुसीको चाहना
    मनवचन शुद्ध होस्
    गणतन्त्रको हार्दिक शुभकामना !
    ✍️ शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    [२४]
    १//
    नाम मात्रको गणतन्त्र
    नारीले बाँच्न पाएनन्
    कहिल्यै भएर स्वतन्त्र !
    २//
    गणतन्त्र आएको आभाष
    गर्न पाऊन् जनताले
    खुसीको फेरुन् सास !
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [२५]
    १//
    हर्षोल्लास सर्वत्र छायाे
    गणतन्त्र दिवसको दिन
    मनमा शान्ति पलायाे ।
    २//
    युगाैँ रहाेस् गणतन्त्र
    आफ्नो सान मानसँगै
    जोगाई आधारभूत मन्त्र !
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे, दाेलखा।
    ————-==———–
    [२६]
    १//
    फाल्यौ पुरानो राजा
    राष्ट्रको सम्पत्ति सक्यौ
    बनायौ नेताको खाजा !
    २//
    एउटा राजा फालेर
    देश कङ्गाल बनायौ
    हजारौँ राजा हालेर !
    ३//
    हैन देशको काममा
    लुट्यौ राष्ट्रको ढुकुटी
    केवल गणतन्त्रको नाममा !
    ✍️ देव कृष्ण काफ्ले, पोखरा १,कास्की
    ————-==———–
    [२७]
    समानताको रहोस् भावना
    गणतन्त्र दिवसको छ
    सबै सबैलाई शुभकामना !
    ✍️अनिता कार्की
    ————-==———–
    [२८]
    १//
    डटेर गर्दै सामना
    शान्ति, समृद्धि छाओस्
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सबैमा सद्बुद्धि आओस्
    पाइयोस् देख्न मेलमिलाप
    जनतामा खुसी छाओस् !
    ✍️ पुष्पा राई, बादेल,खाेटाङ ।
    ————-==———–
    [२९]
    १//
    खुसी भएर रमाऔँ
    सबैले गणतन्त्र दिवस
    सव्य भव्यताकासाथ मनाऔँ ।
    २//
    सबैमा खुसियाली छाएको
    जेष्ठ पन्ध्र हजुर
    हो गणतन्त्र आएको !
    ३//
    नबिर्सौँ हामीले मूलमन्त्र
    खुसी साट्दै मनाऔँ
    आज हामी गणतन्त्र !
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [३०]
    १//
    अनेकतामा एकता जगाउँदै
    मनाउँ गणतन्त्र दिवस
    चौतर्फी सचेतना जगाउँदै !
    २//
    नगरी मित्रतामा घात
    सुभावना पालेर मिलौँ
    जगाउँ सहअस्तित्वकाे थात !
    ✍️ हरिगाेपाल न्हुच्छेँप्धान, काभ्रे, बनेपा १४ साँगाबजार ।
    ————-==———–
    [३१]
    १//
    प्रणाली होइन दोषी
    नेतृत्व भएर काँचो
    देशमा मिलेन रोटी !
    २//
    नेताको फिरोस् बुद्धि
    स्वार्थको धनले पोल्छ
    सप्रियोस् सबको सुद्धि !
    ३//
    सुशासन बनोस् स्थायी
    न्यायको नहोस् किनबेच
    रमाऔँ सन्तुष्टि पाई !
    ✍️ मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [३२]
    १//
    कागजमा नहोस् सिमित
    वास्तविक अर्थ गणतन्त्रको
    गुञ्जियोस समानताको गीत !
    २//
    कानुन सबैले मानुन्
    संविधानमा उल्लेख गरिएको
    नियम पनि जानुन् !
    ३//
    बिरामीको नाटक चल्ने
    परेर कानुनको फन्दामा
    बहाना सजिलो छल्ने !
    ✍️ संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
    ————-==———–
    [३३]
    १//
    पाइएन स्वदेशमा रोटी
    बिटुलियो पुँजीवादी गणतन्त्र
    मुठीभरको भइरहेछ गोटी !
    २//
    सबको हुनुपर्छ मूलमन्त्र
    बहुमत जनताको भलाइमा
    पूर्ण समाजवादी गणतन्त्र !
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [३४]
    १//
    पसिनाले कर्म लेख्छु
    गणतन्त्र भन्छन् सबैले
    श्रीपेच लाएको देख्छु !
    २//
    किसानको फुलिसक्यो केश
    नेताको छोरा नेतै
    कस्तो गणतान्त्रिक देश ?
    ३//
    फोहोरी भएपछि आचरण
    नहुने रहेछ व्यवस्थाले
    जति फेरियोस् आवरण !
    ✍️ पशपती राई, खोटाङ ।
    ————-==———–
    [३५]
    १//
    गणतन्त्र जनताको नासो
    सत्ताधारी मालामाल भए
    गरिबलाई गलाको पासो !
    २//
    समेटियोस् सबैको भावना
    खुसी ल्याओस् गणतन्त्रले
    सबैमा अपार शुभकामना !
    ३//
    स्वतन्त्रता सबैलाई चाहिन्छ
    उपलब्धी ठूलो गणतन्त्रको
    बोल्न खुलेर पाइन्छ।
    ✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [३६]
    राज्य चलाउने यन्त्र
    नहोस् कदापि निकम्मा
    शब्दको मात्र गणतन्त्र !
    ✍️ प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [३७]
    गणतन्त्र के हो ?
    प्रजाले जानेनन् कि
    खुसीलाई के भो ?
    ✍️ सन्तु खत्री
    ————-==———–
    [३८]
    १//
    रुनु पर्यो अहिले
    बुर्जुवा शिक्षा भन्दै
    बहिष्कार गरौँ पहिले !
    २//
    बिद्रोहीको कुरा मानी
    लालसेना बन्न जादाँ
    सपना बन्यो खरानी !
    ३//
    जीवन रहेछ सङ्घर्ष
    जुनै तन्त्र आओस्
    भएन कहिल्यै हर्ष !
    ✍️ सीमा कार्की समर्पण, मलचोक पर्सा, नेपाल
    ————-==———–
    [३९]
    १//
    सन्तुष्ट खुसीले खाएर
    रमाए परेवा जोडी
    पिरतीको गीत गाएर !
    २//
    कलकल बगेको पानी
    बगेको सागर चुम्न
    आखिर पानीझैँ जिन्दगानी !
    ३//
    अनौठो गाउँ सहर
    कुकर्म पर्दा पछाडि
    सहरभित्र मृत रहर !
    ४//
    अनेकन् ललीपप देखाएर
    गएका हुन् उनीहरू
    कोरा आदर्श लेखाएर !
    ५//
    सत्य केही नापिएन
    आज जनताको नाममा
    कुनै कर्म खापिएन !
    ६//
    बुनेर माकुरी जाल
    हरेक बस्तीको माझमा
    अदृश्य आएको काल !
    ✍️ आर्त अकुलीन
    ————-==———–
    [४०]
    पूरा होउन् मनोभावना
    सबैलाई गणतन्त्रको छ
    हार्दिक मंगलमय शुभकामना !
    ✍️ दुर्गा भट्टराई
    ————-==———–
    [४१]
    १//
    गणतन्त्रको झिल्काले सताउँदैछ
    नेपाली जनताको समृद्धि
    महङ्गीको दबाबले घटाउँदैछ ।
    २//
    गणतन्त्र, गणतन्त्र, गणतन्त्र
    जपेर बसेकालाई फाइदैफाइदा
    जनतालाई बनाएर बारुणयन्त्र !
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ————-==———–
    [४२]
    १//
    ठानेर यही मूलमर्म
    शासनको बागडोर सम्हाल्नेहरूले
    सधैँ गरून् कर्म !
    २//
    गरेर मात्र भाषण
    गणतन्त्रमय हुँदैन दुनियाँ
    चाहिन्छ भाेकवर्द्धक रासन !
    ३//
    यत्ति हेक्का राख्नुपर्छ
    देशका सबै नागरिकले
    गणतन्त्रको फल चाख्नुपर्छ ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ————-==———–
    [४३]
    १//
    गणतन्त्र सुन्दर बहाना
    जानेका कति गाउन
    समृद्धिको कर्णप्रिय गाना ।
    २//
    विगतबाट सकेनन् सिक्न
    नियत उही पुरानै
    केवल ढुकुटी झिक्न !
    ३//
    गणतन्त्र हेर आखिर
    लुट्न जान्नेका लागि
    बन्यो सुनौलो जागिर !
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    [४४]
    १//
    मनपरी जस्तै देखिने
    मूल्यवान व्यवस्था गणतन्त्र
    जनताको ढाड सेकिने ।
    २//
    सबै नेपाली गणतन्त्री
    गाैरवान्वित हामी हर्षित
    पाल्नुछ जम्बो मन्त्री !
    ३//
    खेदाैँ जनताको नीरसलाई
    सार्थकताकाे कामनाले सम्मान
    गराैँ गणतन्त्र दिवसलाई !
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [४५]
    १//
    गणतन्त्र दिवसको शुभकामना
    हृदयदेखि नै सम्पूर्णलाई
    पूरा होओस् चाहना !
    २//
    गणतन्त्र सोचेजस्तो भएन
    उस्तै लाग्छ मलाई
    लाग्दछ निरङ्कुशता गएन ।
    ३//
    प्रचण्ड गर्मीले मारेछ
    अत्तोपत्तो छैन मेघको
    किसानलाई पिर पारेछ ।
    ✍️ धनमाया चौधरी, कैलाली
    ————-==———–
    [४६]
    देशको अस्तित्व मेटाएर
    खुसियाली मनाउँदै छौ
    धनको पोको भेटाएर !
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [४७]
    १//
    गणतन्त्र खास आयो
    केही नमिले पनि
    देशमा रङ छायो ।
    २//
    पाउन् सबैले रोजगार
    देशभित्र विकास भए
    हुन्थ्यो राम्रो व्यवहार !
    ३//
    हुनैपर्छ जनको दरबार
    अखण्ड देश हाम्रो
    आउथ्यो खुब निखार !
    ✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८
    ————-==———–
    [४८]
    १//
    प्रगतिशील रहोस् भावना
    सम्पूर्ण नेपाली समुदायलाई
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सधैँ जपौँ मन्त्र
    सबैले भलो सोचे
    उन्नतशील बन्छ गणतन्त्र !
    ३)
    सर्वत्र खुसी छाओस्
    गणतन्त्रको गुणगान सबैले
    मुक्त कण्ठले गाओस् !
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ, भारत।
    ————-==———–
    [४९]
    १//
    गणतन्त्र आएदेखि बलात्कार
    गरिबहरू उस्तै छन्
    कुर्सी समाउनेलाई मारामार !
    २//
    फाइदा छैन् गणतन्त्रको
    देश बनाउने उपाय
    खोजौँ यही मूलमन्त्रको !
    ३//
    केही हुँदैन नाराले
    भोकै कम्मर कसेर
    दुःख गर्छन् साराले !
    ✍️ लक्ष्मण देउवा डोटी
    ————-==———–
    [५०]
    १//
    चिन्तन गरेर साेचाैँ
    देश कता जाँदैछ
    देश बनाउनेलाई घोचौँ !
    २//
    नेपालकाे माटाे प्याराे
    जन्म भएर हाेला
    पार गराैँ सारोगारो !
    ३//
    हकअधिकार खाेज्न हिडाैँ
    काँधमा काँध मिलाई
    राम्रो नराम्रो चिनाेैँ ।
    ✍️ ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [५१]
    १//
    मलाई छैन चासो
    जुनै दिवस आओस्
    ओठमा छैन हाँसो !
    २//
    गणतन्त्रको नाममा हेर
    ठूला भुँडी हुनेले
    खाए देश बेचेर !
    ३//
    बाँच्नु पर्ने डरमा
    निस्किएपछि फेरि फर्किन
    गाह्रो हुन्छ घरमा !
    ✍️ ललिता गिरी, सिन्धुली
    ————-==———–
    [५२]
    गणतन्त्रले दिएको अधिकार
    सदुपयोग गरौँ सबैले
    खोज्दै सुखको आधार !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४झापा
    ————-==———–
    [५३]
    १//
    कस्तो गणतन्त्र आयो
    हत्या, हिंसा, अत्याचारले
    जनतामा निराशा छायो ।
    २//
    नेतालाई भयो लुटतन्त्र
    देशको ढुकुटी रित्ताए
    चलाई आफ्नो मन्त्र !
    ३//
    गणतन्त्र दिवसको शुभकामना
    नेताहरूमा सत्बुद्धि आओस्
    पलाओस् शुद्ध भावना !
    ✍️ रुना कर्माचार्य दाहाल, चितवन
    ————-==———–
    [५४]
    १//
    लाखौँ जनताको स्वाभिमानले
    ल्याएको गणतन्त्र देशमा
    बिग्रियो नेताको अहङ्कारले !
    २//
    जनताको साथ पाएर
    देशमा गणतन्त्र भित्रियो
    बिगारे भारत धाएर !
    ३//
    भो चाहिएन गणतन्त्र
    हजारौँ शासक जन्मिए
    बिग्रियो देशको अर्थतन्त्र !
    ✍️ मंगला उपाध्याय
    ————-==———–
    [५५]
    १//
    गणतन्त्र आएन किसानलाई
    आहात मात्रै थपिँदा
    फरक भएन पिसानलाई !
    २//
    शुभकामना व्यक्त गर्न
    गणतन्त्र जनताको पक्षमा
    सक्नुपर्छ मनमा छर्न !
    ३//
    रक्सीको दोकान थापेर
    गणतन्त्रको फल टिप्नलाई
    लुट्नुहुन्न अरूको खापेर !
    ✍️ नन्दलाल आचार्य, उदयपुर
    ————-==———–
    [५६]
    १//
    गणतन्त्र आयो देशमा
    भष्ट्रचारीको लुछाइबाट आफूलाई
    बचाउँनुपर्छ आफ्नो भेषमा !
    २//
    बास हराएको रात
    जनताले भोग्नुपरेको कठिनाई
    मनमा आउँछ याद।
    ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    [५७]
    १//
    आश्वासनले छ छाएको
    झुपडीमा शान्ति छैन
    गणतन्त्र छ आएको !
    २//
    समृद्धि छाओस् सर्वत्र
    शुभकामना गणतन्त्र दिवसको
    खुसीयाली होस् एकछत्र !
    ३//
    सुख, शान्ति छर्नुपर्छ
    समृद्ध देश बनाउनलाई
    श्रमकै भर पर्नुपर्छ ।
    ✍️ सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
    ————-==———–
    [५८]
    १//
    जितेर ल्याएको गणतन्त्र
    अलमल्ल पर्‍यो क्यारे
    लगाइदेऊ न तन्त्रमन्त्र !
    २//
    आशाको भरोसाको बिन्दु
    गणतन्त्र हामी सबैको
    सपना पारलगाउने सिन्धु !
    ✍️ प्रमिला प्याकुरेल, विराटनगर -५
    ————-==———–
    [५९]
    १//
    कानुन बन्याे मन्त्र
    भयाे नेताकाे हालिमुहाली
    बहाना देशकाे गणतन्त्र !
    २//
    कुण्ठित नहाेस् भावना
    जनतामा छाओस् समृद्धि
    सबैमा गणतन्त्रकाे शुभकामना !
    ✍️ काेपिला अधिकारी
    गाेरखा , सिरानचाेक – ७
    ————-==———–
    [६०]
    १//
    देशमा गणतन्त्र आयो
    नेता भ्रष्टाचारी हुँदा
    जनताले दु:ख पायो ।
    २//
    नेतालाई सम्झाउन घोचौँ
    देशको अवस्था कस्तो
    एकपटक सबैले सोचौँ ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [६१]
    १//
    देशमा गणतन्त्र आयो
    जनताको गरेको उत्सर्गले
    नेतालाई मात्रै पोसायो l
    २//
    गणतन्त्र आए पनि
    निमुखा जनको झुपडीमा
    अन्धकारमय छ नि !
    ३//
    गणतन्त्र भयो चटके
    घुस खान छोड्दैनन्
    भए तापनि पटके !
    ✍️ बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [६२]
    सबैमा रहोस् सत्भावना
    समृद्धि ल्याओस गणतन्त्रले
    यही मेरो शुभकामना !
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [६३]
    १//
    गराैँ साहित्यमा साधना
    लेखनी निखाराैँ राम्रो
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    मनका वेदना खाेलाैँ
    राेकावट हुन्न गणतन्त्रमा
    निर्धक्क खुलेर बाेलाैँ !
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ————-==———–
    [६४]
    सबैतिर शान्ति आउँदा
    सास फेर्छन् जनताले
    सुख, समृद्धि छाउँदा !
    ✍️ उर्मिला के.शी, धनकुटा
    ————-==———–
    [६५]
    १//
    गणतन्त्र देशको शिर
    हत्या हिँसा हुँदा
    प्रजालाई बढ्छ पिर !
    २//
    गणतान्त्रिक यस मुलुकभित्र
    हत्यारा बलात्कारी भष्ट्रचारीले
    गरिएको घटना विचित्र !
    ✍️ राजनारायण राई, राजदल बस्ती सोनादह

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Leave a Reply