विशेष झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न

  • २० बैशाख २०८१, बिहीबार २०:४७ मा प्रकाशित
  • विशेष झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न

    झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    १//
    १.
    जीवनमा नपर्दै असिना
    पाऊन् ज्याला हजुर
    श्रमिकले नसुक्दै पसिना !
    २.
    नलगाई मेसिनझैँ काम
    श्रमिकलाई दिऔँ हमेसा
    काम गरेपछि आराम !
    ३.
    पुगोस् इच्छा चाहना
    बाँचुन् श्रमिक सम्मानपूर्वक
    श्रमिक दिवसको शुभकामना !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    —————<•>—————
    २//
    १.
    अमेरिकाको सहर थियाे
    श्रमजीवी मजदुरलाई  त्यहाँ
    केही अधिकार दियाे ।
    २.
    ठुलाे आन्दोलनमा लागे
    कम्पनी बन्द गरेर
    सिकागाेका मानिसहरू जागे ।
    ३.
    मई दिवस आयाे
    अधुरै मजदुरका अधिकार
    आठ घण्टा पायाे ।
    ✍️
    रबि पाैडेल दक्षिण भारत पाण्डेचरि
    —————<•>—————
    ३//
    १.
    श्रमिक बढेर  देशमा
    बेरोजगार, दुःखी भए
    नाटकी नेता भेषमा !
    २.
    श्रमको मूल्य चुकाऊ
    परदेशीको दुःख नदेखी
    अत्याचारी भ्रष्ट लुकाऊ !
    ३.
    अन्धकार भयो बेलामा
    सन्तानको इच्छा पुर्‍याऊ
    पसिनाले भिज्नु मेलामा !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    ४//
    बाँचाैँ श्रम गरेर
    जीवन बन्छ सुखी
    मनमा शान्ति भरेर !
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी, धादिङ
    —————<•>—————
    ५//
    भोक तब तोडिन्छ
    जब रगत पसिना
    दश नङ्ग्रा जोडिन्छ ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    —————<•>—————
    ६//
    १.
    धानौँ श्रम गरेर
    मानव यो चोला
    पवित्र कर्म भरेर !
    २.
    श्रमिकलाई श्रमको चाहना
    श्रमिकले कर्म गर्छन्
    श्रम दिवसको शुभकामना !
    ३.
    लेऊ सधैँ आत्मशान्ति
    मानव जन्म गौरव
    नराख मनमा भ्रान्ति !
    ✍️
    बेदु न्यौपाने🇳🇵
    —————<•>—————
    ७//
    १.
    पसिनाको मूल्य कस्तो
    नसम्झिनु होला हजुर
    यहाँ श्रमिकलाई सस्तो !
    २.
    गरेर खानु राम्रो
    श्रमिकलाई हेला गर्नु
    नराम्रो बानी हाम्रो !
    ३.
    सबैले बुझौँ भावना
    श्रमको इज्जत गरौँ
    श्रमिक दिवसको शुभकामना ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत
    —————<•>—————
    ८//
    नगरौँ अब बेर
    पसिनाको मूल्य श्रमिकले
    पाउनुपर्छ सबैले हेर !
    ✍️
    सरिता सेढाई धादिङ
    —————<•>—————
    ९//
    १.
    गर्छन्  श्रमिक काम
    देशकै लागि भनी
    दिएनन् उचित दाम !
    २.
    श्रमिकले श्रम गर्छ
    बुझ्न कठिन भयो
    मालिकले ढुकुटी भर्छ ।
       ३.
    श्रम गरेर बाँचौँ
    विश्वमा सन्देश छरेर
    पसिनाकाे मूल्य साँचौँ ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    १०//
    १.
    श्रमिकले गर्छन् श्रमदान
    उनीहरूको मेहनतको कदरमा
    सधैँ गरौँ सम्मान !
    २.
    उनीहरू भोगिरहे शोषण
    छाडेनन्  तर पनि
    गर्न हाम्रो पोषण !
    ३.
    श्रमजीवीले परिश्रम गरे
    उनीहरूको लागि लड्दै
    नेताले गोजी भरे !
    ✍️
    विमल खतिवडा माइला
    सिलगढी, भारत
    —————<•>—————
    ११//
    १.
    श्रमले दिन्छ पहिचान
    जीवनमा आउँछ  खुसी
    गरौँ श्रमिकको सम्मान ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    १२//
    १.
    आफ्नो भर परौँ
    शुभकामना छ सबैमा
    श्रमिकको सम्मान गरौँ !
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    १३//
    १.
    श्रम जीवनको आधार
    छ दु:ख सबैलाई
    कसैले मान्नुहुन्न हार !
    २.
    गर्नुपर्छ धेरै श्रम
    खुसी मिल्ने आसमा
    पसिनको मूल्य कम !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    १४//
    १.
    ज्यालादारी  काम गरेर
    चलेन जिविकोपार्जन श्रमिकको
    ठेकदार ठग परेर !
    २.
    श्रम दिवस  मनाऔँ
    सबैलाई शुभकामना भन्दै
    चेतना पनि जनाऔँ !
    ✍️
    कला ढकाल झापा
    —————<•>—————
    १५//
    १.
    अन्तर्राष्ट्रिय श्रमिक दिवस
    श्रमको मूल्यको अभावमा
    श्रमिकहरू भएकाछन् विवश !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    १६//
    १.
    बुझे पसिनाको मुल्य
    स्वयम् अनि राष्ट्रले
    हुन्थ्यो विकास अतुल्य !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    १७//
    १.
    श्रमिक हाम्रो धन
    श्रमै परिचय उसको
    विशाल हुन्छ मन !
    ✍️
    डुकछिरिङ लेपचा
    मिरिक -भारत
    —————<•>—————
    १८//
    श्रमको सम्मान गर
    श्रमले भकारी भर्दै
    उत्साहकाे बिउ छर !
    ✍️
    जी.वि.कश्यप
    घाेराही,दाङ
    —————<•>—————
    १९//
    १.
    सम्मान श्रमको गरौँ
    पूजा गरेर कर्मको
    खुसी, ऎश्वर्यले भरौँ !
    ✍️
    इमान सिंह के.सि.
    व्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    —————<•>—————
    २०//
    १.
    गर्ने असल कर्म
    श्रमिक हुन्छन् मेहनती
    श्रम उसको धर्म !
    २.
    श्रमको गरौँ सम्मान
    एकजुट बन्न हामी
    सबैलाई गरौँ आव्हान !
    ३.
    जो अघि सर्छ
    लक्ष्य भेट्छ उसैले
    जसले श्रम गर्छ ।
    ✍️
    नवशिला
    नवदेव मार्ग, लालभित्ती,मोरङ।
    —————<•>—————
    २१//
    १.
    मनाइन्छ मजदुर दिवस
    कसले हेर्ने पीडा
    मजदुर सङ्घर्षमा विवश !
    २.
    सबैको गरिदिन्छ काम
    हुँदामात्र खान्छ ऊ
    छैन कतै आराम !
    ३.
    काम गरिने बलले
    बिरामी हुँदा गाह्रो
    पेट भर्ने जलले !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    —————<•>—————
    २२//
    सहेर आङमा घामपानी
    पसिनाको उचित मुल्य
    नपाइने श्रमिकको कहानी !
    ✍️
    बिके मुखिया
    दार्जिलिङ भारत
    —————<•>—————
    २३//
    १.
    आज श्रमिक दिवस
    वाचा गरौँ सम्मानको
    नपारौँ श्रमिकलाई विवश !
    २.
    नपरोस् गर्नु सामना
    सुनिश्चित होस् अधिकार
    मजदुर दिवसको शुभकामना !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    —————<•>—————
    २४//
    १.
    दैनिक गरेर काम
    पीडा सहेर बाँचेका
    श्रमिक राखेर नाम !
    – आर्त अकुलीन
    —————<•>—————
    २५//
    १.
    रगत पसिना पिउने
    हामी तुच्छ प्राणी
    श्रम बेचेर जिउने !
    २.
    बनेर बाँच्दैछौँ मरेतुल्य
    इमानदारीलाई बेचेर समाजमा
    मिल्दैन सही मूल्य !
    ३.
    तिख्खर बन्छ घाम
    चल्छ आँधीहुरी जीवनमा
    उदाहरण कुल्ली काम !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    —————<•>—————
    २६//
    १.
    सहिदहरू रहुन् अमर
    मजदुरहरू एक हौँ
    श्रमजीवीकै धर्ती सगर !
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    —————<•>—————
    २७//
    १.
    ससारभरका श्रमिकले पाउने
    सुविधा कि अधिकार
    दिनभरि बिदा मनाउने !
    २.
    सबैभन्दा निरीह लाग्छ
    दृष्टिकोण श्रमिकप्रति साराको
    अवस्थामाथि टिठ जाग्छ !
    ३.
    श्रमिकप्रति गरौँ सम्मान
    ससारका प्रसिद्ध मानिसहरू
    श्रमबाटै भए महान !
    ✍️
    पारसमणि खतिवडा
    सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर ।
    —————<•>—————
    २८//
    १.
    दिवस यो श्रमिक
    के मनाउनु उत्साहले
    विदेशिँदा युवा क्रमिक !
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ ।
    —————<•>—————
    २९//
    १.
    कुरा गर्छन् धेर
    हुन्छ दु:खकष्ट जहिल्यै
    हामी श्रमिकमाथि हेर !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    ३०//
    १.
    एकदिन सुटुक्क आयो
    अधिकार दिनै जानेन
    कसले खुसी पायो ?
    २.
    दुनियाँ चकित परे
    म हाँसेको देखेर
    सारा शासक मरे !
    ३.
    अधिकार मागेर लेऊ
    विडम्बना कस्तो छ
    मूल्यभरिको पसिना देऊ !
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    ३१//
    १.
    श्रमजीवी मानव हामी
    खाएर पसिनाको कमाइ
    बाँच्दछौँ इज्जत थामी !
    २.
    शोषण दमन हटाऊँ
    समान हक अधिकार
    दिलाई सबै अटाऊँ !
    ✍️
    विवश पारदर्शी
    झापा
    —————<•>—————
    ३२//
    १.
    श्रमको सम्मान गरौँ
    जिवन सुखी बनाउन
    मनमा  खुसी  भरौँ l
    २.
    काम सानो हुदैन
    सन्तुष्ट रहने मान्छे
    अरूको देखेर रुँदैन l
    ३.
    एउटै हुन्छ लगाव
    महिला पुरुष भनी
    किन गरिन्छ भेदभाव ?
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    ३३//
    १.
    एकताको शक्ति महान
    मई दिवस भाइचाराको
    श्रमिकको क्रान्ति प्रमाण ।
    २.
    श्रमको समय निर्धारण
    आन्दोलन भएको हेमार्केटमा
    श्रमजिवीको क्रान्ति निवारण ।
    ३.
    पर्व मइ दिवस
    राहत सर्वहारा मुक्तिको
    अमर भएर जावस।
    ✍️
    दिल ठकुरी दार्जिलिङ
    —————<•>—————
    ३४//
    १.
    श्रममा खटिन्छ श्रमिक
    मिल्छ खुसी थोरै
    उसैलाई पीडा अधिक !
    २.
    श्रममा पिल्सिन विवश
    उचित न्यायमा कमजोरी
    तथापि मनाऔँं दिवस !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    ३५//
    १.
    हनन् नहोस् अधिकार
    भ्रष्टाचारले ग्रसित भयो
    विश्व सारा संसार !
    २.
    कुनै कारखाना चल्दैन
    श्रमिकहरू छैनन् भने
    किकास फल फल्दैन !
    ३.
    अत्याचारी बढ्न नपाओस्
    मजदुरका खुन पसिनाको
    मूल्य कहिल्यै नहराओस् ।
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    ३६//
    १.
    निर्माण गर्दछन् उनैले
    पसिनाको धारा बगाउन
    सक्दैन अरू कुनैले !
    २.
    पुरा होओस् चाहना
    संसारका कामदार वर्गलाई
    श्रमिक दिवसको शुभकामना !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    ३७//
    १.
    गरौँ हामी सम्मान
    रगत पसिना बगाउने
    श्रमिक वर्ग महान ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    ३८//
    १.
    मूल्य कहिले पाउने
    पसिना बगाउने मजदुर
    भएनन् कहिले  छाउने !
    २.
    नगरे मजदुरले काम
    बन्द हुन्छन् उद्योगधन्दा
    पाउँदैनन् राम्रो दाम !
    ३.
    नगरौँ श्रमिकलाई घिन
    अधिकार पाइँदैन कठै
    विदा दिएर एकदिन !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    —————<•>—————
    ३९//
    १.
    मनाइन्छ दिवस वर्षेनी
    पाउँदैनन् बालकले काम
    मानवाधिकारले के गर्नी ?
    २.
    फोस्रा भाषण नेताको
    मात्र मन्चमा गुन्जने
    श्रम खेत गराको !
    ३.
    बेची पसिना विदेशमा
    महङ्गोमा आयात सामान
    उल्टो ऋण केशमा !
    ✍️
    लोक बहादुर छेत्री लामिछाने
    पर्वत
    —————<•>—————
    ४०//
    श्रमको सम्मान गरौँ
    सानो, ठूलो नभनी
    सबैमा सुभावना छरौँ !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    ४१//
    १.
    श्रमको सम्मान गर्नू
    तिमीलाई मालिक बनाउने
    श्रमिकको भर पर्नु !
    २.
    निरन्तर खटेको बेला
    हुनसक्छ काममा गल्ती
    नगरौँ श्रमिकलाइ हेला !
    ३.
    मजदुर दिवस मनाऔँ
    विश्राम लिएर कामबाट
    एकछिन खुसीले रमाऔँ !
    ✍️
    केपी गौतम
    —————<•>—————
    ४२//
    १.
    गरौँ सबैले कदर
    चिनेर श्रमिक हाम्रो
    नहोस् कतै बदर !
    २.
    पूरा गरौँ चाहाना
    सक्दो साथ दिएर
    नदिई कुनै ताना !
    ३.
    अमुल्य हिरा मोती
    एकजुट भएर खोजौँ
    छरेर देशमा ज्योति !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    ४३//
    १.
    मायाको नाटक गर्नेहरू
    तिमीहरूको ढाड जोगाउनु
    दिनरात पछाडि पर्नेहरू !
    २.
    गजब नाटक आहा
    यो जुनीमा पुग्दैन
    तिम्रो दुष्ट चाहा !
    ३.
    छु आँसुले रुझेको
    जीवन अनि सङ्घर्षलाई
    मैले राम्ररी बुझेको !
    ✍️
    सुष्मा मगर, रोल्पा
    हाल भारत
    —————<•>—————
    ४४//
    १.
    श्रमिक देखिन्छन् डटेका
    चन्द्र, सूर्य, धरती
    निःशुल्क छन् खटेका !
    २.
    बन्नेभन्दा नि बनाउने
    जन्मेको कोख श्रमिक
    संसारै कर्मी जनाउने !
    ३.
    वर्षभर रहोस् चाहना
    शुभकामना समस्त कर्मीलाई
    सुख, समृद्धिको कामना !
    ✍️
    नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    ४५//
    १.
    श्रमको मूल्य चिन
    उत्पादन हेर विनाश्रमको
    हुँदैन, बुझ्दैनौ किन ?
    २.
    यो देशमा श्रमको
    छैन मूल्य कत्ति
    केवल प्रचार भ्रमको !
    ३.
    युवा विदेशिए श्रमलाई
    नसुनौँ नेताका भाषण
    चिरौँ तिनका भ्रमलाई !
    ✍️
    देव कृष्ण काफ्ले
    पोखरा १कास्की
    —————<•>—————
    ४६//
    १.
    श्रमको फल मिठो
    पसिना बगाउन सके
    चाहे होस् ढिडोपिठो !
    ✍️ सुरेश कार्की
    —————<•>—————
    ४७//
    १.
    यता श्रमिक दिवस
    कस्तो कुचाल भयो
    युवा विदेशिन विवश !
    २.
    लगाइन्छ चर्का नारा
    बोलीमा लोली मिलाई
    टार्न केवल झारा !
      ३.
    श्रमप्रति निष्ठा जगाई
      कर्तव्यपथमा लम्काैँ हामी
    अन्यायलाई  दूर भगाई ।!
    ✍️
    जयनारायण नेपाल
    (इलाम हाल सूर्यविनायक २ बालकोट )
    —————<•>—————
    ४८//
    १.
    श्रमिककाे श्रमको भित्र
    विकाश बग्दछ धेरै
    हुन्छ दिव्य चित्र !
    २.
    दिलाऔँ श्रमिकलाई हक
    सत्पात्र मानेर देशकै
    साथमा जोडेर बक !
    ✍️
    हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    —————<•>—————
    ४९//
    १.
    छैन पर्याप्त पोषण
    श्रमिक मजदुर जनलाई
    सर्वत्र हुन्छ शोषण !
    २.
    मनाऔँ श्रमिक दिवस
    सुलभ रोजगार दिऔँ
    नबनाई श्रमिक विवश !
    ३.
    दिनभर गरेर काम
    भोकै सुत्छन् श्रमिक
    भरपेट छैन माम !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालिम्पोङ,भारत।
    —————<•>—————
    ५०//
    १.
    श्रममै रहेछ गुन
    कदम हजुर बढाएमा
    सकिन्छ आकाश छुन !
    २.
    पसिनाको मूल्य हुन्छ
    सकुन्जेल यसलाई बगाऔँ
    प्रगतिले शिखर छुन्छ !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    ५१//
    १.
    श्रमिक पनि मानव
    सद्भावले काम गरौँ
    नबनी निर्दयी दानव !
    २.
    इमानदारीसँग गर्छ काम
    मूल्य खोज्छ पसिनाको
    दिनू उचित दाम !
    ३.
    सिपको कदर गरौँ
    श्रम अस्तित्व हो
    श्रमिकमा सद्भाव छरौँ !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    ५२//
    १.
    मजदुरका कति पिर
    श्रम गरुन् जति
    पाउँदैनन् खान खिर !
    २.
    पसिनाको मूल्य हेर
    उनीहरूको मेहनत सधैँ
    खोलामा गयो खेर !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    ५३//
    १.
    नगरेसम्म अलिकति काम
    कसैले कहिले पनि
    नखानुस् है माम !
    २.
    विनाकामको त्यो माम
    दु:ख दिन्छ शरीरलाई
    बनाइदिन्छ है जाम !
    ✍️
    दीपा समभाव
    दुबेकोल
    —————<•>—————
    ५४//
    १.
    खाऔँ श्रमले डटेर
    चल्दछ सहज जिन्दगी
    स्वास्थ्य कुशल रहेर !
    ✍️
    भगवती दवाडी ,झापा
    —————<•>—————
    ५५//
    श्रमिक हुन् देवता
    गर्नुहुन्न फरक हेराइमा
    चाहिन्छ उसलाई सम्मानता !
    ✍️
    राधा चाम्लिङ ( साया), खोटाङ
    —————<•>—————
    ५६//
    १.
    बाँचौँ श्रम गरेर
    आत्मनिर्भरता आफूमा राखी
    शान्तिको कामना भरेर !
    २.
    सफलता हासिल गर्न
    माटोमा बिलाए कति
    यो भोकोपेटलाई भर्न !
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    ५७//
    १.
    गर्न नपरोस् सामना
    दु:खकष्टको श्रमिकले अब
    श्रमिक दिवसको शुभकामना!
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    ५८//
    १.
    श्रमिकले पसिना पोख्छन्
    अनौठो बस्यो परम्परा
    लुट्नेले धनै जोख्छन् ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    —————<•>—————
    ५९//
    १.
    श्रमिकलाई दिएर हित
    पर्याप्त पारिश्रमिक दिनू
    श्रमजीवीकाे भएन जित !
    २.
    भाषण सिद्धान्तले नहुने
    बाेल्ने कम गराैँ
    गराैँ गरेर देखाउने !
    ३.
    श्रमिकको हित गराैँ
    सबै हामी मिलेर
    सद्भावले देश भराैँ !
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    —————<•>—————
    ६०//
    १.
    श्रमिकले श्रम गरेजति
    ज्याला पाउँछन् कहिले
    मन पोल्छ भतभती !
    २.
    गर श्रमिकको सम्मान
    उनीहरूको श्रमले गर्दा
    तिमीले पाउँछौ माम !
    ३.
    आफू परिश्रममा अल्छी
    गरिबले  परिश्रम गर्छन् 
    हेपेर हान्छौ बल्छी !
    ✍️
    मङ्गला उपाध्याय
    —————<•>—————
    ६१//
    १.
    नष्ट हुँदैछ अधिकार
    बिचमा छन् लुटेराहरू
    श्रमिक लाग्दैनन् पार !
    २.
    बनाउँदै श्रमिक दिवस
    कसले देख्छ पीडितहरू
    बाँचेको भई विवश !
    ३.
    काम गर्ने कालु
    श्रेय लिदै अगाडि
    मकै खाने भालु !
    ✍️
    कृष्ण देउबा
    डडेलधुरा  आलिताल दुई
    गाङ्गखेत मटेला
    —————<•>—————
    ६२//
    १.
    श्रम गरेर खाऊ
    बन्ने गर स्वाभिमानी
    नमोल कसैको पाउ !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    ६३//
    १.
    पसिना घामको तापमा
    नित्य पिसिन्छन् मजदुरहरू
    मालिकको शोषण चापमा !
    २.
    पसिनाको मोल गर्छन्
    श्रम नगर्नेहरूले सधैँ
    गरिब जनता मर्छन् !
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी
    कालेबुङ
    —————<•>—————
    ६४//
    १.
    दैनिक मिलिरहाेस् काम
    नबसून् श्रमिक खाली
    हातमा पराेस् दाम !
    २.
    श्रम गर्ने चाहना
    दैनिक जीवन धान्नेलाई
    श्रमिक दिवसको शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    ६५//
    १.
    पसिनाको मुल्य कहाँ ?
    फगत हुन्छ परिश्रम
    छाक टर्दैन जहाँ ।
    २.
    विदा दिन्छ सरकार
    यहाँ मजदुर दिवसको
    गर्दैन राम्रो व्यवहार !
    ३.
    हुनेखाने घुम्छन् रहरमा
    सच्चा मजदुर भने 
    बाटो खन्दैछन् सहरमा !
      ४.
    परिश्रम बनाउ पहिचान
    हुँदैन काम ठूलोसानो
    गर्वले पालौँ जहान !
    ✍️
    कमला
    —————<•>—————
    ६६//
    १.
    मूलधन हाे श्रम
    पसिनाकाे भए कमाइ
    कहिले फल्दैन भ्रम !
    २.
    परिवार पाल्न खाडी
    गाउँघर भयाे सुनसान
    खेतबारी बन्याे झाडी !
    ३.
    अन्न तिमी धन्न
    खुसीले गर्दछु खेती 
    तिमीविना त रहन्न !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —————<•>—————
    ६७//
    १.
    पूर्ण होस् चाहना
    मर्का बुझोस् सरकारले
    श्रमिक दिवसको शुभकामना !
    २.
    सत्तासिन बन्दछन् ठूलो
    दु:ख गर्छन् श्रमिकले
    बिरामीमा छैन औषधीमुलो !
    ३.
    नभुलौँ कसैले सत्यता
    दिनरात खट्ने श्रमिक
    हामी सबैका देवता।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    ६८//
    १.
    देश हामीले पालेकाे
    कन्जुस नगर ज्यालामा
    देखाैला सत्ता फालेकाे !
    २.
    श्रमलाई सम्मान गराैँ
    देशकाे विकास गर्न
    श्रमिकमा साहस भराैँ ।
    ३.
    श्रमविनाकाे त्यो कमाइ
    साथी कहाँ आउँछ
    काममा लागाैँ रमाई !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, सल्यान।
    —————<•>—————
    ६९//
    १.
    श्रमको मूल्य पाउनुपर्छ
    ज्याला मजदुर गरेर
    खानु अनि लाउनुपर्छ ।
    २.
    श्रमिकको गरौँ सम्मान
    अनि मात्र हाम्रो
    बढ्दै जान्छ शान !
    ३.
    हाम्रो आफ्नै चाहना
    हामी आफैँ श्रमिक
    सबैलाई एकमुष्ठ शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>—————
    ७०//
    १.
    अनिवार्य श्रम गरौँ
    मेरो नारा हो
    पाखुरीले सौन्दर्य भरौँ !
    २.
    पूजा हो काम
    सानो, ठुलो नमानौँ
    मेहनतले फलाउॅंछ दाम !
    ३.
    आफूमा विश्वास पलाए
    संसार जित्न सकिन्छ
    कर्मले पहिचान बनाए !
    ✍️
    म्यामराज राई, भोजपुर
    —————<•>—————
    ७१//
    १.
    श्रम हाे धन
    बन्ने सबकाे प्याराे
    हाँसाैँ खुसी मन !
    २.
    पसिनाले सधैँ नुहाऊ
    फल प्राप्तिका निम्ति
    तिमी पाखुरी खुलाऊ
    ३.
    काम सबै समान
    मिलेर लागाैँ जुटौँ
    सानाे, ठूलाे नमान
    ✍️
    फूलमाया कुलुङ- साेलुखुम्बु
    —————<•>—————
    ७२//
    १.
    कानुनमा मात्र लेखियो
    मजदुरको ती अधिकार
    श्रमिकमा पीडा देखियो !
    २.
    बस्नुपर्ने पाखुराको भरमा
    एकदिन काम नगरेपछि
    बल्दैन चुल्हो घरमा !
    ३.
    सबको पुगोस् चाहना
    अन्तर्राष्ट्रिय श्रमिक दिवसको
    सबैलाई दिन्छु शुभकामना !
    ✍️
    धड्कन जैशी अछाम
    —————<•>—————
    ७३//
    १.
    आज श्रम दिवस
    शरीरलाई आराम दिई
    भइयाे मनाउन विवश !
    २.
    दैनिक श्रम गराैँ
    तब भइन्छ स्वस्थ
    सबैमा प्रेरणा भराैँ !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    ७४//
    १.
    श्रमको खेती गरेर
    मेहनतको कमाई खानु
    मनमा शान्ति भरेर !
    ✍️
    सरस्वती श्रेष्ठ
    —————<•>—————
    ७५//
    १.
    सबैले श्रम गराैँ
    यसैमा मिल्छ सन्तुष्टि
    मनमा खुसी भराैँ !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा ।
    —————<•>—————
    ७६//
    १.
    गरेर श्रमकाे सुधार
    कागजमा होइन व्यवहारमा
    सुनिश्चित हुनुपर्छ अधिकार !
    ✍️
    शालिकराम दाहाल
    चा न पा ३ झाैखेल
          भक्तपुर
    —————<•>—————
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Leave a Reply