
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- असीऔमा हामी पुगेका छौं।नेपालीहरुको नयाँ वर्ष नजिक आइरहेको हुँदा नयाँ वर्ष विशेष पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ।सम्पूर्ण देश तथा विदेशमा रहनु हुने नेपालीहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०२/०३गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८०[असीऔं] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
प्रवर्तक तथा समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
चित्रमा पञ्चाङ्ग
~~
👉️पञ्चाङ्ग:०१
कति कति सपनाहरू रेटिन्छन् यहाँ
मनका वेदना र आँशु फेटिन्छन् यहाँ
आँखाले पनि राम्रो मात्र हेर्ने रहेछ
कस्तो सुन्दर ठाउँहरू भेटिन्छन् यहाँ
दुःख र पीडाहरू सब मेटिन्छन् यहाँ।
✍️सुशीला पाैडेल ।
👉️पञ्चाङ्ग:०२
वसन्तको आगमन सँगै फुल फुलेको हेर
फलको बोटहरू नि लटरम्मै झुलेको हेर
सौम्य प्रदान गर्ने मनमोहक दृश्यहरूले
नीर गगनमा धर्ती परी बनी खुलेको हेर
प्रकृतिको उपहारले जगत भुलेको हेर।
✍️संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं ।
पञ्चाङ्ग:०३
धर्ती र आकाश बीचमा गगन खुलेको देखिन्छ
वरपर बोट विरुवामा फूल फुलेको देखिन्छ
हरियालीको सुन्दर दृश्य यहाँ चारैतिर हेर
वरिपरि फलफूल बोट लठ्ठ झुलेको देखिन्छ
प्रकृतिको रमणियतामा सारा भुलेको देखिन्छ।
✍️ बेदु न्यौपाने काठमाडौं ।
👉️पञ्चाङ्ग:०४
त्यस्तो सुन्दर ठाउँमा कसरी जान्न सक्छु
हृदय समाउन मनलाई मान्न सक्छु
हाम्रो प्रकृति हाम्रो सम्पदा जोगाऔं सधैँ
सुन्दर राम्रो स्थानमा कहिले धान्न सक्छु
प्रकृतिलाई हृदयको चित्र छान्न सक्छु।
✍️सन्ध्या गौतम, काठमाडौं ।
👉️पञ्चाङ्ग:०५
निलो आकाश धर्ती जङ्गलमा छाएको राम्रो
बाँच्न मन भए सुनसानमा गाएको राम्रो
मानवदेखि पशुपक्षीलाई चाहिने अन्न
क्रिडा गर्नलाई दङ्गलमा नै लाएको राम्रो
सबैजना आपसमा इङ्गल धाएको राम्रो।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
👉️पञ्चाङ्ग:०६
निलाे आकाश धर्ती मेरै घामजून मेरै
चाह गर्छ प्रकृतिले दिल छुन मेरै
हिमाल र नदीनाला प्राण प्यारा मेरा
काेइलीले गाएकाे छ मिठाे धून मेरै
अर्गानिक बस्तु अनि चाँदी सुन मेरै
✍️चन्द्रावती अधिकारी, लमजुङ दुराडाँडा ०२ हाल कोहलपुर बाँके ।
👉️पञ्चाङ्ग:०७
निलाे आकाश साथमा बादल डुलेको देख्छु
धरती माझ सधैं फूलै फूल फुलेको देख्छु
सुन्दर दृश्यले त आज मेरो मनै लाेभिदा
प्रकृतिको हराभरामा सबै भुलेकाे देख्छु
हरियाली बन स्वच्छ गगन खुलेको देख्छु।
✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
👉️पञ्चाङ्ग:०८
धर्ती जति सुन्दर ठाँउ अन्त कतै पनि देखिन मैले
हावाका कुरा धेरै सुने धर्ती भन्दा अरु टेकिन मैले
अन्धकार आमाको गर्भबाट रुँदै बाहिर निस्केपछि
आँखा खोलेर हेरें, त उज्यालो भन्दा अरु भेटिन मैले
आफैंभित्र पनि बत्ती बालें अँध्यारोसित खेलिन मैले।
✍️पशपती राई खोटाङ ।
👉️पन्चाङ्ग:०९
आकाशमा सेतै ती बादल खुलेका देखिन्छन्
कतै लटरम्मै शिरिस नि फुलेका देखिन्छन्
प्रकृतिले आशिक दिएको स्वर्ग जस्तै यो धर्तीमा
हाँगाहरू लचक्कै लच्केर झुलेका देखिन्छन्
सबै प्राणीहरू यसैमा मस्त भुलेका देखिन्छन् ।
✍️नानीबाबा अधिकारी, काठमाडौं ।
👉️पञ्चाङ्ग:१०
सुन्दर शान्त धर्ती र आकाश आउँछ सधैँ
निल गगनले बिहानी पख पाउँछ सधैँ
अन्धकारलाई चिरेर सुर्यको किरणले
विकिरणलाई पन्छाउदै नै धाउँछ सधैँ
डाँफे अनि मुनाल रमाएर गाउँछ सधैँ।
✍️दुर्गा आचार्य, मोरङ ।
👉️पञ्चाङ्ग:११
तिम्रो मनको मझेरीमा डेरा सारेको छु
मुटुको त्यो कुना भित्र ओछ्यान पारेको छु
सुकुमारी सुन्दरी कि खानी मेरी उनीलाई
सबको आँखा लाग्छ भनी बार बारेको छु
हिजो आज सुरक्षा नि अरु सुधारेको छु।
✍️मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार बिर्तामोड झापा।
👉️पञ्चाङ्ग:१२
प्रकृतिको काखमा बसेर पढेँ
रहस्य बुझ्न घुँडा धसेर पढेँ
प्रकृति नै गुरु हो भन्ने बुझेर
भित्रसम्म सहजै पसेर पढेँ
जाँगरको लेप थोरै घसेर पढेँ ।
✍️प्रभा पोखरेल, अमेरिका ।
👉️पञ्चाङ्ग:१३
आहा कस्तो राम्रो आकाश खुलेको हेर
सौन्दर्यताको प्रतीकको फूल फुलेको हेर
रमणिय दृश्यले यो मन् त्यसै पुलकित् हुँदै
आकाश धर्तीमा गुञ्जयमान झुलेको हेर
चरी चिरबिर गर्दै प्रभातमा डुलेको हेर।
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
👉पञ्चाङ्ग:१४
निलो आकाश जग्गा जग्गामा बादलले ढाकेको छ
त्यो सुन्दर प्रकृतिलाई पर्यटकले ताकेको छ
मन बहलाउनका निमित्त दृष्य भेटिन्छ धेरै
आनन्दले परिपक्व भएर सन्तुष्टि डाकेको छ
नपुग्नेहरूले संजालबाटै बेसरि झाकेको छ ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
👉️पञ्चाङ्ग:१५
प्रकृतिमा अति रम्न मन छ मलाई
यसमै लिन भै जम्न मन छ मलाई
कति निस्वार्थ प्रेम छ यसको सबैमा
फूलसँग निकै गम्न मन छ मलाई
समय पर्ख न थम्न मन छ मलाई।
✍️ह्यारिस ।
👉️पञ्चाङ्ग:१६
आध्यात्मिक पौराणिक ज्ञान लिए हुन्छ
शास्त्रहरूको साहित्यरस पिए हुन्छ
अहङ्कार घमण्ड गरेर के पाउनु
प्राप्त ज्ञान अरूलाई पनि दिए हुन्छ
सबैसँग मिल्दै आरामले जिए हुन्छ ॥
✍️गुणनिधि घिमिरे अमेरिका