‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३५ सम्पन्न

  • ९ जेष्ठ २०८१, बुधबार १०:२८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ७३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३५
    ~<•>~
    निरन्तर आओस् कमिसन अनि तलब भत्ता
    उडे पनि उडोस् प्राणपखेरु नफुत्कियोस् सत्ता !
    वसन्त अनुभव
    ~<•>~

    [१]
    बसिराख ओढेर कवच सत्ताको खोल
    बाहिर निस्के बजाउलान् सम्झिएर ढोल !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    सत्ता लिप्त छन् नेताहरू कसरी देश बन्ने
    सुशासन छैन कहिल्यै खै कसलाई भन्ने ?
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [३]
    ज्यान जाला सत्ता छोड्ने वाला छैन
    नत्र यहाँ नेता भन्ने कुरै रैन ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    [४]
    सत्ता निहित नेता छन् भयो यो देश चलाउन साह्रो
    छैन देशमा सुशासन जनतामा भएको छ गाह्रो ।
    ✍️
    बेदु न्यौपाने
    [५]
    शासकले शासन गर्ने तरिका बिर्सियो
    भ्रष्टचार र महङ्गीले उपहार दियो ।
    ✍️
    नारायण कोइराला
    तानसेन,पाल्पा
    हाल,कुवेत।
    [६]
    सृजना लेख्नमा सबैले मन लगाऊ
    भावमात्र होइन ज्ञान पनि बढाऊ।
    ✍️
    कला ढकाल झापा
    [७]
    दाह्री अनि कपाल फुलेर भैसक्यो तिनको सेता
    तैपनि सत्तालाई मरिमेट्छन् हाम्रो देशका नेता।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [८]
    देशको विकास हाेस् यात नहाेस् खासै म जान्दिनँ
    जन समर्थन गुमाेस् तर सत्ता छाेड्न मान्दिनँ ।
    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [९]
    मोहजाल जस्तो कुर्सी किन हुन्छ प्यारो
    जतिसक्दो जनता झुक्याउने छ पारो
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [१०]
    कहाँ कताबाट हुन्छ लाभ अनि आउँछ कमिसन र भत्ता भनेर हेर्ने
    यसैका लागि सत्तामा पुग्न पार्टी फुटाउन पछि नपरि दल पनि फेर्ने ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मतातीर्थ।
    [११]
    काम केही भएन,खुट्टा तानेर नै तलब भत्ता पचाए,
    राजनितीको उपलब्धि विविध आरोपित मात्र बचाए।
    ✍️शंकर कार्की,मकवानपुर ।
    [१२]
    मान्छे आखिर डुबेपछि स्वादमा सत्ताको
    देशको चिन्ता हुन्न हुन्छ केवल भत्ताको ।
    ✍️बाबुराम पाण्डे
    अर्घाखाँची
    [१३]
    बल्ल पो थाहा पाएँ, किन जालझेल गर्दै ओगटेको भनेर सत्ता
    कतिन्जेल चुप लागेर दिन्छौ ए! सरकार तिनलाई मात्र भत्ता ?
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१४]
    अस्ति अर्कै छद्मभेष गरेर भित्र गर्याे राज
    शिसिकाे लेबल नयाँ हाेटेल रक्सी उही आज ।
    ✍️हिरालाल न्याैपाने
    बानपा८,काेटमाैला, सल्यान।
    [१५]
    कमाउने धन्दामा हुने थिए विश्वविजेता,
    सत्ताका लागि सधैँ मरिमेट्ने यी हाम्रा नेता।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    [१६]
    खुसी सधैँ खान पाए कमिसन भत्ता
    बरु ज्यानै जाओस् हजुर छोड्दैनन् सत्ता ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    [१७]
    शासनको बागडोर पाएपछि हातमा
    अकूत सम्पत्ति कमाउँछु एकै बातमा ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१८]
    सत्तामा पुग्न भ्रष्ट नेता बाड्दछन् आश्वासन
    आफू र आफ्ना अगाडि बढ्छन् छैन सुशासन ।
    ✍️मन्जु जोशी
    डीलासैनी ५ बैतडी हाल भक्तपुर
    [१९]
    छैन लाज केवल सत्ताको लागि धाइन्छ
    जति गर्छु भष्टाचार त्यति पद पाइन्छ ।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    [२०]
    सत्ताकै लागि गर्या हॅु राजनीति मैले
    कमाउन पाउॅदैछु बल्लबल्ल ऐले ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२१]
    सत्तामा बसेर लगाउँनेछु अरूलाई काम
    जति हुन्छ कुर्सी त छोड्दिन कमाउँछु है दाम ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२२]
    धन सम्पत्ति जोडे मैले जनतालाई मारी
    चिनिराख्नुस् मै हुँ हजुर नामुद भ्रष्टाचारी ।
    ✍ नवशिला
    नवदेव मार्ग ,लालभित्ती,मोरङ।
    [२३]
    सत्ता,भत्ता,कुर्सी अनि कमिसन खेल
    मेरै लागी सिर्जिएका गर्दै झेल मेल !
    ✍️विवश पारदर्शी
    झापा,
    [२४]
    रमाऔँ गरेर कर्म
    सुन्दर सेवा नै धर्म !
    ✍️आर्त अकुलीन
    [२५]
    पाएको सत्ता छोडिँदैन चाहे गर्धन जाला
    तलब र भत्ता हसुरिन्छ लगाइन्छ माला ।
    ✍️चूडा निर्भीक
    हालःकाठमाण्डौ ।
    [२६]
    चौकी भए पुग्छ चाहिँदैन अरू थोक
    कति धेरै लागेको हेर सत्ताको भोक ।
    ✍️बिके मुखिया
    दार्जीलिङ, भारत।
    [२७]
    सत्ता अनि भत्ता सदैव राजनीतिज्ञकाे दाउ
    जनता भने बाेकी हिँड्छन् यहाँ अन्यायको घाउ ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२८]
    सत्ता पाए सबै बिर्सिन्छन् हाम्रो देशका नेता
    कमिसन र घुसमा रम्छन् चढी गाडी सेता।
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    [२९]
    विधि विधान बनाए तजबिज नीतिगत निर्भय
    राजनीति हैन लुटेरा समुह बनेकाछन् निर्दय ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [३०]
    सबैभन्दा नाफामुलक पेशा हाम्रो देशमा त राजनीति नै भयो
    त्यति गर्न सकिएपछि विनाचिन्ता सबैको जिन्दगी ढुक्कले गयो !
    ✍️पवन्कुमार बुढाथोकी
    काठमाडौँ
    [३१]
    नेताको अनुहार लुकेको हुन्छ राजनैतिक पत्तामा
    कसरी हुन्छ देश बिकाश स्वार्थसिद्ध बसेर सत्तमा‌।
    ✍️राजनारायण राई राजदल बस्ती सोनादह
    [३२]
    नेता ज्यूको चल्यो सधैँ देशमा सत्ता
    वृद्ध आमाको नेता मिली खाए भत्ता !
    ✍️कृष्ण धामी – बझाङ
    [३३]
    जुका, किर्नाले टाेकेपछि घाउ यसै हुन्छ
    समयमा उपचार नपाए भित्र छुन्छ ।
    ✍️जी.वि.दाङ
    टुक्का
    [३४]
    सत्तामा हानाहान
    अचेल तानातान !
    ✍️ नागेन्द्रप्रसाद यादव, दाङ
    [३५]
    कति मरिहत्ते गर्छन् नेता पाउनलाई सता
    कुर्सी पाएपछि छाेड्दैनन् कमाइरहन्छन् भत्ता ।
    ✍️उर्मिला के.शी
    धनकुटा
    [३६]
    सत्ता बचाउनुछ मेरो काम
    अयस आराम मुखमा माम !
    ✍️कमला देवकोटा, पाल्पा
    [३७]
    सत्तामा बस्नेहरु सबै पैसा कमाउने दाउमा हुन्छ
    भ्रमको खेती गर्दै निमुखाहरूको भाग्यमा जालो बुन्छ।
    ✍️बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३८]
    निरन्तर चलिरहोस् सत्तामा हाम्रो हालीमुहाली,
    फेरि फेरि आउदैन मौका गर्नुपर्छ यसैपालि ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [३९]
    के काम गर्नु र आफ्नै छैन राम्रो गति
    सबैलाई नै धपाऔँ बिग्रिसक्यो मति।
    ✍️पुष्कर भट्ट बैतडी
    [४०]
    देश चल्छ चलिरहन्छ युवा बाहिर गएपनि
    कमिसन त खानैपर्छ मुलुक टाट भएपनि ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [४१]
    आगोको लपेटाले भन्दा भूकम्पले मन पोल्दैछ
    भन्नुपर्दैन परिस्थितिले नै आफैँ मुख खोल्दैछ ।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    [४२]
    दिनहुँ मेरो सबै नातागोता डिस्को बारमा नाँचोस्
    जनता मरोस् मतलब नै छैन मेरो चौकी बाँचोस् ।
    ✍️रमेश दियाली
    सिटोंग खरसाङ दार्जिलिङ।
    [४३]
    न वृद्ध न युवा सोच सबैको उस्तै कमाउने
    पैसा चाहे नालीमा किन नहोस् टिपी रमाउने ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौ ।
    [४४]
    निरन्तर चलिरहेछन् नेताहरूकै सत्ता,
    कानुन जति जनतालाई बसिखान्छन् भत्ता ।
    ✍️ शोभा आचार्य गौतम,
    काठमाडौँ
    [४५]
    सत्ताको लागि मरिमेट्ने छ हाम्रो देशमा
    भ्रष्टाचारीको मुद्दा हाल्दा सुनेन यस्तो केसमा ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [४६]
    अघि पछि हिँड्न पाउन, चम्चेदारी भाइ
    चलाउन पाइयोस् सत्ता खेलाई खेलाई ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [४७]
    फेरि किन छोड्छौँ कुर्सी तिमी पाए सधैँभरि
    पालैपालो भाग पुर्‍याउँ आफ्ना नजिक गरी ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    [४८]
    नेताहरूको रोइलो छ अहिले संसद भवनमा सत्ताकै लागि
    प्रत्यक्ष हिलो छेप्दै उफ्रिए प्रतिपक्षमै रहने नेता सहभागी ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [४९]
    नयाँ होस् वा पुराना खरानी घसेर आएका जोगी
    सत्ताविना बाँच्न नसक्ने प्राणी परेछ सारा भोगी !
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [५०]
    जनताको नाममा दाम थापेर
    सरकारी जमिन उसै नापेर ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [५१]
    गणतन्त्रको बलियो बाेट छ, त्यसमा लटरम्म नाेट ब्रम्हलुट पाइयो
    ओल्लाे हाँगो पल्लो डाली मिलेर सर्दै, जनताको रगत र पसिना खाइयाे ।
    ✍️रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [५२]
    भत्ता खादै जनताको दुःखमा रमाउॅनु
    मर्ने बेला त्यही कुर्सीको खुट्टा समाउॅनु ।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [५३]
    सत्ता र भत्ता कतै नजावस् अरू चाहिंदैन
    अन्यथा जन-आक्रोशबाट बाँच्न पाइँदैन ।
    ✍️परिक्रमा श्रेष्ठ, धरान -१५, सुनसरी।
    [५४]
    कति साह्रो फुर्ति हो नेता महाजनको
    भ्रष्टाचार गरेर कमाएको धनको ।
    ✍️साबित्री प्याकुरेल,धादिङ्ग।
    [५५]
    लुछाचुडी त दैनिकी हो, मतलब छैन होस् नहोस् विकास
    खेलो नै हराउछ, अलपत्र मुद्दाको ननिस्कियोस् निकास ।
    ✍️दीपा तिम्सिना
    ईलाम
    [५६]
    जहिले पनि हामी नेपालका दामी
    हाम्रो सत्ता भत्ता भारतकै गुलामी ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    [५७]
    प्राण गए जाओस् तर छोड्दै छोडिन्न कसैगरि सत्ता
    पर्वाह छैन् कसैको पाउन कि नपाऊ तलब भत्ता ।
    ✍️भगवती दवाडी ,झापा
    [५८]
    जनता बिचरा भोट हाली हाली नेतालाई सत्तामा पुर्याउने
    जनता नै ट्वाल्ल परी हेरी बस्छ, नेता चाट्छ दुधको कुराउने ।
    ✍️मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
    [५९]
    केही सम्पत्ति कमाउन सत्तामा आएको
    देख्न खान नै सक्दैनन् हो कत्ति रिसाएको ?
    ✍️सरिता सेढाई धादिङ
    [६०]
    जालझेल, प्रपञ्च गरी पाएको सत्ता
    कसरी छोड्नु त कमिसन अनि भत्ता ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    [६१]
    रहन पाऊँ यसरी नै निर्धक्क र मैमत्ता
    खान पाऊँ जिन्दगीभर कमिसन र भत्ता l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [६२]
    कति खान्छाै खाऊ कमिसन खाने हाे सत्तामा छउन्जेल
    आखिर नेता न पर्याै तिमी जानेका छाै गर्न जालझेल।
    ✍️भवानी पाेखरेल (बाबु विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [६३]
    कमिसन,भत्ताको लोभमा नेताजी पर्दा
    जर्जर बन्यो देश यिनै फटाहाले गर्दा
    ✍️ इमान सिंह के.सी.
    व्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    [६४]
    घमण्ड धेरै पालेर हामी आफैँमा हेर धेरै मुर्ख बन्यौँ
    कसैको उन्नति देख्न नसकेर आलोचनाको बाटो खन्यौँ ।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    [६५]
    लाज हुन्न नकचरो गर्छन् थरीथरी बात
    केका लागि थुपार्ने हो गरि गरि लामो हात ।
    ✍️दीपा समभाव
    खोटाङ्ग
    [६६]
    लेख्य विधामा मन लगाऊ
    भावना रूपी ज्ञान बढाऊ ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    [६७]
    छन् सबै यहाँ सत्ताको लागि पर्ने
    कसले होला देशको चिन्ता गर्ने ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [६८]
    कर्णालीमै मुख धुने रहर थियो मेरो
    विकास पसी बिगार्दैछ सबै सेरोफेरो ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    [६९]
    चौकीमा बसेर त गन्दैछ नोट
    गरीबको कहिले देखेन चोट ।
    ✍️रमा गुरुङ्ग
    सालुगडा (सिलीगुडी)
    [७०]
    सत्तामा टिक्न पाए पो,सारा केस बिलाउँछन्
    सत्ताबाट हटे भोलि, जेल नेल दिलाउँछन्।
    ✍️रामशरण न्यौपाने, भक्तपुर
    [७१]
    किन चाहियाे सुकृति, कुकृतिकै केस
    जति लागाेस् ठेस, सत्ताराेहण नै बेस।
    ✍️हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    [७२]
    नेताले फेक्नेगर्छन् सत्ताको पासा
    जनताले नै भोक्नु पर्छ निरासा ।
    ✍️बिबा तामाङ
    लाटपञ्चर खरसाङ
    [७३]
    टिकाउनु छ जालझेलमा चार वर्षे सत्ता
    उड्छ साँचे त प्राण तलब कमिसन भत्ता ।
    ✍️इन्दु श्रेष्ठ, चितवन
    ~<•>~

    Leave a Reply