‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३४ सम्पन्न

  • २९ बैशाख २०८१, शनिबार २२:३७ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३४
    ~<•>~
    बोल्यो कि त चिराचिरा नै पार्दछे जिब्रो हो कि छुरा
    सिपालु रहेछौ धार लगाउन, तिमी त ! ससुरा ।
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-


    [१]
    उठ् भन्दा उठ्नुपर्छ हजुर बस् भन्दा बस्ने
    कतिन्जेल होला यसरी नागिनले डस्ने ?
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~<•>~
    [२]
    बाेली पनि गाेली जस्ताे घमण्ड झन् धेरै
    हैकम चलाई सब दास ठान्ने मेरै ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    भाषण हेर न छुरा जस्तो घमण्ड गर्छौं किन धेरै
    बेरोजगारको भाँडो भरिँदा दोष जति सबै मेरै।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [४]
    सकेसम्म त डस्न खोज्छन् नागिनले अति
    नियालेर हेर्दाखेरि आफ्नै ज्यानको खती ।
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    [५]
    अहङ्कारी सधैँ घमण्डमा तल्लीन रहन्छ
    आखिरीमा भवसागर तर्दा उही बहन्छ ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    [६]
    कुरा जस्तो धारिलो होला कि संसारमा कुनै छुरा
    कुराले नै पार्दछ सबैथोक पुरा अनि अपुरा ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ~<•>~
    [७]
    तिम्रो बोली व्यवहार छुचो रहेछ कति
    हैकम धेरै चलाउँदा पछि होला क्षती ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [८]
    काम गर्नु केही छैन मुख मात्रै लाग्ने छुरा
    गरिबका सपनाहरू कहिले हुन्छ पूरा ?
    ✍️डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [९]
    रिस तिम्रो बम जस्तो बोली तितेपाती
    हाँसीखुसी बोलिदिए हुन्थ्यो कति जाती !
    ✍️इमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    ~<•>~
    [१०]
    सबैभन्दा ठूलो रिस नै हो हाम्रो शत्रु
    अर्काको रिस गरेरै हुने भए पत्रु ।
    ✍️सरिता सेढाई धादिङ
    ~<•>~
    [११]
    बाहिर राम राम गर्दै रोप्छ्न् बगलीमा छुरा
    यता मुखले ठिक्क पर्छन् अरूसँग काट्छ्न् कुरा ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [१२]
    कतिपय अवस्थामा हिम्मत ठ्याक्कै जुट्दैन
    मन परेकी मान्छे सामु बोली पनि फुट्दैन ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [१३]
    बोलीमा घमण्ड छ धेरै, हैकम चलाउने जस्तै
    राज्यसत्तामा ऊ नै पुग्यो, खेलाडी किपर नै तस्तै ।
    ✍️एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [१४]
    केही बोल्नै हुन्न घरमा आजकल राम्रो कुरा
    घमण्डलेे भरिएका वचन लगाउँछन् छुरा ।
    ✍️शंकर कार्की,मकवानपुर।
    ~<•>~
    [१५]
    बोल्यो कि पोल्यो भन्छन् , गाउँघरका बुढापाका
    घ्याम्पो जस्तो भुँडी भइसक्यो अझै कति खाका ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [१६]
    गर्ने बेला बिहे गरियो, हत्ते हाली पूरा
    अचेल उनकै बोली सुन्दा लाग्छ है छुरा ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [१७]
    चिप्लो घस्नेकाे छैन भर हान्छ पछाडिबाट छुरा
    सुन्दा मिठा मिठा बात आखिरमा सबै झुटा कुरा ।
    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१८]
    सम्बन्ध बलियो बनाएर गरौँ कर्तव्य पूरा
    जे जे हुनु भयो अब नगर्नुहोस् बितेका कुरा ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [१९]
    सिमा नाघी बोले हजुर होला आफैँलाई खति
    सिमा भित्रै बोली हजुर सुधारौँ है आफ्नो मति ।
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा
    ~<•>~
    [२०]
    मुखमा धेरै ठुला ठुला कुरा हुनेको
    बात हुन्छ मिठाई जस्तै स्वाद गुनेको ।
    ✍️राजनारायण राई
    राजदल बस्ती सोनादह।
    ~<•>~
    [२१]
    यताउता हेर्छु सबैलाई आफ्नै ठान्छु यो सेरोफेरो
    आखिर विश्वास लायक कोही छैन संसार अँधेरो ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    ~<•>~
    [२२]
    तितो टर्रो बोले पनि भित्री गुण होला
    किन यस्तो भयो बुझ्नु नत्र मन रोला ।
    ✍️सतीश पण्डित
    चुँदी तनहू
    हाल चनपा ६ काठमनडौ।
    ~<•>~
    [२३]
    बिहेको चर्चामा समय गयो
    भनेको जस्तै न त उस्तो भयो ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [२४]
    नबोली ढालिदिन्छौ शक्तिशाली मोरा
    आरोप बुहारी, काम बिगार्ने छोरा ।
    ✍️ पुष्पा राई, बादेल, खाेटाङ ।
    ~<•>~
    [२५]
    ससुरा त तै विसेक हुन् अझ कडा सासू
    तिनकी छाेरी झनै कडा खान्छे मेराे मासु ।
    ✍️भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [२६]
    ओठभरि तिमी तेल दलेर बोल्छौ
    मनै जलाउने गरी भत्भती पोल्छौ ।
    रमेश दियाली
    सिटोंग खरसाङ दार्जिलिङ।
    ~<•>~
    [२७]
    अगाडि त ठिक्क पारी पछाडिबाट हान्छन् गोली मुटुभित्र बिझ्ने गरी जवाफ दिने कस्तो बोली ?
    मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    ~<•>~
    [२८]
    लुते जिब्रो हजुरको रैछ छुरा
    छातीभरी बटुलेछु मैले कुरा ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    ~<•>~
    [२९]
    रुप देख्दा अप्सराको उतैतिर धायौ
    बोली सुन्दा छुराजस्तो बल्ल थाहा पायौ ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    [३०]
    आगो खाई अङ्गार थुक्ने सासू रैछिन् बाई
    छोरी पनि उत्तिकै आगो पोल्छ आफैँलाई !
    ✍️विवश पारदर्शी
    झापा
    ~<•>~
    [३१]
    नगरी काम भाग हेर्छौ धेरै
    र भन्छौ भएको सम्पूर्ण मेरै !
    ✍️आर्त अकुलीन
    ~<•>~
    [३२]
    कुरा बुझ्ने कोही नि छैन सधैँ मेरा मनका
    ऐसेलु काफल खाए गुनाले पारी बनका ।
    ✍️कृष्ण धामी – बझाङ
    ~<•>~
    [३३]
    अब त जिब्रो पनि बाक्लो भयो होला दाँत पनि झर्नुपर्ने
    भुँडी फुलेर घ्याम्पो जत्रो रोग लागेर ओछ्यान पर्नुपर्ने ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [३४]
    अहङ्कारी नबनेर बसे हुन्थ्यो बुवा
    सुती बस्नु खान दिन्छन् बुहारीले खुवा !
    ✍️कमला देवकोटा, पाल्पा
    [३५]
    छुराभन्दा धारिलो हुन्छ मुटु छियाछिया पार्ने बोली
    त्यसताका सामु नपर्नु जाती बेकार जोखिम मोली ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३६]
    राम्रो भए नाक फुर्क्याउने काम बिग्रिँदा दोष अर्काको छोरीलाई
    खान पाउनु केही छैन, दोष मात्र ? यसैले पारा चढ्यो मोरीलाई ।
    ✍️मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [३७]
    सधैँ केही नबोली तिम्रो हैकम सहनु पर्ने कुरा
    बोल्यो भने तिम्रो मुटु खाने भन्छौ जिब्रो भयो रे छुरा ।
    ✍️सुशीला थापा
    निष्ठुरी
    ~<•>~
    [३८]
    अब खुसी पारेभन्दा मैले उल्टै गाली खाएँ
    खाली गाग्री भर्नलाई तालभित्र कति धाएँ ।
    ✍️हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान
    ~<•>~
    [३९]
    छोरीलाई चलाख बनाउन धार नलगाए कसलाई पो लगाउनु
    प्रत्येक आमाबाबुको कर्तव्य हो आफ्ना छोरीलाई पनि बाठो बनाउनु !
    ✍️पवन कुमार बुढाथेाकी
    ~<•>~
    [४०]
    सिकाएको छु अन्यायसँग लड्नुपर्छ छोरी
    मुखभरिको जवाफ दिनु खोज्नेलाई जोरी !
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [४१]
    चलन पनि कस्तो आयो अरूको कुरा सुन्दै नसुन्ने
    राम्रो के हो, नराम्रो के हो ? खै केही पनि गुन्दै नगुन्ने ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [४२]
    यहाँ जति नबोल्यो उति छुचो बनाइन्छ
    छोरी दास नै ठान्ने, यसै लक्ष्मी जनाइन्छ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४३]
    जोडिएका नाताहरू त्यसै खासा कहाँ हुन्छन्
    आज्ञा शिरोपर नगर्ने मात्रै धुरुक्क रुन्छन् l
    ✍️बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [४४]
    बिचराको नाउ बेचेको हरेक क्षेत्र देखेँ
    अनेक भोगे अनेक देखे कवितामा लेखेँ ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    [४५]
    अलिकति खुसी देखियो तिम्रो त्यो आँखामा
    कुन्नी के के थियो खै नबुझिने त्यो भाषामा ।
    ✍️रघु थापा, सु न पा .१.
    ~<•>~
    [४६]
    बुहारीलाई पनि छोरी झैँ ठाने स्वर्ग जस्तै हुन्छ घर
    सासूससुरा ठाने आमाबाबु बुहारीलाई के को डर ?
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ हाल,काठमाडौ ।
    ~<•>~
    [४७]
    आफैँदेखि दुःखी छु म कसैलाई रुवाउँदिन
    गहमै सुकोस् आँसु तर कहिल्यै चुहाउँदिन।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ~<•>~
    [४८]
    गरीब भनेर नगरौँ हेला
    पर्नेछौ तिमी एकदिन फेला !
    ✍️रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ~<•>~
    [४९]
    रुखो बोली नबोल ससुरा
    सोचेर सधैँ गर्नु है कुरा ।
    धनुष न्यौपाने यात्री
    जुम्ला
    ~<•>~
    [५०]
    मान्छेमा म सौखिन जात
    चल्छ जिब्रो चल्दैन हात ।
    ✍️विके माकजू , भक्तपुर ।
    ~<•>~
    [५१]
    असत्य जति नै लुकाइहाल्छे, चर्को कराएर
    सिद्दियो भन्छे पठाएको पैसा, जम्मै हराएर।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [५२]
    जति राम्रो गरे पनि दिने दोष मात्र
    यस्तै हुन्छ कलियुगको संसारी पात्र।
    ✍️अरुण कुमार भुजेल
    गोरू बथान, कालिम्पोङ,भारत।
    ~<•>~
    [५३]
    कहिलेकाहीँ बोल्नैपर्ने आउँदोरहेछ दिन
    अन्याय नसहँदा तिमी चोथाले भन्छौ र किन ?
    ✍️गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~
    [५४]
    बोल्नु पनि कसरी ? तेरो त मुखै वैरी भन्छन्
    काम फत्ते गर्नु पहिले, हातमा पैसा गन्छन् ।
    ✍️Shukra Raj Kunwar
    ~<•>~
    [५५]
    इमान्दार बाहिरबाट भित्र मान्छे जाली
    कामकुरा चैँ एकातिर गफ चुट्ने खाली ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~<•>~
    [५६]
    दिनैभरि फेसबुक, टिकटक कुरा गर्छौ रातमा रिस लाउछ हेर म बुढाको कोही नहुँदा साथमा । ✍️सबिता खड्का कैलाली
    ~<•>~
    [५७]
    निको नै नहुने पीडा दिने वचनको छुरा
    सम्बन्धलाई पलभरमा बनाउने झुरा ।
    ✍️संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    [५८]
    म पनि ससुराको छोरी भन्दै जिस्क्याउन गएको
    थाहा पाइनँ उनको अचेल जिब्रो छुरा भएको ।
    ✍️ललिता गिरी सिन्धुली
    ~<•>~
    [५९]
    सत्य काम कुरा गरिएन हिजाे अस्ति कहिले
    जताततै गर्न थाले छि: छि: दुर दुर अहिले ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६०]
    राम्रो मुखले भन्यो भने त मान्दै नमान्ने
    हपार्नतिर लाग्दाखेरि भन्छन् खुब जान्ने ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [६१]
    तलाउ चलाई दिन्छन्
    माछाको हुर्मत लिन्छन् ।
    ✍️चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके
    ~<•>~
    [६२]
    मुटुमाथि ढुङ्गा राखी हाँसेको छु अहिले
    आफन्तको शिकार थिइनँ म त पहिले ।
    ✍️नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर । हाल एनेलकुटी, सिरहा ।
    ~<•>~
    [६३]
    कहिलेकाहीँ कसैको बोली
    बन्न पुग्दछ फलामे गोली ।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [६४]
    बुहारीलाई पनि दिनुपर्छ छाेरीकै दर्जा
    कर्तव्य ठान्नुपर्छ हामीले नमानेर कर्जा ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ , साँगा बजार।
    ~<•>~
    [६५]
    बाहिर एउटा भित्र भित्रै हुन्छ मान्छे जाली
    काम केही छैन् भाषण मात्रै गर्छन् ठुला खाली ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~<•>~

    Leave a Reply