
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ६६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

प्रतिनिधि टुक्का- १३३~<•>~
माया गर्थेँ भित्रभित्रै आफूभन्दा धेरै
अर्कैले सिउँदो भर्यो आँखा अघि मेरै ।
वसन्त अनुभव~<•>~
[१]
एउटा थियोे साथमा जगेडामा दुईचार
यत्ति गर्न नसके त यो जवानीको के सार ?
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ~<•>~
[२]
माया मात्र गरेँ तर हत्ते गरिएन
आफ्नाे भाग्य थिएन सिउँदाे भरिएन ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी ।~<•>~
[३]
हिम्मत भए देखाउन आफ्नो कर्म गरेर
लोकचार किन गर्छौ जनताको साम्ने धेर !
✍️ बेदु न्यौपाने~<•>~
[४]
भन्नलाई त भन्ने गर्थ्यौ माया गर्छु भनी
गर्न पाइन माया कस्तो महसुस पनि ।
✍️ मन्दिरा सेढाई मलेखु,धादिङ~<•>~
[५]
छ नै के बाल आजभोलि सिन्दुर चुरी पोतेको
हिँंड्छ्न् लुकीछुपी विदेशमा श्रीमान छ जोतेको !
✍️ इन्दु श्रेष्ठ,चितवन~<•>~
[६]
आफ्नै पनि थियो मायाको मूल बन्ने रहर
खडेरी पर्यो मनमा सुकेर बन्यो बगर।
✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८~<•>~
[७]
सिउँदो भर्ने भनेर कत्ति गरिछ्यौँ हत्ते
दिएको काम कहिल्यै गरेकीछ्यौँ र फत्ते?
✍️वअर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।~<•>~
[८]
तिमीलाई माया गर्छु भन्न सक्नुपर्थ्यो
पछुताई आज आई आँसु किन झर्थ्यो ?
✍️ सरिता सेढाई धादिङ~<•>~
[९]
खुट्टा भए पाइएला नि जुत्ता थरी थरी
रुन नपरोस् टाउको समाइ घरि घरि ।
✍️ सतीश पण्डित
भानु६ चुँदी तनहूँ
हाल चनपा ६ मातातीर्थ~<•>~
[१०]
चोखो प्रेमको नाटक गरी हिस्सी काली मोरीले
आखिर मलाई पाइहाली ससुराकी छोरीले ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ~<•>~
[११]
माया त गरेकै हो मैले आफूलाई भन्दा नि धेरै
अर्कोलाई अङ्गालो हाले पछि कसरी भनौँ मेरै ।
✍️ शंकर कार्की,मकवानपुर।~<•>~
[१२]
कसरी जिवित रहुँला सम्बन्ध फटाएर
बस्नुपर्छ अन्तिम गन्तव्यसम्म रमाएर ।
✍️ कला ढकाल झापा~<•>~
[१३]
फूलले फूललाई मन परायो
आखिर समयले टाढा गरायो !
✍️ आर्त अकुलीन~<•>~
[१४]
दायाँबायाँ माया गर्नेछन् यहाँ कति कति
एउटीले भन्दा अरूले त भन्दैन्न पति।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।~<•>~
[१५]
आभास हो प्रेम त होइन मुखले बोल्ने कुरा
छाडी गयो बैगुनीले मनमा चलाएर छुरा ।
✍️ दिपा तिम्सिना
ईलाम~<•>~
[१६]
लगाइरहे सधैँ मैले एकोहोरो माया
म जस्ता धेरै रहेछन् उसको दायाँबायाँ !
✍️ विवश पारदर्शी
झापा,~<•>~
[१७]
गर्नलाई त माया गरेँ वाचा कसम गरेर
तर सिउँदो अर्कैले भर्यो विश्वासमा परेर ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹~<•>~
[१८]
स्वार्थी संसारमा मायाको लाग्छ धेरै बजार
भेटिन्छ जिन्दगीमा मन पराउने हजार ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।~<•>~
[१९]
देखावटी तिम्रो माया भित्रभित्रै रहेछाै नि जाली
कहिलेसम्म राखुँ मैले तिम्रो लागि सिउँदाे खाली ।
✍️ भवानी पाेखरेल(बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु~<•>~
[२०]
चोखोमाया गरेकी छु भन्थी पराइ भई
मुटुमा नमेटिने दाग बसाएर गई ।
✍️ बिके मुखिया
दार्जिलिङ, भारत।~<•>~
[२१]
एकोहोरो अव्यक्त प्रेम आफैँ भित्र रह्यो
सिउँदो भर्यो अर्कोले मुटुले ब्यथा सह्यो।
✍️ सुस्मिता अधिकारी ,काठमाडौँ~<•>~
[२२]
मनको मान्छे तिमी कति टाढा भयो
मलाई भुली कतै पर चाँडै गयो।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ~<•>~
[२३]
सधैँभरि नछुटोस् माया भनी बसेको छु जपी
उता भने अर्कै खेल रहेछ, गयौ पिर थपी ।
✍️ प्रेम थापा “मन”बागलुङ~<•>~
[२४]
स्वार्थी रहेछन् उनीहरू त अब कसो गरूँ
अन्योल भो हजुर मलाई न बाचूँ न मरूँ ?
✍️ नील हरि काफ्ले
सिन्धुली हाल काठमाडौँ~<•>~
[२५]
कति धेरै माया गर्थेँ निष्ठुरीलाई मैले
आखिरमा छाेडी गयाै धाेका दियाै नि ऐले ।
✍️ उर्मिला के.शी.
धनकुटा~<•>~
[२६]
चोखोमाया कलियुगमा एकादेशको कथा बन्छ
जसलाई गर्यो माया आखिर उसैले खेदो खन्छ ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ~<•>~
[२७]
काम सकिएपछि भनेर के पो होला
अब हिँडे हुन्छ हजुर बोकेर झोला ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा- ६ संखुवासभा ।~<•>~
[२८]
चन्द्र हेर्दै रात त्याे बित्दछ आँगनीमा टाेलाएर
चिना खाेल्छु तिमीलाई पाउन ज्याेतिष बाेलाएर ।
✍️हिरालाल न्याैपाने, बानपा ८, काेटमाैला, सल्यान~<•>~
[२९]
सच्चा मायाको जगतमा नहुने नै भयो जतन
जसरी मुनाकै यादमा कल्पिएर मरे मदन !
✍️ बि.कुलुङ
दार्जिलिङ रंगबुल~<•>~
[३०]
मेरो माया तिमीलाई पचेन रे भन्थे
माया किन्दै बेच्ने तिमी,अरूले के गन्थे ?
✍️ ध्रुव श्रेष्ठ
खोटाङ हाल काठमाडौ ।~<•>~
[३१]
पिरतीको छायामा बसी चोखो माया मैले दिए
छोडेर गयौ निष्ठुरीले आज आँसु मात्रै पिएँ ।
✍️ मन्जु जोशी
डीलासैनी ५ बैतडी~<•>~
[३२]
त्यति धेरै माया पाउनु भाग्य हो मेरो
किन खै निस्किएन तोडी मनको घेरो ?
✍️ दीपा समभाव
खोटाङ्ग~<•>~
[३३]
माया कै पछि लागेर हो, गयो जोवन खेर
बुढेसकालमा आँखा खुले उमेर भो धेर ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाइ ४ झापा~<•>~
[३४]
मैले पनि तिमीलाई नै धेरै माया गरे
देखाउन नजाने रै दोधारमा पो परे ।
✍️ सुशीला शिखा
काठमाडौं कागेश्वरी~<•>~
[३५]
निमुखाले धोका खान्छ बिग्रिन्छ है पारा
हाने मर्छ बोले टर्छ भन्छन् लोक सारा।
✍️ रामशरण न्यौपाने, भक्तपुर~<•>~
[३६]
सिन्दुर मेरो लाएपछि, तिमीले पैसा माग्यो
मरुभुमिको देशबाट, पैसा पठाए भाग्यो ।
✍️ एवाइ प्रभात
सहिदभुमि धनकुटा~<•>~
[३७]
माया गरेको
धोका भरेको !
✍️ नागेन्द्रप्रसाद यादव , दाङ~<•>~
[३८]
तिमीलाई माया गर्दागर्दै जिन्दगी नै भयो आधा,
मेरो जीवनको यात्रामा तिम्रो माया नै भयो वाधा।
✍️ रमेश दियाली
सिटोङ्ग खरसाङ दार्जिलिङ।
[३९]
एउटै बन्धनमा बाँधिने भाग्यमानी जोडी
नियतिमा नहुने सम्बन्ध जाने रैछन् छोडी ।
✍️ संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौं
[४०]
एउटीलाई माया गरेको भए त ! पछुताउनै पर्दैन
विश्वास गरि नभड्के तिम्रै हो सिन्दुर अरुतिर सर्दैन ।
अम्बिका अधिकारी
झापा बिर्तामोड~<•>~
[४१]
चोखोमाया गरेँ मैले उसकै भर परेको
उसले त रहेछ मायामा नाटक गरेको ।
✍️ अनिता भण्डारी ताप्लेजुङ~<•>~
[४२]
बुढो प्रदेश बुढी यता एक्लै बस्छिन् घर
घर गरेर बस्लान् भन्ने छैन खासै भर ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची~<•>~
[४३]
निको चालको देखिएन माया गर्ने छाँट
साँचो माया भए गर्थ्यौ सिउँदो भर्ने आँट ।
✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ
[४४]
चोखो छ माया भन्थ्यो नि बरै मनमा लेखियो
बाचा कसम भाँडमा जाओस् भन्ने पो देखियो ।
✍️रचना शर्मा प्रतीक्षा~<•>~
[४५]
माया गर्छु भन्नेको पनि निको छैन चाला
एकपछि अर्को चुनेर टाँसिहिँड्छ गाला ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे~<•>~
[४६]
राम्रो केही साच्नु हुन्न संसारमा टिपी दिन्छन् फूल
असल जति लान्छन् त ढिला गरी नगर्नु है भूल ।
✍️रामप्रसाद पुरी बादेल, खाेटाङ ।~<•>~
[४७]
माया गर्थे कति खै बुझ्न सकेनौ कहिल्यै
तिमी आउने बाटो कुरेर बस्थे जहिल्यै ।
✍️शोभा आचार्य गौतम
काठमाडौँ~<•>~
[४८]
तिम्रो र मेरो भाग्यमा लेखेको रहेछ यस्तै
एउटा नदीका यी दुईवटा किनारा जस्तै।
✍️ज्ञानबहादुर क्षत्री
सन्धिखर्क – २, अर्घाखाँची।~<•>~
[४९]
तिम्रो माया काम लागेन छैन रहेछ दाम
धन विनाको केटा मलाई काम छैन राम ।
✍️विके माकजू , भक्तपुर ।~<•>~
[५०]
निष्ठुरी अधर्मीले बुन्यो जाल, मलाई छोडी अन्तैतिर ।
मर्नु न बाँच्नु बनायो, उसैको यादमा भा’छु पिरैपिर !
✍️कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ~<•>~
[५१]
हामीलाई छुट्टाउनु यो समाज लागिपर्यो
के गर्छौ तिमीले भर्ने सिउँदो अर्कैले भर्यो ।
✍️प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत~<•>~
[५२]
बच्चाको आमा उसकै बन्नेछिन् भोलि
तिमी बस बगाउँदै आँसुको खोली ।
✍️पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके।~<•>~
[५३]
एकतर्फी मायाले हुन्न प्रस्ताव राख्नुपर्छ
सिन्दुर कसको लाउने उसैले निधो गर्छ।
✍️अरुण कुमार भुजेल~<•>~
[५४]
माया भन्ने के रहेछ पिरतीकाे खेल
माया माया भन्दाभन्दै नगर है झेल !
✍️शालिकराम दाहाल~<•>~
[५५]
आफ्नै घर जलाएर कैयौँ यहाँ आगो निभाउन पुगेका कथा लेखेँ
आफन्त चिन्नै छोडे यो भिडमा यस्ता थुप्रै जीवात्माहरू घुमेको देखेँ ।
✍️अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।~<•>~
[५६]
मनभित्र तस्बिर सजाएर तिम्रै यादमा पर्खिरहेँ
आएनौ कति निष्ठुरी रहेछौ तिम्रै यादमा तड्पिरहेँ ।
✍️गंगाराम यादव
औरावनी २ सुनसरी~<•>~
[५७]
म परदेश आएँ लाखौँलाख ऋण मागेर
उसले सोचेछन् पिँजडाको फुत्कियो भनेर ।
✍️भुपेन्द्र राना मगर
धादिङ~<•>~
[५८]
जति गर्छु माया झनै उति गर्छाै हेला
गर्नुगर्याे असत्तीले अब पर्ला फेला ।
✍️हरिगाेपाल प्रधान
काभ्रे, बनेपा १४ साँगा धजार।~<•>~
[५९]
भित्रभित्रै माया गरे दुःख हुने भयो
आज हेर अर्कैले सिन्दुर भरी गयो ।
✍️धनुष न्यौपाने यात्री
जुम्ला~<•>~
[६०]
दुईवटा मन मिले हुने रहेछ माया
तेस्रोको दखल भएमा नै पर्दछ छाया ।
✍️कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी~<•>~
[६१]
मुटुमा सजाए जसलाई उसैले दियो मर्म
सिन्दुरपोते पराइको लगाई नमानी शर्म ।
✍️ रुना कर्माचार्य दाहाल ,चितवन~<•>~
[६२]
मनमा माया थियो भने पहिला भन्नुपर्थ्यो
समयमा नै सोचेको भए किन आँसु झर्थ्यो ।
✍️बाबुराम गौतम, गुल्मी~<•>~
[६३]
तीरजस्तै तिखाे रहेछ उनकाे नजर
पहिलाे भेटमा बाध्य पारिन् चुम्न अधर ।
✍️प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।~<•>~
[६४]
रहर सबै मारियो उसकै लागि कल्कलाउँदो जवानीमा
मेरो बाध्यता नहेरेर रोइरहने बनायो जिन्दगानीमा ।
✍️चुडामणी देबकोटा
चनपा१३ काठमाण्डौ~<•>~
[६५]
मायाप्रीति आजभोलि हुन थाल्यो खेल
सिन्दुरको धर्का बिच देख्छु नौलो झेल ।
✍️महेन्द्र मान बलामी
दक्षिणकाली न.पा-९ फर्पिङ ,काठमाडौँ ।~<•>~
[६६]
अलिक भिन्न देखिँदाे छ पिरतीकाे जात्रा
भेट्ने छुट्ने क्षणभरमा नमिलेमा मात्रा ।
✍️रामकृष्ण दुवाडी
पाेखरा~<•>~
[६६]
भित्रभित्रै माया लाएको उसले पछि चाल पाइन्
सम्झी सम्झी याद गरेर कठै विरह गीत गाइन् ।
✍️मोती योन्जन, सुब्बा
दार्जिलिङ निमकी डाँडा भारत।~<•>~