
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १४९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१]
सिकारी
बन्दै सिकार
यही वास्तविक संसार !
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२]
सिकारी
धर्तीकाे भार
कहलिन्छ नरक यादगार ।
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।।
[३]
समय
घुम्दैछ चक्कर
सिकारीलाई दिँदैछ टक्कर ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
शरीर
बाँचुन्जेल शिकार
मृत्यु परान्त बेकार !
✍️ रमा पन्त पाल्पा
[५]
सिकारी
खेल्दै सिकार
समयको चक्र विस्तार !
✍️ बेदु न्यौपाने
[६]
शिकार
कहिलेकाहीँ भइदिन्छ
साह्रै नै धिक्कार !
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा ।
[७]
उफ्
प्रकृतिको नियम
आलो पालो सबैको ।
✍️ ध्रुव श्रेष्ठ
खोटाङ,हाल काठमाडौँ ।
[८]
नियति
आजको शिकारी
भोलि शिकारको तयारी ।
✍️ घनश्याम पौडेल,पोखरा
[९]
कमिलो
छैन सहारा
शिकारीको बन्यो आहारा !
✍️ सरिता सेढाई, धादिङ
[१०]
शिकार
गर्छ जसले
उही पर्छ फन्दामा।
✍️ देवी पन्थी
[११]
समय
एकै हुँदैन
यति मन रुँदैन ।
✍️ तेजप्रसाद खनाल
लमही दाङ।
[१२]
निर्धो
बलियाको आहारा
दैवकै प्रबन्ध होला !
✍️ पुष्पाशायरा । विराटनगर
[१३]
निर्धो
नठान्नू कसैलाई
एकतामा आहारा बनाई !
✍️ भगवती दवाडी
[१४]
काग
प्राणीको अस्तित्व
बनाउँदैछन् मानिसले खाक !
✍️ दीपा समभाव
[१५]
शरीर
सबैको मर्छ
पालैपालो पेट भर्छ,
✍️ भुपेन्द्र राना मगर, धादिङ
[१६]
पर्यावरण
भोकको आगो
जे भेटिन्छ खाको !
✍️ सविता के.सी.
[१७]
कमिलो
बन्दैछ सिकार
खोज्यो देशले बिकार !
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[१८]
सिकारी
हेर्दै दाउ
माउ बचेरा खाउ !
✍️ धनमाया चौधरी कैलाली
[१९]
सिकारी
हुँदैन विचारी
मुखमा रगतकाे स्वाद !
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे।
[२०]
शून्य
क्षणिक जीन्दगी
एक मुठी खरानी !
✍️ हिमाल अम्मै
घोडाघोडी कैलाली
[२१]
चरी
पेटकै खातिर
जीवनको बाँधमा ज्यान ।
✍️ प्रेम थापा “मन”बागलुङ
[२२]
ध्यान
एकाग्र चित्त
आहाराकाे खाेजिमा लिप्त ।
✍️ भवानी घिमिरे
सर्लाही ।
[२३]
प्राणी
छन् परनिर्भर
जिउने एक आधार !
✍️ बुद्धिप्रासाद लामिछाने ,कैलाली
[२४]
धिक्कार
साना जीव
ठुला जन्तुको सिकार ।
✍️ विवश पारदर्शी
झापा
[२५]
भोक
पेटमा आगो
खानलाई मन जाग्यो।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
[२६]
सिकार
गर्नु धिक्कार
संरक्षण गरौँ चराचर ।
✍️ केन्द्रप्रकाश बराल ,इलाम ।
[२७]
अधिन
जीवन्त सिकार
वृद्ध अवस्थामा पराधिन !
✍️ कमला देवकोटा, पाल्पा
[२८]
चक्र
घुमिरहेको हुन्छ
पालोको पैँचो तिर्छ ।
✍️ पृथक प्रकृति ,झापा
[२९]
जीवन
चक्र हाे
घमण्डको खति हाे ।
✍️ ढकाल कविदत्त
[३०]
धन्दामा
जाे शिकारी
उहीँ पर्ला फन्दामा ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[३१]
शिकारी
आफैँ भुक्तभोगी
कोल्टे समयको परिणाम ।
✍️ डल्लेभाई लेपचा
डुपटिन भारत।
[३२]
बुझिन्न
कुरा खास
मान्छे समयको दास ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[३३]
आहारा
भर्नलाई पेट
खोज्दै छ चरो ।
✍️ अनिता भण्डारी ताप्लेजुङ
[३४]
प्रकृति
सबैको पालो
हिजो आज भोलि !
✍️ सीता रिजाल
[३५]
सिकारी
गर्दै सिकार
भयो जिन्दगी बेकार ।
✍️ सुरेश न्यौपाने
[३६]
प्रकृति
बुझ्नै नसकिने
देखेर उसको आकृति !
✍️ नागेन्द्रप्रसाद यादव —
[३७]
चरा
प्रकृतिको उपहार
लोपोन्मुखको गर्नुपर्छ स्याहार ।
✍ नन्दलाल आचार्य
एनेलकुटी, सिरहा
[३८]
समयचक्र
प्रकृतिको नियन्त्रण
एक अर्कोमा निर्भर ।
✍️ नारायण प्रसाद उपाध्याय , कैलाली ।
[३९]
सिकारी
बन्ने सबै
छुट्दैनन् सिकार नभई !
✍️ निरज कोइराला
[४०]
प्राणी
खानाकाे खाेजी
जीवन जिउने आधार !
✍️ सुरेश चन्द्र घिमिरे
[४१]
भोक
सङ्घर्षशील जीवन
चरी डुल्छ रनबन ।
✍️ शारदा आचार्य
ललितपुर !
[४२]
आहार
पहिला उसको
आउँछ पालो त्यसको !
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[४३)
सिकारी
खेल्दैछ सिकार
हत्या गर्नु धिक्कार !
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर ।
[४४]
घुमिरहन्छ
चर्खा जिन्दगीको
आउँछ पालो सबैको।
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[४५]
अहङ्कार
भित्रको विकार
आफैँ बनेछौ शिकार ।
✍️पशपती राई खोटाङ ।
[४६]
शिकार
कमिलो, चरो
बन्दैछ एकार्काको आहार।
✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
[४७]
सिकार
कमिलाकाे सार
चरीलाई ठूलो मार !
✍️ श्रीकृष्ण धामी – बझाङ
[४८]
समय
निरन्तर गतिशील
परिवर्तन जीवनको चक्र ।
✍️ सरस्वती वली
[४९]
सिकार
कागकाे आहार
ठुला जीवलाई धिक्कार !
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही
[५०]
आलोपालो
उकालो ओरालो
एक जीवनचक्रको सङ्गालो !
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान
[५१]
शिकारी
चिन्न गाह्रो
कहिले बन्छन् शिकार ।
✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
[५२]
सिकारी
नगरी विचारी
जीवन मृत्यु स्विकारी !
✍️ आर्त अकुलीन
[५३]
आहारा
निर्धाको ज्यान
बलियाले लिन्छ प्राण ।
✍️ ऋजु दिल्पाली , ईटहरी १ सुनसरी ।
[५४]
शाश्वतम्
जिवो जिवस्य
केवलं जिवनं सत्यम् ।
✍️ पं ज्यो. तोयनाथ सुवेदी ,हेटौंडा -८ ,कमाने।।
[५५]
जीवन
समयकाे खेल
शिकारी आफैँ सिकार ।
✍️ टीकाराम जाेशी, टीकापुर।
[५६]
जीवनचक्र
जन्मेको चरा
मरेपछि कमिलाकाे आहरा !
✍️ श्रद्धा आचार्य , पोखरा
[५७]
पालो
प्रकृति नियम
अघि पछि भेट ।।।
✍️ घनश्याम पौडेल
गौरीगंगा -९, कैलाली
[५८]
समय
अनन्त गतिशिल
निर्बलताको पनि सुदिन ।
✍️ राजाराम रत्गैंया, अमौरा कैलाली।
[५९] –
चरी
हरे ! विचरी
सिकारीको सिकारमा परी ।