साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५३ सम्पन्न

  • १७ बैशाख २०८१, सोमबार १७:३१ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    तुलो
    मापनको साधन
    जिम्मेवारी छ ठुलो !

    • वसन्त अनुभव
      [२]
      तुलो
      इतिहासको पाटो
      आधुनिकताले मेटाएको बाटो !
    • संगीता खरेल
      चन्द्रागिरी-८, काठमाडौं
      [३]
      तुलाे
      जाेख्ने सबै
      दलित अछुत नजाेख्ने !
    • भाेलामान बर्देवा
      धरान-८, सुनसरी
      [४]
      जाेखाैँ
      उठाउ तुलाे
      कस्काे माया ठुलाे ?
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [५]
      तुलो
      तौलेर बराबर
      फरक पर्दैन सानोठूलो !
    • गुणनिधि घिमिरे, अमेरिका
      [६]
      तुलो
      समाजको आधार
      गर्छ सम्मान व्यबहार !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [७]
      तुलो
      हराएको साधन
      सम्हालौँ, देखाऔॅं आफ्नोपन !
    • म्यामराज राई, भोजपुर
      [८]
      तुलो
      धार्नी बिसौली
      काम थियो ठूलो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [९]
      तुलो
      पूर्खाको चिनो
      थिएन त्यो सानोतिनो !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [१०]
      तुलाे
      देखिन्न ठुलाे
      चिर्थाे असमानताकाे कुलाे !
    • राेशन पराजुली, धरान
      [११]
      तुलो
      सामान जोख्ने
      जिम्मेवारी ठूलो छ !
    • अनिता भण्डारी
      [१२]
      तुलो
      लोपोन्मुख सामाग्री
      थियो उहिले नामी !
    • पृथक प्रकृति, झापा
      [१३]
      जोख्ने
      अलिकति पोख्ने
      धेरै थोरै भन्नेछ !
    • सविता के.सी.
      [१४]
      वजन
      नाप तौलको
      गरौँ श्रीहरिको भजन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१५]
      तुलो
      बग्ने गर्छ
      मन र कुलो !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [१६]
      तुलो
      जोगाऔँ बचाऔँ
      पारेर मन ठुलो !
    • विके माकजू, भक्तपुर
      [१७]
      तुलो
      समानताको लागि
      उपस्थित छ सदैव !
    • प्रेम थापा ‘मन’
      [१९]
      तुलो
      पुरानो दस्तावेज
      हाम्रो बहुमूल्य इतिहास !
    • डुकछिरिङ लेपचा
      मिरिक, भारत
      [२०]
      तुलो
      गलत भएमा
      परिणाम हुन्छ धुलो !
    • विवश पारदर्शी, झापा
      [२१]
      साधन
      तौल मापन
      मोडिन आफ्नै देशको !
    • चक्र शाही, लम्की, कैलाली
      [२२]
      तुलो
      एक प्रविधि
      पुर्खाको सौम्य सम्पत्ति !
    • आर्त अकुलीन
      [२३]
      तराजु
      न्यायको प्रतीक
      हाम्रो बाजे बराजु !
    • भवानी घिमिरे
      सर्लाही
      [२४]
      न्याय
      छैन तुलो
      त्यसैले भयो लुलो !
    • ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी
      [२५]
      तुलो
      पुर्खाको धरोहर
      बचाउनु हाम्रो सरोकार !
    • रघु थापा, सु न पा-१
      [२६]
      तुलो
      काममा तिनिक्क
      काम नहुँदा लुलो !
    • घनश्याम पौडेल, पोखरा
      [२७]
      तुलाे
      ताैल मापक
      ढक तराजुकाे अंश !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [२८]
      मापन
      दर्जा ठूलो
      हेर्दा सानो तुलो !
    • बेदु न्यौपाने
      [२९]
      तुलो
      लोपोन्मुख प्रविधि
      न्यायमा जोखिम लुलो !
    • काला देवकोटा, पाल्पा
      [३०]
      मौलिकता
      विधिलाई प्रबर्द्धन
      आजको प्रविधिमा रुपान्तरण !
    • पशपती राई, खोटाङ
      [३१]
      तौल
      मापन गर्नु
      छैन केही भर्नु !
    • नागेन्द्रप्रसाद यादव
      [३३]
      न्याय
      समानान्तर तुलो
      इमानदारिता सबैभन्दा ठूलो !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [३४]
      लिँडेशेर
      तेलको हेरफेर
      गर्थे पुर्खाले बेरबेर !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३४]
      पहाड
      सुन्दर नेपाल
      प्रकृतिले झन् सजिएको !
    • गङ्गाराम यादव
      औरावनी-२, सुनसरी
      [३५]
      देखाउनु
      नयाँ पुस्तालाई
      नापतौलका पुरानो प्रविधि !
    • समुन्द्रा शर्मा, सुनसरी
      [३७]
      तुलो
      जोख्ने तत्त्व
      गाउँघरमा अझै महत्त्व !
    • सरिता सेढाई, धादिङ
      [३८]
      तराजु
      जोख्ने काम
      यसको साथी ढक !
    • मङ्गला उपाध्याय
      [३९]
      तुलो
      प्राचीन साधन
      पुर्खाको चिनो जोगाऔँ !
    • सीता पाण्डेय मरासिनी
      उपल्लो तम्घास, गुल्मी
      [४०]
      तराजु
      मापन प्रविधि
      पापी मन दाजैको !
    • चेतराज जैशी, हाल: UAE
      [४१]
      तुलो
      होइन जिन्दगी
      नजोखौँ तुलोमा राखी !
    • नारायण कोइराला
      तानसेन, पाल्पा
      [४२]
      तुलाे
      काम ठूलो
      हिजोआज मित्रहरू भुलाे !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४३]
      तुला
      पुरानो प्रविधि
      सिकायो तौलन यसले !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४४]
      सन्तुलन
      बनाउन सक्लान्
      जनता अनि नेतामा !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४५]
      बेरबेर
      नापतौलका महत्त्व
      पुर्ख्यौली गर्थ हेरफेर !
    • सम्झना कुसुम
      [४६]
      तुलो
      जोख्ने वस्तु
      आजकल भेटिन्न गतिलो !
    • भगवती दवाडी, झापा
      [४७]
      तराजु
      अपार संस्कृति
      नापतौलको एक आधार !
    • कविता आचार्य, कैलाली
      [४८]
      तुलाे
      पुरानाे चलन
      हाम्राे पहिचान ठुलाे !
    • चन्द्रावती अधिकारी
      काेहलपुर, बाँके
      [४९]
      तराजु
      देखियो विज्ञानको
      मौलिक ज्ञान अज्ञानको !
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      हाल: एनेलकुटी, सिरहा
      [५०]
      तुलाे
      मापनकाे साधन
      डिजिटल युगमा प्रविधि !
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [५१]
      तुलो
      न्यायको प्रतीक
      न्यायालयलाई गर्दै खबरदारी !
    • तेजप्रसाद खनाल, दाङ
      [५२]
      कुरो
      तौलने हैन
      प्रणाली अवैज्ञानिक छैन !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, सप्तरी, नेपाल
      [५३]
      प्राक्
      मापनको माध्यम
      तुलो महत्त्व ठूलो !
    • तोयानाथ सुबेदी
      [५४]
      तुलो
      नापतौल भरपर्दाे
      जमाना आयो खरो !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [५५]
      तुलो
      प्राचीन मापन
      त्यस समयमा ठूलो !
    • मिलन के. सी.(थापा), पोखरा
      [५६]
      तुलाे
      जाेख्ने साधन
      कता हरायाे आजकल !
    • श्रद्धा आचार्य, पोखरा
      [५७]
      तुलो
      जसले समायो
      उसको हात लुलो !
    • डा. देवी पन्थी
      [५८]
      तुलो
      संस्कृतिको पहिचान
      नापतौलको मुख्य आधार !
    • सुरेश न्यौपाने
      [५९]
      तुलो
      पुरातात्त्विक यन्त्र
      बिलायो कठै आज !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [६०]
      तुलो
      हराएको मापन
      अझै छ आत्मियता !
    • गोपालप्रसाद पौड्याल

    Leave a Reply