साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १३ सम्पन्न

  • ४ बैशाख २०८१, मंगलवार ०७:३६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ४३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    नववर्ष नेपालीमा छायो
    गुराँसको बैँसालु जवानी
    उल्लासमय वातावरण बनायो ।
    २,
    चराहरूले चिरबिर गाए
    खुसी बाँड्न सबैतिर
    पालुवाहरू जगत्‌मा आए ।
    ३,
    वर्ष एउटा सकिन्छ
    दिन, बार, महिना
    पात्रो उही दोहोरिन्छ ।

    • म्यामराज राई

      १,
      छैन शान्ति मनमा
      पीडाहरूको अग्लो पहाड
      कष्ट छन् जीवनमा !
      २,
      भएन कहिल्यै सोचेजस्तो
      एकसाथ हजार काँडाहरूले
      लाग्छ बारबार घोचेजस्तो !
    • वसन्त अनुभव, घोराही, दाङ

      १,
      आयो नेपालीको नववर्ष
      पाखापखेरीमा गुराँस फुलेझैँ
      थपियोस् सबैमा हर्ष।
      २,
      वर्ष आउॅंछ बित्छ
      कर्म गरेको कुराले
      बल्ल आफूलाई जित्छ।
      ३,
      बिते हरेक दिन
      पात्रो मात्र नपल्टियोस्
      सम्झना आओस् हरछिन।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।

      १,
      नवीन वर्षको खुसीयाली
      वसन्तको बहारमा पलायो
      बनमा छायो हरियाली ।
      २,
      कोइलीले गीत गायो
      मिठास त्यो स्वरमा
      रुखमा हरियाली छायो ।
      ३,
      वर्ष एक सकिन्छ
      दिन, हप्ता, महिना
      पात्रो उही दोहोरिन्छ ।
    • बेदु न्यौपाने

      १,
      हिजोको दिन खेल
      आजको दिन बित्दै
      भोलिको दिन मेल।
      २,
      उषाको लालीसॅंगै हुर्केकी
      धमिलो वातावरणको हावाले
      निर्वस्त्रमै हेर फुर्केकी ।
      ३,
      धर्ममा मन लगाउनु
      बुद्धि आफैँ टप्किन्छ
      हृदयमा सत्यता जगाउनु ।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर

      १,
      आयो नयाँ वर्ष
      सबै नेपालीको मनमा
      बोकेर खुसी हर्ष |
      २,
      सत्बुद्धि सबैको पलाओस्
      रुखो तिखा वचनले
      कसैको मन नजलाओस् ।
      ३,
      भ्रष्टाचारको अन्त्य होस्
      देश विकास गर्नलाई
      पलाओस् जाँगर जोस् ।
    • सरिता सेढाई धादिङ

      १,
      गयो पुरानो वर्ष
      स्वागत नयाँ साललाई
      भरेर खुसी, हर्ष ।
      २,
      दु:ख पीडा जाओस्
      नेपालीको सबै घरघरमा
      हर्ष उमङ्ग आओस् ।
    • कला ढकाल झापा

      १,
      उल्लास उमङ्ग ल्यायो
      नयाँ वर्षले मलाई
      मनमा हुटहुटी जगायो ।
      २,
      परिवर्तनका खाका कोर्न
      सकूँ नयाँ वर्ष
      फोर्न होइन जोर्न ।
    • देव मगर, तिनाउ-१,कचल, पाल्पा

      १,
      आयो नयाँ वर्ष,
      रिस राग फालौँ
      भरौँ खुसी हर्ष।
      २,
      कठिनाइहरूको गर्दै सामना,
      भक्तिभाव मनमा राखेर
      सम्पूर्णमा उन्नतिको शुभकामना !
      ३,
      समय बदलिँदो पालुवा
      समयसॅंगै मानिस पनि
      एकदिन बन्छ बालुवा ।
    • दीपा समभाव, रावाबेशी, दुबेकोल, खोटाङ

      १,
      पुरानो दिन गयो
      नयाँ दिन आँउदा
      मन खुसी भयो ।
      २,
      रहोस् स्वच्छ भावना
      सबैमा नयाँ वर्षको
      सुख समृद्धिको शुभकामना ।
      ३,
      वसन्तको बहारमा पलायो
      हरियाली वन हुँदा
      कोइली खुसीले रमायो ।
    • राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

      १,
      फेरियो नयाँ वर्ष
      मनमा पिर पुरानै
      छैन कुनै हर्ष।
      २,
      घटेको छैन अत्याचार
      राजनीति विकृति मौलायो
      जनतालाई महॅंगीको भार ।
      ३,
      लाग्दै गरेको नववर्ष
      सबैको प्रगति होस्
      शुभकामना फैलोस् हर्ष ।
    • शंकर कार्की, मकवानपुर

      १,
      वर्ष भनेको फेरिन्छ
      मन मन्दिर मान्छेको
      के हुन्छ हेरिन्छ ?
      २,
      पोहोरको नववर्षमा भन्थ्यो
      आमूल परिवर्तन आउँछ
      औॅंला भाँचेर गन्थ्यो।
      ३,
      केवल बदलियो भाषा
      कामकाज उस्तै रह्यो
      कसरी गर्ने आशा।
    • घनश्याम पन्त

      १,
      हर्षले विभोर मन
      कसले पो जान्ने
      नभएको बेला धन।
      २,
      फेरिरहन्छ पलहरू यहाँ
      आउँछ होला मनहरू
      नयाँ सालमा जहाँ।
      ३,
      खुसी छु भेटेर
      हतार सबैलाई आफ्नो
      दिन गयो छुटेर।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      गजब रहोस् नववर्ष,
      हिमाल पहाड तराई
      फैलियोस् खुसी हर्ष।
      २,
      भुलुन् फूलमा मौरी,
      खेलौँला मायाको जुवा
      नयाँवर्षको दिउँला जितौरी।
    • होम प्र, नेउपाने, धरान,सुनसरी ।

      १,
      मनमा पिर भएमा
      प्रगति पनि रोकिन्छ
      एकार्कामा आघात रहेमा ।
      २,
      सक्दो सहयोग गर्नु
      तिक्तता सारा हटाई
      आपसी भर पर्नु ।
      ३,
      उमङ्ग नयाँ वर्षमा
      मन सफा गराई
      अघि बढौँ हर्षमा !
    • प्रेम थापा “मन”बागलुङ

      १,
      हर्षको पगरी गुथेर
      आएको नवीन सालले
      लैजाओस् दु:ख थुतेर !
      २,
      चुलीमा पुगून् उक्लेर
      हिजोका इच्छा अधुरा
      चाहना नझरुन् टुक्रेर !
    • नील हरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ)

      १,
      उत्साह ऊर्जाको विकास
      सकस नहोस् कसैलाई
      मिलोस् राम्रोसँग निकास।
      २,
      रुपान्तरण हुन्छन् चीजबीज
      प्रकृतिको नियम यही
      उदाहरण बिहानैको शीत।
      ३,
      समाजमा चल्ती परम्परा
      बदलिनु जरुरी देखिन्छ
      खल्बल्याउँदैछ मानवीय धरा।
    • पृथक प्रकृति ,झापा

      १,
      नयाँ पाठ पढाओस्
      नयाँ वर्ष एकासीले
      देशमा सद्भाव बढाओस्।
      २,
      बाधा सारा हटून्
      बनून् सबै उन्नतिशील
      मेलमिलापले काममा डटून् ।
      ३,
      सम्पन्न बनोस् देश
      उऋण भएर बाचौँ
      नरहोस् कसैको लेश !
    • विवश पारदर्शी, झापा

      १,
      नभुलौँ कसैले संस्कार
      पालना गर्नुछ हर्षले
      नववर्षमा मनका सदाचार ।
      २,
      सबैमा प्रसन्नता हुनुपर्छ
      नववर्षको मङ्गल कामना
      हर्षले शत्रुता धुनुपर्छ ।
      ३,
      प्रभुको माया अपरम्पार
      प्रेम साट्ने गरौँ
      किन काँडे तारबार ?
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १,
      नव वर्षको शुभकामना
      बाँडेर बाँचौँ मिलेर
      निस्वार्थ लिॅंदै मनकामना ।
    • मित्र कुमार आचार्य, काठमाडौं ,नेपाल ।

      १,
      छैन समय स्थिर
      अनित्य छन् सबै
      नमान्नु कुनै पिर !
      २,
      बदलिन्छ हर साल
      तर बदलिएन कहिल्यै
      हाम्रो देशको हाल ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      आयो नयाँ साल
      कर्मयोगी सपना सजाउने
      सुधार्ने हो चाल ।
    • नागेन्द्रप्रसाद यादव , दाङ

      १,
      चारैतिर हरियाली छायो
      हर्ष उमङ्ग लिएर
      नयाँ वर्ष आयो ।
      २,
      बितेका कुरा छोडौँ
      एकासी सालमा अब
      नयाँ काम जोडौँ ।
      ३,
      देशले प्रगति पाओस्
      प्रकृति प्रकोप अब
      कहिले पनि नाआओस् ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      लेख्यो शब्द रड्किन्छ
      अनगिन्ती प्रयास गर्छु
      मन त्यसै भड्किन्छ ।
      २,
      तिनजुरे कालिन्चोकका लालिगुराँसहरू
      ढकमक पाखाहरू यतिखेर
      एकासीले उडाओस् निरासहरू ।
      ३,
      असीका धेरै चाहनाहरू
      होऊन् एकासीमा पूरा
      झिल्काबाट फैलियोस् शुभकामनाहरू ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ

      १,
      लाग्यो नयाँ वर्ष
      मनाउ सबै मिली
      नजाओस् कतै हर्ष ।
      २,
      पात्रो फेरियो आज
      दिनहरू उस्तै छन्
      गर्नुपर्छ सधैँ काज।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा

      १,
      स्वस्थ रहोस् भावना
      वसन्तको यो अनुगमनसँगै,
      नयाँ वर्षको शुभकामना ।
      २,
      मनमा खुसी छाओस्
      नयाँ सालमा सधैँ
      हर्ष उमङ्ग आओस् ।
      ३,
      फेरिएको रहेछ साल
      हर्ष उल्लास आएपछि ,
      सोध्न पाए हाल।
    • श्रीकृष्ण धामी, बझाङ्

      १,
      नूतन वर्ष एकासीको
      शुभकामना छ सबैमा,
      मङ्गल होस् देशबासीको ।
      २,
      सबै सुखका भागी
      स्वस्थ शान्त सुन्दर,
      शुभकामना सबका लागि ।
    • शम्भु गजुरेल

      १,
      मनमा हर्ष छाओस्
      एकपछि अर्का गर्दै
      दुःख हटेर जाओस्।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी कोशी प्रदेश

      १,
      वसन्तमा फूल फुल्छ
      रमेर प्रेममा सबैको
      जीवन उमङ्गले झुल्छ।
      २,
      मुस्कुराउनु सक्नु पर्छ
      सङ्घर्ष जारी राखे
      विपत्ति आफैँ टर्छ।
      ३,
      केवल फूलमा डुल्छ
      रस बटुल्न सधैँ
      मौरी परीश्रममा भुल्छ।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ, भारत

      १,
      नयाँ वर्षको शुभकामना
      हर्ष, उमङ्ग जोसले
      काम गरोस् कामना ।
      २,
      सुखी जीवन बिताउनुस्
      काम हुनेछ राम्रो
      सबैको भलो चिताउनुस् ।
      ३,
      कसैलाई नलागोस् रोक
      सबैको उपचार होस्
      मेटिनुपर्छ सबको भोक ।
    • रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि

      १,
      ईशको कुरा खाएर
      लागेर धर्म कर्ममा
      प्रभुकै भजन गाएर !
      २,
      आएको नयाँ वर्ष
      विगतको पिर मेटाइ,
      मनमा छाएको हर्ष !
      ३,
      मनको हटाइ पिर
      जिन्दगी आत्मिक खुसीले
      शिखरझैँ उठाऊ शिर !
    • आर्त अकुलीन

      १,
      बिर्सिएमा आफ्नो कृति,
      लोप भइन्छ संसारमा,
      गिर्दै जान्छ मनोवृति ।
      २,
      आँट गरे पुर्याउने,
      ईश्वरले गर्छन् भन्छन्,
      टुक्का रहेछन् सुर्याउने।
      ३,
      नववर्ष फलोस् फुलोस्,
      नेपालीको मन मष्तिक,
      जसोतसो यही भुलोस्।।
    • मनोहरी पौडेल, गैडाकोट १

      १,
      वसन्त ऋतु सरी
      होस् जीवन सबैको
      परोस् आशाको झरी।
      २,
      लुट्नेको जमात हटोस्
      बनाउने बढून् अगाडि
      सत्यता मनमा अटोस्।
      ३,
      पछ्याई कर्मको बाटो
      फुलुन फूल बगैंचामा
      धन्य बनोस् माटो।
    • सुस्मिता अधिकारी ,काठमाडौँ

      १,
      कालो मेघको धमास
      रिसाउन जानिनन् प्रकृति
      चुटेर कोपिलाको नाश ।
      २,
      रामनवमीको छ शुभकामना
      देशमा शान्ति छाओस्
      यही मङ्गलमय भावना ।
      ३,
      राम नवमीको बेलामा
      दुर्गा पूजा उत्सव
      घुम्न जाऔॅं मेलामा ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा भारत

      १,
      आफ्नै पोसाक हुनुपर्छ
      सद्भाव र परम्परा
      बोली वचनले गर्छ।
      २,
      असल व्यवहार गरौँ
      यो नयाँ वर्षबाट
      मातृत्वको सरण परौँ।
      ३,
      बेलगाम भयो भ्रष्टाचार
      ठेगान लगाउनै पर्यो
      सुधारौँ आआफ्नो व्यवहार।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८

      १,
      आत्मीयता बचाउन सकियोस्
      मित्रताको सच्चा परिभाषित
      निस्वार्थपनले माया पोखियोस्
      २,
      हेर्नलाई ईश्वरको वरदान
      दृश्यालोकन गर्न उपलब्धि
      आँखा मानिसमा सम्मान ।
      ३,
      मनको उत्कण्ठा पखाल्न
      वैमनस्य नराखेको असली
      आपसी मतभेद निकाल्न ।
    • दिल ठकुरी, दार्जिलिङ

      १,
      नयाँ वर्ष आयो
      गाउँ सहर जताततै
      हर्ष उमङ्ग जगायो ।
      २,
      कुर्दाकुर्दै वर्ष सकिन्छ
      दिन फिर्लान् भन्दाभन्दै
      निमुखाको आशा मकिन्छ ।
      ३,
      वसन्तले ल्यायो बहार
      दुखियाको घर आँगनमा
      कहिले लाग्ला पहार ?
    • बाबुराम गौतम, गुल्मी

      १,
      बुझौँ जगत्ले सारा
      मिर्मिरे उज्यालो हुन्छ
      झरेपछि आकाशको तारा ।
      २,
      अहो ! षड्यन्त्रकारी चाल
      आफ्नो शिकार पक्रनलाई
      माकुरोले बुन्छ जाल ।
      ३,
      लाग्न छाड्यो आस
      नगर्दै केही प्रगति
      रोकिन्छ कि सास ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा

      १ ,
      शान्तिको गीत गाएर
      मनको मैलो धोऔॅं
      सबैतिर प्रीत छाएर ।
      २ ,
      भावना चोखो सजाऔॅं
      सृष्टि सर्वत्र फुलाई
      सुगन्ध सबैमा फैलाऔॅं ।
    • हरिगोपाल प्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार

      १,
      जब सहयात्री भेटिन्छ
      सुखदुःख एकार्कामा बताउँदा
      मनको पीडा मेटिन्छ ।
      २,
      व्यवहारमा इमानदारी भएकोले
      रुवाउॅंदैन कहिल्यै पनि
      हन्डर ठक्कर खपेकोले ।
      ३,
      मिहिनेतीले गर्दछ काम
      सुखदुःख खप्छ जिन्दगीका
      परिश्रमबाट कमाउँछ दाम ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा

      १,
      नववर्षसँगै हरियाली आयो
      फूलका बास्नाले वरिपरिका
      पुतली, मौरी रमायो ।
      २,
      उल्लाससँगै शान्ति आयो
      नारीको सम्मान चेतनाले
      नयाँ ज्योति जगायो ।
      ३,
      लहलह चारैतिर झुल्यो
      डाडैमा है गुराँस
      वनको रूपै खुल्यो ।
    • शशीश्री आचार्य

      १,
      तिमी नयाँ वर्ष
      काम गर्ने मान्छे
      पुरानै चलनले हर्ष ।
      २,
      काम गर्नेछन् कालु
      जन्तु कहिल्यै नअघाउने
      पाल्नु पर्नेछ भालु ।
      ३,
      बसाउन सकेनन् थिति
      वर्षौं बितेर गयो
      पुगेन कहिल्यै मिति ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ

      १,
      तिम्रो सहरमा धाउॅंला
      गाउॅं सुनसान भएछ
      चाहेको खुसी ल्याउॅंला।
      २,
      कानुन सानालाई भएछन्
      मान्नु पर्ने सबैले
      शक्तिमा मनपरी गरेछन् ।
      ३,
      गाउॅंमा सिट गन्छौ
      सहरमा मान्छे कोचेर
      फरक यसैमा भन्छौ ।
    • केन्टरमेश क्षेत्रीय, रोल्पा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Leave a Reply