साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ११ सम्पन्न

  • २२ चैत्र २०८०, बिहीबार १३:४८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ११ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ११ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-



    १,
    आइपुग्यो ऋतुराज वसन्त
    अनुपम बोकेर सौन्दर्यको
    रहिरहोस् रनबन अनन्त ।
    २,
    झोलाभन्दा ज्ञान घोके
    पेट पालिन्थ्यो आफैँ
    पार्टीभन्दा व्यक्ति बोके ।
    ३,
    लहडबाजीले ज्यान जान्छ
    परिवार ठुलो नठानेमा
    सपारभन्दा बिगारले तान्छ ।

    • म्यामराज राई, भोजपुर

      १,
      उमङ्ग खुसीयाली अनन्त
      भित्रिएको छ बोकी
      आहा ! ऋतुराज वसन्त ।
      २,
      कुहुकुहु वनमा कोइली
      रुखमा पलाए पालुवा
      झरेर पुराना ओइली ।
      ३,
      हेर्दै लोभलाग्दो मनोहर
      छ जताततै हरियाली
      साँच्चिकै प्रकृति सुन्दर ।
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ

      १,
      मनमा भावहरू आउॅंछन्
      हाँसो या रुवाइ
      पीडा पनि पाउॅंछन् ।
      २,
      नसालु स्पर्शमा बोल्छौ
      यौवनमै तिमी डुब्दा
      मझेरीको पर्दा खोल्छौ ।
      ३,
      राम्रोले पाठ सिकाउॅंछ
      फरक छुट्याउन तिमीमा
      अनुभवले ज्ञान दिलाउॅंछ।
    • केन्टरमेश क्षेत्रीय, रोल्पा

      १,
      कोरेका ती सीमारेखा
      गलत आफैँले तोडेर
      भोग्नुछ कर्मको लेखा ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

      १,
      सौन्दर्य वसन्त आगमन
      सुनमा सुगन्ध थपिॅंदै
      हरियाली मन झन ।
      २,
      वसन्तको बहार आयो
      दुःख पीडा भुलाएर
      मनमा खुसी छायो ।
      ३,
      कोइली गीत गाउँदै
      कुहुकुहु गरेर मिठो
      वसन्तको वनमा रमाउँदै ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम, (हाल भारत)

      १,
      खोक्रा भाषण गर्छौ
      जालझेलले चुनाव जितेपछि
      कुर्सीमा दङदास पर्छौ ।
      २,
      गर्छौ चिप्ला कुरा
      स्वार्थ पूरा नभए
      चलाउॅंछौ पछाडिबाट छुरा ।
      ३,
      एउटा कुरा सुन
      जसरी भए पनि
      छुनैपर्छ आकाशको जून ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा ।

      १,
      वसन्तले ल्यायो खुसीयाली
      उमङ्गको लहर आयो
      सारा भरेर हरियाली
      २,
      कुहुकुहु कोइली वनमा
      वसन्तमा हरियाली छायो
      आनन्द आयो मनमा
      ३,
      चारैतिर सुनसान फाँट
      सबैतिर मात्र रोदन
      मान्छेले चीत्कार घाट
    • बेदु न्यौपाने

      १,
      आयो वसन्त उर्लेर
      कोइलीको आवाज उस्तै
      फर्केर त्यतै हेर।
      २,
      कोइली कराउॅंछ वनमा
      पालुवा फेर्दा रुखले
      आनन्द लाग्छ मनमा।
      ३,
      कति आनन्दको बेला
      प्रकृति सुन्दर सॅंगसॅंगै
      किसानको हातमा ठेला ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछाप, सुनापति-१(हालः-अमेरिका,बोस्टन)

      १,
      वसन्त ऋतु आयो
      पालुवा पलायो बनमा
      सबैमा उमङ्ग छायो ।
      २,
      गाउँछन् पंक्षी गीत
      फूल फुल्छन् बनमा
      लगाउँछन् आपसमा मित ।
      ३,
      जीवजन्तु सबैको प्यारो
      बस्ती गाउँ झिलमिल
      कतै हुँदैन कालो ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही – १८

      १,
      सुरम्य ऋतुराज आई
      निराश कोही नबनेर
      बाँचौँ एकअर्कामा मायालाई।
      २,
      अघाउँछन् पालुवा खाई
      चराचुरुङ्गीमा मस्ती देखिन्छ
      खुसी जीवन पाई।
      ३,
      हुरी आउँछ, नाँच्दै
      जाडो जान्छ टरेर
      पवन रुख भाँच्दै।
    • तेजप्रसाद खनाल, लमही दाङ।

      १,
      वसन्तले ल्यायो हरियाली
      कोइलीले गीत गाउँदा
      उमङ्गले छायो खुसीयाली ।
      २,
      सुन्दर दृश्य देखिने
      रुखले पालुवा फेर्दा
      निराशापन सबै मेटिने।
      ३,
      नेपाली भै बाँचेको
      स्वर्गको टुक्रा नेपाल
      गौरव गर्दै नाँचेको।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर

      १,
      पालेर सत्बुद्धि मनमा
      जीवन जिउन सके
      हुन्न कष्ट तनमा |
      २,
      सबैको भलो चिताऔॅं
      भगवान्को भक्ति गरेर
      अमूल्य चोला बिताऔॅं ।
    • सरिता सेढाई, धादिङ

      १,
      कोइलीले गीत गायो
      बिहानीमा झकझकायो मलाई
      वसन्तको बहार आयो ।
    • भगवती दवाडी

      १,
      चल्छ प्रक्रिया अनन्त
      प्राकृतिको नियम यो
      फेरि आयो वसन्त !
      २,
      रहर लाग्ने मनमा
      गीत गाउँदै रम्ने
      कोइलीझैँ पारि वनमा।
    • दीपा समभाव, खोटाङ्ग

      १,
      निष्पक्ष कानुन भएन
      नेता न्यायाधीशको पेवा
      जनताको पक्षमा गएन ।
      २,
      ऐन कानुन बराबरी
      पैसाले न्याय मारियो
      सबै जनता सराबरी ।
      ३,
      हेर्नुहोस् सबैले देशमा
      जनताका समस्या उस्तै
      नेताहरू भ्रष्टाचारको केसमा ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ

      १,
      फूल्दछन् अनेक फूलहरू
      वसन्त ऋतुको उपहार
      उमारेर पानीका मूलहरू ।
      २,
      फूल फुलाउँछ बोटले
      हेर्दा लोभलाग्दो गरेर
      फूल झर्छ चोटले ।
      ३,
      फूल टिपी चढाई
      बनाई आनन्दित मन
      गरिन्छ आफ्नै बढाई ।
    • जी.वि.कश्यप घोराही उमनपा -१४, दाङ

      १,
      सुवासित बास्ना छरी
      छाए ऋतुराज वसन्त
      अनन्त धरती भरी ।
      २,
      प्रफुल्ल सुन्दर जता
      फुलेफलेका झपक्क परी
      वाटिका वृक्ष लता ।
      ३,
      परी वासन्ती सुन्दरी
      नयन सर मार्छिन्
      प्रेमिल मन हरी !
    • विवश पारदर्शी, झापा

      १,
      वसन्त छायो प्रकृतिमा
      लाग्यो नयाँ पालुवाहरू
      रमणीयता ल्यायो सृष्टिमा ।
      २,
      खिल्छ मनमा उमङ्ग
      आत्माविभोर बन्दै नाच्दछु
      जगायो आनन्दको तरङ्ग ।
      ३,
      रहरहरू फुल्छन् प्रकृतिसित
      हरियाली वसन्तको आगमनमा
      लगाउँछु फूलहरूसित प्रीत ।
    • दिल ठकुरी दार्जिलिङ, टिस्टा भेल्ली।

      १,
      ऋतुले निभायो धर्म,
      कोइली वन रन्काउॅंदै,
      गाउँछ उसले मर्म।
      २,
      भए पहाडहरू सुरम्य ,
      आँखै नअघाउने रङ्ग ,
      गुराँस फुलेर रातम्य ।
      ३,
      पालुवा पलाउँदा वनमा
      बेहुली सजिए जस्तो,
      आनन्द आउँछ मनमा ।
    • मनोहरी पौडेल, गैडाकोट १

      १,
      झिल्काले उज्यालो बनायो
      अँध्यारो ठाउँमा जताततै
      झलमल्ल प्रकाश खनायो ।
    • देवी पन्थी

      १,
      तिम्रै सहारा माग्दछ
      पलाए वसन्तका मुना
      नभाँच्नु पाप लाग्दछ ।
      २,
      ब्वाँसाहरू सहर पस्दैछन्
      निभ्दैछ समृद्धिको दियो
      जनता कुटुरो कस्दैछन् ।
      ३,
      गोठालालाई अघि सारियो
      लुटिॅंदैछ इज्जत इमान
      देशभक्तलाई पछि पारियो ।
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी

      १,
      मनले धुन बजाउँदा
      जीवन सुगन्धित हुनेछ
      मधुर सङ्गीत सजाउँदा ।
      २,
      मनले मन रोज्दा
      अपार माया भेटिनेछ
      एकार्काले समीप खोज्दा ।
      ३,
      देशको ढिकुटी चुहायौ
      अमनचयन आफू गरी
      धुरुक्क जनतालाई रुवायौ ।
    • प्रेम थापा “मन”, बागलुङ

      १,
      वसन्त प्यारो आयो
      उमङ्ग उत्सव मनाउँदै
      पन्छी गीत गायो ,
      २,
      गुलाब पल्लवित बने
      मञ्जरी खुल्न लाग्यो
      समीरले चञ्चलता खने ।
      ३,
      प्रणय अनेकौँ बढायो
      उन्माद यहाँ हर्षले
      सुनौलो वसन्त आयो!
    • कमल प्रसाद बगाले, वालिङ्ग बजार स्याङ्जा

      १,
      कोइली चरी करायो
      वसन्तको भयो आगमन
      जाडो पनि हरायो।
      २,
      खुले सबै बाटो
      यात्रा भए सहज
      तातियो उर्वर माटो।
    • तोया नाथ चापागाईं, दमक, झापा

      १,
      भोटको बजारको नोट
      कहिलेकाहीँ यी मनहरू
      नेताको कालो कोट ।
      २,
      कस्ती छौ मायालु
      मरेपछि डुमै राजा
      नबन तिमी रिसालु ।
      ३,
      किताबको बन ज्ञानी
      सागर शान्त रहन्छ
      सेवक बनौँ हामी।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      वसन्तमा गुराँस दङ्ग
      हरियाली पनि चारैतिर
      छायो हर्ष उमङ्ग।
    • गोकर्ण दयाल गौरव, मेलौली ७ बैतड़ी

      १,
      हेर वसन्त आइसकेछ
      मुस्काएछन् नयाँ पालुवा ,
      कोइलीले गीत गाइसकेछ ।
      २,
      स्वागत छ ऋतुराज
      उमङ्ग लिई आयौ
      नव पल्लवका साथ ।
    • शम्भु गजुरेल

      १,
      सोचमा भए सच्चरित्र
      कर्म तेस्तै गर
      भगवान् छ आफैँभित्र ।
    • देवकृष्ण काफ्ले

      १,
      भोगाइ यो जिन्दगीको
      अनुभव रह्यो खास
      पासो एउटा बन्धकीको ।
      २,
      डढेलोले खायो वनलाई
      पीडा छटपटी एउटै
      कसैले खायो मनलाई ।
      ३,
      मनमा रापले भतभती
      सम्झनाले सताउँदा झन्
      मनभित्र धुवाँले पतपती।
    • घनश्याम पन्त, हरिवन, सर्लाही

      १,
      खोक्रा भाषण चाहिँदैन
      हेक्का राख नेताहरूले
      जनता ठग्न पाइॅंदैन ।
      २,
      झिँजाले मुढो पोल्छ
      औकातमा बस साथी
      अब माटो बोल्छ ।
      ३,
      प्रकृतिको रित जनाउँछ
      विकृति विसङ्गति विरुद्धमा
      झिल्काले ज्वाला बनाउँछ ।
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा

      १,
      फूलले सुगन्ध छरे
      उदाहरण जीवनको दिँदै
      ओइलेर भुईॅंमा झरे ।
      २,
      सोचेपछि एक अतुल्य
      होस् पुर्याउनु साथी !
      जिन्दगी छ अमूल्य ।
      ३,
      एकदिन सबै गल्नेछ
      थकित जीवनको प्रतिस्पर्धामा
      समय निरन्तर चल्नेछ ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल

      १,
      जिन्दगी साँचेर आउनु
      भोकभोकै बाँच्ने कसरी ?
      दिमाग धेरै चलाउनु ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      नेपालको कानुन मानून्
      किन बराबर छैन ?
      बनाउनेले पनि जानून् ।
      २,
      मौनताको सिमाना कसरी ?
      बढ्ने अगि तोडेर
      समानता ल्याउने जसरी ।
      ३,
      राहदानीमा नाम लेखेर
      युवाशक्ति पलायन हुँदै
      आकासे फल देखेर ।
    • संगीता खरेल, चन्द्रगिरी – ८, काठमाडौँ

      १,
      चारैतिर हरियाली छायो
      खुसी उमङ्ग लिएर
      नयाँ वर्ष आयो ।
      २,
      उड्यो चरी माथि
      नयाँ वर्षमा मिलेर
      घुम्न जाऔॅं साथी ।
      ३,
      मनको मैलो झिकौँ
      नगरौँ अर्काको देखासिकी
      आफ्नैमा रमाउन सिकौँ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      परिश्रम हामीले गर्नुपर्ने
      कस्तो समाज यो
      व्यर्थैमा फेरि मर्नुपर्ने !
      २,
      कसको लागि गरिएको
      पिरले मन छताछुल्ल
      आत्मा किन भरिएको ?
      ३,
      गरेर दु:ख जहाँ
      छुटकारा पाउन मुस्किल
      परेको छ त्यहाँ !
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि ।

      १,
      पुराना पत्कर फालेर
      छायो वसन्त बनमा
      नवीन पालुवा हालेर ।
      २,
      अनेक रङ्गीबिरङ्गी फूलमा
      मिठास खोज्दैछन् चरीले
      उडेर एउटै हुलमा ।
      ३,
      उमङ्ग पलायो मनमा
      पातले काँचुली फेरेर
      महक थपियो वनमा ।
    • नील हरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ)

      १,
      आहा ! वसन्त ऋतुराज
      देखिन्छन् हर्षमा पालुवा
      कुहुकुहु कोइलीको काज ।
    • नागेन्द्रप्रसाद यादव

      १,
      सरकारी कुर्सी जलायो
      स्वदेशको आफन्त त्यागेर
      श्रमिक विदेशमा पठायो
      २,
      शिरमा कुराहरू मिलाएछ
      सरकारी बजेट बाँडेर
      जनताको आवाज सिलाएछ
      ३,
      वसन्त ऋतुराज आयो
      सौन्दर्यताको अनुपम बोकी
      मनुष्यको चाहाना छायो।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा

      १,
      एसइई परीक्षाको घाउ
      अभिभावकलाई पढिदिने शिक्षार्थी
      खन्चुवालाई सोहोर्ने दाउ ।
      २,
      पैसा बटुल्न मेल
      गल्तीफल्ती लेख्यो लेखायो
      बाँडफाँमा देखियो झेलैझेल ।
      ३,
      वर्षभर पढ्यो पढायो
      कस्तो थिति बसेछ
      चोरी गर्‍यो गरायो ।
    • नन्दलाल आचार्य, बेलका २, उदयपुर, हाल- एनेलकुटी, सिरहा

      १,
      फाट्ला तुवाँलोको जाल
      मौसम जीवन हेर्दा
      उस्तै जिन्दगीको हाल ।
    • शोभा आचार्य गौतम, काठमाडौँ

      १,
      रहेछ सङ्ख्या उमेर
      आजभोलि हो भन्दै
      गएछ कहाँ घुमेर ।
      २,
      भनिदिएँ मेरो उमेरलाई
      एकैछिन त पर्खन
      सँगै यात्रा गर्नलाई ।
      ३,
      आउने बाटो कता
      कहाँ होला जाने
      बिसाई बस यता ।
    • फूलमाया कुलुङ, सोलुखुम्बु

      १,
      काफलले मुखै रसाउने
      पहाडी चैतको फल
      कस्तो बनै बसाउने ?
      २,
      कोइलीक‍ो कुहु सुरले
      प्रफुल्ल हुन्छ मन
      बन गुन्जन्छ घुरले ।
      ३,
      प्रेमिल जोडी घुम्ने
      कस्तो राम्रो बन
      पालुवाले शिखरै चुम्ने ।
    • धनमाया चौधरी, कैलाली

      १,
      बाँझो भयो पाटो
      त्यतिकै गयो खेर
      सारा उर्वर माटो ।
      २,
      पिँजडामा छन् चरी
      स्वतन्त्रता भनेर मात्र
      हुँदैन व्यवहार नगरी ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      मनमा वसन्तले छायो
      हर्ष उमङ्गमा अचेल ,
      नयाँ वर्ष आयो ।
      २,
      मनमा खुसी हर्ष
      राम्रो सोचविचार बोकेर
      आयो नयाँ वर्ष !
      ३,
      जिन्दगीमा दु:ख सहनु
      रहर बाध्यता आएपछि ,
      संसारमा एक्लै रहनु ।
    • श्रीकृष्ण धामी – बझाङ

      १,
      सत्यको बाटो चालेर
      सत्कर्मको बिउ रोपौँ
      अधर्मको मैला फालेर।
      २,
      मनको मैला फालिन्छ
      सभ्य समाजको निर्माणले
      सत्यको मार्ग चालिन्छ।
      ३,
      गर्‍यो मान्छेको जातले
      भेदभाव ल्याएर समाजमा
      सभ्यता मेटायो हातले।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।

      १ ,
      देखिन्छ भरोसा कसको ?
      यहाँ फित्ताबिनाको जुत्ता
      छामियो मुटु स्वजनको ।
      २ ,
      भरोसाको अनमोल टेकोभित्र
      लाग्यो धमिरा असङ्ख्य
      देखियो मित्रको सचित्र ।
    • हरिगोपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार

      १,
      गरेर सत्य काम
      बाँचेर सुन्दर धरामा
      अमर हुन्छ नाम !
      २,
      हेरेर शान्त गागर
      कञ्चन सिर्जना कला
      गागरमा हुन्छ सागर !
      ३,
      प्रकृतिको सौम्य चरा
      सौन्दर्य देखेर रमाउने
      मेरो अनुपम धरा !
    • आर्त अकुलीन

      १,
      वचनले नघोच अब
      तोडिदेऊ सम्बन्धहरू सबै
      पराई सम्झन्छौ जब ।
      २,
      सम्हाल आफ्नो जोवन
      विश्वास नगर्नु कसैको
      गर्दै आफ्नो दोमन ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ

      १,
      पीडाको आगो नबाल
      जलेर आज भित्रभित्रै
      जिन्दगी चाहिँ नफाल ।
      २,
      आवेशमा निर्णय नगर
      सहि गलत नबुझी
      कसैको भर नपर।
      ३,
      हिॅंड्दा हिॅंड्दै बिलायौ
      बाटो मोडेर तिमीले
      नरित्तिने आँसु पिलायौ।
    • कला ढकाल झापा

      १,
      वासन्ती मेला वनैमा
      कोइलीको कुहु सुनेर
      आनन्द आयो मनैमा ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल

      १,
      सजिन्छौ तिमी शृङ्गारले
      छोपी वास्तविक रूप ,
      झुल्किन्छौ नयाँ अनुहारले।
      २,
      हरायो विकासको दियो
      खोजौं नेपाली मिलेर ,
      थाम्नुछ देशको मियो ।
      ३,
      जनता छॅंदैछौ सघाउने
      इमानी बस्छन् मौन ,
      फस्टाए सत्य दबाउने।
    • सुस्मिता अधिकारी, काठमाडौँ

      १,
      कोइली कुहुकुहु गर्छ
      फेरिन्छ ऋतु अनि,
      वसन्तले सौन्दर्य छर्छ ।
      २,
      जङ्गल हाम्रो धन
      प्रकृतिको दृश्यले सधैँ ,
      लोभ्याउँछ हाम्रो मन ।
      ३,
      नदीनाला सबै बेचियो
      जनतालाई दुःख दिई,
      आफूले सुविधा लियो ।
    • सीमा कार्की समर्पण, मेलोचोक पर्सा

      १,
      वसन्तले भित्रायो हरियाली
      प्रकृतिको सुन्दरता देखेर
      मनमा छायो खुसीयाली ।
      २,
      नयाँ रूप पायो
      बोट अनि बिरुवाले
      धरती जगमग बनायो ।
      ३,
      फूलमा रमाएर घुस्न
      पुतली बथान झुम्मिए
      फूलको रस चुस्न ।
    • सरला माझी

      १,
      वसन्तको बहार आएछ
      ऋतु फेरिएको बेला
      प्रकृतिले मित लाएछ ।
      २,
      प्रकृतिको स्वरूप फेरियो
      यो समयको प्रारूपसॅंगै
      जताततै फूल बेरियो ।
      ३,
      आहा आनन्दको रूप
      यामसॅंगै प्रकृति बद्लिएपछि
      मन रमाउॅंछ खुब ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ

      १,
      पिरतीको आभाष पाएर
      प्रफुल्लित बन्दैछ मन
      कोइलीले गीत गाएर ।
      २,
      बगैँचामा फूल फुल्यो
      प्रकृतिको रूप फेरियो
      वसन्तमा मन भुल्यो ।
      ३,
      बगानमा फूल फुलेर
      रौनकता छाएको बेला
      भँवरा मौरी डुलेर ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।

      १,
      आहा वसन्त आयो,
      सबैतिर देखियो हरियाली,
      छुट्टै उमङ्ग छायो ।
      २,
      गुराँस बनै भरी
      बिहान उदाउँदा सूर्य,
      देखिन्छ साँच्चै परी ।
      ३,
      लगाउँने बेला बाली
      समयले साथ दिए,
      फलाउँछु टन्न यसपालि ।
    • पुष्पा राई, खोटाङ ।

      १,
      गरौँ नित्य पूजा
      आत्मालाई शान्ति दिलाएर
      तनाव पारौँ धुजा l
      २,
      सन्तुष्ट राखौँ मन
      लालसा जाग्यो भने
      तनमन गर्दछ दहन l
      ३,
      नौ शब्दको माला
      उनेर झिल्का बनाऔँ
      उघारी भावको ताला l
    • बाबुराम गौतम, गुल्मी

      १,
      चारैतिर देख्छु हरियाली
      वसन्त ॠतुको आगमनले
      फूलको नुहियो डाली ।
      २,
      राम्रो काम गरेर
      हिॅंड्यौ भने हामी
      नाम रहन्छ मरेर ।
      ३,
      हातमा हात दिॅंदै
      लेखौँ झिल्का कविता
      ज्ञान पनि लिॅंदै ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा

      १,
      बनमा फु्ल्यो प्याउली
      आहा!मिठो भाकामा
      गाउँछे वन चरी ।
      २,
      झित्र्याउॅंदै किसानले बाली
      नयाँ वर्षबाट भरियोस्
      सबको मनमा खुसियाली।
      ३,
      वसन्तसॅंगै अब रमाउॅंला
      दु.खमा साथ दिॅंदै
      एकअर्काको हात समाउॅंला ।
    • मन्जु बोहरा बझाङ, देउलेख

      १,
      सत्य बाटो रोज्नुपर्छ
      सत्कर्मको मार्ग पहिल्याउँदै
      नवीन कार्य खोज्नुपर्छ ।
      २,
      वसन्त आगमन भयो
      उजाड बनजङ्गलहरू पनि
      हरियाली हुँदै गयो ।
      ३,
      खोक्रो भाषण गर्छन्
      जनतालाई भुलाउँदै नेता
      आफ्नै भुँडी भर्छन्।
    • दुर्गा भट्टराई, मोरङ

      १,
      रमाउॅंदै बाँड्दै हर्ष
      वसन्तको सुगन्ध छर्दै
      फेरि आयो नववर्ष।
      २,
      झुल्कियो झुलुक्क घाम
      जोस जाँगर लिई
      गर्नलाई पुर्ख्यौली काम।
      ३,
      दिनरात गरेर कर्म
      मुस्किल जहान पाल्नै
      कसले बुझिदेला मर्म।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु

      १,
      मनमा गुने हिसाब
      न्याय हुन्छ पक्कै
      मेरै पक्षमा इन्साफ ।
      २,
      पर्खेर बस भने
      बसेँ मानेर वचन
      आएनन् किन धने ।
      ३,
      ओखलढुङ्गा रामपुर टार
      घरबार जोडिएन त्यता
      कोसिस गर्दा हजार ।
    • दिपक प्रसाद दाहाल, सुनपा ४ दधिकोट, भक्तपुर

      १,
      संस्कार जब मासिन्छ
      तकनिकी ज्ञानको होडमा
      मानवता पनि नासिन्छ।
      २,
      पार्थक्य केही रहेन
      मान्छे अनि पशुमा
      प्रकृतिले पनि सहेन।
      ३,
      घोर अन्याय भयो
      भाषण शासन रासन
      सबै अभिशाप भयो।
    • पेम्वा यल्मो,दार्जीलिङ,भारत

      १,
      ऋतुहरूको राजा वसन्त
      चारैतिर छर्दछ सुन्दरता
      खोज्न पर्दैन अन्त ।
    • बाबुराम पाण्डे, अर्घाखाँची

      १,
      सत्य बाटो हिँडौँ
      सफलता प्राप्त गर्न
      दिनरात मिहिनेतमा भिडौँ ।
      २,
      वसन्त ऋतु आयो
      सबैतिर रङ्गीचङ्गी फूलले
      मनमा उमङ्ग छायो ।
      ३,
      चरीले गीत गाउँदा
      वनै भयो रमाइलो
      ऋतु वसन्त आउँदा ।
    • उर्मिला के.शी., धनकुटा

      १,
      शिशिरको झरीमा रुझी
      कोइली करायो वनमा
      वसन्तको आगमन बुझी ।
      २,
      जताततै हरियाली छायो
      ऋतुराज वसन्तको आगमनसँगै
      नयाँ वर्ष आयो।
    • कोपिला अधिकारी, गोरखा सिरानचोक

      १,
      जबैले जगाउनु भावना
      फेरिएका दिनहरु सम्झेर
      नव वर्षको शुभकामना ।
      २,
      नगर्नु कसैलाई हेला
      अन्त्यमा शरण उसैको
      परिन्छ एकदिन फेला।
    • दुर्गा आचार्य, मोरङ

      १,
      चन्द्रमाझैँ तिमी देखिन्छौ
      किरिम पाउडर घसेपछि
      कसको भागमा लेखिन्छौ।
      २,
      शब्द पल्टाएर गजल
      तिम्रो रूप देखेपछि
      लोभिन्छु म फजल।
      ३,
      पापी नजर सल्बलाउँछ
      रूप तिम्रो देखेपछि
      सपनीमा मन बर्बराउँछ।
    • घनश्याम पन्त, हरिवन, सर्लाही

      १,
      जनताले नायक बनाएको
      बनायौ उपनाम भ्रष्टाचारी
      कति विधि गन्हाएको ।
      २,
      फुर्ती लगाउने सुशासन
      व्यवहार सबै विकृति
      कामकारबाई भने दुशासन ।
      ३,
      गणतन्त्रलाई ढाल बनाई
      देश जनताको दोहन
      सत्तामा बसेर कमाइ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे

      १,
      हातमा कलम बोकी
      ज्ञानको ज्योति छर्नलाई
      चालौँ पाइला नरोकी ।
      २,
      अरूमा ज्ञान छरेर
      बालेर हिँडौँ दियो
      मनमा शान्ति भरेर ।
      ३,
      खुल्नेछ आँखा जब
      भनेर असल मान्छे
      चिन्नेछन् सबैले तब।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचख्पन नपा – ६ संखुवासभा

      १,
      बोकेर पिरको भारी
      बाँचेको छु अझै
      मनका रहर मारी ।
      २,
      आमाकै गर्वमा बरु
      मरेको भए आज
      दुःख हुँदैनथ्यो अरू ।
      ३,
      आफ्नैबाट धोका पाएँ
      लेखाजोखा छैन मेरो
      ठक्कर कति खाएँ ।
    • लालिता सिन्धुली, हाल काठमाडौं

      १,
      आऊ सँगै जाऊॅं
      एकैक्षण चौतारीमा बसेर
      सितल हावा खाऊॅं
      २,
      फूलको बास्ना आयो
      चारैतिर हरियाली देखेर
      हावासँगै सुवास मगमगायो ।
      ३,
      मनले चाहेको मान्छे
      सम्झँदा आनन्द आउँछ
      सपनी उतै जान्छे ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं

      १,
      नयाँ पालुवा वसन्तमा
      छायो वनमा खुसियाली
      चैत्र महिनाको अन्तमा ।
      २,
      फलहरू मिठा फल्ने
      हुनेछ जगको भलो
      सुकर्मले दुःख ढल्ने ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १,
      खुसियाली छायो मनमा
      चारैतिर वसन्त ऋतु
      कोइली करायो वनमा।।
      २,
      गरेर सेवामूलक काम
      बस्नु यही समाजमा
      राखौँ अमर नाम।
    • सहयात्री शोभा अर्याल, रुपन्देही

      १,
      रमाउँछु घुम्छु सहरमा
      आजसम्म जीवन चल्दैछ
      आफ्नो रहरै रहरमा।
      २,
      सिक्ने र सिकाउने
      कविता लेखनमा अब
      कति समय टिकाउने ।
      ३,
      लेख्न कोसिस गर्छु
      धेरै अग्रज हुनुहुन्छ
      म शरण पर्छु ।
    • लक्ष्मण देउवा डोटी, हाल भारत

      १,
      वसन्त ऋतुको आगमन
      सबैजना सतर्क रहौँ
      तहसनहस होला जीवन ।
      २,
      वसन्त ऋतु आयो
      हरेक मानिसको मनमा
      जोस जाँगर छायो ।
    • प्रविना प्रयासी, ओखलढुङ्गा

    ::::::::जय झिल्का साहित्य ! ::::::::

    One thought on “साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ११ सम्पन्न

    1. Stumbling upon this website was such a delightful find. The layout is clean and inviting, making it a pleasure to explore the terrific content. I’m incredibly impressed by the level of effort and passion that clearly goes into maintaining such a valuable online space.

    Leave a Reply