साताका उत्कृष्ट झिल्काहरू- १२

  • १५ बैशाख २०८१, शनिबार १९:३७ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको १२ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १२ का लागि झिल्काकारत्रय जय नारायण नेपाल, पारसमणी खतिवडा र कोपिला अधिकारीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    चेतनाको राँको बाली
    जागरुक बन युवा
    विकृतिको जालो फाली ।
    २.
    अतिले हुन्छ खति
    सधैँ व्यवहार गर्नु
    सोचेर चाहिने जति ।
    ३.
    मिहिनेत पसिनाको कमाइ
    मनैदेखि गर्व गराैँ
    फल खाउँ रमाई !
    ✍️

    जय नारायण नेपाल
    ———<•>——-

    [२]
    १.
    चुनावमा मौन अवधि
    पैसा, खसी, भाले
    भोट फकाउने ओखति ।
    २.
    पाएको निसङ्कोच हान्ने
    पैसाको पछाडि नलागी
    असल प्रतिनिधि छान्ने ।
    ३.
    मत दिएर हेर्नुपर्छ
    सुकर्म गर्छन् गर्दैनन्
    अर्को चुनावमा फेर्नुपर्छ ।
    ✍️
    पारसमणि खतिवडा
    सूर्योदय ३ इलाम, हाल सूर्यविनायक, भक्तपुर
    ———<•>——-

    [३]
    १.
    प्नाकृतिक साैन्दर्ययुक्त वन
    वसन्तले हरियाली भर्दा
    खुसी थियाे मन।
    २.
    स्वच्छ हावा हरायाे
    चर्काे खडेरी पर्दा
    आगलागीले धुँवा भरायाे ।
    ३.
    जङ्गलमा आगाे हाँस्याे
    जङ्गली जनावरको बासस्थान
    हेर नराम्ररी मास्यो ।
    ✍️

    कोपिला अधिकारी

    One thought on “साताका उत्कृष्ट झिल्काहरू- १२

    Leave a Reply