
नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको पूर्वी प्रान्त दमाममा हुने छैठौं महाधिवेशन लाई सम्बोधन गर्न माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल साउदी अरव आएकी छिन् ।
आज १२ अप्रिल शुक्रबार दमाम स्थित रोज गार्डेन होटेलमा हुन गईरहेको उक्त कार्यक्रममा माओवादी केन्द्रका सचिव राम कार्कीको पनि उपस्थित रहने बताइएको छ!
को हुन् पम्फा भुसाल?
पहिलो सम्विधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ललितपुर ३बाट विजयी संविधान सभा सदस्य पम्फा भुसाल तत्कालीन समयमा माओवादी केन्द्रीय सदस्य थिइन् ।
२०७८ असार २९ गते शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भए सङ्गै उर्जा तथा सिंचाई मन्त्री भएकी भुसाल नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष को रूपमा परिचित छिन्। उनी नेकपा केन्द्रमा प्रवक्ता समेत हुन् ।
उनी प्रतिनिधिसभा निर्वाचन, २०७४ मा पनि ललितपुर ३ बाट विजयी भइन । तर गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर ३ बाट ८७६९ बोट सहित तेस्रो नम्बरमा चित्त बुझाउनु परेको थियो।
जनमोर्चा नेपालको पहिलो महिला अध्यक्ष बनेकी भुसालले विक्रम सम्बत २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति गरेकी हुन् । २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन् ।
फुर्सदको बेला समाजिक तथा राजनीतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल समाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउछिन् ।
विद्युत उपनामले चिनिने भुसाल ५ दिदीबहिनी र एक भाइमा साहिली हुन् । औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसाल ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बनेकी थिइन्। २०१९ साउनमा अर्घाखाची किमडाँडा -५ आँपखोलामा भुसालको जन्म भएको हो। अन्तरिम कालमा माओवादी सरकारमा हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थिइन्।