‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३१ सम्पन्न

  • १४ बैशाख २०८१, शुक्रबार २१:५८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३१
    छैन भरोसा रत्तिभर, आज हो कि भोलि
    कहिले पर्छ दैवको लाठी, पर्दछ गोली !

    वसन्त अनुभव

    [१]
    पाहुना हामी दुई दिनको किन गर्ने लोभ
    हाँसीखुसी दिन कटाऔँ नमानेर क्षोभ !
    ✍️ वसन्त अनुभव

    घोराहीउपमहानगरपालिका १४, दाङ

    [२]
    रिसराग गर्नु छैन दुई दिने पाहुना जानी
    खुसी भै बाच्ने गरौँ नहुँदै आफ्नो शव खरानी ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [३]
    रिसराग घमण्ड केको लागि गर्नु
    सत्कर्म गरेरै भावसागर तर्नु ।
    ✍️ बिकास छेत्री अञ्जान

    कैजले, बिजनबारी, दार्जिलिङ।

    [४].
    घाँटी सुकाई बेस्सरी करायो
    भक्कु पाएको दक्षिणा हरायो।

    ✍️ रतन पाण्डे, ‘पारतन’,दार्जीलिङ।

    [५]
    तेरो मेरो भन्ने भाव नै स्वार्थको खेल
    यसैले नै मानिसलाई बनायो फेल ।

    ✍️ होमनाथ गिरी

    [६]
    खुसी आउँछ पाहुना बनेर
    जान्छ फेरि फर्कन्छु है भनेर !
    ✍️ सनत रोकाय बिवश

    कुशे गाःपा 8 जाजरकोट

    [७]
    धर्तीका सबै दुई दिनको पाहुना हामी
    बाँचुञ्जेल जिन्दगी नबनाऔँ बदनामी ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    [८]
    किन गर्नु अहङ्कार जीवन घामछायाँ
    हाँस्दै कटाऔँ दैनिकी नगरौँ दायाँबायाँ ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाइ ४ झापा

    [९]
    रातभरि रामायण पढायो सीता कसकी जोई,
    छि लाज पो लाग्यो लौन उल्टै नबसिदेऊ न रोई !
    ✍️ वेल तामाङ थोकर

    मकवानपुर //बकैया ८ // बस्तिपुर

    [१०]
    मलाई सिंगापुर र स्विजरल्याण्ड अहँ चाहिँदैन
    मेरै देश सुन्दर छ, जुन खोजेर पनि पाइँदैन ।
    ✍️ शशीश्री आचार्य

    बौद्ध कुमारीगाल काठमाडौं

    [११]
    तेरो मेरो छ तँ तँ म म स्वार्थी मानिस
    बन्छ एकदिन भित्ताको आफैँ सो पिस।

    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [१२]
    तेरो मेरो भन्दाभन्दै छोडेर जान्छौँ हामी
    दुई दिने जिन्दगीलाई बनाउन दामी ।

    ✍️ सरस्वती श्रेष्ठ इटहरी

    [१३]
    जताततै छाएको छ अन्धकारले संसार
    यस्तै हुँदोरहेछ नतिर्दा जीवनको भार ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    [१४]
    के दशा हो नेपालमा पाइन्न न्याय
    न्याय दिनेकै टेबुल मुनीको आय ।

    ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि

    [१५]
    मेरै जिन्दगीमा धेरै आँधीबेहेरी बर्स्यो
    त्यही भएर बारम्बार मेरो मन तर्स्यो ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [१६]
    एकान्तको बाटो रोजेँ यो मनमा बैराग चल्दा
    तिम्रो आँखाबाट आँसु नझरोस् म चितामा जल्दा ।

    ✍️ लक्ष्मण देउवा डोटी

    [१७]
    धर्तीमा दुई दिनको हो हामी मनुष्यको चोला
    रिसडाहा नगरौँ भयो, जिन्दगी होला नहोला ।
    ✍️ एवाइ प्रभात

    सहिदभुमि छेन्ताङ धनकुटा

    [१८]
    लोभ गर्नुहुन्न भन्ने मान्छे कति राम्रो
    पाएदेखि प्राणै पनि लिन खोज्ने हाम्रो !
    ✍️ विवश पारदर्शी

    झापा,

    [१९]
    तेरो र मेरो भन्दैमा बित्ने जीवन हाम्रो
    मरियोस् बरू सबैका लागि गरेर राम्रो ।
    ✍️ राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    [२०]
    घुस खानेलाई खायाे भनेर गाली गर्छन्
    आफूले पाएपछि नबाेली भकारी भर्छन्।
    ✍️ नवराज भट्ट

    कञ्चनपुर

    [२१]
    याे मातृभुमीमा कति हाल्छाै जाल
    मलाई आउँदैन भन्छाै कि काल !
    ✍️ शालिक राम दाहाल

    चा न पा ३ झाैखेल भक्तपुर

    [२२]
    कसलाई छैन दुख यहाँ कसलाई छैन र पिर ?
    सङ्घर्ष जसले गर्दछ हाँसेर उहीँ नै हुन्छ वीर ।

    ✍️ दीपा तिम्सना -ईलाम

    [२३]
    अगाडि लागेका बाँदरको पुच्छर पक्रेर आशावादी छाैँ हतियारकाे
    उद्देश्य उसको भाषा , धर्म, संस्कृति अनि पाए देशै बेच्ने मतियारकाे ।

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    [२४]
    मान्छेको मन हजुर कति खाली धनमाथि
    मर्ने समय हुने बेला किन चाहियो साथि ‌।
    ✍️ नीमा छिरिङ भोटिया

    जलढका कालेबुङ

    [२५]
    धूर्त फट्याईँको राज भएको बेला
    ईमान्दारिताको त कुरा हुन्छ खेला !

    ✍️ कमला देवकोटा, पाल्पा

    [२६]
    रङ्गविरङ्गी झन्डा भिरेका ती आआफ्नै रहेछन् टोली
    नेताहरू ती भिक्षु हुन् जसको कहिले भरिन्न झोली।
    ✍️ बि.कुलङ

    दार्जिलिङ, रंगबुल

    [२७]
    विनाशकारी हतियार हुन् बारूद र गोला
    नाश हुन्छ अनाहक विस्फोट नगर्नु होला ।
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    [२८]
    जीवन रहेछ बुझ्न नसकिने रहस्य कराइ
    सम्झिकन नभाग्नु कहिले जीवनदेखि डराई ।
    ✍️ मोती सुब्बा

    दार्जिलिङ भारत।

    [२९]
    सन्सार रुपी याे भवसागर म कसरी तरुँ
    कसैको हित गर्न नसके नि अहित नगरुँ।
    ✍️ दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    [३०]
    सुन, चादी, हिरा, मोती होइन कसैले नि खाने ?
    लाखौँ करोडौँ पैसा भए नि होइन मर्दा लाने !
    ✍️ ज्ञानेन्द्र क्षेत्री
    नयाँ ठिमी भक्तपुर

    हाल = सिडनी अष्ट्रेलिया

    [३१]
    अब गोजीमा प्वा़ल परेछ भइयो जोगी
    खानपिनमा ध्यान गएन बनायो रोगी ।
    ✍️ चुडामणी देबकोटा

    चनपा १३काठमाडौ।

    [३२]
    विश्वासको खै कता फल्छ होला कोसा
    छ कि छैन जाँच्नु छ साथीमा भरोसा ।

    ✍️ प्रेम थापा “मन”

    [३३]
    मर्ने बाँच्ने ठेगान यो छैन आज होकि भोलि
    दुई दिने जिन्दगीमा पापको नथापौँ झोली

    ✍️बेदु न्यौपाने 🇳🇵

    [३४]
    एक लाख ऋण जनताको शिरमा
    तुइनको बाटो छ , लेकैको भिरमा ।

    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ

    [३५]
    पैसा नभएको गोजीमा, विश्वास माग्दा पाइने
    हाम्रै देशको नेतालाई समृद्धि मात्र चाहिने ।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    [३६]
    समयको महत्वलाई बुझ्न नसकेर,
    मानिसको जीवन यहाँ त्यसै जान्छ खेर।
    ✍️ ज्ञानबहादुर क्षत्री

    सन्धिखर्क – २, अर्घाखाँची।

    [३७]
    भेट्ने आशा ठुलै थियाे पल्टाएर डायरीकाे पाना
    गुन्गुनाउने भुन्भुनाउने थियाे अतितकाे गाना ।

    ✍️ जानुका खतिवडा

    [३८]
    पर्दछ यहाँ दैवको लाठी सबैमाथि
    सोरसार पारि हाल अहिले नै साथी ।

    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    [३९}
    तेरो मेरो भन्दाभन्दै बित्दोरहेछ मानव चोला
    यो संसारमा निस्वार्थ रूपमा अघि बढ्ने को होला ?
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    [४०]
    ज्यान मरेर गए पनि नाम राख्न अमर
    सत्यको साथ दिनलाई गर्नुपर्छ गमर ।
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    [४१]
    फलेको हाँगो झुक्नुपर्ने ज्ञानीहरू लुक्नुपर्ने
    सामु ठोक्छन् सलाम पछि किन सधैँ थुक्नुपर्ने ।

    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ

    [४२]
    मरेर जाने हो एक दिन बैराग्य लाग्छ घरी घरी
    तर पनि मान्दैन यो मन सपना बुन्छ थरी थरी।
    ✍️ पुष्पा सुवेदी

    नेपालगन्ज,बॅाके।

    [४३]
    कुनै भराेसा छैन हाम्राे छाेटाे जिवनकाे
    के काे लागि खुन पसिना पिउछ्न् जनकाे ?
    ✍️ ताराप्रसाद चापागाईँ

    धुनिबेसी

    [४४]
    बेकार हुन्छ गर्छु मात्र भन्ने आस
    थाहा नहुने हो परिन्छ काल ग्रास ।
    ✍️ कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    [४५]
    भर पर्दछौँ भरोसा गर्दछौँ, भ्रष्टाचारीलाई जानी जानी
    चुनावमा भोट हाल्दछौँ, चोर नेतालाई सन्त साधु ठानी।

    ✍️ विके माकजू , भक्तपुर ।

    [४६]
    हार्नुहुन्न हिम्मत कहिल्यै सम्झिएर भोलि
    अमर रहन्छ देशभक्त लागे पनि गोली ।
    ✍️ गंगा खड्का

    बूढानीलकण्ठ ,काठमाडौँ

    [४७]
    छैन भरोसा नश्वर शरिरको आज हो कि भोलि
    गर्नु हुँदैन कुकर्म कहिल्यै आफ्नो इज्जत मोली l

    ✍️ बाबुराम गौतम, गुल्मी

    [४८]
    दैवको लाठी सम्झेर हरेस खानु चै हुन्न
    सत्कर्म गर्नेहरूलाई गोलीले छिट्टै छुन्न।

    ✍️ अरुण कुमार भुजेल

    [४९]
    जन्म, जीवन र मृत्यु यही त हो जिन्दगी
    मरिलानु के छ र साँच्नु ? अरूलाई ठगी ।
    ✍️ ध्रुव श्रेष्ठ

    हाल काठमाण्डौ ।

    [५०]
    जिन्दगीको छैन भरोसा भोलि हो कि पर्सी
    छोटो जीवन बाँच्नुपर्ने किन तर्सी तर्सी ?
    ✍️ चूडा निर्भीक

    हालःकाठमाण्डौ ।

    [५१]
    सन्सारमा कति आए कति गए थाेरै रहे अमर
    सत्कार्यकाे मात्र गरिन्छ आरती डाेलाएर चमर ।
    ✍️ प्रद्युम्न चालिसे

    भक्तपुर कटुञ्जे ।

    [५२]
    आज हाे कि भाेलि थाहा छैन मरिजाने जीवन हाम्राे
    लाेभ गरी अकुत धन कमाउनु हुन्न खासै राम्रो ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [५३]
    नडुबौँ धेरै लाेभमा, सत्य तथ्य स्विकार
    जस्तै पगरी दिलाओस् र जीवन होस् पार ।
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगा बजार।

    [५४]
    आमाबाबुलाई वृद्ध आश्रममा हाल्छौ
    घरमा शून्य हुँदा भोटे कुकुर पाल्छौ ?
    ✍️ रमेश दियाली

    सिटोंग दार्जिलिङ

    [५५]
    कति खेल्छौ सधैँ यहाँ गरी काटमारको होली
    देशको मुहार फेरिएला कि भन्दै गयो भोलि ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा

    मेहेलकुना सुर्खेत

    [५६]
    भोलि गर्ने आज गरौँ आज गर्ने अहिले
    सत्कर्म गर्न नभुलौँ उठ्छ चोला कहिले ?
    ✍️ बिके मुखिया

    दार्जिलिङ,भारत।

    [५७]
    कसैको जीवनको केही भरोसा छैन
    मरिजाने चोला अजम्बरी कोही हैन ।

    ✍️ कला ढकाल

    [५८]
    गोजी छाम्दा परेछ ह्वाङ
    नहुनेलाई धेरै स्वाङ ।
    ✍️ राजनारायण राई

    सोनादह दार्जीलिङ

    [५९]
    राँगो, सुँगुर, बङ्गुरका नरम चाना
    विकासका कुरा छोडी त्यही खान्छौ खाना ।

    ✍️ घनश्याम पन्त

    [६०]
    काक्रासरि किन भयाे देशकाे पिस ?
    विकास हाे कि विनाश भन्दा त रिस ।
    ✍️ जीवि दाङ
    ~<•>~

    One thought on “‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३१ सम्पन्न

    Leave a Reply