
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३०

समस्याका डङ्गुर छन् आएको छ नयाँ वर्ष
पेटमा मुसा दौड्नेगर्छन् दु:ख मानौँ कि हर्ष ?
वसन्त अनुभव
[१]
केवल पात्रो फेरिँदैमा अवस्था फेरिँदैन
नजर उही दृश्य उही फरक हेरिँदैन ।
✍️ वसन्त अनुभव
घोराहीउपमहानगरपालिका १४, दाङ
[२]
सकूँ लक्ष्य चुम्न गरेर मेहनत अनि सङ्घर्ष
सम्भावना बोकेर आओस् यसपालीको नववर्ष ।
✍️ नवशिला
नवदेव मार्ग , लालभित्ती,मोरङ।
[३]
समस्याका डङ्गुरहरू पन्छाउँदै जाओस्
नववर्षले सम्पूर्णमा सुखशान्ति छाओस् ।
✍️ डम्बर थामी ‘अनुपम ‘
कालिन्चोक गा. पा. -६, दोलखा ।
[४]
शुभकामना के दिँउ तिमीलाई यो नयाँ वर्षको
जनता हुन् यीनै नेता हुन् तिनै खै के छ र हर्षको ?
✍️ ध्रुव श्रेष्ठ
खोटाङ हाल काठमाडौँ ।
[५]
जताततै आयो भन्छन् सबैले उमङ्ग बोकी नयाँ वर्ष
परदेशी जीवनमा खै देखिन मैले त कहिल्यै हर्ष ।
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[६]
नयाँ वर्ष त भन्नु मात्र खास फरक हुन्न
वर्षाएका शुभकामनाले सबैलाई छुन्न ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[७]
दु:खलाई मृत्युको मुखमा पारी हर्ष डाक्नुछ
मुसा हटाई ऊर्जा बढाएर जीवन हाँक्नुछ ।
✍️ नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
हाल- एनेलकुटी, सिरहा ।
[८]
हुने कहिले होइन होला किले छोडेन
साल जति फेरे पनि भाग्य कतै मोडेन |
✍️ सरिता सेढाई धादिङ
[९]
बिरालो हो क्या मान्छे पेटमा कुदेको छ मुसा ?
वसन्तको झरी सुरु भो पलायो तामा टुसा ।
✍️ मोती सुब्बा
[१०]
विकासका पुर्वाधार जाओस् बढ्दै
सद्बुद्धि तिर नै ध्यान आओस् गढ्दै।
✍️ कला ढकाल झापा
[११]
बाहिर भन्छु म पनि नयाँ वर्ष
भित्रभित्र लाग्दैन कत्ति नि हर्ष।
✍️ सतीश पण्डित
भाजु६ चुँदी तनहु
[१२]
खै रमाई के गर्नु, एकदिन आउने नयाँ वर्ष
मनमा सधैँ उही पुरानै पिर, छैन कुनै हर्ष।
✍️ शंकर कार्की ,मकवानपुर।
[१३]
यहाँ सधैँ हुने यो हत्या र हिंसालाई रोकी
तब हुन्थ्यो मन खुसी लाग्थ्यो नयाँ वर्ष हो कि !
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
[१४]
पात्रो फेरिएसँगै मानिसको पनि फेरियोस् विचार
सबै सत्कर्ममा लागी हटोस् देशमा हुने भ्रस्टाचार ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची
[१५]
नयाँ वर्ष आयाे गयाे खै के भयाे ?
निमुखालाई यातना दिँदै गयाे ।
✍️ जी.वि.कश्यप घाेराही ,दाङ
[१६]
दैनिकी उहीँ छ बेचैनता उहीँ छ आए पनि नयाँ वर्ष
लथालिङ्ग भताभुङ्ग छ देशको स्थिति छैन मनमा हर्ष।
✍️ दीपा तिम्सिना-ईलाम
[१७]
सधैँ जस्तै हर्ष मानी आएको छ नयाँ साल
हिजो जस्तै भोलि पनि हुने देख्छु हाम्रो ताल ।
✍️ चूडा निर्भीक
काठमाडौँ
[१८]
दिन उही, रात उही, मात्र यो साल फेरियो
खुशीयाली मनाउदा, साहुँको ऋण बेरियो ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[१९]
विकासको यी मूल फुटाउन नयाँ सालमा लागेका
अब धन कमाउने नेताहरू हामीदेखि भागेका ।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत
[२०]
समस्याको पोको लिएर आयो है नयाँ वर्ष
भित्र मुसो दौडाई बाहिर देखावटी हर्ष !
✍️ कमला देवकोटा, पाल्पा
[२१]
नकारात्मकबाट सकारात्मक तर्फ सबै मोडिउन्
नयाँ वर्षदेखि नराम्रा कार्यहरू नि अब छोडिउन् ।
✍️ प्रेम थापा “मन”बागलुङ
[२२]
जीवनको सङ्कल्प हराएको जस्तो लाग्छ मात्र बोल्न पाउँदा हर्षले
भोक भोकै खुसी निभाएर के गर्नु शुभकामना र यो नयाँ वर्षले ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[२३]
हटोस् समस्याको बादल लागुन् सुख समृद्धिको घाम
नववर्ष मंगलमय रहोस् बनुन् सम्पुर्णको काम।
✍️ बिके मुखिया
दार्जिलिङ,भारत।
[२४]
नैराश्य नभइकन मनाउनु नयाँ वर्ष
एकदिन अवश्य छाउँछ रे सर्वत्र हर्ष।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालिम्पोङ,भारत।
[२५]
खाउन् मस्तले पेट भरुन् ठगले यस वर्ष,
हामी ठगेर खाँदैनौँ गर्छौँ कठिन सङ्घर्ष।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२६]
फाल्न सक्छ बढारेर समस्याको जाक
नयाँ वर्ष तय गर्ला खान दुई छाक !
✍️ विवश पारदर्शी
झापा
[२७]
गते फेरियो बार फेरियो, फेरियो महिना र साल
लथालिङ्ग देशको भताभुङ्ग चाला फेरिएन हाल ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२८]
एकअर्काको हात समाएर गर्नुछ उत्कर्ष
यस्तै यस्तै शिक्षा लिएर आए हुन्थ्यो नववर्ष !
✍️ बि.कुलुङ
दार्जिलिङ रंगबुल
[२९]
बाहिर सुनाैलाे बाेक्राे
भित्रभित्रै सबै खाेक्राे।
✍️ हरिगाेपाल प्रधान
काभ्रे, बनेपा १४ साँगाबजार।
[३०]
देशको हालत बिजोग छ, नववर्ष आए पनि
सुनिदैन विचार नेताको, मान्छे आफ्नै जगे अनि।
✍️ एवाइ प्रभात
सहिदभुमि धनकुटा
[३१]
गते बार फेरिए, फेरिए महिना र साल
लथालिङ्ग र भताभुङ्ग भयो देशको ताल ।
✍️ दुर्गा भट्टराई
मोरङ
[३२]
समस्या आउछन् जान्छन् नयाँ वर्ष जस्तो
अवस्था हुन्छ उस्तै समय सोचे सस्तो ।
✍️ सुस्मिता अधिकारी , काठमाडौँ
[३३]
समस्या जहीँका तही छन् आयो नयाँ वर्ष
उही छ दिन अनि रात उमङ्ग न हर्ष ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[३४]
नयाँ नयाँ उमङ्ग बोकी आयो नयाँ साल
किनी ल्याओस् अब छिट्टै देश भक्तिको पाल ।
✍️ दीपा समभाव
दुबेकोल खोटाङ्ग
[३५]
सामाजिक संजाल भरि देख्छु आयो भन्छन् सबैले नयाँ वर्ष
भित्तामा सज्जिने पात्राे फेरिन्छ तर गरिबलाई छैन हर्ष।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[३६]
आयो नयाँ वर्ष खै के लिएर आयो
बस्ती घच्घचायो निदबाट जगायो ।
✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
[३७]
हातमा शक्ति हुनेहरूले बेस्सरी दुरुपयोग गर्छन्
युवा बरा ! पेटको आगो निभाउन सात समुद्र तर्छन् ।
✍️ बाबुराम गौतम, गुल्मी
[३८]
भित्तेपात्रो फेरिँदै जान्छ हरेक वर्ष नै नयाँ सालमा
हर्ष के हो थाहा छैन बिताउनु पर्छ जिन्दगी पालमा ।
✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
[३९]
शुभेच्छा यही पस्किएँ आज
यथार्थ उन्नत बनाेस् समाज ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा
[४०]
नववर्षले पेट भरिन्न देखिन्छ नाङ्गाभोका ।
कोही भेटिदैनन् संसारका मन्दिरमा नरोका ।
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाडौँ
[४१]
पुरा होउन् मनले सोचेका ती हरेक चाहना
सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना ।
✍️ कृष्ण धामी – बझाङ
[४२]
पात्रो फेरिएझैँ फेरिउँन् दुखीले गरेको सङ्घर्ष
नयाँ आयाम लिएर आओस् यो एकासी नववर्ष।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[४३]
नयाँ वर्षले साँच्चै नयाँ परिवर्तन लिएर आओस्
अलकति दया र मानवताकाे सत्ता देशले पाओस् ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४४]
उदायो नवीन वर्ष
मनमा देखियो हर्ष !
✍️ आर्त अकुलीन
[४५]
लिई आऊ सुख समृद्धि र दिगो हर्ष
सबैको बनोस् उल्लासमय नयाँ वर्ष ।
✍️ पद्मा काश्यप पाण्डे, मोरङ
[४६]
समस्या यस्तै हो, आउँछ जिन्दगीमा झेल्दै र खेल्दै जाओैँला,
यी खाने मुखलाई जुँगाले छेक्दैन, जुरेकाे जे छ खाओैँला ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[४७]
वर्ष फेरिए जस्तै भ्रष्टहरूको अवस्था चैँ फेरियोस्
नयाँ वर्षले देशमा जनताको सहकाल घेरियोस् ।
✍️ बेदु न्यौपाने 🇳🇵
[४८]
सबैकाे मनमा खुुसी अनि हर्ष
दु:ख भुलाएर आयाे नयाँ वर्ष।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही
[४९]
देश र तिम्रो समस्या बारे मलाई के थाहा ?
नववर्षसॅंगै झन् भित्राएँ लाग्ने गरी आहा ।
✍️ म्यामराज राई, भोजपुर
[५०]
आयो नयाँ वर्ष दु:ख मेटियोस्
भोकोपेट भर्ने बाटो भेटियोस् ।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[५१]
बिहानीको किरणसँगै फेरि आयो नयाँ वर्ष
समस्याको ओइरो देख्छु बिस्मात मान्नु कि हर्ष ?
✍️ तोया नाथ चापागाईं
दमक,झापा
[५२]
आउँदोरहेछ धनीलाई हरेक दिन नयाँ वर्ष
रित्तो खल्ती भएकालाई खै केको उमङ्ग केको हर्ष ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[५३]
खाली पेट भर्नलाई अब गरौं है सुरु
समस्याको समाधानमा आफै बन्नु गुरु ।
✍️ धनुष न्यौपाने
[५४]
नयाँ वर्षले सबैमा सुख शान्ति छाओस्
सिर्जना गर्न अति धेरै जाँगर आओस्
भगवती दवाडी ,झापा~<•>~