अल खोबरमा आयोजित फुटबल प्रतियोगितामा युनाईटेड फुटबल क्लब प्रथम स्थानमा ।

  • २ बैशाख २०८१, आईतवार ०१:५७ मा प्रकाशित
  • खोबर,साउदी।

    इस्लाम धर्मावलम्बीहरुको इदको छुटिको समय पारेर साउदी अरेबियाको पुर्बी क्षेत्र अल खोवारमा संचालित प्रथम लाल बहादुर महत स्मृति गोल्डकप फुटबल प्रतियोगिताको प्रथम उपाधी युनाईटेड फुटबल क्लबले चुमेको छ।

    बिहिवार राती सम्पन्न फाईनल खेलमा युनाईटेडले आयोजक सुदुर पश्चिमेली नेपाली समाजलाई ३-०ले हराउदै उपाधी चुमेको हो। शुरुआत खेलदेखी दबाबमा राखेको युनाईटेड आयोजकलाई उप बिजेतामा सिमित राख्न सफल भएको छ।

    २२ वटा फुटबल टिम सहभागी रहेको प्रतियोगिताको सेमिफाइनलमा आयोजक सुदुर पश्चिमेली नेपाली समाजले युनाटेड फुटबल क्लब रेड लाई २-० र युनाटेड फुटबल क्लब ब्लुले फ्रेन्ड सिप नेपाली फुटबल क्लबलाई १-० ले हराउदै फाईनल यात्रा तयार गरेको थियो।

    बुधबार र बिहिवार सम्पन्न प्रतियोगिता अल खोबारको अल थुक्बाह खेलमैदानमा सञ्चालन भएको थियो।
    उक्त प्रतियोगीतामा प्रथम हुने युनाईटेड फुटबल क्लबले ५ हजार साउदी रियल, कप मेडल र प्रमाणपत्र त्यसैगरी उपविजेता आयोजक टिमले २५ सय साउदी रियल कप मेडलका साथ प्रमाणपत्र प्राप्त गरेका छन् ।

    उक्त प्रतियोगिता साउदीमा कार्यरत पदम ब महतले आफ्नो स्वर्गीय पिता लाल ब महतको तेस्रो स्मृतिमा आयोजना गरेका थिए। प्रतियोगिताको संयोजक समेत रहेको महत खेल सम्पन्न गर्न उल्लेखनीय भुमिका निर्वाह गर्नुहुने खेलाडी ,सहभागी क्लब ,खेल संचालन गर्न आबस्यक रेफ्री,लायन्सम्यान लगायत सहयोगीहरु ,आर्थिक ,नैतिक ,भौतिक लगायत विभिन्न सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दै कुनै कारणबस गल्ती हुन गएमा माफी दिन आग्रह गरेको छ।

    Leave a Reply