साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १० सम्पन्न

  • १३ चैत्र २०८०, मंगलवार १०:३९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको दसौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    चाँदनी हुन् उनी
    सौन्दर्यको एक पर्याय
    जीवनपर्यन्त सारथी गुनी ।
    २,
    लखरलखर डुल्छ जो
    मिठोमसिनोको याद गर्छ
    मुख मिठ्याउॅंछ चाँडचाँडो ।
    ३,
    पाखुरी काममा लगाऔॅं
    पसिनाले खेतबारी भिजे
    वैदेशिक कामदारी मगाऔॅं ।

    • म्यामराज राई, भोजपुर

      १,
      उनी दिलकी रानी
      म नाथे सेवक
      दिल यो राजधानी !
      २,
      हाँस्दा बल्छ ज्योति
      सगुणले छिन् युक्त
      बोल्दा झर्छन् मोती !
      ३,
      भएँ म स्तब्ध
      बयान कसरी गरूँ
      छैनन् कुनै शब्द ।
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ

      १,
      काश यथार्थ जिन्दगीको
      बुझ्न नसकिएको विषय
      व्यर्थ सम्झिए आजादीको।
      २,
      घृणाको आभास छुपाइ
      छर्छन् मुस्कान ओठमा
      संवेदनाको माया पोखाइ।
      ३,
      रहरमा जिन्दगी जिउँछ
      धोका खाएपछि कहरमा
      भट्टीपसलमा पसेर पिउँछ।
    • दिल ठकुरी, दार्जिलिङ, टिस्टा भेल्ली

      १,
      माटोमा उम्रेको काँडा
      फूल बनेर आऊ
      त्यसरी नबन छाडा ।
      २,
      फुलमा भमरा नाचेको
      दिनदिनै रस पिउॅंछ
      र, ऊ बाँचेको ।
      ३,
      आगो जलेर खरानी
      सिक्नलाई तयार छु
      झिल्कामा रह्यो परानी ।
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरि

      १,
      आकाशे खेतीले साँचेका
      गरिबी वेदना बुझिदेऊ
      आधापेटमा छन् बाँचेका ।
      २,
      मान्छे मरेर गएछ
      सातो खानुपर्छ नेताको
      जितार बर्बाद भएछ ।
      ३,
      पुरुषार्थ विश्व चिनाऊ
      देशमा जितेर जानुपर्छ
      आत्मबललाई किनेर देखाऊ ।
    • अम्बिका अधिकारी, झापा, बिर्तामोड

      १,
      कडा नि:स्वार्थ भावना
      आयो जगमा छायो
      बनोस् सबैको कामना ।
      २,
      आकाशमा तारा टल्किए
      देशलाई लुटेर खान
      नौटङ्की जाली पल्किए ।
      ३,
      जून तारा गुनेर
      आकाश बिच मिल्दै
      मार्दछन् मुख थुनेर ।
    • बेदु न्यौपाने

      १,
      चाँदनी रातझैँ हुनु
      लक्ष्य एकै बनाई
      उडी चन्द्र छुनु।
      २,
      कुरा भयो गर्बिलो
      औषधी नै बचाउने
      तर छ खर्चिलो।
      ३,
      चुर्लुम्म डुबियो प्रेममा
      एक पक्षबाट मात्रै
      हुँदा लाग्दछ कमा।
    • अर्जुन प्रसाद चौलागाई, रामेछाप, सुनापति – १, हालः-अमेरिका,बोस्टन

      १,
      भिरमा फुलेको फूल
      बुझेर हरेक मनमा,
      रसायो सिर्जना मूल !
      २,
      दिलमा फुल्यो रहर
      बाटोमा शीतल चौतारी
      सुन्दर गाउँ सहर !
      ३,
      सम्झेर मेलापात जात्रा
      बुझेमा सुन्दर फूल
      भोगाइ हो जीवनयात्रा !
    • आर्त अकुलीन

      १,
      लखरलखर नगर अब
      कहर अभर नपरी
      थपक्क बस सब ॥
      २,
      सहर गमन नगर
      थपक्क बस घरमै
      वरपर भर नपर ।
      ३,
      असल नभन सहर
      सरक्क भनन ‘बचरी’
      मनमन छ रहर ?
    • गुणनिधि घिमिरे, अमेरिका

      १,
      धर्ती आकाश हाम्रो
      मिलेर बसौँ सबै
      व्यवहार गरौँ राम्रो।
      २,
      मानव समाज धोएर
      सुन्दर बनाऔॅं यहाँ
      हुँदैन कहिल्यै रोएर।
      ३,
      होलीको पर्व आयो
      घरघरमा छायो खुसियाली
      रङले गीत गायो ।
    • सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ

      १,
      को पापी, धर्मी
      बाँचुन्जेल कसैलाई नरुवाऔॅं
      गरौँ सबैले सत्कर्मी ।
      २,
      भाग्य सक्दैन मेटाउन
      कर्म गर्नैपर्छ सबैले
      सकिँदैन भगवान् भेटाउन ।
      ३,
      अवश्य खरानी भइन्छ
      घमण्ड नगरौँ कसैले
      मरेर के लगिन्छ ?
    • चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ

      १,
      चाँदनी रात हुनु
      सुन्दरताको प्रतीक बनेर
      सबैको मन छुनु।
      २,
      देखाउनु गरेर काम
      पर्दैन विदेश जानू,
      कमाइन्छ स्वदेशमै दाम।
      ३,
      लखरलखर गर्ने किन?
      अर्काको भर परे
      जीवनमा आउँदैन सुदिन ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर

      १,
      केही त गरौँ
      पोखेर पसिना माटोमा
      मिठो सुवास छरौँ।
      २,
      चाहिने मात्र किनौँ
      खोट देखियो महाराजको
      असल कसरी चिनौँ ?
      ३,
      पर्व खेल्दा होली
      उमङ्गको सीमा रहोस्
      नउध्रिऊन् कतै चोली ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा

      १,
      आएर जान्छ कहर
      जिन्दगीमा प्रायजसो हामीले
      एकदम हिँड्नुपर्छ बगर।
      २,
      प्रशंसा मात्र गर्नेको
      हुँदैन कुनै विश्वास
      बहानामा भर पर्नेको।
      ३,
      दर्शन अनि व्यवहार
      भिन्नाभिन्नै पाटो हो
      ढोँगीको गरौँ बहिस्कार ।
    • पृथक प्रकृति ,झापा

      १,
      छोरी अभिशाप नमान
      गर्नु हुन्न भेदभाव
      हुन् नरनारी समान।
      २,
      जलथल छ नभमा
      पुगेका छन् नारी
      पुरुषसँगै भेटिन्छन् सबमा।
      ३,
      शक्ति स्वरूप सदाचारी
      जगत् जननी जगदम्बिका
      ममताको खानी नारी।
    • बिके मुखिया, दार्जिलिङ भारत

      १,
      तिमी मेरो खास
      आऊ बस प्रिय
      यो मनमा बास ।
      २,
      राखी तिमीलाई मुटुभित्र
      माया गर्ने मलाई
      तिमी असल मित्र ।
      ३,
      जोडौँ दुइटा दिल
      बनौँ हामी जीवनसाथी
      पारौँ सारा झिलमिल ।
    • नवशिला, नवदेव मार्ग ,बेलबारी, लालभित्ती, मोरङ

      १,
      सधैँ पालेर भ्रान्ति
      वेदना छताछुल्ल भए
      जुटेर गरौँ क्रान्ति !
      २,
      गोठालो अर्काको पाल्छौँ
      चाकरी पराईको गर्दै
      हामी इज्जत फाल्छौँ ।
      ३,
      तहल्का मच्चायो सुनले
      कुकर्मको फल पाक्दैछ
      जेल पुर्‍यायो गुणले ।
    • ऋजु दिल्पाली, इटहरी – १, सुनसरी

      १,
      बुझिन्छ बुहारी बनेर,
      छोरी बुहारीमा भिन्नता
      कति हुन्छ भनेर ?
      २,
      चलेको संसारी रीत
      गीत गाउनै पर्ने
      नठान मात्र हारजित !
      ३,
      मान्छे कर्मको दास
      बिनात्यागको यो जिन्दगी
      कहाँ बन्छ खास ?
    • विवश पारदर्शी, झापा

      १,
      उमङ्गको वर्षा आयो
      चौतर्फी पवित्र मित्रतामा
      अनुपम माहोल छायो ।
      २,
      अन्यायी सत्ता उल्टन्छ
      होलीको रङ घोलिई
      बेहोसी पल्ला पल्टन्छ ।
      ३,
      साथीको साथ पाएर
      कता हरायो छोरो
      होलीको मात लागेर ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी, सिरहा

      १,
      विभिन्न थरी माटोमा
      होली खेल्छन् किसान
      कृत्रिम रङको साटोमा ।
      २,
      सजियो रङहरूमा थाली
      होलीको सौगात लिएर
      आइपुग्यो यो पालि ।
      ३,
      सौहार्दताको झन्डी टाँगन
      रङहरूको उत्सव मनाउँदै
      होलीको रौनकता आँगन ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा ।

      १,
      माध्यम रहेछ साहित्य,
      सबैको प्रतिनिधित्व गर्ने
      नगाऔॅं बेपत्ताको लालित्य !
      २,
      अनेक भाव आउॅंछन्
      ध्यान साधनाले मनमा,
      सकारात्मक प्रीत लाउॅंछन् ।
      ३,
      के छ मरिलानु ?
      एकछिन रामरस गरौँ
      ए मेरा भानु !
    • दीपा समभाव

      १,
      चुलो बाली खाना
      पकाई पर्खी बस्यौ
      घुर्काई फकाउने बहाना।
      २,
      अलिकति निहुरिएर पस्नु
      धेरैको टाउको ठोक्कियो
      मनको दैलोमा बस्नु।
      ३,
      सक्छौ पस्न दिलमा
      गाउँदा गीत प्रेमको
      कति उठ्यो बिलमा।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान

      १,
      आउँछ जलेर मन
      शत्रुको किन खाली
      बटुली भ्रष्ट धन ।
      २,
      साँधिएन बापवैरी कहिल्यै
      यिनैले किन यसरी
      खेदिरहेका देख्छु जहिल्यै ।
      ३,
      जीवन पाएको मात्र
      सत्कर्मी बन्नु बरु
      फगत लान्छन् सुपात्र ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ

      १,
      कसले दियो धन ?
      इज्जतको घर ठुलो
      हुँदैन सबैको मन ‌।
      २,
      देश चलाउने सरकार
      मान्छेलाई याद छैन
      जनताको हुन्छ दरकार ‌।
      ३,
      तिमीलाई सम्झेर बसेको
      भिख भिखारीलाई देऊ
      उनको दिल कसेको।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      मझेरीको पर्दा भाग्दैमा
      सपना पूरा हुन्छ ?
      पाइलामै ठेस लाग्दैमा।
      २,
      चञ्चलताभरि छ लुकेको
      साधु बन तिमी
      मन छ दुखेको ।
      ३,
      जुनिभरि तिम्रै हुनेछु
      वाचाकसम मैले खाए
      जिउने आधार पाएछु।
    • केन्टरमेश क्षेत्रीय, रोल्पा

      १,
      मुस्कुराए जून हेरेर
      सुनसान रात पूर्णिमाको
      निरुपम ताराले घेरेर।
      २,
      डढेलोले खाएको वन
      फरक देखाउनु, लुकाउनु
      जलेको नदेखिने मन।
      ३,
      परीक्षामा अस्थिर तन
      जिस्काउने किन शब्दले ?
      अत्यास लाग्ने मन ।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ

      १,
      होली लौ आयो
      तराई ,पहाड, हिमाल
      रङको उमङ्ग छायो ।
    • शोभा आचार्य गौतम, काठमाडौँ

      १,
      न गोजीमा धन
      न रोजगार होस्
      कसरी बुझाउने मन ?
      २,
      सरकारले जनताको पीर
      बुझिदिए किन जान्थे?
      युवा जति खाडीतिर ।
      ३,
      युवापुस्ताले देश छोड़ने
      जितेपछि नेताले चुनाव
      अर्कै मोड मोड्ने।
    • गोकर्ण दयाल ‘गौरव’, मेलौली – ७, बैतड़ी

      १,
      रङहरूको पर्व होली
      हार्दिक शुभकामना सबैमा
      खेलौँ दिल खोली ।
      २,
      आयो पर्व होली
      आऊ, मिली खेलौँ
      रङ्गियोस् मेरो चोली।
      ३,
      जोगाऔॅं संस्कृति हाम्रो
      बाहिरी संस्कृति हामीले
      भित्रन नदिएकै राम्रो ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      चरी बन्ने मन
      खुल्ला आकाश चहार्दै
      चिहाउन खुल्ला गगन ।
      २,
      बादल भई घुम्ने
      कहाँ कहाँ पुग्दै
      रहर आकाश चुम्ने ।
      ३,
      मौका आउँछ पर्खॅंदैन
      भन्छन् क्या साथी
      बग्ने खोला फर्कॅंदैन ।
    • मनुहाङ किराँती, सोलु महाकुलुङ – ५,चाचालुङ

      १,
      प्रदर्शन गर्दैछ सहरमा
      सुन्दैन आवाज समाजले
      धनी हुँदैन लहरमा ।
      २,
      धर्मको नाममा जोगी
      महिलामाथि हुन्छ हिंसा
      बहिस्कार गरौँ ढोँगी ।
      ३,
      नेपाली मिलेर बसेको
      देख्न नसक्ने भएर
      विदेशी पैसामा बिकेको।
    • एवाइ प्रभात, सहिदभूमि धनकुटा

      १,
      आत्मसम्मान जरुर हुन्छ
      मानिसको लागि ठुलो
      चोटले मन रुन्छ ।
      २,
      दुनियाँ स्वार्थी भए
      झुक्याएर दुखाएकै हुन्छन्,
      ती दिनहरू गए ।
      ३,
      अजम्बरी छैन चोला
      सबैलाई हिसाब बराबरी,
      हुन्न धार्नी तोला ।
    • पुष्पा राई, खोटाङ

      १,
      तिमीबिनाको यो जीवन
      पूरा हुनै सक्दैन
      पिरोलिन्छ यो मन ।
      २,
      तिम्रो साथ पाउँदाखेरि
      मेरो जीवनमा खुसीको
      लहर आयो फेरि ।
      ३,
      हाम्रो सम्बन्धमा नआओस्
      कुनै किसिमको बाधाअड्चन
      सधैँभरि हाँसीखुशी बितोस् ।
    • कविताहरी, सुन्दर हरैंचा नगरपालिका – १ मोरङ

      १,
      रमाउँदै आएँ सहरमा
      सजाउँदै जादा भविष्य
      हराउँदै गएँ रहरमा ।
      २,
      खोज्दा भेटिनॅं सपना
      निदाउॅंदा देखियो त्यो
      उस्तै पीडा विपनामा ।
      ३,
      फुट्यो ऐनाझैँ जिन्दगी
      जोड्नु काच कसरी ?
      सास बन्यो बन्धकी ।
    • फूलमाया बार्सिमे, सोलुखुम्बु

      १,
      सिमसिम पानी पर्दैछ
      चिसो चिसो मौसम
      बादल बसाइँ सर्दैछ ।
      २,
      कालो कालो कपाल
      हेर्दै लोभ लाग्ने
      ‘सानू’ जोबन समाल ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा

      १,
      नगर्नु नराम्रो काम
      अहङ्कारी बनी सधैँ
      पाउनलाई धेरै दाम।
      २,
      एउटै हुँदैन मन
      पराईको मन नबुझ्ने
      छुट्टै हुन्छ तन।
      ३,
      ठिक लाग्ने गर
      अरूको सिको नगरी
      आफ्नै भर पर।
    • धनुष न्यौपाने, गुठिचौर गाउँपालिका – ०४, बिगारे जुम्ला

      १,
      रङको लाली लगाई
      सजिने छु म ,
      मनमा उमङ्ग जगाई ।
      २,
      मानवको रगत रातो
      निडर भएर लड्छौँ,
      वैरीको जान्छ सातो ।
      ३,
      धर्तीको रक्षा गर्दा
      हाँसेरै ज्यान दिन्छु
      वैरीको जालमा पर्दा ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा

      १,
      रङ्गैरङ्गको हाम्रो होली ,
      खेल्न थाले यत्रतत्र ,
      खुसियाली थापी झोली ।
      २,
      सन्तापलाई राख्दै पाखा,
      कोइलीले गाउँछ गीत,
      सुन्नलाई मिठो भाका ।
    • मनोहरी पौडेल

      १,
      धोइपखाली पापलाई नछोप
      सत्यता हुनुपर्छ सोचविचारमा
      लोकाचारमा अस्मिता नपोख।
      २,
      संसारिक भवसागर तर्नैपर्छ
      हिसाब चित्रगुप्तले लिन्छन्
      बाँचुन्जेल सत्कर्म गर्नैपर्छ।
      ३,
      मनभित्र उदारता हुनुपर्छ
      संसारका विचित्र चलनहरू
      आत्माले मनहरू छुनुपर्छ।
    • घनश्याम पन्त, हरिवन, सर्लाही

      १,
      हेरेर सुन्दर धुप
      देखिन्न भित्र हुने
      कर्तुत र स्वरूप ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

      १,
      हाम्रो मायाको कोसेली
      छोराछोरीको आगमनले भयो
      अॅंधेरी रात उजेली ।
      २,
      हाम्रो हौ छवि
      यसरी चम्काउनु नाम
      जसरी आकाशमा रवि ।
      ३,
      जीवनमा छायो रङ्ग
      बाबा, आमा भनी
      बोलाउँदा हामी दङ्ग ।
    • रुना कर्माचार्य दाहाल, चितवन

      १,
      अर्काको भर पर्नेको
      पूरा हुँदैन सपना
      काममा पछाडि सर्नेको ।
      २,
      झापामा पानी परेको
      आकाश त्यो खुलेपछि
      बारीमा मकै छरेक‍ो ।
      ३,
      रङ्गको पर्व मनाऔॅं
      चारैतिर छायो उत्साहले
      टीका मात्र लगाऔॅं ।
    • कला ढकाल, झापा

      १,
      बग्दैछ चुनाउको हावा
      गरम अनि नरम
      पार्टीको आफ्नै दावा ।
      २,
      आकाशको तारा ल्याएर
      उल्लु बनाउँछ जनतालाई
      आश्वासनको गीत गाएर ।
      ३,
      दलेर मुखमा घिउ
      बहुरूपी जोगी आउँदैछ
      सबैले संज्ञान लिउ ।
    • राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ

      १,
      देशको अँध्यारो पाटो
      युग रोएको भूमिमा
      आइपुगेन गाउँसम्म बाटो।
      २,
      युवाहरू यसरी जागे
      हुल बाँधेर कठै!
      परदेशको बाटो लागे ।
      ३,
      जीवनको दीप हेर
      बल्दैछ उज्यालो खोज्दै
      निभेर जानेछ कतिखेर।
    • बि.कुलुङ, दार्जिलिङ रंगबुल

      १,
      देशको हालत देखी
      मरौँ जस्तो लाग्छ
      एउटा सन्देश लेखी।
      २,
      देशको मुहार फेर्न
      एकपटक सबै जाऔॅं
      अब सिंहदरबार घेर्न ।
      ३,
      जनतालाई दुःख भार
      मेरो देशका नेताहरू
      गर्न छोड्दैनन् भ्रष्टाचार।
    • ललिता सिन्धुली, हाल काठमाडौँ

      १,
      काम गर्यौ अधुरो
      अपजस मात्रै पाउने
      मेरो अभागी पुर्पुरो।
      २,
      बुझिएन भावीको लेखान्त
      भएर मन बैरागी
      सधैँ खोज्छ एकान्त ।
      ३,
      भाग्यको खेल कस्तो ?
      बेकार भयो जीवन
      मानौँ, डुल्ने कुकुरजस्तो ।
    • लक्ष्मण देउवा डोटी, हाल भारत

      १,
      आयो वार्षिक होली
      मिली हामी आपसमा
      खेलौँ रङहरू घोली ।
      २,
      मदिरा सेवन नगरौँ
      गरौँ मिष्ठान्न सेवन
      होलीमा रौनकता भरौँ ।
      ३,
      फुल्यो गुराँस धपक्कै
      रातो रङमा सजियो
      वसन्तमा होली सपक्कै ।
    • हरिगोपाल प्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार

      १,
      गरेर मनले सामना
      खुसी चौतर्फी छायो
      पुगोस् सबैको कामना ।
      २,
      मनको भित्र बास
      डुल्न आऊ सधैँ
      तिमी नै खास !
      ३,
      जन्मिए हजार भ्रष्ट
      देश लुटेर खाएका
      देखियो झन् प्रष्ट ।
    • सहयात्री शोभा अर्याल, रुपन्देही

      १,
      याद मुटुमा बस्छ
      जति बिर्सूँ, भन्छु
      झन् उति डस्छ l
      २,
      हानेर घातको वाण
      अझ भन्छौ निष्ठुरी
      खै, खतको प्रमाण?
      ३,
      रहन्न हरदम खुसी
      सम्झिने छौ अतीत
      आँसुले मार्दा बुर्कुसी l
    • बाबुराम गौतम, गुल्मी

      १,
      स्वार्थी मानिससँगको नाता
      आइपर्दा काम नलाग्ने
      रहेछ चुहिने छाता ।
      २,
      समयसँग जुध्न सक्नुपर्छ
      हुँदैन आफन्त पनि
      आफ्नो अचेल बुझ्नुपर्छ ।
      ३,
      आफूमा राख्नु विश्वास
      देखावटी छन् दुनिया
      नगर्नु कसैबाट आस ।
    • सरला माझी

      १,
      गोजीभित्र हुन दाम
      दैनिकी चलाउन हामीले
      गरौँ दैनिक काम ।
      २,
      होली खेल्ने चाहना
      मनमा उमङ्ग भएपछि
      होलीको हार्दिक शुभकामना ।
      ३,
      सबैसँग बनेर मित्र
      सम्झेर आएको पाहुनालाई
      बोलाउनू, सधैँ घरभित्र ।
    • श्रीकृष्ण धामी, बझाङ

      १,
      अनौठो मेरो जन्म
      बाले भने मुल्याहा
      नि:शुल्क हरेक कर्म ।
      २,
      जान्छु म त्यहाँ
      भोक निद्रा प्यास
      मेटाउन पाउँछु जहाँ ।
      ३,
      तिमी चाँदनी बन
      सितारा म बन्छु
      बजाऔॅं सङ्गीत धुन ।
    • योगप्रसाद उपाध्यय चापागाईं, गोठाटार, काठमाडौँ

      १,
      मिठो वचन बोली
      खेलौँ साथी मिलेर
      रङको पर्व होली ।
      २,
      खुसीको पर्व आयो
      बाल्टिनमा रङ भरी
      खुसीले भाइ रमायो ।
      ३,
      विजयको उत्सव होली
      खेलौँ सद्भावका साथ
      आफ्नो हृदय खोली ।
    • शशीश्री आचार्य

      १,
      छुटिन्छ पाप, धर्म
      नरुवाऔॅं बाँचुन्जेल कसैलाई
      सबैले गरौँ सुकर्म ।
      २,
      साहित्य बगैँचामा रमाऔॅंला
      शब्द रचना मिलाउॅंदै
      अमर भई जमाऔॅंला ।
    • दुर्गा भट्टराई, मोरङ

      १,
      अॅंध्यारो छ रात
      छैन बात केही
      छुट्यो सबैको साथ ।
      २,
      घाम बनी आउनू
      छाउनु किरण बनी
      मलाइ माया लाउनू ।
      ३,
      नेता जति गिरेका
      पिर्नु पिर्छन् जनता
      बगलीमा छुरा भिरेका ।
    • उपेन्द्र भट्टराई, बानेश्वर, काठमाडौँ

      १,
      रुने कला पनि
      सिक्ने मौका पाएँ
      सुखको दिन गनी
      २,
      पीडा लुकाई हाँसे
      मुस्कान त्यतिको खुलेन
      बाँकी जीवन साँचे।
      ३,
      जिन्दगी छ छोटो
      नदुखाऔॅं चित्त कसैलाई
      नबनोस् जिन्दगी खोटो।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर

      १,
      बाँकी खेर गयो
      तिम्रै यादको ढाकर
      बोक्न कठिन भयो ।
      २,
      म बस्छु ढुकेर
      हेर्न उन्नति प्रगति
      तिम्रै दिलमा लुकेर ।
      ३,
      शत्रु, वैरी ढलोस्
      गोडमेल गर्नु मनले
      हरदिन खुसी फलोस् ।
    • निलहरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ)

      १,
      प्रभातीय नमन भनियो
      सबेरै निद्रा खुल्नेबित्तिकै
      ओछ्यानबाट स्नानघर सरियो ।
      २,
      भगवान्मा ध्यान जाओस्
      हरेक बिहान उठ्नेबित्तिकै
      प्रभुको नाम गाओस् ।
      ३,
      संसारको अकाट्य कथ्य
      हामी सबैले बुझ्नुपर्ने
      मृत्यु मानवको तथ्य ।
    • राजेशराज गड्तौला, काँडाघारी, काठमाडौँ

    ::::::::जय झिल्का साहित्य ! ::::::::

    Leave a Reply