सुदुर पश्चिमेली नेपाली समाज साउदीले नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीलाई गर्यो १ लाख सहयोग

  • १८ फाल्गुन २०८०, शुक्रबार २३:१० मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरबको जेद्दामा बिगत दुई हप्ता देखि संचालित WAFF Women Championship २०२४ को उपविजेता हुन सफल नेपाली राष्ट्रिय महिला फुटबल टिमको राम्रो खेल प्रदर्शनको उच्च सम्मान स्वरुप सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबले खेलाडीहरुलाइ सम्मान पत्र र प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ रकम द्वारा सम्मानित गरेको छ ।


    प्रीमियम र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी २०२४ बिहिवार बेलुकी फाइनल खेलेको नेपाली टिमले खेलमा निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उप बिजेता बन्न पुगेको थियो ।
    नेपाली खेलाडी हरुको उच्च सम्मान र प्रोत्साहन गर्दै खेलको सुरुवात देखिनै साथ सहयोग गर्दै आइरहेको सुदुर पश्चिमेली नेपाली समाज साउदी अरब, नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल तथा अन्य प्रतिनिधिहरु, र जेद्दा स्थित अन्य संघ संस्थाका प्रतिनिधिहरुले १ मार्च २०२४ शुक्रबारका दिन जेद्दाको विमानस्थलमा गएर स सम्मान साथ सहयोग गरि बिदाई गरेको छ ।


    प्रोत्साहित रकम सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष खेमराज भट्टको रहोवरमा केन्द्रिय समितिका पदाधिकारी अध्यक्ष स्वयं खेमराज भट्ट, वरिष्ठ उपाध्यक्ष पदम महत, उपाध्यक्ष चक्र मल्ल , महासचिव केशव बहादुर सिंह , सचीव केशब सिंह धामी, कोषाध्यक्ष राजेन्द्र पन्त, सह कोषाध्यक्ष राम बहादुर बिष्ट , केन्द्रिय सदस्य बाबुराम रिजाल, हरी ओझा, दिपक लुहारले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।
    नेपाली महिला राष्ट्रिय फुटबल टिमको बिदाई कार्यक्रममा महावाणिज्यदूतावास का महावाणिज्यदूत शत्रुध्वन पोख्रेल , श्रम सहचार्य ताम्राराज काफ्ले, सुदुर पश्चिमेली नेपाली समाजका पदाधिकारी एवं एनआरएनए आरसिसि जेद्दाका पदाधिकारी र जेद्दा स्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीको उपस्थिति रहेको थियो।


    बिदेशमा आउँदा खेल मैदानमा होस या स्वागत र बिदाईमा होस यसरी नेपालीहरुले गरेको साथ सहयोग सम्मान लाई खेलाडी टिमले खुशी व्यक्त गर्नुको साथै आभार व्यक्त गरेका थिए ।।

    Leave a Reply