सीमा कार्की समर्पणका चोटिला झिल्का कविताहरू

  • २३ फाल्गुन २०८०, बुधबार २२:०० मा प्रकाशित
  • १)
    आमा मेरो सहारा
    कसरी तिरौँ मैले
    खाएको दुधको भारा !
    २)
    छातीमा टाँसेर जोगायौँ
    चुँडिन्छ भन्दै कोपिला
    राखेरै काखमा हुर्कायौँ !
    ३)
    हामीलाई खुवाउथ्यौँ जहिल्यै
    भोक शान्त पार्न
    पटुकी कस्थ्यौँ पहिल्यै !
    ४)
    डोरायौँ हात समाई
    खोज्छौँ तिम्रो धन,
    आपसमा गरी लडाई !

    जहिल्यै दिन्छु दुख
    आफ्नै झोली भर्छु
    दिन्नँ तिमीलाई सुख ।

    ✍️ सीमा कार्की
    ठोरी गाउँपालिका ४, पर्सा

    Leave a Reply