साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४५ सम्पन्न

  • २० फाल्गुन २०८०, आईतवार १५:५४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    उदक अभ्यास १४५ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –

    [१]
    बालक
    गर्दै सिको
    अभ्यास गर्दै कृषिको !

    • वसन्त अनुभव
      [२]
      बाख्रा
      कृषिको कर्म
      बालकको एक अभ्यास !
    • आर्त अकुलीन
      [३]
      जाेत्न
      सिक्दै बालक
      बन्ला देश चालक !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [४]
      वलापन
      सृजनशील मन
      उध्यमी बन्दैछ जीवन
      रामप्रसाद पौडेल
      [५]
      बालक
      जनचेतना जगाउँदै
      धर्तीमा हिरा मगमगाउँदै !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल: भारत
      [६]
      खेती
      बोका जोतेर
      अन्न पारीबाट बोकेर !
    • पशपती राई, खोटाङ
      [७]
      कर्म
      कृषिको सिको
      बालकको भयो धर्म !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [८]
      जिज्ञासु
      देखासिकी गरेर
      सिक्छ्न् अघि सरेर !
    • पृथक प्रकृति, झापा
      [९]
      जोताई
      बाख्रा बालकलाई
      सन्देश देश हाँक्नलाई !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१०]
      देखाउन
      मात्र काम
      मान्छेले बिर्सिएला माम !
    • निरज कोइराला
      इटहरी-१६, सुनसरी
      [११]
      बालापन
      मिठो संसार
      चलिरहने एउटा मन !
    • म्यामराज राई, भोजपुर
      [१२]
      जोतेर
      हल बोकाको
      पाइन्छ स्वाद धोकाको !
      सविता के.सी.
      [१३]
      बालपन
      सिक्ने दिन
      सानैबाट गर्छन् जतन् !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१४]
      बालक
      लिएर शान्ति
      भविस्यमा गर्छ कृषिक्रान्ति !
    • प्रविना प्रयासी
      ओखलढुंगा
      [१५]
      बालापन
      बित्छ खेलेर
      देखासिकी सिको गरेर !
    • विके माकजू
      [१६]
      बालक
      बोका जोताइ
      शासन सञ्चालनको झझल्को !
    • केन्द्रप्रकाश बराल, इलाम
      [१७]
      गोरु
      विकल्प खसी
      दिँदै सन्देश नवजवानलाई !
    • सीता रिजाल
      [१९]
      कृषक
      किसानको सन्तती
      परम्परागत पेसाको अभ्यास !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२०]
      सन्तान
      कृषिप्रधान देशको
      गर्दै अग्रजको सिको !
    • सीता पाण्डेय मरासिनी
      तम्घास, गुल्मी ।
      [२१]
      बालक
      सिकाइको मेसो
      कस्तो अचम्मको चालक !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२२]
      बालापन
      एकोहोरो मन
      कृषि हाम्रो धन !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [२३]
      जाेत
      हेर्दा कुरीकुरी
      बाँच्नकाे लागि मज्बुरी !
    • चन्द्रावती अधिकारी
      काेहलपुर, बाँके
      [२४]
      बालक
      कृषकको छोरो
      बाख्रा जोत्छ मोरो !
    • कला ढकाल, झापा
      [२५]
      जोतौँ
      हल बोकाको
      गोरू सबै विदेसमा !
    • मधुसूदन शर्मा, रोल्पा
      [२६]
      केटाकेटी
      गर्छन् देखासिकी
      शिक्षक अभिभावक होसियार !
    • दुर्गा अधिकारी भमरकोटे
      [२७]
      भलो
      कृषि क्रान्ति
      बोका जोत्ने थलो !
    • विवश पारदर्शी, झापा
      [२८]
      हली
      बाख्राकाे जाेताई
      मुरी अन्न फलाई !
    • नवराज भट्ट, कञ्चनपुर
      [२९]
      बाेका
      हुन्न दाइँ
      हेर जगत् हँसाइ !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३०]
      बालक
      कृषिको रहर
      मौन गाउँ सहर !
    • कविता आचार्य, कैलाली
      [३१]
      बालक
      कृषि विकासको
      बनाउँदै एक झलक !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३३]
      लहर
      बालापन रहर
      हाँसो लाग्दो सहर !
    • शारदा आचार्य
      ललितपुर
      [३४]
      सिको
      कृषिको सङ्केत
      बाँझो छोडेका खेत !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३४]
      बाल्यकाल
      सिक्ने अवस्था
      सन्देश सिङ्गो राष्ट्रलाई !
    • सुधा बाँस्कोटा, ढकाल
      [३५]
      बालापन
      नेपालको तस्बिर
      बोकाले दाइ हुँदैन !
    • रघु थापा, सुनपा
      [३७]
      सिक्नु
      जीवन मेला
      यही हो बेला !
    • नन्दलाल आचार्य
      बेलका, उदयपुर
      [३८]
      जोते
      बालकले हलो
      कृषि प्रधान देशको !
    • रमा पन्त, पाल्पा
      [३९]
      किसानी
      बाबुको छोरो
      धुन त्यही एकोहोरो !
    • घनश्याम पौडेल, पोखरा
      [४०]
      अभिभावक
      भएका दास
      लोभले बाँझो कृषि !
    • लोकबहादुर क्षेत्री
      [४१]
      आउँदैन
      फेरि घुमेर
      यो बालापनको उमेर !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४२]
      सिकाई
      परम्परागत पेसा
      कृषिमार्गको देखाउँदै दिशा !
    • सुरेश न्यौपाने
      [४३]
      प्रयासरत
      प्रयाेगशील बालक
      भावी जीवनकाे सङ्केत !
    • टीकाराम जाेशी, टीकापुर
      [४४]
      सिकाइ
      मनबाट देखेर
      गर्छन् ठुलाकाे हेरेर !
    • दीपा समभाव, काठमाडौँ
      [४५]
      बालक
      हात बढाउँदै
      बोका नार्ने प्रयास !
    • कमला देवकोटा, पाल्पा
      [४६]
      परम्परा
      कृषिजन्य उपयोग
      बालबालिकाको रमाइलो खेल !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [४७]
      बालक
      नार्दै बोका
      हुँदै कृषिक्रान्ति देसमा !
    • राम न्यौपाने, कैलाली
      [४८]
      नेपाल
      कृषि प्रधान
      यस्तो भएछ प्रावधान !
    • कार्की डिबी माकुम
      सुनवल -४, नवलपरासी
      [४९]
      बालक
      सिक्ने बाटो
      कृषिमा हुन्छ माटाे !
    • श्रीकृष्ण धामी, बझाङ
      [५०]
      कृषक
      परिवारको भलो
      भरपर्दो एउटा हलो !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      [५१]
      बाल्यकाल
      काचो माटो
      सिक्दै अनेक बाटो।
    • टिकाराम पुन पुकार
      छत्रेश्वरी गाउँपालिका-२, सल्यान
      [५२]
      शैशवकाल
      बच्चाले सिक्छन्
      देखेकाे कुरा गर्छन् !
    • सुरेश चन्द्र घिमिरे, कपन
      [५३]
      बालापन
      समय देखासिकिको
      आउँछन् अनेकौं उपध्रो !
    • शिव ज्ञवाली, गुल्मी
      [५४]
      जाेत्न
      यसरी नसक्नेले
      हुँदैन बाटो छेक्न !
      -:रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५५]
      जोत्नु
      जोत्यो बोका
      कसरी भर्छ डोका !
    • नागेन्द्रप्रसाद यादव
      [५६]
      बालक
      सिक्नमा तल्लीन
      कृषिको नयाँ प्रविधी !
    • धर्मी शाक्य,बुटवल, रुपन्देही ।
      [५७]
      कृषक
      बाबुबाजेका पेशा
      जीवन गुजार्न सिक्दै !
      जिज्ञासु पन्त, लमजुङ
      [५८]
      बालक
      गर्दै सिको
      जग यो भोलिको !
    • लक्ष्मी स्मृति
      [५९]
      बालापन
      एकोहोरो मन
      भविष्यको कृषक बन !
    • धनमाया चौधरी, कैलाली
      [६०]
      बाउले
      जोत्ने करले
      छोराले भने रहरले !
    • चक्र शाही, लम्की, कैलाली
      [६१]
      देश
      कृषि प्रधान
      भयो बोकाको जोताई !
    • त्रिलोक रामदाम
      भैरहवा-८, रुपन्देही
      [६२]
      बालक
      बोकाको रूप
      आधुनिक कृषिको झोक !
    • बेदु न्यौपाने
      [६३]
      बालापन
      रमाईलो जीवन
      चञ्चल चञ्चल मन !
    • अबोध निर्मल
      लम्कीचुहा-०३, व्यवस्थितनगर, कैलाली
      हाल: दोधारा चाँदनी, कञ्चनपुर
      [६४]
      बनाइ
      खेल्छ बाटोमा
      बाख्रो गोरुको साटोमा
    • सम्झना कुँवर
      [६५]
      बालपन
      चञ्चले स्वभाव
      देखासिकी गर्ने रहर !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा -९, कैलाली
      [६६]
      बाल्यकाल
      चञ्चले अवस्था
      भविष्यकाे सौम्य कर्णधार !
    • सहयात्री शाेभा अर्याल
      रुपन्देही
      [६७]
      बालक
      अभ्यासमा व्यस्त
      निन्द्रामा सुतेको देश !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [६८]
      खेत
      जोत्ने बोको
      बालक बिचरा चालक !
    • मङ्गला उपाध्याय, बारा
      [६९]
      बालापन
      बोका जोतेर
      कृषिमा लगायो मन !
    • दुर्गा भट्टराई, मोरङ
      [७०]
      बालक
      कृषिको रहर
      फैलियोस् सन्देश देशभर !
    • सरस्वती श्रेष्ठ
      रुपन्देही, बुटवल
      [७१]
      कृषि
      व्यवहारिक शिक्षा
      लिएको जनाउदै बालक !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [७२]
      बालापन
      सपनाकाे घर
      हलाे जाेत्ने रहर !
    • श्रद्धा आचार्य, पोखरा
      [७३]
      कृषि
      क्रान्तिको सुरुवात
      अग्रसर कलिला हात !
    • साबित्री अधिकारी, काठमाडौँ
      [७४]
      बालक
      सिक्न खोज्दै
      पुरानो प्रविधि कृषिमा !
    • समुन्द्रा शर्मा, सुनसरी
      [७५]
      बालापन
      सिर्जनशील मन
      कर्मठिला कलिला तन !
    • बाबुराम आचार्य, धनगढी, कैलाली
      [७६]
      प्रयोग
      अभ्यास गरेर
      जिज्ञासा मेट्ने पूरापूर !
    • भगवती दवाडी, झापा
      [७७]
      नेपाल
      कम्जोर प्रणाली
      कृषी प्रधान देश !
    • तिला लेकाली
      [७८]
      बालक
      कृषकका छोराछोरी
      देखेको गर्दैछन् झलक !
    • दुर्गा आचार्य,मोरङ
      [७९]
      विकल्प
      आफै खोज्नुपर्छ
      भएका मध्ये रोज्नुपर्छ !
    • देवी पन्थी

    Leave a Reply