साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ८ सम्पन्न

  • २९ फाल्गुन २०८०, मंगलवार २२:१८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको आठौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला – ०८ मा सहभागी झिल्काकारहरू-


    १,
    फोहोरको मोहर हौ
    प्राप्त व्यवस्था सुधार्न
    जनको ढुकढुकीमा छौ ।
    २,
    नारी सृष्टिको मुहान
    उज्यालो बिहान ल्याउने
    कहिल्यै घट्दैन सम्मान ।
    ३,
    आहा ! देशको प्रशासक
    सगरमाथाझैँ शिर उॅंचो
    भक्षक विरुद्धमा रक्षक ।

    • म्यामराज राई, भोजपुर

      १)
      कागजमै आहा समृद्धि
      घट्ने चान्सै हुँदैन
      उकालोमा छ मूल्यवृद्धि !
      २)
      बरु छोड्ला सासले
      पटक्कै कुर्सी छोड्दैनन्
      नेता मालको आसले !
      ३)
      आलु भनेर पिँडालु
      बनाई मूर्ख जनता
      छल्न साह्रै सिपालु !
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ

      १,
      आँसुको सागर बगेछ
      बन्धन मुटुमा गाँठो
      कसिॅंदै कसिॅंदै सरेछ ।
      २,
      शिवरात्रि भाङ, धतुरो
      ताण्डव नाचेर बिताए
      हाँसोमा भएछ चतुरो ।
      ३,
      नारीको अस्तित्व रहन्छ
      परिश्रम गरेर खान्छन्
      माटोमा कुँदेर सहन्छ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      गर्छौँ मिठा कुरा
      मुखले ठिक्क पार्दै
      तर छन् अधुरा।
      २,
      जोगी देखिॅंदैनन् फरक
      भाँडो उही भई
      लागिरहन्छ हामीलाई हरक।
      ३,
      भन्छौँ सबै ठिक
      देखिॅंदैन कतै नयाँ
      अनि लागिरहन्छ दिक।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।

      १,
      महिला अधिकारका कुरा
      सबैले गरेको देखेर,
      मनै आनन्दित पूरा।
      २,
      नबनोस् एक दिनलाई
      महिला दिवस उत्सव,
      दबाएर हरेक छिनलाई।
      ३,
      मिलाए हातमा हात
      नारीहरू अघि बढ्नेछन्,
      पाए समाजको साथ।
    • पुष्पा राई, खोटाङ।

      १,
      हामी नेपालीको माथ
      विश्वको सामु झुक्दैन
      खेलाँची कहिल्यै नठान ॥
      २,
      खान्छौँ आफ्नै पौरख
      खोस्रेर पाखा पहरा
      यसमै मान्छौँ गौरव ॥
      ३,
      आफनै पौरखमा बाँचौँला
      सधैँ रमाउँदै खुसीले
      मिलेर हामी नाचौँला ।
    • गुणनिधि घिमिरे अमेरिका

      १,
      नारी अस्तित्व मेटिए
      स्वतन्त्रताको नारा अनर्थ
      न्यायको थाप्लोमा टेकिए ।
      २,
      नारी महान् सम्मान
      छैनन् नारी घरमा
      कसरी चल्छ जहान ?
      ३,
      हरे ! शिव भोला
      नारी अस्तित्व सबैको
      रक्षा गर्नु होला ।
    • बेदु न्यौपाने

      १,
      झरेको झर्ना हेर्दा
      भयो अति आनन्द
      मायाले साथमा बेर्दा।
      २,
      रहर मेटिएन मनको
      देखेर आकृति तिम्रो
      लजालु त्यो पनको।
      ३,
      मेरो जीवनको सहारा
      जूनझैँ बनेर आइदियौ
      आकाशको चम्किलो तारा।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा

      १,
      नारी दिवस अर्थ
      सानी ठुली बुझे
      सत्कर्म गरी गर्व ।
      २,
      लहडमा नलाग सानी
      अगाडि बढ लिएर
      असल आचरणको बानी ।
    • देव मगर

      १,
      कागजी बाघ भए
      विकास बाधा भयो
      एकै ठाउँमा गए।
      २,
      मात्र भोटको मिसन
      उखान टुक्का हाली
      सकियो कामको लगन ।
      ३,
      जनताको पसिनामा रजाइॅं
      काले काले मिलेका
      पालैपालो दाग लगाई।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८

      १,
      फेरि उडायो तारा
      पार्छ पक्कै पनि
      बेथिति जगमग सारा l
      २,
      नउठोस् कृत्रिम बादल
      छेक्न त्यसको आभा
      बजाई बेतालको मादल l
      ३,
      बन्नु दक्ष प्रशासक
      खोजी खोजी भ्रष्टलाई
      डस्नू, बनेर तक्षक l
    • बाबुराम गौतम, गुल्मी

      १,
      सबले मिली खाने
      असल नेता अब
      खोज्न कहाँ जाने।
      २,
      कसको गर्नु भर ?
      आफू आफैँसॅंग पनि
      लाग्छ अचेल डर।
      ३,
      कान चिरेका जोगी
      सबै नेता उस्तै,
      खान मात्रै भोगी।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ

      १,
      छैन यहाँ सातुसामल
      अल्छी साइँदुवा मोरो
      पानी उमाल्नू, हरपल ।
      २,
      छैन काम दाम
      घुमीफिरी दिन बिताउने
      चाहियो मिठो माम।
      ३,
      पेट छालाको धोक्रो
      भरिनै पर्छ नभरे
      समातिहाल्छ नि घोक्रो।
    • बिके मुखिया, दार्जिलिङ भारत

      १,
      बन्नुपर्छ सुयोग्य नारी
      रिसराग सबै त्यागेर
      घरव्यवहारमा गरौँ सफारी।
      २,
      शिवको भक्त भएर
      तीर्थयात्री मख्ख पार्‍यो
      मठमन्दिर दैनिक गएर।
      ३,
      गृहमन्त्री बने रवि
      भ्रष्टाचार निर्मूल गरेर
      कस्तो बनाउॅंछौ छवि ?
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, राधे राधे भक्तपुर

      १,
      केही गर्न बाँचौँ
      अन्याय सहनु हुँदैन
      शक्ति सामर्थ्य साँचौँ ।
      २,
      कर्तव्य हुँदैन भुल्नु
      पाइॅंदैन मागेर अधिकार
      लक्ष्यहीन किन डुल्नु ?
      ३,
      झनै बिग्रॅंदो रीति
      सकिॅंदैन यसरी जिउन
      भड्किॅंदो सबैको मनस्थिति !
    • ऋजु दिल्पाली, ईटहरी १ सुनसरी

      १,
      महान् हुन्छ कर्मले
      सुन्दर देश दुनियाँ
      सजीव सेवा धर्मले !
      २,
      उकाली गर्दै ओराली
      एकसाथ जीवन मार्गमा
      मिलेर बसौँ चौतारी !
      ३,
      हावा चलेछ रातमा
      अनुपम सृष्टि संसार
      शीतको थोपा पातमा !
    • आर्त अकुलीन

      १,
      बगेछ आँसुको भेल
      छ मन भक्कानिएको
      कहिले हुन्छ मेल ?
      २,
      किनार छन् दुईतिर
      आफ्नो गतिमा नदी
      हुँदैन कहिल्यै अस्थिर ।
    • प्रेम थापा “मन”बागलुङ

      १,
      समयको गरौँ ख्याल
      पल पल सम्झॅंदै
      नत्र भइन्छ बेहाल।
    • तोया नाथ चापागाईं, दमक, झापा

      १,
      कस्तो समय आयो
      अरूलाई होच्याई आफू
      रमाउॅंदै सरम पचायो ।
    • विजय रिजाल

      १,
      देशमा उजेली छाएन
      अनेकौँ तन्त्र आए
      सुनौलो बिहानी आएन।
      २,
      मान्छे मात्रै फेरियो
      नीति उस्तै उस्तै
      शासन सबैको हेरियो।
      ३,
      उसले सरम पचायो
      सहस्र वितण्डा गरेरै
      फेरि कुर्सी बचायो ।
    • नील हरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ)

      १,
      आफ्नै माटो खोस्रेर
      उब्जनी गरौँ हामी
      धर्ती पसिनाले सिॅंचेर ।
      २,
      बल्ल बन्छ देश
      हातमा हात मिलाउँदै
      सम्हालौँ आफ्नो परिवेश
      ३,
      सुन्दरताको छ खानी
      परिश्रमी किसान छन्
      सबैको सहयोगी बानी ।
    • सरिता सेढाई, धादिङ

      १,
      कुरा अधिकारका रहे
      कानुन छ भेदभावपूर्ण
      वकिलहरू बिक्री भए ।
      २,
      अर्थतन्त्र ओरालो लाग्यो
      डुब्ने सङ्घारमा देश
      नेताहरू परपर भाग्यो ।
      ३,
      प्रवासीलाई अधिकार चाहियो
      आफू बसेको देशबाट
      भोट दिन पाइयो ?
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि

      १,
      प्रयास आकाश छुनलाई
      सम्झेर कहिल्यै नरुनु
      बाआमालाई दिन्न रुनलाई ।
      २,
      आफ्नै मान्छेले लडाउॅंछन्
      कसलाई उचाल्दा हुन्छ
      कानमा शङ्ख बजाउॅंछन् ।
      ३,
      महिलाले महिला मारेका
      नेपालको कानुन मनमौजी
      महिलाहरू ओझेल पारेका ।
    • चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ

      १,
      सलल बगेको खोला
      बाह्र वर्षपछि फर्कन्छ
      साँच्चै फर्केको होला ।
      २,
      पवनले पत्र चलाउँदा
      सितारा घुम्टी झिकेर
      निशापछि रवि सल्बलाउँदा ।
      ३,
      म भाग्यमानी ठानेर
      डोकोमा दुध दुहुन्न
      अडिन्न भन्ने जानेर ।
    • झरना विन्दु ‘सरु’, सिराञ्चोक-५,गोरखा, हाल:राइनास-१,लमजुङ

      १,
      अन्याय अत्याचार विकार
      मौलाउन नपाओस् पुनः
      कोही नहोस् सिकार।
      २,
      मौनतामा रुमलिन नपरोस्
      आवाज उठाउनु पर्छ
      कसैले अतिक्रमण नगरोस् ।
      ३,
      हारेको कर्म नभनौँ
      किमार्थ दिदीबहिनी हो
      कर्ममा लागि परौँ ।
    • पृथक प्रकृति

      १,
      गर्नेको पुच्छर तान्छ्न्
      बहुमत पाएर चण्डालले
      हैरानी दिएर बान्छन् ।
      २,
      उहिले लाइएन माया
      आँखाको मिठास झझल्को
      अहिले परिगयो छाया ।
      ३,
      हरियाली सुन्दर ठाउँ
      मासेर यसरी आफैँले
      खोजेर कहाँ पाऊँ ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ

      १,
      मानवले मानवको सेवा
      अति उत्तम हुनेछ
      पुण्य कर्मको मेवा।
      २,
      बन्दछ भविष्य राम्रो
      समयलाई चिन्न सके
      डुबेको जिन्दगी हाम्रो ।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी

      १,
      ए ! युवा जाग
      बन्नुपर्छ तिमी साहसी
      यसैले विकासमा लाग।
      २,
      सुकेर गयो खहरे
      लाग्छ उसलाई डर
      नबन तिमी सहरे।
      ३,
      माटो माया कति
      गर तिमी सम्मान
      जाँगर छ जति।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      ओराली झर्दै उकाली
      एकदिन पक्कै आउला
      हामी खेलेको चौतारी !
      २,
      सलसल बग्छ खोली
      उमेर भयो उनको
      पठाउँदा हुन्न भोलि।
      ३,
      नेपालीको बोलीमा मिठोपना
      सगरमाथा घुम्न आउनु
      चारैतिरका मिलेर सबैजना।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान

      १,
      थापेर आमाको आसिक
      भर रहेनछ जिन्दगीको
      बाँच्न गर्दैछु कोसिस।
      २,
      तेरो मेरो गन्छौ
      फोहर हुन्छ जिन्दगानी
      बेतुक कुरा भन्छौ ।
      ३,
      अर्थपूर्ण जीवन गाथा,
      चाहेर नि भएन
      पल्टिएर उल्टो पासा ।
    • मनोहरी पौडेल, गैडाकोट १

      १,
      आज सपना देखियो
      उज्यालो बिहानीपखमा हेर
      दुष्कर्मको समय लेखियो ।
      २,
      सत्कर्म गर्ने गरौँ
      धर्म मान्दै मनुष्यको
      समयमा खुसीले भरौँ ।
      ३,
      नडराऊ दुःख गर्न
      गर्छ पात पलाउने
      फेरि भुइँमा झर्न ।
    • धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ४, बिगारे जुम्ला

      १,
      दौरासुरुवाल र कोट
      हेर! कत्ति सुहाएको
      छैन मनमा खोट ।
      २,
      नेपाली हामी वीर
      राष्ट्र हाम्रो मुटु
      झुक्न दिॅंदैनौँ शिर ।
      ३,
      हिमाल, पहाड, तराई
      सबै बरोबर यहाँ
      कोही छैनन् पराई ।
    • शशीश्री आचार्य

      १,
      नभेटेसम्म बसेका पर
      वैकल्पिक शक्तिक‍ो पनि
      उम्दापनको भएन धर ।
      २,
      हजार गरियो भलाइ
      द्वेषको एउटै काँटीले
      सिध्याई दिए जलाइ ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      एक भई जुटौँ
      अन्त्य गर्न ज्यादती
      अब नारी उठौँ ।
      २,
      किन बढ्छ देशमा
      हत्या हिंसा बलात्कार
      हुन्छ पापीको भेषमा ।
      ३,
      विकास कहिले होला ?
      देशको प्रमुखमा खाली
      कुर्सीमै छोड्लान् चोला ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      छैन चित्त शान्ति
      देखेर देशको हालत
      मन भयो भ्रान्ति ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ

      १,
      भो दुर्गति अति
      भुत्ला भुवाझैँ सधैँ
      यो जिन्दगीको गति ।
      २,
      आमोदप्रमोद वर्णन गरी
      बस्छन् मानिस यहाँ
      जीवनचरित्र सोचेर सुधासरि ।
      ३,
      आजन्म भाग्य टाँगी
      कति चल्छ जीवन
      सदैव भीख मागी ।
    • विवश पारदर्शी, झापा

      १,
      बर्सियो आँसु खुनको
      झुटले ढाक्न सकिन्न
      नसोध्नु खबर उनको ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

      १,
      बाँच्नु कहाँ गएर ?
      जन्म लिन मनै
      छैन छोरी भएर
      २,
      सधैँ नराम्रो दृष्टि
      मारेर नारी रित्तिए
      के होला सृष्टि ?
      ३,
      विकृतिको आउँछ समाचार
      नारीलाई जोगाएर राख्नु
      देऊ बाँच्ने अधिकार ।
    • प्रकृति देवकोटा,चितवन टाँडी

      १,
      हिमाल धपक्क हाँसेर
      दार्जिलिङले लाउँछ मोहनी
      हार्दिक साइनो गाँसेर ।
      २,
      चिया पिउनु सुरुप्प
      हरर बासना चल्यो
      चियाको गुच्छा झुरुप्प।
      ३,
      दिन भयो घमाइलो
      आऊ, साथी घुमाउन
      गरौँ आपसमा रमाइलो ।
    • मोती सुब्बा, दार्जिलिङ,निमकी डाँडा

      १,
      जीवन गुजारौँ हाँसेर
      पर्दछ किन रुनु ?
      उपकारी वाचा टाँसेर ।
      २,
      मनुष्य योनिमा हामी
      हौँ प्रभुका दास
      काम गरौँ छामी ।
      ३,
      जानु पर्दैन काशी
      सत्कर्म गरेर हुन्छ
      बसौँ बनेर मृदुभाषी ।
    • कार्की डिबी माकुम, सुनवल – ४, नवलपरासी

      १,
      नारी सृष्टिकी खानी
      सन्तान खातिर त्याग
      ल्याउँछिन् उज्यालो बिहानी।
      २,
      लुकाई पीडा नारी
      ओठमा ल्याई हाँसो
      बोकी जिम्मेवारीको भारी।
      ३,
      नारी मैनको रूप
      आफू जलेर उज्यालो
      पग्लन्छे बन्दै धूप।
    • सरस्वती श्रेष्ठ

      १,
      आशा भरोसाको आडमा ,
      हिॅंड्यो ऊ अब
      टेकी सबैको ढाडमा ।
      २,
      विश्वास गरे गाँडमा,
      फेर्दै रूप उसले
      लान्छ कि भाँडमा !
      ३,
      रमाउन मन काखमा,
      तिम्रो पनि ध्यान
      नजाओस् ल लाखमा !
    • दीपा गुरुङ्ग समभाव, काठमाडौँ

      १,
      जागोस् सबैमा जागरण
      आलस्य जिउमा रहिरहे
      फेरिन्न कहिले आवरण ।

      जुनेलीले बिस्कुन सुकाउँदैन
      संस्कार संस्कृति बुझेको
      इमानदारले कुरा लुकाउँदैन ।

      प्रदूषित नहोस् माथ
      हरेक महान् कार्यमा
      सदा मिलोस् साथ ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा

      १,
      छेपारोले गीत गाउँदैन
      व्यवस्थाको ठगाइले गर्दा
      रातमा निद्रा आउँदैन ।
      २,
      मान्छे एउटै हामी
      उचाल्दा आकाशमा उड्ने
      जाति पर्‍यौँ दामी ।
      ३,
      पहिलो भेटमा लजायौ
      बिहेपछि त तिमीले
      मेरो बाह्र बजायौ ।
    • राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ

      १,
      महिलाले बन्धन तोडेर
      कति बस्नु भान्छामा
      परिचयको बाटो मोडेर।
      २,
      बस्नु कति रोएर
      कमजोर बन्नु हुँदैन
      आँसुले मुख धोएर।
      ३,
      मायाले माया मारेको
      मोहनीले हो कि
      कस्तो पीर पारेको।
    • संगीता खरेल, चन्द्रागिरि – ८, काठमाडौँ

      १,
      आशाले बाँधेर राखिन्छ
      विश्वास भए जीवन
      फुस्कियो जहाँ साँचिन्छ ।
      २,
      चिसो बतासले उडाउँदै
      प्रेममा फुल्यो ढकमक्क
      बास्नाले तृषित बनाउँदै।
    • बिकास छेत्री अञ्जान, बिजनबारी, दार्जिलिङ।

      १,
      जिन्दगीमा दु:ख काटनु
      सुख कहाँ मिल्छ,
      साँचो माया साटनु ।
      २,
      सफलतामा मेरो हात
      हेरौँ, जित भएपछि,
      बधाईको हुन्छ बात ।
      ३,
      सबैको घरमा नारी
      दु:ख पनि लुकाएर ,
      काँधमा हुन्छ जिम्मेवारी ।
    • श्रीकृष्ण धामी, बझाङ

      १,
      यतिमात्र लाग्यो विशेष
      दिइन्छ हत्यारालाई सुरक्षा
      बधाई छ देश ।
      २,
      तस्करीबाट समातिएको सुन
      लागु हुँदैन धनीहरूमा
      मेरो देशको कानुन ।
      ३,
      दिनहुँ हुन्छ बलात्कार
      सरोकार छैन सत्तासीनलाई
      भइरहोस् हिंसा काटमार।।
    • बि.कुलुङ, दार्जिलिङ रंगबुल

      १,
      मूल्याङ्कन भएन खुनको
      हातै काटेर लेख्ने,
      गर्थेँ नाम उनको।
    • शंकर कार्की, मकवानपुर

      १,
      गन्तव्य खोज्दा पाइन्न,
      बढ्नु पर्छ अघि
      नत्र खिर खाइन्न।
      २,
      अरूको पछि लाग्नु,
      खर्च हुन्छ समयको
      बरु आफू जाग्नु।
      ३,
      जातिले धेरै छुन्छ
      जात मात्र एउटा
      जसमा मानवता हुन्छ ।
    • विनोद खाती, मिरिक, दार्जिलिङ

      १,
      वरको सिन्को नसार्ने
      किन परको चिन्ता ?
      आफूले आफैँ लतार्ने।
      २,
      झिल्का त्यसै नसल्का!
      ठुलै शक्ति हो !
      छिनमै मच्चाउँछ तहल्का।
    • हरिगोपाल प्रधान, बनेपा – १४ साँगा बजार

      १,
      नलगाउनु कसैलाई खोट
      उम्रिॅंदैन होला कहिल्यै
      बिउबिनाको त बोट ।
      २,
      पर्छ सबैले जान्न
      महिला पुरुष चाहिन्छन्
      यो सृष्टिलाइ धान्न ।
    • मन्जु बोहरा, सुदुरपश्चिम बझाङ

      १,
      दुई दिनको जीवन
      छ घामछायाँ जस्तै
      बनाऔँ स्वच्छ मन ।
      २,
      चल्दछ जीवनको खेल
      सुखदुःख हुनु स्वभाविक
      यदाकदा हुन्छ जेलझेल ।
      ३,
      कहिले आँसु बगाउने
      कहिलेकाहीँ यो जिन्दगीमा
      खुसियाली मात्र मनाउने ।
    • रसज्ञ छहरा

      १,
      आवरण मात्रै चटक्कै
      कृतिको उपसंहार पढ्दा
      मूल्यबोध पाइएन पटक्कै।
      २,
      धनकै मात्र लोभ
      मान सम्मान छैन
      यसैले हुन्छ विक्षोप।
      ३,
      दन्तेकथा हुन गयो
      संस्कार संस्कृति सबै
      भालुकै कन्पट भयो।
    • पेम्बा यल्मो

      १,
      पीडा अनेकौँ बोकेर
      बाँचेका धेरै नारी
      इच्छा आकाङ्क्षा रोकेर ।
      २,
      ईश्वर पाउन भाकियो
      शत्रुको आँखा लागेर
      खाल्डामै फेरि जाकियो ।
    • रचना शर्मा ‘प्रतीक्षा’

      १,
      भगवान्‌को शरण पर्छु
      शुभ प्रभातको सबैलाई
      हार्दिक नमन गर्छु।
      २,
      न फुर्सद हुन्छ
      झिल्का लेखन अरूको
      पढ्दा मन छुन्छ।
      ३,
      औधी साहित्यमा चासो
      बेफुर्सदी यहाँ बेकाम
      थाप्छु झिल्काको पासो
    • कोपिला अधिकारी, गोरखा सिरानचोक

      १,
      हामी आजका नारी
      सबल अनि सक्षम
      काँधमा हाम्रो जिम्मेवारी ।
      २,
      नसोच हामीलाई दास
      सृष्टिको सुन्दर सृजना
      हामी हौँ खास ।
      ३,
      नारी आफैँ उठौँ
      मागेर पाइने होइन
      अधिकारको लागि जुटौँ ।
    • रुना कर्माचार्य दाहाल, चितवन

      १,
      छैनौँ असल मानव
      देखिन्छ भेटिन्छ खराबी
      प्रवृत्तिको सबै दानव ।
      २,
      जीवन सुखका लायक
      पोख्छन् असन्तुष्टि सबैले
      छैनन् उपयुक्त नायक ।
      ३,
      ढाँटको खेतीमा गयो
      मन जितेनौँ कामले
      सत्य मासिएझैँ भयो ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ

      १,
      निद भयो भङ्गै
      आहारा खोज्न उठे,
      भालेको डाकसॅंग दङ्गै ।
      २,
      रगतलाई कालो पारी
      घरबार राम्रो सिॅंगार्छु
      बाँझो नराखी बारी ।
      ३,
      हाँस‍ो अधरमा छरी
      अन्धकारलाई च्याती दिन्छु,
      सङ्घर्षमा अघि सरी ।
    • सीमा कार्की समर्पण

      १,
      लाग्छौँ दिवस मनाउन
      बरु सबै जागौँ
      देश सुन्दर बनाउन ।
      २,
      गरौँ विभाजन फोहरको
      नागरिक बने सचेत ,
      देशमा वर्षा मोहरको।
      ३,
      विवेकको उपयोग गरौँ
      सत्यको दिई साथ ,
      न्यायलाई विश्वासले भरौँ ।
    • सुस्मिता अधिकारी, काठमाडौँ

      १,
      राजनीतिमा भयो खेल
      जनता सधैँ मारमा
      गर्छन् नेता जालझेल ।
      २,
      जनता हामी भेडा
      सधैँ विश्वास गर्ने
      नेता हुन्छन् टेडा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई – ४ झापा

      १,
      आउँछिन् सधैँ जुनेलीमा
      लुटाएर निशामा कौमार्य
      जान्छिन् फर्की उजेलीमा ।
      २,
      उपभोग्य साधन रे
      कठै ! कस्तो सोच ?
      उपभोक्ता मर्द ए !
      ३,
      आयौ रश्मि जसरी
      स्वर्णिम रात भुलेर
      जाऊ भनूँ कसरी ?
    • नेत्र घिमिरे, सूर्यविनायक ,भक्तपुर

      १,
      ठुला गरे कुरा
      संसदमा बसेर नेताले
      काम सबै अधुरा ।
      २,
      दौरासुरुवालको छ सान
      नेपालीको एउटा छुट्टै
      भाषा संस्कृति पहिचान!
    • कला ढकाल, झापा

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Leave a Reply