
साताका उत्कृष्ट झिल्का कविताको ९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ९ का लागि झिल्काकार त्रय सुरेशकुमार पाण्डे, मोती सुब्बा र मुग्लानको खबरका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~
[१]
१.
झिल्का खुब लेखौँ
अभ्यासले नै निख्रिन्छ
नयाँ शब्द देखौँ !
२.
शब्दले देश दरिलो
समाजमा छुट्टै आभास
पढेर हौस् भरिलो !
३.
स्वार्थी मानव संसार
गर्नखोज्छ आफ्नो मुठ्ठीमा
दुनियाँ गर्दै अहङ्कार !
✍️
सुरेशकुमार पाण्डे
दाङ घोराही१८
[२]
१.
भएन मलाई चयन
संसार शुन्य लाग्यो
फर्केछ तिम्रो नयन !
२.
सहारा दिनु जहिले
तिमीले बुझेनौ व्यथा
एक्लो भए अहिले ।
३.
वसन्तको सुन्दर डोलीमा
फागुको पदचाप आँगन
लिएर हौसला झोलीमा !
✍️
मोती सुब्बा
[३]
१.
आफू लाउँदैन जनै
लगाऊ भन्छ अरूलाई
कहाँ मान्छन् झनै ?
२.
संस्कार या बोझ
किन बन्छौ तागाधारी
बाध्यता कि मोज ?
३.
उम्लेको दुध पोखिन्छ
होइन औसत मापले
मान्छे इमानले जोखिन्छ ।
✍️
मुग्लान खबर

Excellent blog here Also your website loads up very fast What web host are you using Can I get your affiliate link to your host I wish my web site loaded up as quickly as yours lol