
झिल्का लेखन अभियानको आठ्सुँ शृङ्खला (होली विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
———-<•>———-
[१]
खुसीराजी दिल खोली
सबै मिलेर मनाऔँ
रङ्गहरूको पर्व होली !
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
———-<•>———-
[२]
थरीथरी रङ्ग सङ्गाली
रमाउछौँ होली पर्वमा
आफ्नो संस्कृति अङ्गाली !
✍️सुस्मिता अधिकारी
———-<•>———-
[३]
होलीमा नयाँपन आओस्
शुभकामना छ होलीको
रङ्गविरङ्गले फोहोरमैला पखालोस् ।
✍️ नन्दलाल आचार्य
एनेलकुटी, सिरहा
———-<•>———-
[४]
मनाऔँ रङ्गको होली
आहान सरी छेपाराको
नहोस् मर्दको बोली !
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
———-<•>———-
[५]
हाेलीकाे वर्षा छायाे
रङ्गीन सपना सजाउँदै
शुभकामना सन्देश आयाे ।
✍️श्रीबहादुर केसी शैलुङ्गे
———-<•>———-
[६]
खेलौँ रमाएर होली
एउटै पर्वलाई मान्छ्न्
आज र भोलि !
✍️ कला ढकाल झापा
———-<•>———-
[७]
रङ्गीविरङ्गी रङ्गहरू दलेर
जबर्जस्ती नलगाऔँ कसैलाई
पछिबाट नफ्याँकाैं छलेर !
✍️ रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि
———-<•>———-
[८]
खेल्नुछ रमेर हाेली
आपसमा सद्भाव राखेर
मिठो वचन बाेली।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर ।
———-<•>———-
[९]
होली प्रेमको प्रतीक
बिभिन्न रङ्ग मिसायौँ
लगायौँ हियाको नजिक !
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
———-<•>———-
[१०]
१.
हर्ष उल्लासको होली
विकृति छाउन थाल्यो
चाडपर्वमा किन आजभोलि !
२.
खुसीले रङ्ग दल्नू
जबर्जस्ती हुँदैन होली
सहमतीमा मिलेर चल्नू ।
✍️ शंकर कार्की,मकवानपुर ।
———-<•>———-
[११]
विभिन्न रङ्गहरू खेल्ने
आएको छ पर्व
खुसीको मौसम झेल्ने !
✍️ पृथक प्रकृति ,झापा
———-<•>———-
[१२]
छाओस् उत्साह उमङ्ग
रङ्गीन पर्व होलीमा
मिलेरै खेलौँ सप्तरङ्ग !
✍️ नील हरि काफ्ले
सिन्धुली (हाल काठमाडौँ)
———-<•>———-
[१३]
१.
होली आयो रङ्गमा
रमाऔं सबै मिलेर
खेलौँ खुसीले उमङ्गमा !
२.
होली सप्तरङ्गको नाममा
गरी संस्कृतिको जगेर्ना
रमाऔँ सबैलाई कामना !
✍️ टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान
———-<•>———-
[१४]
१.
वसन्त ऋतु आगमन
रमेर खेलाैँ हाेली
मिलेर आफ्नै घरआँगन !
२.
रङ्गको पर्व हाेली
कसेर मित्रताकाे गाँठाे
मनमा सद्भाव खाेली ।
✍️ प्रद्युम्न चालिसे
कटुञ्जे भक्तपुर ।
———-<•>———-
[१५]
मनमा छाओस् उमङ्ग
मतभेद मनबाट हटाऔँ
सद्भावमा होलीको रङ्ग !
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
———-<•>———-
[१६]
थरीथरी उमङ्ग आओस्
होली पर्व अनुयायीहरुमा
सद्भावले स्थान पाओस् ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
———-<•>———-
[१७]
सबैले गर्नुपर्छ गर्व
संस्कृति जोगिने गरी
मनाउनु होली पर्व !
✍️ भुपेन्द्र राना मगर
धादिङ
———-<•>———-
[१८]
रङ्गहरूको पर्व होली
मनाऊँ उत्साह ,उमङ्गले
माया ,स्नेह खोली
✍️ रुना कर्माचार्य दाहाल
चितवन
———-<•>———-
[१९]
रङ्गहरूको पर्व होली
सद्धावले हाँसेर खेलौँ
जानुपर्ने मरेर भोलि !
✍️एवाइ प्रभात
सहिदभुमि धनकुटा
———-<•>———-
[२०]
होलीले ल्याओस् उमङ्ग
पाइन्छ सद्भाव छरेमा
सबैको मनमा तरङ्ग ।
✍️ प्रेम थापा “मन”बागलुङ
———-<•>———-
[२१]
१.
होली पर्व आयो
चारैतिर रस्तीबस्ती हुँदै
सबैको मनमनमा छायो ।
२.
रङ्गहरुको पर्व होली
एकापसमा सद्भाव साटौँ
तुच्छ बचन नबोली।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
———-<•>———-
[२२]
रमाउने मन खोली
रङ्गमा रङ्गीन बनेर
मिलेर खेलौँ होली !
✍️ रचना प्रतीक्षा
———-<•>———-
[२३]
जडिबुटी बनाउने रङ्ग
अलपत्र छन् वनभरि
जान्छन् बाहिर छङ्ग ।
✍️लोक बहादुर क्षेत्री लामिछाने
———-<•>———-
[२४]
आयो पर्व होली
सचेत भई खेलौँ
पछुतो नहोस् भोलि !
✍️ गोकर्ण दयाल (गौरव)
मेलौली ७ बैतडी ।
———-<•>———-
[२५]
आउँदैछ घरआँगनमा होली
रमाउँदै छन् हेर
नानीबाबुहरू दिल खोली !
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
———-<•>———-
[२६]
मस्तले खेलौँ होली
बिर्सदै रिसराग सबै
माया मिठो घोली ।
✍️ तोया नाथ चापागाईं
दमक,झापा
———-<•>———-
[२७]
रङ्गहरूको पर्व आयो
उत्साह उमङ्ग सँगै
गाउँ, सहर छायो !
✍️पुष्पा राई, खाेटाङ ।
———-<•>———-
[२८]
सद्भावले भाइचारा गर्दै
मनाउनु होली पर्व
जाओस् खुसी छर्दै !
✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाइ ४ झापा
———-<•>———-
[२९]
रङ्गैरङ्गमा खेल्दै होली
हर्ष उमङ्गले आऊ
मनका भावना खोली !
✍️मन्जु बोहरा बझाङ
———-<•>———-
[३०]
छरेर सद्भावको रङ्ग
जनमा खुसी छाउँदा,
हर्ष उमङ्गले दङ्ग !
✍️आर्त अकुलीन
———-<•>———-
[३१]
उमङ्गको पर्व होली
सद्भावले मनाउने सबै
मायाको रङ्ग घोली !
✍️संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
———-<•>———-
[३२]
होलीको उमङ्ग छरेर
सात रङ्गको टीकाले
मनाऔँ उमङ्ग भरेर !
✍️अम्बिका अधिकारी
झापा बिर्तामोड
———-<•>———-
[३३]
आयो होली आयो
सबैको मन मनमा
खुसीको उमङ्ग छायो !
✍️ सुष्मा मगर रोल्पा
———-<•>———-
[३४]
रङैरङको पर्व होली
साथीसङ्गी सबैजना मिलेर
रमाऔँ हृदय खोली !
✍️ प्रविना प्रयासी
ओखलढुंगा
———-<•>———-
[३५]
रमाइलो पर्व होली
सबै जातिले मान्ने
हृदय मन खोली !
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
———-<•>———-
[३६]
उमङ्गमय खेलौँ हाेली
नाँच्दै ,गाउँदै ,रमाउँदै
सम्झना राखी भाेलि !
✍️ फूलमाया कुलुङ
साेलुखुम्बु
———-<•>———-
[३७]
होली पर्व आयो
जनमनको तरङ्ग घोलेर
सरर रङ्ग वर्षायो ।
✍️ योगप्रसाद उपाध्यय चापागाईं, काठमाण्डौं ।
———-<•>———-
[३८]
खुसी आनन्द उमङ्ग
सद्भाव बाडौँ सबैले
खेलेर आपसमा रङ्ग !
✍️ उमा दाहाल
शुन्दर हरैँचा -१० मोरङ
———-<•>———-
[३९]
उमङ्ग वर्षाउने हाेली
वर्ष दिनमा आउने
साथीसँग रमाउँला भाेलि !
✍️ जानुका
———-<•>———-
[४०]
होली खेल्ने चाहना
मनमा खुसी छाओस्
होलीको हार्दिक शुभकामना !
✍️श्रीकृष्ण धामी – बझाङ
———-<•>———-
[४१]
रङ्गहरुको पर्व होली
इन्द्रेणीसँग लुकामारी खेल्दै
बगाएर खुसीको खोली !
✍️मन्दिरा सेढाई ,मलेखु,धादिङ
———-<•>———-
[४२]
रङ्गको पर्व होली
भाइचारा होस् अटुट
रङ्गियोस् रङ्गमय टोली !
✍️ बि.कुलुङ
दार्जिलिङ
———-<•>———-
[४३]
फागुपूर्णिमा पर्व मनाउँ
रङ्गको होली खेल्दै
रङ्गीन जीवन बनाउँ !
✍️ बेदु न्यौपाने
———-<•>———-
[४४]
१.
आयो चाँड होली
बढाई आपसमा भाईचारा
खेलेर रङ्गहरूको टोली !
२.
रङ्गहरूमा रमाइलो गर्दा
समय आनन्दले बितेछ
आँगनीमा झमक्क पर्दा !
३.
वसन्तमा गुराँस फुलेको
होलीको रङ्गमा भिजेर
वृन्दावनमा कृष्णजी भुलेको !
✍️ मोती सुब्बा
———-<•>———-
[४५]
जब होली आउँछ
एकतामा रङ घुल्दा
सारा देश जगमगाउँछ ।
✍️ बाबुराम गौतम, गुल्मी
———-<•>———-
[४६]
रङ्गहरूको पर्व आयो
शुभकामना छ सबैलाई
वातावरण रङ्गीन बनायो ।
✍️ पुष्पा सुवेदी
नेपालगंन्ज,बॅाके।
———-<•>———-
[४७]
रङ्गको खेलौँ होली
सम्बन्ध बलियो बनाएर
आऊ दिल खोली !
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत
———-<•>———-
[४८]
होलीमा रङ्ग खेलौँ
मान्छेका अनेक रङ्ग
हरेक क्षण झेलौँ !
✍️ देवी पन्थी
———-<•>———-
[४९]
आजै खेलौँ होली
दिल खोलेर रङहरूमा
आउछ आउँदैन भोलि !
✍️ भावना
———-<•>———-
[५०]
होली पर्व आयो
गाउँ, सहर सबैतिर
नयाँ उमङ्ग छायो !
✍️ सरिता सेढाई धादिङ
———-<•>———-
[५१]
१.
खुसी बनयाे होलीले
खेलाैँ सबै मिलेर
मिठो वचन बोलीले !
२.
विभिन्न रङ्ग घाेली
खुसी साटौँ आपसमा
मनाउँ हामीले हाेली !
✍️ सहयात्री शोभा अर्याल
रुपन्देही
———-<•>———-
[५२]
रङ्गहरूको पर्व होली
बचाऔंँ सद्भाव मनाएर
आज र भोलि !
✍️ नागेन्द्रप्रसाद यादव , गढवा , दाङ
———-<•>———-
[५३]
हर्षको पर्व होली
भिजाऊँ विविध रङ्गले
मानिसका कमिज चोली ।
✍️ विके माकजू
———-<•>———-
[५४]
१.
रङ्गहरूको पर्व होली
हार्दिक शुभकामना सबैलाई
खेलौँ दिल खोली !
२.
आयो पर्व होली
आऊ मिली खेलौँ
रङ्गगीयोस् मेरो चोली !
३.
जोगाऔँ संस्कृति हाम्रो
बाहिरी संस्कृति हामीले
भित्रन नदिएकै राम्रो !
✍️ अनिता भण्डारी ताप्लेजुङ
———-<•>———-
[५५]
चढेर वसन्तको डोली
आयो रङ्गको तिहार
मंगलमय रहोस् होली !
✍️ बिके मुखिया
दार्जिलिङ भारत।
———-<•>———-
[५६]
फागु पर्व होली
देशभर सप्तरङ्गी उमँङ्ग
खेलौँ हृदय खोली !
✍️ चुडामणी देबकोटा
चनपा१३काठमाण्डौ
———-<•>———-
[५७]
रङ्गीन चाड होली
घोली विभिन्न रङ्ग
खेलौँ दिलै खोली !
✍️ रसज्ञ छहरा
कावासोती -३ नवलपुर
———-<•>———-
[५८]
खेलौँ सबले होली
बाडौँ सद्भाव आऊ
प्रेमको रङ घोली !
✍️ नवशिला।
नवदेव मार्ग, लालभित्ती, मोरङ।
———-<•>———-
[५९]
१.
होली पर्व आयो
आपसी सद्भाव साट्दै
सबैमा उमङ्ग छायो !
२.
घुमेर आयो होली
गाउँ, सहर सबैतिर
रमाउँदै खेलौँला भोलि !
✍️ दुर्गा भट्टराई
मोरङ
———-<•>———-
[६०]
१.
वसन्तमा पालुवा टुसायो
हरियाली डालीमा सजाउँदै
रङ्गहरूको होली आयो !
२.
सत्यताको प्रतीक महान
कर्तव्यनिष्ठता बोध गराउने
समर्पणको होलीका दहन !
३.
खेलौँ रङ्गहरूको होली
आत्मियताको पवन पर्वमा
मनको कल्मषहरू खोली !
✍️ दिल ठकुरी दार्जिलिङ
———-<•>———-
[६१]
१.
सबैको मनमा भावना
रङ्गको पर्व होलीको
मेरो हार्दिक शुभकामना !
२.
सरल सभ्य भएर
साथीहरू जम्मा हुँदै
खेलौँ घरघर गएर !
३.
मनमा छाओस् उमङ्ग
वर्ष दिनको पर्वमा
सद्भावका विभिन्न रङ्ग !
✍️ दुर्गा आचार्य
मोरङ
———-<•>———-
[६२]
तराईमा होली पर्व
भड्किलो हुँदै गयो
कसरी गर्ने गर्व ?
✍️ मंगला उपाध्याय
———-<•>———-
[६३]
नगरौँ जबर्जस्ती कसैलाई
खुशी साटौँ आपसमा
होलीको शुभकामना सबैलाई !
✍️शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी , मोरङ
———-<•>———-
[६४]
रङ्गको पर्व होली
रङ्गीयो नेपाली माटो
नाचौँ दिल खोली !
✍️ प्रेम शर्मा ” एकान्त प्रेमी
कालेबुङ , दार्जिलिङ
———-<•>———-
[६५]
१.
होलीको अनेक रङ्ग
आत्मियता, प्रेम, सद्भावना
नहोस् कहिले भङ्ग !
२.
रङ्ग होलीको घसेर
मनाऊँ उल्लास हर्षले
आफ्नो मर्यादामा बसेर !
✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ
———-<•>———-
[६६]
१.
रङ्गहरूको पर्व होली
हाम्रो जीवन त
आज कि भोलि !
२.
भरौँ विभिन्न रङ्ग
आफैंसङ्ग आफू नै
हुँदै हुँदै दङ्ग !
३.
मनाऔँ होसले पर्व
सम्झेर भोलि आफैँ
गर्नसकौँ है गर्व !
✍️ दीपा समभाव
रावाबेशी, दुबेकोल खोटाङ्ग
———-<•>———-
[६७]
पवित्र होलीको रङ्ग
सबैतिर छ खुशियाली
नयाँ जोश उमङ्ग !
✍️ नबराज ओझा
धनगढी कैलाली!
———-<•>———-
[६८]
हर्षित बनायो होलीले
मनाउँ खुसीको लहरमा
नगरौँ नमिठो बोलीले !
✍️ बिकास छेत्री अञ्जान
बिजनबारी, दार्जिलिङ।
———-<•>———-
[६९]
१.
दुःखलाई गर्नू सामना
हजुर सबै सबैलाई
हाेली पर्वकाे शुभकामना !
२.
रङ्गहरूकाे पर्व हाेली
हामी सबैले मनाऔँ
आफ्नो दिल खाेली !
३.
जतासुकै खुसीयाली आयो
दुःख, कष्ट भुलाएर
मनमा उमङ्ग छायाे !
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।।
———-<•>———-
[७०]
रङ्गीन होस् होली
हरेक नेपाली जनको
भरियोस् खुसीको झोली !
✍️ शोभा शाह
———-<•>———-
[७१]
१.
रङ्गहरूकाे पर्व हाेली
मनाऔँ सबै मिलेर
दिलमा दिल खाेली !
२.
हाेली पर्व आयाे
रङ्गहरूकाे उत्सव मनाउँदै
सवैमा खुसी छायाे !
✍️ उर्मिला के.शी.
धनकुटा
———-<•>———-
[७२]
रङ्गीचङ्गी रङ्गको पर्व
रमाऔँ सबै उमङ्गले
खेलौँ मिली सगर्व !
✍️ घनश्याम पौडेल
गौरीगंगा -९, कैलाली
———-<•>———-
[७३]
रङ्गको पर्व होली
खुसी भई मनाऔं
मिठो वचन बोली !
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ
———-<•>———-
[७४]
मादलुको तालमा रोली
आनन्दले मनाइने उत्सव
रङ छ्यापेर होली !
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
———-<•>———-
[७५]
मनमा हर्ष फुटाउछ
रङ्गसँगै रङ्ग खेल्दा
खुसीले मायामोह जुटाउछ ।
✍️ केन्टरमेश क्षेत्रीय
रोल्पा
———-<•>———-
[७६]
१.
हिन्दुहरूको पर्व होली
रङ्गविरङ्ग विभिन्न रङ्गसित
मनाउनुपर्छ है भोलि !
२.
होलीले भातृत्व ल्याउँछ
सबै आफन्तलाई अङ्गालोमा
शुभकामना दिँदै अटाउँछ।
३.
रङ्गहरूको महत्व होलीमा
जाति विभेद त्यागेर
रमाउँछन् मीठो बोलीमा !
✍️विनोद ‘सिंह’ खाती,
मिरिक, दार्जीलिङ ।
———-<•>———-
[७७]
रमेर होलीको रमझम
रङ्गसँग गरेर रमाइलो
मिलेर नाचौँ छमछम ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – संखुवासभा ।
———-<•>———-
[७८]
रङ्गहरूको पर्व होली
भएर सभ्य एकापसमा
खेलौँ दिल खोली !
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।
———-<•>———-
[७९]
गर्दै रङ्ग र्याली
मिली होली खेलौँ
ल है यसपालि !
✍️ विवश पारदर्शी
झापा,
———-<•>———-
[८०]
होलीको रौनक चारैतिर
मन पनि फुरुङ्ग
हटाउँछ चिन्ता पिर ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची
———-<•>———-
[८१]
उत्साह उमङ्गको पर्व
खुलेर मिलेर मनाऔँ
लिएर मनमा गर्व !
✍️ बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु
———-<•>———-
[८२]
होलीलाई वर्षाले सतायो
रङ्ग नउड्ने भएछ
यसपाली नरमाइलो बनायो !
✍️ भगवती दवाडी
———-<•>———-
[८३]
खेलाैँ मिलेर हाेली
शुभकामना छ सबैमा
रमाओैँ दिल खाेली ।
✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
———-<•>———-
[८४]
हर्षले दिल खोली
एकअर्काका मनका भावना
साट्दै खेलौँ होली !
✍️ मन्जु बोहरा
बझाङ
———-<•>———-
[८५]
घरघरमा होली आयो
प्रेमको प्रतीक बोकी
जनजनमा हर्ष छायो ।
✍️ बिरेन्द्र कुमार चौधरी
इटहरी,पकली,सुनसरी
———-<•>———-
[८६]
रङ्गहरूको पर्व होली
संस्कृति आफ्नो जोगाउँदै
मनाऔँ दिल खोली !
✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
———-<•>———-
[८७]
होलीका दहन गरी
रङ्गियौँ हामी रङ्गमा
मनमा उमङ्ग भरी !
✍️सीमा कार्की समर्पण
मेलचोक पर्सा
———-<•>———-
[८८]
खेलौँ आज होली
साथीभाइ सबै मिली
आउँदैन है भोलि !
✍️ धनुष न्यौपाने
जुम्ला
———-<•>———-
[८९]
हाेली पर्व रमाइलाे
खुसी साटाैँ हामी
चारैतिर छ घमाइलाे !
✍️ ताराप्रसाद चापागाईँ
———-<•>———-
[९०]
रमाउँदै खेलौँ होली
साथी सँगी साथमा
सम्बन्धको मीठास घोली !
✍️ समुन्द्रा शर्मा
सुनसरी
———-<•>———-
[९१]
रङ्गहरूको पर्व होली
जुटेर साथी आपसमा
खेलौँ मन खोली !
✍️ इमान सिंह के.सि.
व्यास ९ धनुवेसी,कलेस्ति,तनहुँ
———-<•>———-
[९२]
१.
मन हर्षित बनाऔँ
हामी सबै मिलेर
भोलि होली मनाऔँ ।
२.
अरूलाई रङ्ग दलेर
आफू भाग्न खोजेँ
सबै भीड छलेर !
३.
भर हुँदैन भोलिको
रम्ने रमाउने सबैलाई
शुभकामना छ होलीको !
✍️
ललिता सिन्धुली
हाल काठमाडौँ
———-<•>———-
[९३]
१.
मलाई छ गर्व
सबैले हाँसेर मनाऔँ
अब होली पर्व !
२.
बोल मिठो बोली
रङ्गीन बनोस् सहर
आयो आयो होली !
३.
पुगोस् मनका भावना
होलीको सबै सबैलाई
छ है शुभकामना !
✍️ लक्ष्मण देउवा डोटी
हाल भारत
———-<•>———-
[९४]
मनाउँ आपसमा हाेली
आजै हुने काम
कहिल्यै नभनाैँ भाेलि!
✍️ हरिगाेपाल प्रधान
काभ्रे, बनेपा १४ साँगा बजार ।
———-<•>———-
[९५]
नखेलौँ रगतको होली
सिकाउँदै विश्वलाई भाइचारा
मनाऔँ दिल खोली !
✍️ नेत्र घिमिरे
सूर्यविनायक, भक्तपुर ।
———-<•>———-
[९६]
आयो पर्व होली
मिलीजुली हर्षले मनाऔँ
मन पुरै खोली !
✍️ बिकाश थापा
———-<•>———-
[९७]
खेलौँ सबैले होली
मनको दैलो खोलेर
भरौँ आनन्दको झोली !
✍️ पेम्वा यल्मो,दार्जीलिङ भारत
———-<•>———-
[९८]
मिलाउँ मनको लोली
खुसियाली भरेर मनमा
रङ्गले चम्किन्छ होली।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
———-<•>———-
[९९]
१.
उत्साह, उमङ्गले सजाई
होली पर्व मनाउँ
आत्मीय सद्भावना जगाई !
२.
उपद्रो नगरी मनाऔँ
सदाझैँ होली पर्व
उल्लासमय वातावरणमा रमाऔँ !
✍️ राजेश्वेरी राजोपाध्याय
———-<•>———-
[१००]
खेलौँ यसपालि होली
हातमा रङ्ग दलेर
मिलीजुली दिल खोली !
✍️ बिधुत गुरुड़् गोरुबथान
———-<•>———-
[१०१]
एकजुट भई रमाउनुपर्छ
सबैजना हामी मिलीजुली
होली पर्व मनाउनुपर्छ ।
✍️ आशिष ऐडी
कालिकोट पचालझरन
———-<•>———-
[१०२]
१.
रङ्गको पर्व होली
रमाऔँ सबै मिलेर
खुसीले दिल खोली !
२.
शुभकामना सबैलाई होलीको
रमाऔँ सुरक्षित भएर
सम्झेर दिन भोलिको !
३.
रङ्ग हो पर्वको
रमाऔँ खुसी हुँदै
संस्कृति हाम्रो गर्वको !
४.
रमाउँदै लगाऔँ रङ्ग
एकापसमा हुँदै खुसी
खेलौँ भएर दङ्ग !
५.
सङ्गम रङ्ग पानीको
नेपाल विश्वमा चिनिन्छ
धनी संस्कृतिको खानीको !
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
———-<•>———-
[१०३]
रङ्गहरूको पर्वमा रमाउछौँ
संस्कृतिलाई सम्मान गर्दा
उमङ्गमा खुसी बोलाउछौँ ।
✍️ केन्टरमेश क्षेत्रीय
रोल्पा
———-<•>———-
[१०४]
रङ्गमा छ मन
भएर उमङ्ग खुसी
स्वस्थ स्फूर्त जीवन !
✍️ मनोहरी पौडेल
गैडाकोट १
———-<•>———-
[१०५]
रमाउँदै खेलौँ होली
मिल्काई मनका द्वेष
बसमा छैन भोलि !
✍️चिरञ्जीवी ढकाल
———-<•>———-
[१०६]
रङहरूको पर्व होली
साथीसङ्गतीमा सद्भाव राखेर
खेलौँ दिल खोली !
✍️ म्यामराज राई, भोजपुर
———-<•>———-
[१०७]
राजीखुसी दिल खोलेर
मनाऔँ होली सबैले
रङ्गीन रङ्गहरू घोलेर !
✍️ टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान
———-<•>———-
[१०८]
१.
कसैलाई होला खिरैखिर
मनाउँछन् रमेर होली
आफूलाई सधैँ पिरैपिर !
२.
सद्भावले भर झोली
कुकर्म त्यागेर आऊ
मनाऔँ आत्मियताले होली !
✍️ रिजु दिल्पाली
———-<•>———-
[१०९]
प्रल्हाद हाेलीका किन ?
रङ्ग दलेर रमाउने
संस्कारमा लुकेकाे दिन !
✍️ जि.बि. चिन्तन
घाेराही उमनपा-१४ दाङ
———-<•>———-
[११०]
हाँसीखुसी रहाेस् मन
हाेली खेल्दै सबैकाे
रङजस्तै रङ्गियाेस् जीवन !
✍️ सन्दीप विश्वकर्मा
———-<•>———-🤔
[१११]
पहाडतिर आज होली
नबुझेको कुरा पर्यो
मधेशतिर किन भोली ?
✍️ सुरेश कार्की
———-<•>———-
[११२]
प्रेमकाे पर्व हाेली
तैपनि के भयाे
बस्छ्याै केही नबाेली !
✍️ शम्भु गजुरेल
———-<•>———-
[११३]
होली खेलौँ सङ्गी
गाउँ अनि सहरमा
होलीको रङ्गले रङ्गी !
✍️ देव मगर
उिनाउ-१, कचल,पाल्पा
———-<•>———-
[११४]
मनमा लिएर उमङ्ग
दिएर परिचय सभ्यताको
खेलौँ साथी रङ्ग !
✍️ ध्रुव श्रेष्ठ
खोटाङ,हाल काठमाडौँ
———-<•>———-
[११५]
रङ्गै रङ्गको होली
साथी मिलेर खेल्नुपर्छ
ल्याउ अबिरको सोली !
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली ,
———-<•>———-
[११६]
होली सबैले मानौँ
सबै मनमूटु मिलेर
खुसी बटुली तानौँ !
✍️ पवन कुमार बुढाथोकी
———-<•>———-
[११७]
रङ दल्ने होलीमा
रङ बदल्ने मौसम
जादु छ बोलीमा !
✍️ जनक बिसी
दक्षिण भारत
———-<•>———-
[११८]
विभिन्न रङहरू घाेली
खुसीकाे बहार ल्याउँदै
आऊ खेलाैँ हाेली !
✍️ भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
———-<•>———-
[११९]
खेलौँ सबैले हाेली
पिच्कारीमा रङ्ग भर्दै
बनाऔँ रङ्गीन चाेली !
✍️ नवराज शर्मा
—-<••:जय झिल्का! जय साहित्य!:••>—-
Hi my family member I want to say that this post is awesome nice written and come with approximately all significant infos I would like to peer extra posts like this.
Usually I do not read article on blogs however I would like to say that this writeup very compelled me to take a look at and do it Your writing style has been amazed me Thank you very nice article.
you are in reality a just right webmaster The site loading velocity is incredible It seems that you are doing any unique trick In addition The contents are masterwork you have performed a wonderful task on this topic