राष्ट्रिय महिला फुटबल टिमलाइ यम तमु एक्लैले १० लाख नगद सहयोग ।

  • १९ फाल्गुन २०८०, शनिबार ००:३० मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! साउदी अरबको जेद्दामा बिगत दुई हप्ता देखि भइरहेको वाफ महिला च्याम्पियनसिप २०२४ का उप- बिजेता नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी टिमका 23 खेलाडी लाई साउदी अरब रियाद स्थित लालिगुँरास नेपाली रेस्टुरेन्टका संचालक एवम् सबैमाझ चिरपरिचित समाज सेबि मनको धनी अनि सबै दुखि गरिबिका लागि सदैब अग्रपंक्तिमा रहनु हुने यम तमु आफ्नो ब्यक्तिगत तर्फबाट नेपाली महिला खेलाडीहरुको सम्मान तथा हौसला प्रोत्साहन लागि नेपाली रु १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

    प्रीमियम र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी २०२४ बिहिवार बेलुकी फाइनल खेलेको नेपाली टिमले खेलमा निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उप बिजेता बन्न पुगेको खेलाडी टिमहरुको सम्मान र हौसला प्रदान गर्नका लागि आफ्नो ब्यस्त समयका बाबजुद पनि बिहिवार बेलुकी नै रियाद देखी १२०० किलोमीटरको यात्रा गरि जेद्दा आएर खेलाडीहरुलाइ हौसला दिदै सम्मान स्वरुप १० लाख रुपैयाँ सहयोग रकम प्रदान गर्ने प्रतिबद्धता गर्नुभएको छ ।


    यम तमु ले यो सहयोग रकम आफ्नै ब्यक्तीगत रहेको र बिगतका दिनहरुमा पनि स्वदेश तथा बिदेशी भुमिमा धेरै नेपालीहरुलाइ सहयोग गर्दै आउनु भएको छ ।

    One thought on “राष्ट्रिय महिला फुटबल टिमलाइ यम तमु एक्लैले १० लाख नगद सहयोग ।

    Leave a Reply