‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२७ सम्पन्न

  • ११ चैत्र २०८०, आईतवार १४:५६ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२७ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्का माथि टुक्का- १२७
    यता या त उता, जता मिल्छ मोल
    खेलाडी हुँ हान्छु, उतैतिर गोल !
    ✍️वसन्त अनुभव

    सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    [१]
    जति सक्छौ सुटुक्क ठूलो हड्डी फाल
    त्यसपछि पो ! देख्नेछौ मेरो कमाल ।
    ✍️ वसन्त अनुभव
    घोराहीउपमहानगरपालिका १४, दाङ
    [२]
    दुनियाँ नै स्वार्थी छ दुनाे साेझ्याउन ताक्ने
    चहार्दैमा मालामाल छ कहिल्यै नथाक्ने ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    काम गर्दै जाँदा साथी मिल्नुपर्छ मोल
    म पनि त खेलाडी हुँ हान्दै लान्छु गोल ।
    ✍️ बेदु न्यौपाने
    [४]
    अर्काको आस त गरेर कतिन्जेल बस्छौ
    हार्ने खेलको खेलाडी बन्न कम्मर कस्छौ
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [५]
    मेरो काम हड्डी फाल्ने उसको कामै तान्ने
    जसले फाल्छ झनै ठूलो उतैतिर मान्ने ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६]
    बेला यही हो फेरि फेरि आउन्न यस्तो मौका
    जसले जे भने पनि छोड्नुहुन्न हान्न चौका ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [७]
    फूलबारीमा सजाऔँ सबै फुलाई रहर
    देशको माया अमर हुन्छ गाउँ र सहर !
    ✍️ आर्त अकुलीन
    [८]
    त्यतिमात्र लिन्छु म त, जति सक्छु बोक्न,
    नसिकाऊ त्यसपछि कुलेलम ठोक्न ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [९]
    खेलाडीले जहिले पनि ताक्ने हो नि पोल,
    गोलभित्रको रहस्य त हुन्छ अनमोल ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१०]
    यताउता जहाँ गए पनि गर्छु मैले शासन,
    मैले सदैव गरिरहन्छु समृद्धिको भाषण ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [११]
    अस्थिरताको गोल हान्ने भयो हाम्रो काम
    जनतालाई भुलाए पाइन्छ बल्ल माम ।
    ✍️ प्रेम थापा “मन” बागलुङ
    [१२]
    राजनीतिको खेल हो, सत्ताका लागि मिल्नै पर्छ
    म जस्तै नेता भए मात्रै लुटेरै शासन गर्छ ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [१३]
    आकाशकाे तारा मिर्मिरेमा झरेर बिहानीपखमा नै झुल्किन्छ घाम
    आमाले भन्छिन् देशको लागि मरेर सुनौलो अक्षरमा लेखाउ नाम ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलानी राधे राधे भक्तपुर ।
    [१४]
    फुटबल जस्तो पो भयो, पालैपालो गोल
    बिक्न थाले मान्छे, जता आउँछ बडी मोल।
    ✍️ शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।
    [१५]
    म त खेलाडी मात्र हैन व्यवस्थापक हजुर
    टिक्न टिकाउनु पर्छ माेलताेल हुन्छ जरूर ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [१६]
    तिम्राे देशमा खेलहरू हुँदाेरहेछ प्राय: राती
    खेल्दै जाँदा ख्याल गर्नु फेरि गाेल हाेला आत्मघाती ।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ कपिलवस्तु
    [१७]
    जसले पायो उसले खायो
    नपाउने टेबुल ठटायो ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत।
    [१८]
    ओल्लो पोस पल्लो पोस मिलाएरै मोल तोल,
    जसोतसो आफ्नै तर्फ मैले छिराकै छु गोल !
    ✍️ विवश पारदर्शी
    झापा
    [१९]
    अचम्मको हुँदोरहेछ यो राजनीतिको खेल
    जसले सक्छ उसले गर्छ षड्यन्त्र, जालझेल ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [२०]
    जनताहरूलाई आँखामा छाराे हालाैँ
    जहाँ घुस पाइन्छ त्यही कदम चालाैँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    [२१]
    असली गोलको मोल अचेल जिरो
    जालझेलको पारखी दाइ नै हिरो ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा
    [२२]
    सकेसम्म त सोझ्याउँछु मैले आफ्नै दुनो
    चाहे पुग्नु परे परोस् कठघराको कुनो !
    ✍️ कमला देवकोटा, पाल्पा
    [२३]
    मलाई पीडा भएको हो तिम्रो यही बानीले
    पहिले यस्तो थिएनौ बिग्रीयौ भट्टी पानीले।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [२४]
    देश सकियो नेताहरूको मतिले
    यो जनता धनी भयो आफ्नो गतिले ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [२५]
    मेरो तेरो भन्दाभन्दै मरिन्छ
    प्रभु नाम भुले कहाँ तरिन्छ ?
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२६]
    खेल हो कि जाल या झेल
    हुन् सबै बेमेलको खेल !
    ✍️ दीपा समभाव
    खोटाङ्ग।
    [२७]
    जतिसक्दो चाँडो हड्डी मैतिर फाल
    थाहा पाउछौ तिमी मेरो बाघचाल ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [२८]
    आऊ कुरा गरौँ रुम म मिलाउँछु
    फाट्यो भने मन बिस्तारै सिलाउँछु ।
    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ
    [२९]
    पालिरहेका नेपालीले बिनाआम्दानीकाे कालो हात्ती
    रजाइँ छ, गरेर मस्ति मामाकाे धनमा मात्ती मात्ती ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३०]
    तानातान भयो त्यो आमाको हड्डी
    जता नि पुग्ने पाए पैसाको गड्डी ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    [३१]
    भन्नेले भन्दै गर्दैछन् म गर्ने मोलतोल
    खेलाडी हुँ घुमाएर हान्दछु सधैँ गोल ।
    ✍️ भगवती दवाडी ,दमक,झापा
    [३२]
    नेता हुन या खेलाडी खेल्नु नगरी झेल
    कानुन बराबर गल्ती गर्नेलाई जेल ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [३३]
    जता पनि ठिक्क पार्ने मोलमोलाइको भर
    आफ्नो स्वार्थ पूरा भएमा अरूको छैन कर ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [३४]
    सलाम तिमीलाई देशको इज्जत राख्न खेले खेल
    पैसा र मस्तीतिर सोचे हजुर पक्कै परिन्छ जेल ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ ।
    [३५]
    खेलाडी हुँ भन्दैमा अरूलाई कमजोर नठानौँ
    गोली पोष्टमा हान्नलाई विपक्षीको खुट्टा नतानौँ ।
    ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    [३६]
    महाशयको हात लाग्यो कि डाडु पन्यु
    चक्रव्युहमा फस्ला नि फेरि अभिमन्यु ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३७]
    रहदैन कृति पिपलपाते चालले
    बन्दैन सागर क्षणिक बर्खे भेलले ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    [३८]
    टाठोबाठो नेताहरूलाई सधैँको सलाम
    तर मर्दाखेरि भेट्छौ कि त जीउँदो मलाम ।
    ✍️ परिक्रमा श्रेष्ठ, धरान
    [३९]
    भ्रष्टाचारीहरूलाई भ्रष्टाचारमा मुछिदा लाग्न सक्छ राम्रो
    भन्छन् रे ! देश रितिय रितियोस्, मन्त्रीहरूको पहुँच छ हाम्रो ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४०]
    मिसनको खेलो छोडेर आएको छु गोल हान्न
    कसले सक्छौ भन मेरो तिकडमबाजी जान्न?
    ✍️ बाबुराम गौतम, गुल्मी
    [४१]
    भ्रष्टाचारीलाई जेल कोची देश बनाऊँ
    युवाको सीप र क्षमता देशमै खनाऊँ ।
    ✍️ तेजप्रसाद खनाल दाङ।
    [४२]
    खेलाडीको धर्म हो आफ्नोतिर नै खेल्नु
    मोल मिलाउनेलाई कुनातिर ठेल्नु ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [४३]
    स्वार्थीको खेलो फड्को नै निमुखा निर्धा होच्याउने
    काइते दिमाग सोच्ने दुनो कसरी कोच्याउने ।
    ✍️ उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [४४]
    पेल्नसम्म पेल्यो मलाई निकाल्दियो तेल
    देखायो है उसले आज खेलाडीको खेल।
    ✍️ नवशिला
    नवदेव मार्ग लालभित्ती,मोरङ ।
    [४५]
    खेलकाे माेल नबुझेका ती के के किन हेर्छन् ?
    देशकाे शान खेल हाे कि ? खेलाडीलाई फेर्छन् ।
    ✍️ जी.वि.कश्यप आज नेपालगञ्ज
    [४६]
    सदनमा बसी देखाए नेताले खेल
    कामभन्दा बढी लुटपाट जालझेल ।
    ✍️ कला ढकाल झापा
    [४७]
    कोही कसैले मेरो कारण शिर झुकाउन नपरोस् यो अनमोल
    खेलाडीले भकुण्डो खेल्दा अरूलाई हराउन हानुन् सान्दार गोल ।
    ✍️ चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [४८]
    जति उमेर ढल्के पनि गर्छु मैले शासन
    जनताको मतले हाे मैले पाएकाे आसन।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [४९]
    गोलकिपर पनि म नै, म नै हुँ हान्ने
    जो सुकै आए पनि जित्छु, म नै छु जान्ने ।
    ✍️ रचना शर्मा प्रतीक्षा , इमाडोल ।
    [५०]
    नेता न हौँ देस बनाउँछौ भन्ने हाम्रो नारा
    कसले बुझेको छैन यहाँ मुख्य हाम्रो पारा !
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [५१]
    नगर गोलको मोल अनि तोल
    चोक्टा खान जाँदा भाग पर्ला झोल ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंज,बॅाके।
    [५२]
    मौका खोजी लोभी आँखा चारैतिर डुलाउने गर्छौ
    यस्तो बानिले कुन दिन खै तिमी माकुरोझैँ मर्छौ ।
    ✍️ सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    [५३]
    न त देश न त खेलाडीको माया गर्ने
    सधैँभरि विदेशीको शरणमा पर्ने ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [५४]
    नेता पनि खेलाडीले जस्तै खेल्छन् यहाँ खेल
    को चाहिँ चोखो होला यहाँ नगर्ने जालझेल ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [५५]
    खासमा असली खेलाडी यसरी चिन्छ
    मौका हेर्छ आफ्नै दललाई गोल दिन्छ ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ
    [५६]
    जता जता जान्छौ तिमी, तरुणी र पैसामा पल्केर
    नजाओस् है जिन्दगी व्यर्थ मुद्धा मामिलामा सल्केर ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा
    [५७]
    ऊ पनि मेरो म पनि उसको हामी बिच के हुन्छ मोल
    कहिले मेरो कहिले उसको मिलाएर हानौँला गोल ।
    ✍️ पुष्पा राई, खाेटाङ ।
    [५८]
    भमराझैँ डुल्ने रहेछ तिम्रो बानी
    बानीलाई नत्यागे होला फेरि हानी |
    ✍️ सरिता सेढाई धादिङ
    [५९]
    चारैतिर नै लाग्ने गर्छ जिन्दगीको मोल
    हिमाल, पहाड, तराईको जेसुकै टोल ।
    ✍️ अजय कुमार झा
    जलेश्वर, महोत्तरी
    [६०]
    जसले जान्यो लिन हुन्छ उन्नति छिटो
    जति पनि आइलाग्छ रुपैयाँको बिटो ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ~<•>~

    One thought on “‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२७ सम्पन्न

    1. Hello Neat post Theres an issue together with your site in internet explorer would check this IE still is the marketplace chief and a large element of other folks will leave out your magnificent writing due to this problem

    Leave a Reply