‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न

  • २० फाल्गुन २०८०, आईतवार २०:२५ मा प्रकाशित
  • ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न

    काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का-
    जोगाउनै कठिन छ यहाँ आफूलाई सत्ता
    पीडितहरू भन्छन् न्याय चाहियो अलबत्ता !
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-

    [१]
    कुरै बुझ्दैनन् मूर्खहरू त्यत्तिकै जिद्दी गर्छन्
    त्यही भएर विनाकारण पल्टैपल्ट मर्छन् ।
    -वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    सत्ता जाेगाउन सधैँ गठबन्धन गर्छाै हामी
    देश रहाेस् नरहाेस् हामी बन्नुपर्छ सधैँ नामी ।
    -ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    जबसम्म गठबन्धन रहिरहन्छ देशमा, सत्ता उनीहरूकै चल्छ
    प्रतिपक्षमा बसेर सानोतिनो झिनामसिनाहरूको मन भने जल्छ ।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४]
    देश रहन्न रहने छैनाैँ काेही जनताहरू हामी
    बढ्दो अत्याचारले गर्दा एकदिन आउँछ सुनामी ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
    [५]
    ए ! सरकार बचाउ यहाँ छोरीहरू सारा
    अत्यन्त कडा बनाई फेर कानुनको धारा ।
    -डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [६]
    कोपिलामै निमोठिए यहाँ कतिपय मुनाहरू
    बेलामा नै फक्रन नपाई कति मर्ने हुन् पो अरू ?
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    [७]
    युवाको सपना छैन यो देशभित्र
    परिवर्तन गर्नेको चाला विचित्र ।
    -पुष्पा राई, खाेटाङ।
    [८]
    यस्तै हो यहाँ हेर धेरै चलखेल गरेपछि
    भुलक्कडले पनि बल्ल आहा! भन्छन् मरेपछि ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [९]
    अपवित्र गठबन्धनमा सत्ता चल्छ यहाँ
    जनतालाई न्याय राहत मिल्छ अनि कहाँ ?
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१०]
    तागत चाहिन्छ युद्ध गर्न, खुबी चाहिन्छ झुठो बोल्न,
    चरम प्रगति गर्नैहुँदैन थालिहाल्छ मन पोल्न ।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [११]
    सत्ता कुर्सी पदकै लागी गरेको हो राजनीति,
    के मतलव र मलाई तिम्रा संस्कृति र थीति।
    -नवशिला,
    नवदेव मार्ग ,लालभित्ती,मोरङ।
    [१२]
    सत्ता सुविधाको लागी युद्धमा धेरै जनता मान्छे रेटियो
    देश जनताका रक्षक हैन कुलङ्घार शासन भेटियो ।
    -चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [१३]
    के पाउँथ्यो र पीडितले न्याय एक्लै हुँदा खडा
    अप्ठ्यारोमा साथ दिन छोडेर पाखा लाग्छन् बडा ।
    -गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [१४]
    हत्याराहरूको मात्र चलखेल बढ्दै गयो
    गाउँघरमा त गरिखान नसकिने भयो !
    -कला ढकाल झापा
    [१५]
    धरती सौम्य गरेर कर्म गर्नुछ कमाइ,
    कर्मको बाटो नछोडी हिँड खुसीले रमाई !
    -आर्त अकुलीन
    [१६]
    पाइन्छ कहाँ जनताले न्याय,भ्रष्टाचारीले हाकेको देशमा
    काले गोरे फेरिदै आए,सिङ्गो देश सक्न जादुमय भेषमा।
    -शंकर कार्की मकवानपुर,
    [१७]
    पुस्तौँपुस्तालाई पुग्ने गरेर सम्पत्ति कमाउँला
    विदेशीकाे शरण परेर पनि सत्ता जाेगाउँला।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [१८]
    कति सुन्नु हो जनताको करकर ?
    आफूलाई छ सत्ता जाला भन्ने डर !
    -विवश पारदर्शी
    झापा
    [१९]
    गठबन्धनको सरकार हाम्रो सत्ता जाेगाइहाल्छाैँ
    कुराेकानी मिलेन भने आफ्नै सरकार पनि ढाल्छाैँ ।
    -भवानी पाेखरेल (बाबु विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [२०]
    जनताको न्यायभन्दा मलाई प्यारो सत्ता
    टिकाउनलाई अचेलभरि बॅाड्छु भत्ता ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२१]
    कस्तो न्याय नभएको देशमा जन्म दिएछौ नि हो आमा भन्दै
    रुँदैछन् पीडित हत्या हिंसामा कहिलेसम्म हिँड्छौ पैसा गन्दै ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२२]
    खाँदाखाँदा दलभुँडे भइएछ
    सत्ताको आडमा धेरै दलिएछ ।
    -नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [२३]
    देश र जनताको ख्याल छैन खाली उही सत्ता
    कुम्लाएको पैसा, अनि दम्भले बनाएछ मत्ता ।
    -प्रेम थापा “मन”बागलुङ
    [२४]
    लिप्त छन् कोही केवल स्वादमा सत्ताको
    जनताको छैन चिन्ता छ आफ्नै भत्ताको ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    [२५]
    अति गर्याैं हामीले सत्तामा पुगेर जनतालाई
    गठबन्धन नगरे खैराँते हुन्छौँ दलका भाइ ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [२६]
    जोगाउँदै गर तिमीले सत्ता
    कलिला छोरी भैसके लापत्ता
    -सरिता सेढाई धादिङ
    [२७]
    भ्रष्टाचार नियन्त्रण गर्ने छैन कानुन
    भरौटे शासकले मात्र यी सबै जानुन
    -शशी आचार्य
    [२८]
    जतिसुकै घाेचे पनि लास त किन रुन्न?
    चितामाथि जलाउँदा नि दुख्छ भन्ने हुन्न ।
    -जी.वि.कश्यप
    घाेराही उपमहानगर -१४ दाङ ।
    [२९]
    युवा जति विदेशी भए घरमा बुढापाका
    सुशासन त यस्तै भयो नेता खोइ के भाका ?
    -उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [३०]
    जहिल्यै यो देशमा जनता रोगाउछ नेता मोटाउँछ
    हरिकङ्गाल पारेर देशलाई सरकार जोगाउँछ ।
    -बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३१]
    सुकेको रूखमा न्यायको के आस
    लुकेको ऋणमा गरिबको बास ।
    -टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    [३२]
    जहाँ जेसुकै हाेस् देश र जनता
    कसैगरी सत्ता जाेगाउँछन् नेता ।
    -हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक बनेपा १४ साँगा ।
    [३३]
    लाख कोशिस गर अब जोगिँदैन सत्ता
    चुपचाप बसे हुन्छ खाएर वृद्ध भत्ता ।
    -पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [३४]
    कस्तो युग हेर यहाँ आयो
    छोरीमाथि मात्र काल छायो ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३५]
    जति जना आउँछौ सडकमा पीडित भयौँ भन्न,
    खबरदार तयार हुनुहोस् देश विरोधी बन्न ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान
    [३६]
    हुँदा खानेको आउनुपर्छ अब राज्यसत्ता,
    दिँदैनन् न्याय हुनेखानेले सब छन् मैमत्ता ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३७]
    बाडेर खान नजान्ने एक्लै एक्लै खाने
    आफू नै हो सर्वहारा माथि माथि जाने।
    -दुर्गा आचार्य
    मोरङ
    [३८]
    धेरै छन् हात बाँधी फटाहालाई गाली गर्नेहरू
    देशलाई सरापेर बस्छन् अल्छ्याइँले मर्नेहरू ।
    -निरज कोइराला
    इटहरी -१६
    [३९]
    न्याय मरेको हाम्रो देशमा के गर्नु न्यायको आस
    पीडितले न्याय खोज्दा खोज्दै भयो सडकको बास ।
    -अनिता भणडारी
    ताप्लेजुङ
    [४०]
    संसदमा त चलेको छ नेताज्यूको सत्ता
    नेताज्यू मिलेर खाएको छ वृद्धाको भत्ता ।
    -श्रीकृष्ण धामी – बझाङ
    [४१]
    कुर्सी र सत्ता जोगाउन मात्र नेताको जान्छ ध्यान
    युवाको रगत पसिना अनि खाडीमा गयो प्राण ।
    -रुना कर्माचार्य दाहाल
    चितवन
    [४२]
    सत्तामा गएर कुर्सीमा बस्न पाए अरू केही चाहिँदैन,
    जनताको सहुलियत टन्न खानु अन्य कतै पाइँदैन ।
    -राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ
    [४३]
    जसोतसो गरेर सत्ता जोगाउने काम,
    अनि आइहाल्छ नि भनेजति कालो दाम।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    [४४]
    भ्रष्टाचार लुकाइदिने सहमतिमा सत्ता यो जोगाउँछौँ
    जो खोज्छन् सत्य देखाउन उनलाई अझै कष्ट भोगाउँछौँ ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    [४५]
    न्याय खोज्दा सडकमा किन हुनु नि जन भेडा
    लुकाउन केस जति उपहार दिए कि पेडा ।
    -ईन्दु श्रेष्ठ
    चितवन
    [४६]
    दु:ख लाग्छ न्याय दिलाउनेले नै चलखेल गर्दा
    पीडितलाई नै राहत दिनुको साटो भुँडी भर्दा !
    -पवन कुमार बुढाथेाकी
    काठमाडौं
    [४७]
    सत्ता जोगाउँनै गाह्रो भयो विदेशी सङ्गठन भएर पनि
    हामी नेताहरू सत्तामा हुँदाहुँदै न्यायमा हुनखोज्छन् धनी ।
    -बेदु न्यौपाने
    [४८]
    देशको हालत हेर्दा आँखा आँसुले रसाउने
    अपराधी हुदाँसम्म न्याय यहाँ छैन पाउने
    -हिमा आर सी
    मेहेलकना सुर्खेत
    [४९]
    न्यायको निम्ति हो लोक, लडेका जहिले पनि
    लगायौ न्यायमै बार, महासामन्त नै बनी।
    -रामशरण न्यौपाने, भक्तपुर
    [५०]
    कोहीलाई सत्ता जाला पिर, नपाउँदा कोहीलाई
    जो जो जान्छ मोज गर्छ, जनता मर्छ न्याय नपाई ।
    -ध्रुव श्रेष्ठ
    हाल काठमाडौ ।
    [५१]
    यथावत हुन्छ नठान्नु है, जोगाएर सत्ता
    प्रजाले खोसेको दिन त बन्लाऊ सुख्खा पत्ता ।
    -मोती सुब्बा
    दार्जिलिङ,भारत।
    [५२]
    देशको विकास किन गर्ने बरु गर खेल सत्ताको
    देशको लागि मर्ने जनता नेपालमा विना पत्ताको ।
    -भगवती दवाडी ,झापा
    [५३]
    आफ्नो भएजति बल मति फालेर सत्ता
    जाेगाइरहेछु लगाैटी हुँदै म त मत्ता ।
    -रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    [५४]
    विनाश कार्यमा हिँड्छौ सधैँ तिमी अगाडि सरी
    यो व्यवहार बढ्दै जाँदा सुरक्षा हुन्छ के गरी ?
    -पद्मा काश्यप पाण्डे, मोरङ
    [५५]
    जोगाऊ सत्ता पाल आफ्नो नातागोताहरू
    समय फिर्दा त दुर्दशा होला तिम्रो बरु ।
    -सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    [५६]
    ठुला ठुला भाषणमा मात्रै सीमित भए काम
    भ्रष्टाचार गरेर कमाएका छन् करोडौंँ दाम ।
    -सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [५७]
    जोगाउन गार्‍हो भयो है चेलीबेटी
    मौका पाए पापीले मार्छ्न् गला रेटी ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५८]
    सत्ता जोगाई अब कर्तव्य भुल्ने गर
    सत्यको बाटो अँगाल्दै अलि अघि सर ।
    -धनुष न्यौपाने
    जुम्ला
    [५९]
    यहाँ आफूलाई सत्ता थाम्न सकस भएको बेला
    न्याय माग्दै भेडाहरूले देखाइरहेका छन् खेला l
    -बाबुराम गौतम, गुल्मी
    ~<•>~

    Leave a Reply