
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२६ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का
कुर्सी सत्ता मिल्ला भनेरै, राजनीति हो गर्ने
पद पायो भन्दैमा लोक, किन डाहाले मर्ने ?
वसन्त अनुभव

सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१]
न तिमीमा ईमान इज्जत, न स्पष्ट नीति
कुर्सी बाहेक केही नदेख्ने बसाल्यौ रीति ।
वसन्त अनुभव
घोराही, दाङ
[२]
राजनीति गरेर कुर्सी पनि पायौ
खान मिल्ने जति छन् सबै सबै खायौ ।
-डम्बर थामी ‘अनुपम ‘
कालिन्चोक गा. पा. -६, दोलखा ।
[३]
राजनीतिका नाममा भ्रष्टाचार गर्ने
किन होला कुर्सीका लागि नै सधैँ मर्ने ।
-प्रेम सुनार दैलेख
[४]
मुकुट लगाउँदैमा राजा भइँदैन अब
सम्मान पाउँछौ कर्तव्य पूरा गर्नेछौ तब ।
-धनुष न्यौपाने, जुम्ला
[५]
मिसन चौरासी नै किन कुर्ने ? सत्तामा छौ अब केही गरेरै देखाऊ
जल्नेहरूको आँखा जलोस्, निस्वार्थ भावले काम गरी विश्व चिनाउने ।
-कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[६]
मान, इज्जत अनि प्रतिष्ठा अब कता पो गयो
कुर्सी सदा प्यारो भएर अब जे गरे नि भयो ।
-अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१ । हालः-अमेरिका,बोस्टन।
[७]
राजनीति हो जनसेवा गर्ने पवित्र कर्म
माैकामा चुनाव खर्च असुल्नु चैँ मुख्य धर्म ।
-प्रद्युम्न चालिसे
[८]
कुर्सी आफू पाउने जनतालाई आस देखाएर नै ठग्ने
निस्वार्थ भावमा काम गर्छौ भनेर भावनामा किन बग्ने ।
-अम्बिका अधिकारी
झापा बिर्तामोड
[९]
जति जल्छौ राजनितिज्ञहरू जल्दै गर सङ्घर्षको हो यो सत्ता
यहाँ आरिसेहरूको मनमुटु जले पनि टन्न खाइन्छ भत्ता ।
-बेदु न्यौपाने ✍️🇳🇵
[१०]
जीवनकाे समर्पण हाे सत्ता र कुर्सी हुन्छ प्याराे
राजनीति खेल देख्छाै आरिसे किन गर्छाैँ हताराे ?
-ताराप्रसाद चापागाईँ
धुनिबेसी
[११]
देशकाे विकास गर्छाैं भन्दै जनता सामु वाचा गर्याै
देशका विकास भन्दा पहिले आफ्नै भुँडी टन्न भर्याै ।
-भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
[१३]
अन्तिम लक्ष्य राजनीतिको सत्ता रहेछ,
कुर्सी माेह झन् पाे धेरै चुलिएर गएछ ।
-त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[१४]
राजनीतिमा लागिरहँदा जनता धेरै मरेको,
देशको उन्नति गर्छु भन्दा, भ्रष्टहरूले भरेको ।
-एवाइ प्रभात
धनकुटा
[१५]
काले गोरे जो आउछ सत्ता नै बन्ने प्यारो
बल्लतल्ल कुर्सी चढे, कमाउन हतारो ।
-शंकर कार्की ,मकवानपुर
[१६]
चुपचाप बस्नुस् बल्ल आलो पालो छ दिन फिरेको
सोच यस्तै बन्यो जुन जोगी आए नि कानै चिरेको ।
-भुपेन्द्र राना मगर
धादिङ
[१७]
राजनीति भनेकै सत्ता पाउन हो गर्ने
मौका मिल्दा सकेसम्म आफ्नै भण्डार भर्ने ।
-राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[१८]
सत्तापक्ष र प्रतिपक्षहरू सदनभित्रै दाेहाेरी खेल्ने
यस्तो नौटङ्की देखाएर जनतालाई कहिलेसम्म झेल्ने।
-राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[१९]
राजनीति गरेको हो, कुर्सी, सत्ता पाउन ,
तिम्रो रिस र डाहले हुन्छ, सक्छौ आउन ।
-बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो
कनकाइ ४ झापा
[२०]
यहाँ देशको सेवा नाममा
नगर अब चक्का जाममा ।
-नीमा छिरिङ भोटिया
जलढका कालेबुङ भारत
[२१]
गाउँमा आउँदा भन्थ्यौ जिताउनु मलाई भोट दिलाएर
जिती गयौ महलमा बस्न जनतालाई आँसु पिलाएर ।
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[२२]
समाज सेवा राजनीति, कमाउ धन्दा किन ?
चुनाव खर्च उठाउनु छ नत्र रिनै रिन ।
-जी.वि.कश्यप
घाेराही-१४ दाङ बिहान ६:५२ (२०८०/१२/०३ शनिवार)
[२३]
डाहा गरेको हैन डर लाग्दछ मनमा
तिमी पनि मिल्छौ कि भ्रष्टहरुको गणमा ।
-पुष्पा सुवेदी
नेपालगंन्ज,बॅाके।
[२४]
नखाई बस्यो कि त मरिन्छ शासक भोकले
के ठानेका छन् राजनीति ती पामर लोकले ?
-कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२५]
सकेजति आफू घोटाला गर
नसके अरूको डाह नगर !
-कमला देवकोटा, पाल्पा
[२७]
सत्ता लिप्सा पुरा हुदैन सितिमिति
अयस गर्न गर्नुपर्छ राजनीति l
-बाबुराम गौतम, गुल्मी
[२८]
कपडाको अनि छालाको झोली पनि भर्यौ
पदको लोभी तिमी, नमिलेमा अन्तै सर्यौ ।
-प्रेम थापा “मन”बागलुङ
[२९]
चाहियो इमान ईज्जत् , जसको छैन स्पष्ट रिति थिति
पाए दुवै हातमा लड्डु, जे नि गर्ने कस्तो लाजनीति ।
-टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २ सल्यान
[३०]
पाउछौ कुर्सी भेट्छौ सत्ता दिए हामिले भोट
ड्याम्फे भुँडी भर्न मात्रै लाग्छौ चरित्रमा खोट ।
-उमा दाहाल
शुन्दर हरैंचा -१० मोरङ
[३१]
नयाँ पुराना भेटे, देशमा राजनीतिक दल
पिर जनता छ त छैन त समस्याको हल ।
-श्री कृष्ण धामी – बझाङ
[३२]
माटो बिर्से भुले काम
रातोदिन सम्झे दाम !
-आर्त अकुलीन
[३३]
नेता नामक जीवाणुको तैंछाड मैंछाड
खाइसके देशलाई रहलमा छ हाड ।
-बि.कुलङ
दार्जिलिङ रंगबुल
[३४]
नीतिको जोहो राजा, राजनीति कहलाउँछ
जीवनमा सत्ता, भत्ता, यसै मन बहलाउँछ।
✍️ अजय कुमार झा
महोत्तरी, जलेश्वर
[३५]
चाहिएको थियो कुर्सी ओगट्न अब पक्का भयो,
जनताको चाहना जान्दिनँ म उतै कतै गयो ।
-अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[३६]
कुर्सी सत्तामा, भोट हालेर पुर्याउने जनता बिचरा
सत्तामा पुगी, कसले भन्यो, “जनताको घाटी” कठै बरा ?
मोती सुब्बा
दार्जिलिङ
[३७]
पद धन आर्जन मात्रै हैन राजनीति
निस्वार्थ माया पाउने हो है गजब रीति ।
-हरिगाेपाल प्रधान
काभ्रे, बनेपा १४ साँगा बजार।
[३८]
राजनीति हो मुल नीति, देश सपार्ने, बिगार्ने
कोही जन्मेन यो देशमा, देशको स्थिति सुधार्ने !
-दीपा समभाव
काठमाडौ
[३९]
यता अनि उता मिल्छ्न् नेता जनता हेरेको हेरैकै
हाम्रो देशका नेता छेपारो झै रङ फेरेको फेरेकै ।
-अनिता भण्डारी ताप्लेजुङ
[४०]
मरेको भए तिम्रा सामु केको हेर्थेँ
घुसखोरले सराप्दैमा केको टेर्थेँ ?
-नन्दलाल आचार्य
एनेलकुटी, सिरहा, मधेस प्रदेस, नेपाल
[४१]
उनकै काम गर्ने भनी सत्तामा हो जाने
हरियो घाँस देखाएर बसीबसी खाने।
-होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[४२]
बुझे सत्ता भनेको जनताको नासाे हो गलाकाे पासाे
अर्थ न बर्थकाे काम गर्नाले भयो जनताको हाँसो ।
-रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
[४३]
रिसाए पनि उत्तिखेरै मेरै पछि आउछन्
म पछि आफ्नो पालो भनी सोझ्याउन धाउछन् ।
-सुस्मिता अधिकारी ,काठमाडौँ
[४४]
कुर्सीको मोहले सधैँ तान्नेरै’छ बरै
आफ्नालाई पद दिन लाग्नेरै’छ करै ।
-गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
[४५]
नेता हुँ देश चलाउने थाहा छ नियम नीति
सबै मिली देशलाई सक्ने बनाउँछु म थीति।
-नवशिला,
नवदेव मार्ग , लालभित्ती,मोरङ ।
[४६]
पद पैसा कुर्सी भत्ता भागबन्डा भर्छौ
लोकलाई लुट्दै कति राजनीति गर्छौ ?
-विवश पारदर्शी
झापा
[४७]
खायो रे खायो के खायो खसीले
देशै खायो गणतन्त्र मसीले ।
-चिरञ्जीवी श्रेष्ठ
धनकुटा ।
[४८]
सकेजति लुट्यौ देशको हालत बेहाल भयो
सुकर्म गर्ने पनि सङ्गतले कुकर्ममा गयो ।
-शोभा आचार्य गौतम
[४९]
काम नगरे पनि त गर्नै पर्यो दमदार कुरा
कुर्सी सत्ता मिलिसक्यो बचन बिस्तारै हुन्छ पूरा ।
-पुष्पा राई, खोटाङ।
[५०]
जनता तमासा हेर्नू हामी गुटबन्दीमा जुट्ने
जसले जति सक्छ भ्रष्टचार गरी देश लुट्ने ।
-संगीता खरेल
चन्द्रागिरी 8 काठमाडौं
[५१]
नयाँ नेपाल भन्दै तिमीले कुरुप बनायौ देशको हाल
चुनावमा गरेको भाषण बिर्सी ,जनतालाई गर्यौ जाल ।
-शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
[५२]
आर्थिक मन्दी छ नेतामा अवैध धन आर्जनमा मन चढ्यो
हिलो छेपेर दग्ध छ संसदमा कुर्सीको मात्र लडाइँ बढ्यो ।
-चुडामणी देबकोटा
चनपा- १३ काठमाण्डौ
[५३]
कुर्सीमा नै छ हातेमालो सत्ताको कब्जा ठेलमठेल
के भो राख्दा हारगुहारका जनआवाज जेलनेल ।
-ईन्दु श्रेष्ठ, चितवन
[५४]
योग्यले पद भेट्टाए राष्ट्रगौरव बढ्दछ
अयोग्य व्यक्तिले पाए अस्मिता बलि चढ्दछ।
-रामशरण न्यौपाने, भक्तपुर
[५५]
तिमीलाई मात्रै हो र सत्ता हामीलाई पनि चाहियो
पालैपालो खानुपर्यो एक्लै हसुर्न त कहाँ पाइयो ?
-सरिता सेढाई, धादिङ
[५६]
खै के विश्वास गर्नु तिम्रो ठूलो कुरा गर्छौ
जनतालाई झुक्याएर आफ्नो पेट भर्छौ ।
-हिमा आर सी
मेहेलकुना सुर्खेत
[५७]
काम केही गर्ने हाेइन गर्छन् ठुला कुरा
कुर्सी सत्ता पाए हुँदैन केही अब पूरा ।
-सहयात्री शाेभा अर्याल
रुपन्देही~<•>~