‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२५ सम्पन्न

  • २७ फाल्गुन २०८०, आईतवार १२:२९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्का माथि टुक्का- १२५
    होटेल जाऊ क्यासिनो जाऊ खेल्ने गर जुवा
    मोज गर्ने नै यही हो बेला बुझन ए सुवा !
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-

    [१]
    शिव जस्तै पोइ चाहियो, व्रत बस्दै मागेँ
    व्रत तोड्न दारु खोज्दै होटेलतिर लागेँ ।
    ✍️वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    विश्वासीलो पोइ भनेर सधैँ गर्छन् पुजा
    होटलमा केटी लगेछन् माया धुजाधुजा
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    अञ्जान कृत मनको डायरीबाट ✍️
    [३]
    शिक्षा छैन अब दार्जिलिङमा ज्ञान बाड्न छाड्यो,
    जता हेर्यो हिंसा हत्या राजनीतिले जरा गाड्यो।
    ✍️ बिकास छेत्री अञ्जान
    बिजनबारी, दार्जिलिङ
    [४]
    विकृति र विसङ्गतिले संसार खाइसक्याे
    अरू खबर म चैँ ठिक छु भन्दै अर्काे बक्याे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [५]
    क्यासिनो अनी बारका ढोका गाह्रो होला खोल्न
    भित्ताका नि कान हुन्छन् पर्छ बिचारेर बोल्न ।
    ✍️ उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [६]
    गएर होटेल गयो पैसा खेलेर लास
    आउँछ कि आउँछ कि भनी मानेर आस ।
    ✍️ प्रेम सुनार दैलेख
    [७]
    बैँस रहुन्जेल गरियो मोजमस्ती, अहिले पछुतो लाग्ने
    समय फर्केर आउँदैन आउँदाखेरि अनिन्द्रामा जाग्ने।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [८]
    आफू व्रत बसेर मलाई देखाउॅंछिन् भए जति रिस
    शिव जस्तै भाङ खाने भएको भए हुन्थ्यो नि सधैँ मिस ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [९]
    विसङ्गतिले गर्दा मैले दिनै होटलतिर जुवा खेल्न लागेँ
    भाङ धतुरो सेवन गर्दै शिव प्रसाद केटी लिएर भागेँ ।
    ✍️ बेदु न्यौपाने ✍️🇳🇵
    [१०]
    अन्धो भएर गर्दै गर मोजमस्ती, कमाउने यो बेला
    जब सकिन्छ अनि थाहा पाउछौ हुँदा अरूबाट हेला ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [११]
    अर्काकाे धनमा पाए मान्छेले गर्ने हाे मस्ती
    हाेटल भित्र छिरेर रमाउँदै थिए अस्ति।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चोक ,हाल काठमाडौँ
    [१२]
    होटल जान्छौ रक्सी खान्छौ खेल्छौ जुवा तास
    गराउने नै भयौ क्या हो सडकको बास ।
    ✍️ सरिता सेढाई धादिङ
    [१३]
    विकृतिले बिगार्ने भयो, भविष्यको जोहो गर्ने बेला
    अहिले बाटो बिराएर परिवारले गर्ला नि ! हेला ।
    ✍️ शंकर कार्की, मकवानपुर।
    [१४]
    बनाऊँ भविष्य चार दिनको जिन्दगी गरौँ काम राम्रो
    तिमी विदेश म डिस्को आत्मनिर्भर हुन्छ बालख हाम्रो ।
    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [१५]
    जुवा खेल जिन्दगी नै राखेर दाउमा
    कही पनि बिक्ने छैनौ कौडीको भाउमा ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१६]
    क्यासिनाेमा छिरी जुवा तास खेली गरेउ मस्ती
    ऋणै ऋणको बाेझ खेप्न नसकी सरेउ बस्ती ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५राधे राधे भक्तपुर ।
    [१७]
    होटेल, बार, क्यासिनोमा जाने आदत खुब बस्यो
    लतका कारण भावी जीवन अन्धकारमा फस्यो ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१८]
    सबले मस्ती गर्नुपर्छ यही हो साथी बेला,
    दोहोरी साँझ जाने जति चोकमा हुनु भेला।
    ✍️ नवशिला,
    नवदेव मार्ग, लालभित्ती,मोरङ।
    [१९]
    विकृती र विसङ्गतिमा उर्लदो छ जनभावना
    भिरमा जाने गोरुलाई के दिनु र शुभकामना।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    टुक्का
    [२०]
    जुवा नि खेल्यौ, तास नि खेल्यौ, समाज भडायौ
    विकृति ल्याई , यसरी सधैँ जनता लडायौ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [२१]
    जुवा खेल्न छोड युवा कमाउने हो बेला
    जिन्दगी त लामो छ नगर साथी झमेला।
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    [२२]
    सत्तामा जाउ, भत्ता खाउ काम चैँ केही नगर
    गाडीमा घुम भाषण देउ मरिलानु के छ र ?
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [२३]
    होटल गई बोतल हल्लाऊ, यौवन मस्त बनाई
    ऋणी बनेर कतारमा जाऊ जीवन ध्वस्त गराई ।
    ✍️ अजय कुमार झा
    महोत्तरी, नेपाल
    [२४]
    कोही युवा मस्त देशमा कोही खाडीमा पसिना झार्छन् तर्तरी
    मस्त युवाका मस्त परिवार खाडी जानेको आँसु गहभरी ।
    ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ ।
    [२५]
    सृष्टिको भाव सुन्दर हुन्छ बुझेर परानी
    आखिर सबै जीवन बन्छ जलेर खरानी !
    ✍️ आर्त अकुलीन
    [२६]
    विकृति विसङ्गति पलायाे देशमा
    बर माग्ने गर्दछन् पहेलाे भेषमा ।
    ✍️ शलिकराम दाहाल
    चा न पा ३ झाैखेल भक्तपुर
    [२७]
    अमूल्य जीवन खेर गयो इन्द्रियकै भरमा अल्झी
    मन र मुटु अझै चस्किँदैछ माया पल्टैपल्ट बल्झी ।
    ✍️ दीपा गुरुङ – समभाव
    [२८]
    भनाई असह्य भयो मन सारै रुने
    जुवामा हारेँ सबैलाई भन्न नहुने ।
    ✍️ चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [२९]
    बाहिर क्यासिनो र बृजसम्म खसम
    दुलही रुन्छे छैन नुन टम्म कसम !
    ✍️ कमला देवकोटा, पाल्पा
    [३०]
    छेपारा देखाउँदै मान्छेले बदल्ने गर्छ रङ्ग,
    सद्दे ठानेर पछि लागेका सब परेछन् दङ्ग !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३१]
    दौडाएर कौडा हान्यौ बासै रित्तो भयो
    नाङ्गै भयौ च्याँखे थाप्दा सबै धन गयो ।
    ✍️ नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)
    [३२]
    चलेको छ रङ्गरेली होटलमा र क्यासिनोमा आज
    जुवा तास सौदाबाजी धन्दा नाना निर्धक्क विना लाज !
    ✍️विवश पारदर्शी
    झापा
    [३३]
    उमेर हुँदा चैँ गर न मोजमस्ती धन मासी
    बुढेसकालमा सुस्केरा हाल्दै हुन्छ रुवाबासी ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    [३४]
    सत्मार्गमा हिँडेमा जीवन हुन्छ ढुक्क
    अन्यथा जीवनभर गर्लान् बाबै थुक्क ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।
    [३५]
    नखेल ए साथीहरू यहाँ जुवा तास
    यसले गर्छ नि ! हजुर धनको नाश ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३६]
    उर्वर जिन्दगी उमेर हुँदा खाएर बसेर नासेकाे
    बुढेसकाल लागेपछि दुःखमा नसुहाउने हाँसेकाे ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३७]
    घरै भाँडेर पनि राेडीमा सुवा गाउने
    अनि खै कसरी घरकीले शान्ति पाउने ?
    ✍️ हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा धजार ।
    [३८]
    मोज गर जीवनभर नहुन्जेल रल्ल
    असली स्वाद जिन्दगीको आउनेछ बल्ल ।
    ✍️ धनुष न्यौपाने
    गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [३९]
    दिनहुँ खान्छाैँ रक्सी खेल्छाैँ जुवा अनि तास
    हुने भयाे अब जिन्दगी आश्रमकाे बास ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [४०]
    खेलेऊ तिमीले हजारौँ किसिमका जुवा तास
    मुहार देखाउनै लाज भो छिमेकी आसपास ।
    ✍️ मुक्ति काफ्ले
    कोक्राझार असम, भारत
    [४१]
    मोजमस्ती गर्छौ काम छोडी मिली साई सुवा
    बुढेसकालको यो मस्तीले लिकाल्नेछ धॅुवा ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    [४२]
    भट्टी जान्छौ रक्सी खान्छौ हिँड्छौ हल्ला गरी
    ज्यान जान सक्छ हेर अफ्ट्यारोमा परी ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    [४३]
    जुवा खेल्नु राम्रो हैन पाण्डवको भयो वनबास
    सत्चरित्रवान् कर्मनिष्ठ भए गर्छन् सबैले आस ।
    ✍️ शुक्रराज कुँवर
    धरान १०
    [४४]
    बेलैमा मोज गर तिमी देशका युवा
    वृद्ध भएपछि खेल्न सकिन्न नि जुवा ।
    ✍️ भगवती दवाडी, झापा
    [४५]
    मोजमस्तीमा सधैँभरि किन हराउनु ?
    गलत कदममा प्रभुसँग डराउनु ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [४६]
    क्यासिनो जाने, जुवातास खेल्ने भयो अति
    बेलैमा होस् पुगाऊ नत्र होला तिम्रो क्षति ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [४७]
    दिन उमेरमा बहाना गरी मोज गरौँ
    वृद्ध उमेर ईश्वरीय चरणमा परौँ ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    [४८]
    लाग्यौ होटल क्यासिनोतिर भने बेचिन्छ गैह्रीखलो
    थाम्नुपर्छ युवा जुटेर अब लौ यो देशको नै बलो।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    [४९]
    जति उच्च स्तरमा जान्छन् यहाँ पार्टी क्यासिनोमा गर्ने
    जनताको पीडा कसले देख्ने, आफ्नो खल्ती मात्र भर्ने।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [५०]
    उमेर यही हाे छाेड्नुहुन्न याे रमाउने बेला
    हुनुपर्छ साथीहरू हाेटल क्यासिनाेमा भेला ।
    ✍️ काेपिला अधिकारी
    गाेरखा सिरानचाेक
    [५१]
    रक्सी पिउनु जुवा खेल्नु त आजकलको फेशन
    मान्छे हेर्दा सुटेड बुटेड, घरमा छैन बेसन ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५२]
    बिचार गरी खेल्ने गर पिरतिको खेल
    मन बिग्रियो भने फेरि जानुपर्ला जेल ।
    ✍️ हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [५३]
    बिग्रिन्छ घरबार जुवाले हुन्छ हेर सर्वनाश
    नशाको पोखरीमा जाकिए बन्छ है जिउँदो लाश ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    [५४]
    पढ्ने र कमाउने बेलामा खेलेर जुवा तास
    जिम्मेवारी काँधमा बढेपछि लाग्ला उठिबास ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [५५]
    कति सुन्नु मैले च्याङच्याङ च्याङच्याङ दिक्कलाग्दो
    निराशाले म‌ आफैँलाई देख्छु होटलतिर भाग्दो ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [५६]
    बुझ्नुपर्छ समयको महत्व
    हुनुपर्छ आपसी अपनत्व ।
    ✍️ भेष कुमारी लामिछाने
    देवदह ०५, खैरेनी रुपन्देही
    [५७]
    रमाउने अनि कमाउने यही हो बेला
    सकिएपछि त्यो जवानी सबैबाट हेला ।
    ✍️ प्रविना प्रयासी
    ओखलढुंगा
    [५८]
    हुन् अब तिमीले मनमा डुलेर
    के फाइदा छ सबै वाचा भुलेर ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [५९]
    रमाइलो गरौँ जिन्दगी हो दुई चार दिन
    आऊ न बस मायालु छेउमा लौ एकैछिन ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [६०]
    जुवा, तास, मोजमस्ती छिनभरका हुन् खेल
    रङ्गीचङ्गी सकिएपछि बन्छ जीवन जेल ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ~<•>~

    One thought on “‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२५ सम्पन्न

    1. It seems like you’re repeating a set of comments that you might have come across on various websites or social media platforms. These comments typically include praise for the content, requests for improvement, and expressions of gratitude. Is there anything specific you’d like to discuss or inquire about regarding these comments? Feel free to let me know how I can assist you further!

    Leave a Reply