
झिल्का लेखन अभियानको तेस्रो शृङ्खला (शून्य भेदभाव दिवस विशेष) गत फागुन १८ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
यस अभियानको तेस्रो शृङ्खलाको सहजीकरण प्रशिक्षक वसन्त अनुभवले गर्नुभएको थियो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का
~~~~<•>~~~~
१)
कुसंस्कारमा जनाई खेद
अन्त्य गरौँ हरप्रकारको
जातीय, लिङ्गीय विभेद !
✍️ वसन्त अनुभव
घोराही, दाङ
~~~~<•>~~~~
२)
जातियताकाे खाडल पुर्नुपर्छ
हटाउन अपमान छाेइछिटाे
अझै समय कुर्नुपर्छ ।
✍️ रबि पाैडेल
दक्षिण भारत पाण्डेचरि ।
~~~~<•>~~~~
३)
मानव मानवमा विभेद
कसरी ल्यायाे मान्छेले
यही अत्यन्त खेद ।
✍️ शम्भु गजुरेल
~~~~<•>~~~~
४)
निरीहमा नहान्नु छेद
समान रगत मासुमा
नगर्नु पटक्कै विभेद ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
~~~~<•>~~~~
५)
खुसीले गरेपछि काम
चारैतिर गाउँ सहरमा
परिचित हुन्छ नाम !
✍️ आर्त अकुलीन
~~~~<•>~~~~
६)
विभेदप्रति भरौँ खेद
टुप्पोबाट सकिन्न कहिल्यै
पहिल्याऔँ यसको फेद !
✍️ त्रिलोचन भण्डारी
~~~~<•>~~~~
७)
भावनामा गरेर घात
मान्छे मान्छेमा मान्छेले
छुट्याइदियो नि जात !
✍️ बि.कुलुङ
दार्जिलिङ, रंगबुल
~~~~<•>~~~~
८)
कुसंस्कारको अन्त्य गरौँ
शुन्यतामा झार्दै विभेद
मिलेर खाडल भरौँ !
✍️ टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २ सल्यान
~~~~<•>~~~~
९)
मास्नुपर्छ पुरातनवादी सोच
समाज रुपान्तरण हुने
मिलिजुली गरौँ खोज !
✍️ पृथक प्रकृति ,झापा
~~~~<•>~~~~
१०)
लैङ्गीक हिंसाका झिल्का
लेखेर सामाजिक विकृतिहरू
घर समाजबाटै मिल्का !
✍️भवानी पाेखरेल( बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
~~~~<•>~~~~
११)
विरोध गरौँ खुलेर
जातीय ,लिङ्गीय हिंसा
नगरौँ कसैले भुलेर !
✍️ रुना कर्माचार्य दाहाल, चितवन
~~~~<•>~~~~
१२)
विभेद भएर छुटिए
चोखो माया गर्नेहरू
हेर आज लुटिए !
✍️ कला ढकाल, झापा
~~~~<•>~~~~
१३)
मनमा दुषितपन नहालौँ
जातीय लिङ्गीय विभेदको
विरुद्ध पाइलाहरू चालौँ !
✍️ मोती सुब्बा
दार्जिलिङ भारत
~~~~<•>~~~~
१४)
संस्कार भयो विस्मृति
बिग्रँदै गयो परम्परा
सखाप भयो संस्कृति !
✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”
~~~~<•>~~~~
१५)
लेकमा कुहिराे थियाे
हटाऔँ निस्तब्ध अँध्याराे
बालेर मनकाे दियाे !
✍️श्रीबहादुर केसी
शैलुङ्गे, भक्तपुर
~~~~<•>~~~~
१६)
गरौँ संरक्षण मानवको
हातमा हात मिलाएर
फालौँ व्यवहार दानवको !
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
~~~~<•>~~~~
१७)
कसले गर्यो घात
मान्छे केवल दुई
महिला पुरूष जात !
✍️ शंकर कार्की, मकवानपुर ।
~~~~<•>~~~~
१८)
मान्छे मान्छेको बीच
हरप्रकारको भेदभाव हो
अत्यन्त सूक्ष्म नीच !
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
~~~~<•>~~~~
१९)
भेदरहित मानवीय स्राव
हराएर कहिल्यै नजाओस्
पूर्वीय संस्कृतिको प्रभाव ।
✍️ अनन्त अर्याल
~~~~<•>~~~~
२०)
नाम मात्रको कानुन
बढ्दैछ सामाजिक विसङ्गति
समयमै सबैले जानून् !
✍️ लक्ष्मी काफ्ले, पोखरा
~~~~<•>~~~~
२१)
अधिकार कसैको मार्नुहुँदैन
समानता खोज्दैछ प्रकृतिले
कदापि विभेदमा पार्नुहुँदैन !
✍️ ऋजु दिल्पाली
ईटहरी १ सुनसरी ।
~~~~<•>~~~~
२२)
भेदभावले बनाउँछ छेद
भाषणमा सिमित समानता
व्यवहारमा अझै विभेद !
✍️ दीपा समभाव
काठमाडौँ
~~~~<•>~~~~
२३)
साझा फूलबारी हाम्रो
विभेदको अन्त्य गर्दा
सबैलाई हुन्छ राम्रो !
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधेराधे भक्तपुर ।
~~~~<•>~~~~
२४)
कुसंस्कारी मानिस धेर
भेदभावको अन्त्य गर्दै
चेतना जगाएर हेर !
✍️ भगवती दवाडी ,झापा
~~~~<•>~~~~
२५)
जहाँ हुन्छ अभाव
त्यहाँ देखिँदोरहेछ ओहो
पीडापूर्ण असह्य भेदभाव !
✍️ रचना ‘प्रतीक्षा’
इमाडोल, ललितपुर ।
~~~~<•>~~~~
२६)
भेदभावको सङ्कीर्ण जालो
हटाई अब समाजबाट
बालौँ दीपक उज्यालो !
✍️ बाल कृष्ण श्रेष्ठ
सोलुदुधकुण्ड नगरपालिका २, सोलुखुम्बु
~~~~<•>~~~~
२७)
यात्रा नटुङ्गियोस् कहिले
निरन्तर जीवनका पाइलाहरू
बढिरहेछन् एकनास अहिले !
✍️ दिल ठकुरी (टिस्टा भेल्ली)
~~~~<•>~~~~
२८)
कुसंस्कार त्यागाैँ जनमा
नगराैँ विभेद कुनै
सङ्गालौँ सदाशयता मनमा !
✍️ हरिगाेपाल प्रधान
काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा ।
~~~~<•>~~~~
२९)
पुँजीपतिले गरिबलाई लादेको
विश्वमा जातभातको संस्कार
शक्तिशालीले शत्रुता साधेको !
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाण्डौ
~~~~<•>~~~~
३०)
कहिले जीवन हाँसो
एकै किसिमको हुँदैन
कहिले रहेछ नासो !
✍️ प्रेम थापा “मन”बागलुङ
~~~~<•>~~~~
३१)
मुल शास्त्र वेद
संस्कृतमा बुझ्न गाह्राे
यसमा छैन विभेद !
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
~~~~<•>~~~~
३२)
आफ्नो सम्झिएँ जसलाई
पीडाको पोको दियो
गरेर भेदभाव मलाई !
✍️ दुर्गा आचार्य
मोरङ
~~~~<•>~~~~
३३)
भोक हुँदा चल्छ
काँचो, पाकेको सबै
विभेद सजिलै गल्छ !
✍️नन्दलाल आचार्य
सिर्जनाकुटी, सिरहा
~~~~<•>~~~~
३४)
चेतनाको आगो बालेर
समानताको विगुल फुकौँ
जातीयताको जरो फालेर !
✍️ संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
३५)
जीवन सुखदुःखको सङ्गम
मनपरेको मात्र तिमी
गरौँ सुटुक्क घरजम !
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
३६)
विभेदमा हुँदैन मेल
मौलिक सद्भाव भड्काई
पश्चिमी खेल्दैछ खेल !
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
~~~~<•>~~~~
३७)
विकराल छ छेद
हटाउनु छ चुनौती
जातीय, लिङ्गीय विभेद !
✍️ बाबुराम गौतम, गुल्मी
~~~~<•>~~~~
३८)
जातीय विभेद हटाऊँ
नेपाल साझा फूलबारी
सबै नेपाली अटाऊँ !
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
~~~~<•>~~~~
३९)
जातीय विभेद नगरौँ
सबैले मानवधर्म अपनाऊँ
अनाहकमा कोही नमरौँ !
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
~~~~<•>~~~~
४०)
छाडेर जातको कुरा
अङ्गालेर जगलाई गरौँ
बुद्धको सपना पूरा !
✍️ अनमोल राई
~~~~<•>~~~~
४१)
कुरीतिलाई जरैदेखि फालेर
ज्ञान भरौँ सबैमा
चेतनाको दियो बालेर !
✍️ सरिता सेढाई, धादिङ
~~~~<•>~~~~
४२)
अन्धविश्वासको यो जालो
हटाऊँ हामीहरू मिलेर
पारौँ संसार उज्यालो !
✍️ अनिता भण्डारी, ताप्लेजुङ
~~~~<•>~~~~
४३)
मरिजाने यो चोलामा
भेदभाव फस्टायो किन ?
फ्याकौँ प्रभु झोलामा !
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
~~~~<•>~~~~
४४)
हेर जातिधर्मका नाउँमा
चलिरहेकै छ विभेद
अझै सहर गाउँमा !
✍️ बाबुराम पाण्डे, अर्घाखाँची
~~~~<•>~~~~
४५)
जिन्दगीमा पैसाको अभाव
अशिक्षितबाट हुँदैछ झनै
गाउँसमाजमा हेर भेदभाव !
✍️ श्रीकृष्ण धामी, सुदूरपश्चिम – बझाङ
~~~~<•>~~~~
४६)
जातजातिमा हुँदा भेद
असमानता हुन्छ दुनियाँमा
गर्छन् मानिसले खेद !
✍️ सीमा कार्की “समर्पण “
~~~~<•>~~~~
४७)
सरकारलाई दिउँ दबाब
सुन्दर देशमा हाम्रो
हटोस् उचनीचको भाव !
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।
~~~~<•>~~~~
४८)
सभ्य मानव जागौँ
भेदभाव गर्नुहुन्न है
रूढिवाद अब त्यागौँ !
✍️ बिके मुखिया
दार्जिलिङ भारत ।
४९)
देश साझा फूलबारी
भेदभाव निमिट्यान्न पार्ने
तपाईँ हाम्रै जिम्मेवारी !
✍️ शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
~~~~<•>~~~~
५०)
पुस्तौँदेखिका कैयौँ विभेदन
बन्दै प्रतिदिन चुनौती
कसरी शून्यमा छेदन ?
✍️ नेत्र घिमिरे
सूर्यविनायक, भक्तपुर
~~~~<•>~~~~
५१)
संस्कारको बाटो धाऊँ
भेदभाव गर्ने सबैलाई
अब तह लगाऊँ !
✍️ मन्जु बोहरा
सुदुरपश्चिम बझाङ
~~~~<•>~~~~
५२)
एउटै रातो रगत
भेदभाव किन गर्छौ
छुट्याई जात फगत !
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
~~~~<•>~~~~
५३)
सबैको रातो रगत
भित्री संरचना उस्तै
सर्वत्र मानव जगत !
✍️ बेदु न्यौपाने
~~~~<•>~~~~
५४)
बढाउँछ दुस्मनी मतभेद
उपदेश संस्कार विनाको
अपनाउनु किन लिङ्गभेद !
✍️ पेम्वा यल्मो, दार्जीलिङ,भारत
~~~~<•>~~~~
५५)
कसले बनायाे जातपात
अहिले बन्दै आइदियाे
मान्छेमा पार्दै आघात !
✍️ केसर बाेहरा ” सङ्घर्ष “
सुदूरपश्चिम ” अछाम ” हाल ” भारतबाट ” ।
~~~~<•>~~~~
५६)
उन्नत मानव बनोस्
साँच्चिकै विभेदरहित उत्कृष्ट
आहा ! समाज भनोस् !
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी।
~~~~<•>~~~~
५७)
सबैकाे इच्छा तुराैँ
रूढिवादी संस्कार गाेडी
विभेदकाे खाडल पुराैँ !
✍️ काेपिला अधिकारी
गाेरखा ,सिरानचाेक
~~~~<•>~~~~
५८)
समानताको नारा लाउँदै
भेदभावको खेती गर्छन्
तोड्दै जाऔँ जगाउँदै !
✍️ मनोहरी पौडेल
गैडाकोट १ नवलपरासी पूर्व
~~~~<•>~~~~
५९)
घरबाटै सुरुवात गरौँ
बिगुल फुकौँ विभेदका
सुसंस्कारको बिउ छरौँ !
✍️ राजेश्वरी राजोपाध्याय
~~~~<•>~~~~
६०)
छोरा जन्मे पुरस्कार
दिन्छन् खुसी भई
छोरी जन्मे तिरस्कार
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ
~~~~<•>~~~~
६१)
सरकारबाटै लैङ्गिक विभेद
समानता खाली किताबमा
व्यवहारमा जताततै छेद !
✍️मङ्गला उपाध्याय
~~~~<•>~~~~
६२)
मान्छे मान्छेमा अपघात
किन यस्तो भइदियाे
जताततै उचनिच जातपात !
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही
~~~~<•>~~~~
—-<••: जय झिल्का ! जय साहित्य :••>—-

