झिल्का लेखन अभियानको सातौँ शृङ्खला (खुसी विषयक) सम्पन्न

  • १२ चैत्र २०८०, सोमबार ०९:२५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (खुसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    उक्त अवसरमा सहभागी सम्पूर्ण झिल्काकारहरूप्रति प्रशिक्षक वसन्त अनुभवले हार्दिक कृतज्ञता प्रकट गर्दै बधाई तथा शुभकामना दिनुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    ———-<•>———-
    [१]
    १)
    रहेमा प्रफुल्ल मन
    दूर भाग्दछ चिन्ता
    सार्थक बन्छ जीवन !
    २)
    नियालेर हेरे आफूभित्र
    भेटिनेछ अनुपम खुसी
    जिन्दगीको सही चित्र !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ———-<•>———-
    [२]
    १)
    चिन्ता नलिनू कहिले
    पिराेलिन्छ सधैँ छाती
    थाहा भयाे अहिले !
    २)
    खुसीका पारौँ पाेका
    दु:ख कसैलाई नदिऊँ
    जीवनमा नहाेस् धाेका !
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    ———-<•>———-
    [३]
    १)
    मनको बहलाई रोकेर
    नराख ढुक्कले सुखमा
    धोका हुनेछ जोखेर !
    २)
    अमृत पिउछौँ भनेर
    असल खराव चिन्नेछौँ
    सृजना रचेछौँ गनेर !
    ✍️अम्विका अधिकारी
    झापा बिर्तामोड
    ———-<•>———-
    [४]
    १)
    हुन्छ खुसी आफुभित्र
    नखोजौँ अपनाऔँ सधैँ
    राम्रो विचार मित्र ।
    २)
    हटाऔँ नकारत्मक विचार
    मनमा जलाऔँ ज्योति
    गरौँ सबैसँग प्यार ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ———-<•>———-
    [५]
    १)
    सक्नुपर्छ आफैँ रमाउन
    पर्दैन मान्छेलाई साँच्चै
    अथाह सम्पत्ति कमाउन।
    २)
    नगर्नू अरूको डाहा
    रमाउनु पर्छ भएकोमा
    जिन्दगी हुन्छ आहा !
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर।
    ———-<•>———-
    [६]
    १)
    बाहिर छैन खुसी
    मनमा उठ्ने विचारले
    खुसी लैजान्छ चुसी !
    २)
    जीवन जिउने कला
    खुसी मिल्छ साथी
    दिनदु:खीको गरौँ भला !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    ———-<•>———-
    [७]
    मन खुसी राख्नुहोस्
    हुन्छ जीवन अमूल्य
    जीवनको महत्व चाख्नुहोस् |
    ✍️ सरिता सेढाई, धादिङ
    ———-<•>———-
    [८]
    १)
    जीवनको गीत गाउँछु
    कमाएर धन सम्पत्ति
    खुसी किनी ल्याउँछु।
    २)
    आस्था विश्वास भर
    खुसी मिसाई एउटा
    बनाउँछु सुन्दर घर !
    ✍️ नवशिला,
    नवदेव मार्ग , लालभित्ती,मोरङ।
    ———-<•>———-
    [९]
    १)
    असल कर्म गरौँं
    सफलता हासिल गरेर
    मनमा खुसी भरौँ ।
    २)
    चिन्ताले खुसी छाउँदैन
    नयनमा आँसु बाेकेर
    मनले शान्ति पाउँदैन ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ———-<•>———-
    [१०]
    १)
    खुसी हुन जीवनमा
    खराब कुरा नराखौँ
    कहिल्यै पनि मनमा ।
    २)
    खुसी भन्ने कुरा
    सन्तोष लिन सके
    बल्ल हुन्छ पूरा ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ———-<•>———-
    [११]
    १)
    खुसी भनौँ कसरी
    परेको छु दोधारमा
    नभनौँ मन धर्धरी ।
    २)
    लाग्यो वसन्त प्रकृतिको
    छैन हर्षको वातावरण
    सधैँ उहीँ प्रवृतिको !
    ३)
    जसरी पनि खुसी
    जिन्दगीमा रम्नै पर्दोरहेछ
    हुँदा पिर झुसी !
    ४)
    दुई दिनको चोला
    खुसीमा रमाऔँ जमाऔंँ
    पछि जे होला ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    ———-<•>———-
    [१२]
    १)
    खुसी हुँदा मन
    शृङ्गारभन्दा नि राम्रो
    अनुपम देखिन्छ तन ।
    २)
    अमुल्य यो जीवन
    खुसी भएर जिउने
    सर्वोपरी होइन धन ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौंँ
    ———-<•>———-
    [१३]
    १)
    एकदमै आनन्द मिल्छ
    कसैले दिन नसकेको
    खुसी शब्दले दिन्छ ।
    २)
    मनमा खुसी आओस्
    आफूसँग छैन भने
    त्यसको रहर नहोस् !
    ✍️ भावना थापा
    बझाङ
    ———-<•>———-
    [१४]
    अमूल्य ठानेमा सन्तोष
    भेटिन्छ मनमा खुसी
    दिइन्न कसैँलाई दोष ।
    ✍️ सुस्मिता अधिकारी
    ———-<•>———-
    [१५]
    काठमाडौँ
    खुसी खोज्ने नाममा
    नलाग्नू है कहिल्यै
    तिमी गलत काममा ।
    ✍️ उमा दाहाल
    ———-<•>———-
    [१६]
    १)
    खुसी छाउँछ मनमा
    धेरै परिमाण गर्नेको
    हाँसो ल्याउँछ जीवनमा !
    २)
    नजाउँ खुसी खोज्न
    आफूभित्र लुकेको हुन्छ
    सक्नुपर्छ चिनेर रोज्न !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ———-<•>———-
    [१७]
    १)
    मन तृप्त जब
    आन्नद प्रभु चिन्तनमा
    खुशी मिल्दछ तब ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ———-<•>———-
    [१८]
    १.
    छरेर खुसीका रङ्ग
    हुँदा शीतल चौतारी
    आफ्नै मनिस दङ्ग !
    २.
    मनको उज्यालो छर्दै
    खुसी मनाऔँ साथी
    अनुपम काम गर्दै !
    ✍️आर्त अकुलीन
    ———-<•>———-
    [१९]
    दिनसक्छु खुसी तिमीलाई
    मायाको झोली भरिदेऊ
    मृत्युुपछि बैतर्नी तर्नलाई !
    ✍️ दिल ठकुरी
    ———-<•>———-
    [२०]
    १.
    खुसी किन आउँदैन
    तिमी टाढा भएदेखि
    रमाइलो पनि छाउँदैन ।
    २.
    कोईली मिठो गाउँदैन
    सबैका खुसी आउँछन्
    मेरो चाहिँ आउँदैन ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ———-<•>———-
    [२१]
    १.
    जतिसुकै मार्नु बुर्कुसी
    अशान्त भएदेखि हृदय
    पाउँदैन खोजेर खुसी ।
    २.
    विदेश गएर कमाउने
    यथावत् खुसीको धोको
    चालीस पुगि रमाउने ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ———-<•>———-
    [२२]
    १.
    उकालोमा चौतारी भेट्दा
    बगरै बगर माझ
    लागेको प्यास मेट्दा ।
    २.
    बिझेको काँडा झिकेपछि
    अँध्यारो जिन्दगीमा मैले
    उज्यालो पाठ सिकेपछि।
    ✍️ पृथक प्रकृति ,झापा
    ———-<•>———-
    [२३]
    १.
    खुशी नै हाम्रो
    कथै छ जीवन
    साथी कति राम्रो !
    २.
    आनन्द छ सबैलाई
    एउटा विश्वासिलो भरोसा
    दुःख नदेऊ कसैलाई ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    ———-<•>———-
    [२४]
    १.
    सन्तुष्टि परम सुख
    मूलमन्त्र हो खुशीको
    महदुस हुन्न दुख !
    ३.
    उज्यालो हुन्छ मुहार
    स्वयम् खुसी भए
    अन्यसँग नमागौँ गुहार !
    ✍️मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ———-<•>———-
    [२५]
    १.
    मनमा नभए क्लेश
    जहाँ जता जाउँ
    हुन्छाैँ खुसीमै प्रवेश !
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ———-<•>———-
    [२६]
    १.
    खुसीको लहर छल्कियो
    हेरिदिँदा मायाले आज
    मुहारमा मिठास झल्कियो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ———-<•>———-
    [२७]
    १.
    सारा थकाई भुलेर
    एकछिन बात माराैँ
    साथी खुसीले फुलेर !
    २.
    माेज आनन्दकाे राजमा
    सारा पिरव्यथा बिर्सेर
    रमाऔँ साथी साँझमा !
    ✍️ मनुहाङ किराँती
    सोलु, महाकुलुङ – ५ चाचालुङ
    ———-<•>———-
    [२८]
    १.
    खुसी मिल्ने ठाउँ
    मनमा खुसी छैन
    मुटभित्र छ घाउ !
    २.
    खुसी मेरो पाहुना
    आउँछ छिट्टै जान्छ
    डुलेर देहको छेउकुना !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ———-<•>———-
    [२९]
    १.
    खुसीले काम गरौँला
    समाजमा नाम राखेर
    सुन्दर बास्ना छरौँला
    २.
    खुसीको उज्यालो बालेर
    बसौँ सामाजिक सेवामा
    ज्ञानको ज्योति छरेर
    ✍️ बेदु न्यौपाने
    ———-<•>———-
    [३०]
    १.
    राम्रो बाटो समाउनू
    आफ्नो नाम राखेर
    सधैँ खुसीमा रमाउनू ।
    २.
    खुसी भएर बाँच्नुपर्छ
    एकचोटी पाएको जीवनमा
    नरोई खुसीले नाँच्नुपर्छ ।
    ३.
    हरेस् खानु गल्ती
    बुझेर अघि बढौँ
    यो समाजको चल्ती !
    ✍️ ललिता सिन्धुली
    हाल काठमाडौँ
    ———-<•>———-
    [३१]
    १.
    खुसी जिवनको यात्रा
    सबैसँग हाँसीखुसी रहनुस्
    कहिल्यै नघटाई मात्रा ।
    २.
    अरूलाई खुसी दिनुहोस्
    नचुकाई यस्तो अवसर
    बदलामा खुसी लिनुहोस् !
    ✍️ चुडामणी देवकोटा
    चनपा १३ काठमाण्डौ
    ———-<•>———-
    [३२]
    १.
    कहाँ हराए कहाँ
    बित्छन् खुसी खोज्दै
    सारा जीवन यहाँ ।
    २.
    चाहिँदैन वैभव धन
    भण्डार भए खुशीको
    सन्तोष हुन्छ मन ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत
    ———-<•>———-
    [३३]
    १.
    पाइँदैन मनले रोजी
    अगाडि पाइला चालौँ
    खुसीको बाटो खोजी ।
    २.
    नयाँ काम थालौँ
    मनले खुसी मानेर
    रिसराग दम्भ फालौँ ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत
    ———-<•>———-
    [३४]
    १.
    मनमा नलागोस् ढुसी
    असल कर्म गरेर
    पाउन सकिन्छ खुसी !
    २.
    प्रफुल्ल भए मन
    उत्साह, उमङ्ग भरिई
    सुन्दर बन्छ जीवन ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ———-<•>———-
    [३५]
    १.
    उनको झल्को मेटियो
    बाटो मोडेर जानेलाई
    त्यहीँ पर भेटियो !
    २.
    थोरै नि कमाए
    मनलाई वशमा राखी
    चित्त बुझाई रमाए !
    ✍️ कला ढकाल, झापा
    ———-<•>———-
    [३६]
    खुसीले मन बहलाउँछ
    सदाबहार मनमा छाएमा
    तब प्रबलता कहलाउँछ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ———-<•>———-
    [३७]
    १.
    दु:खपिर सबै सहनू
    दुई दिनको जिन्दगीमा
    सदा हाँसीखुसी रहनू ।
    २.
    जिन्दगीमा सधैँ हाँस्ने
    पाएको जिन्दगीमा हामीले
    त्यत्तिँकै किन मास्ने ?
    ✍️श्रीकृष्ण धामी – बझाङ
    ———-<•>———-
    [३८]
    १.
    अनुभव विचार साटौँ
    कसका निम्ति प्रतिस्पर्धा
    आपसमा खुसी बाटौँ ।
    २.
    खुसीको गीत गाउँदछौँ
    भलो गर्दा असहायको
    अपार आशिष पाउँदछौँ ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    ———-<•>———-
    [३९]
    १.
    दिल खोलेर हाँसौ
    दुई दिनको जिन्दगीमा
    खुसी भएर बाचौँ ।
    ✍️ अनिता भण्डारी
    ताप्लेजुङ
    ———-<•>———-
    [४०]
    १.
    खुसीमा उमङ्ग छरेर
    साथको अपेक्षा राख्दछौँ
    मित्रता कायम गरेर ।
    २.
    उमङ्ग उत्साह लिएर
    मित्रता बन्धन बाँधियो
    निस्वार्थ भावना दिएर !
    ✍️ बिकास छेत्री अञ्जान
    बिजनबारी, दार्जिलिङ।
    ———-<•>———-
    [४१]
    १.
    खुसी हुन सिक
    रमाइलो छ जिन्दगी
    ती फोहोरमैला झिक ।
    २.
    खुखी त्यसै आउँदैन
    कडा मेहनत गरौँ
    श्रमले घाटा लाउँदैन ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ———-<•>———-
    [४२]
    १.
    खुसी आफैँ खोजेर
    रमाएर बाँच्न सकौँ
    मनले उमङ्ग रोजेर !
    २.
    नजिँकैछ खुसीको मूल
    टाढा खोजेर भेटिन्न
    अरूसँग मागे भूल !
    ✍️ इन्दिरा देवकोटा
    ———-<•>———-
    [४३]
    नखोजौँ धेरै कमाउन
    आफूसँग छ जति
    त्यतिमै सक्नुपर्छ रमाउन ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ———-<•>———-
    [४४]
    १.
    खुसी आफैँले खोज्ने
    सत्य कर्ममा हिँडेर
    सत्य बाटो रोज्ने ।
    २.
    मनैदेखि नै हाँसेर
    रमाएर बाँच्नु सबैले
    प्रेमको माला गाँसेर !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ———-<•>———-
    [४५]
    १.
    चङ्गा बनाई जीवन
    खुसीले रमाउनुछ परिवारमा
    मिलाई मनमा मन !
    २.
    भरोसा एक अर्कामा
    गाउँदै प्रेमील गीत
    बसौँ हिउँद बर्खामा !
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुखुम्बु
    ———-<•>———-
    [४६]
    १.
    सुखमा खुसी छैन
    धेरै सम्पत्तिको चिन्ताले
    निद्रा लाग्ने हैन ।
    २.
    औषधि नै खुसी
    ह्रदयबाटै निकाल्न नसक्दा
    मन भैरहन्छ झुसी ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-अमेरिका,बोस्टन।
    ———-<•>———-
    [४७]
    १.
    देखेर फूल सुन्दर
    आत्मविभोर बनी खुसी
    प्रफुल्ल खुल्छ मनोहर !
    २.
    नलागोस् कतै ढुसी
    पवित्र माया प्रेममा
    सधैँ रमोस खुसी !
    ✍️ विवश पारदर्शी
    झापा,
    ———-<•>———-
    [४८]
    १.
    हर्ष छाउँछ जीवनमा
    गर्नुपर्छ हामीले सङ्घर्ष
    खुसी आउँछ मनमा ।
    २.
    मनमा खुसी छाएन
    कहिले आउँछ खुसी
    न्याउलीले गीत गाएन ।
    ३.
    खुसीको उज्यालो छर्दै
    सुखी हुनुपर्छ हामी
    असल कार्य गर्दै ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ———-<•>———-
    [४९]
    १.
    खुसी होइन तलास
    आत्मसन्तुष्टि हो मनको
    भन्नुपर्दा त खास !
    २.
    बुझ्नेले आफूभित्र पाउँछन्
    खुशीको अर्थ नबुझ्नेले
    भौतारिँदै बाहिर धाउँछन् ।
    ✍️ सरला माझी
    ———-<•>———-
    [५०]
    १.
    अनुशासनहीन छ शासन
    कसरी खुसी हुनु
    सपनाको भ्रमपूर्ण आश्वासन !
    २.
    बैगुनीले छाडेर गयाे
    मायाकाे सपना देखाई
    खुसी निराशा भयाे ।
    ३.
    सकारात्मक साेच देखेँ
    अलिकति खुसी पलायाे
    झिल्कामा रमेर लेखेँ ।
    ✍️ प्रद्युम्न चालिसे
    ———-<•>———-
    [५१]
    १.
    सुर्ता नलेऊ मुसी
    परदेशी बनेको हुँ
    बटुल्नलाई तिम्रो खुसी !।
    २.
    रहनू सदैव हँसमुख
    शत्रुसामु कहिल्यै पनि
    नबिसाउनू मनको दुख l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ———-<•>———-
    [५२]
    १.
    लाग्दैन जीवन अन्धकार
    बाँडेमा मनका बेदना
    खुसीको हुन्छ सन्सार !
    २.
    दुःख जीवनको अङ्ग
    हाँसेर गरौँ समाना
    आउँछ खुसीको रङ्ग !
    ✍️सीमा कार्की समर्पण, काठमाडौँ ।
    ———-<•>———-
    [५३]
    १.
    खुसी नै धन
    रमाउँ आफ्नाे भाग्यमा
    बनाउँदै फरकिलाे मन !
    ✍️ उर्मिला के.शी.
    धनकुटा !
    ———-<•>———-
    [५४]
    १.
    खुसी सागर बनाऊँ
    दु:ख बगाई लान्छ
    हरदिन उत्सव मनाऊँ !
    २.
    आफैँ खुसी बने
    जगत हाँस्न सक्छ
    दर्द दिएनौँ भने !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)
    ———-<•>———-
    [५५]
    १.
    प्रसन्न हुन्छ मन
    दुखीलाई सहयोग गरी
    बिताऔँ खुसी जीवन !
    २.
    कहिल्यै मन रुँदैन
    असल मान्छे बनौँ
    दुःखले हामीलाई छुँदैन ।
    ✍️ प्रविना प्रयासी
    ओखलढुंगा
    ———-<•>———-
    [५६]
    १.
    उखुझैँ देश चुसी
    कन्टेनर बन्न लाग्दा
    कसलाई होला खुसी ?
    २.
    बिहे गरेर मुसी
    आफन्त पराई भए
    हरायो सबै खुसी !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक ,भक्तपुर ।
    ———-<•>———-
    [५७]
    १.
    खुसी शब्द मेरा
    दुखेको काँध बन्यो
    कति सर्नु डेरा !
    २.
    बालापनको खुसी हराए
    जतासुकै खोज्दा भेटिएन
    नबुझ्ने जति कराए !
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर
    ———-<•>———-
    [५८]
    १.
    लाखौँ सपना बोकी
    सङ्घर्षबिना नै त्यसै
    कहाँ आउँछ खुसी !
    ✍️ कविता गुरुङ
    रोल्पा
    ———-<•>———-
    [५९]
    १.
    खुसी हुँदा मन
    संसार देखिन्छ उज्यालो
    जताततै हेर्दा झन !
    २.
    मनमा खुसी लिएर
    नहिँड्नु कहिल्यै अगाडि
    अरूलाई दुःख दिएर !
    ✍️नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    ———-<•>———-
    [६०]
    १.
    रङ्गको पर्व होली
    खेलौँ सद्भाव राखेर
    लगाम लगाई बोली !
    ✍️धनमाया चौधरी
    ———-<•>———-

    One thought on “झिल्का लेखन अभियानको सातौँ शृङ्खला (खुसी विषयक) सम्पन्न

    1. I have been browsing online more than three hours today yet I never found any interesting article like yours It is pretty worth enough for me In my view if all website owners and bloggers made good content as you did the internet will be a lot more useful than ever before

    Leave a Reply