कविता दिवस विशेष झिल्का लेखन शृङ्खला सम्पन्न

  • ९ चैत्र २०८०, शुक्रबार १९:४९ मा प्रकाशित
  • विशेष झिल्का लेखनको छैटौँ शृङ्खला (कविता दिवस) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले २०८० चैत ७ गते विश्व कविता दिवसको विशेष अवसरमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।

    झिल्का कविता लेखनको यस विशेष शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    ~~~
    १)
    जोडेर शब्दहरूको थुङ्गा
    विश्व परिभ्रमण गरौँ
    खियाउँदै भावको डुङ्गा !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    —–<•>—–
    २)
    साहित्यको रस कवितामा
    छ फूलझैँ सुगन्धित
    झिल्कामार्फत दिएँ करारनामा ।
    ✍️ म्यामराज राई, भोजपुर
    —–<•>—–
    ३)
    गरेर नौला शब्दग्रहण
    भावनाको जहाज बनाई
    गरौँ विश्वको परिभ्रमण l
    ✍️ बाबुराम गौतम, गुल्मी
    —–<•>—–
    ४)
    भावले ममता भर्न
    कविताको माध्यमबाट सदा
    सचेतनाको बीउ छर्न ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    —–<•>—–
    ५)
    लेखौँ कविता रमेर
    शब्दको पहिचान गरौँ
    साहित्यमा हामी जमेर !
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —–<•>—–
    ६)
    उड्छु म भावनासङ्ग
    घरी बिलिन हुन्छु
    घरी त झसङ्ग !
    ✍️ पुष्पा सुवेदी
    —–<•>—–
    ७)
    पूरा होस् चाहाना
    कविता दिवस विशेष
    सबैलाई हार्दिक शुभकामना !
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    —–<•>—–
    ८)
    कवितामा सबैलाई जोडौँ
    संसारको परिभाषा सिकेर
    विश्व कवितालाई मोडौँ !
    १.
    अक्षरको खेती गरौँ
    सबैलाई छ माया
    कविता लेखेर भरौँ ।
    २.
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    —–<•>—–
    ९)
    लेखौँ कविता आज
    मन खुसी बनाई
    गरौँ दिलमा राज।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —–<•>—–
    १०)
    कविता नै ताल
    जसको माध्यम हामी
    बुझिन्छ प्राकृतिक हाल !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    —–<•>—–
    ११)
    मिठा कुरा गरेर
    बस्छन् भ्रम छर्दै
    जान्छन् यिनै सडेर ।
    १.
    लेखिन्छ कविता मिठा
    कल्पना कला यथार्थ
    छर्दै भाव छिटा ।
    २.
    ✍️ कपिल किशोर घिमिरे
    —–<•>—–
    १२)
    कविता पढेर रमाऔँ
    साहित्यले दिन्छ ज्ञान
    कृति रचेर जमाऔँ ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर
    —–<•>—–
    १३)
    अक्षरहरूको भव्य मेला
    नयाँ पुराना सर्जकहरू
    कविता दिवसमा भेला ।
    ✍️ राजेन्द्र प्रधान पासा
    —–<•>—–
    १४)
    कलम कापी समाउने
    उथलपुथल मनको भावहरू
    पोखेर शब्दमा रमाउने
    ✍️ संगीता खरेल
    काठमाडौँ
    —–<•>—–
    १५)
    पुगोस् सबैको चाहना
    आज विशेष दिनको
    सबैमा भव्य शुभकामना !
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —–<•>—–
    १६)
    आफूलाई कवि ठान्दिनँ
    तर लेख्छु कविता
    दिक्क कहिल्यै मान्दिनँ ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    —–<•>—–
    १७)
    झिल्का कविता लेखेर
    समुहमा जोडिँदै छु
    भव्य सहभागीता देखेर ।
    ✍️ धनमाया चौधरी
    —–<•>—–
    १८)
    भावना बने रचना
    बग्छन् नदीझैँ सलल
    परिचय पाउने सम्भवना ।
    ✍️सुस्मिता अधिकारी, काठमाडौँ
    —–<•>—–
    १९)
    पलाओस् साहित्यिक भावना
    सम्पूर्ण साहित्यिक मनहरूमा
    कविता दिवसको शुभकामना !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —–<•>—–
    २०)
    नमानी डर लाज
    चोरेर नखाँदा राम्रो
    चोरेको पुग्दैन काज ।
    १.
    खेलेर कविताका डुङ्गामा
    झिल्का सिन्कामा उन्छु
    खियाउँदै भावको गङ्गामा ।
    २.
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    —–<•>—–
    २१)
    लेखाैँ कविता जानेर
    गाँस्दै एकताको भावना
    कविता दिवस मानेर ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत ।
    —–<•>—–
    २२)
    मनको भावना कविता
    शब्दबाट व्यक्त हुँदा
    दुनियाँ हेर्छ रमिता ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    —–<•>—–
    २३)
    शुभकामना कविता दिवस
    लेख्दै जाऔँ सबैले
    आउनेछ मिठो रस !
    ✍️ सुरेशकुमार पाण्डे
    —–<•>—–
    २४)
    स्वच्छ रहोस् भावना
    साहित्यप्रेमी सर्जक सबैलाई
    कविता दिवसको शुभकामना !
    ✍️ मन्जु बोहरा, बझाङ
    —–<•>—–
    २५)
    मनको तरङ्ग पोखिन्छ
    साहित्यमा लेख्छु कविता
    सबैको मनमा ठोकिन्छ।
    १.
    हरेकमा जागोस् भावना
    कलम चलाउने गरौँ
    साहित्यमा अझै शुभकामना !
    २.
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर।
    —–<•>—–
    २६)
    राखौँला सुन्दर भावना
    विश्व कविता दिवसको
    हार्दिक शुभेच्छा शुभकामना
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा ।
    —–<•>—–
    २७)
    रोपेर सिर्जनाको फूल
    कवि कवितामा हराउँदा
    रसाउँछ सभ्यताको मूल !
    ✍️ आर्त अकुलीन
    —–<•>—–
    २८)
    भावभित्र सुटुक्क पसेर
    लेख्नेछु कविता मैले
    अबदेखि कम्मर कसेर !
    ✍️ सरिता सेढाई, धादिङ
    —–<•>—–
    २९)
    रमेर कवितामा हामी
    यसैमा मलजल गरी
    जिन्दगी बनाउँ दामी ।
    ✍️ पुष्पा राई, खोटाङ ।
    —–<•>—–
    ३०)
    हामीले गरेर अहिलेसम्म
    शब्द शब्दको खेती
    खुसी बटुल्यौँ लटरम्म ।
    १.
    साहित्य सेवा गर्यौँ
    आनन्दले बचौँ पनि
    केही सन्देश छर्यौँ ।
    ✍️ पृथक प्रकृति ,झापा
    —–<•>—–
    ३१)
    लेखेर सुन्दर भावना
    विश्व कविता दिवसको
    सबैमा हार्दिक शुभकामना !
    ✍️ बेदु न्यौपाने
    —–<•>—–
    ३२)
    कविता बन्छ राम्रो
    शब्द शब्द जोडेर
    लेखिन्छ नाम हाम्रो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —–<•>—–
    ३३)
    फुटाउनुछ साहित्यको मूल
    रमाउँदै झिल्का साहित्यमा
    फुलाउँदै सृजनाको फूल ।
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा
    —–<•>—–
    ३४)
    म कल्पनामा हराँए
    आजको दिनमा तिमीलाई
    एउटा कविता चढाँए ।
    ✍️ ध्रुव श्रेष्ठ ।
    —–<•>—–
    ३५)
    कविताको बगैँचा बनाई
    निर्माण गरौँ संरचना
    सबैको साथ पाई !
    ✍️ सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —–<•>—–
    ३६)
    रमाउँदै झिल्का लेखिन्छ
    तितोमिठो शब्दहरू जोड्दा
    कविता मजाकि देखिन्छ ।
    ✍️ कला ढकाल झापा
    —–<•>—–
    ३७)
    लेखन कविको काम
    भावनात्मक संसारको सृजना
    रच्न नलागोस् रोकथाम !
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    —–<•>—–
    ३८)
    भावनामै त्रिलाेक चहार्दै
    कबिताकाे धारा बहाएँ
    झिनामसिनात्रुटि सुधार्दै !
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे,बनेपा १४ साँगा बजार ।
    —–<•>—–
    ३९)
    भावना उमार्दै मनमा
    गोडमेल गर्दैछु शब्दलाई
    कवित्व फुल्दैछ तनमा !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)
    —–<•>—–
    ४०)
    लेखिन्छ कविता रमेर
    शब्दमा शब्द मिलाउँदै
    ज्ञानको ज्योति छरेर !
    ✍️ सहयात्री शोभा अर्याल,
    रुपन्देही
    —–<•>—–
    ४१)
    रवि नपुगेकोमा कवि
    सिर्जनाको मूल भर्न
    देखाउॅंछन् आफ्नो छवि ।
    १.
    कविताको सिर्जना गरौँ
    खोज्दा पाइन्छ हराभरा
    सभ्यताको मूल भरौँ।
    २.
    लेख्दै गरौँ कविता
    देशका विभिन्न गतिविधिको
    देखाउन हैन रमिता।
    ३.
    मनका भाव पोखेर
    कविले देखाउॅंछन् सबैको
    हरेक शब्द जोखेर ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —–<•>—–
    ४२)
    आज कविता दिवस
    लेखाैँ शव्द खाेलेर
    कसैलाई नपारी विवश !
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    —–<•>—–
    ४३)
    शब्द शब्द जाेडेर
    लेखिरहन्छु म कविता
    समय सापेक्ष माेडेर ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    —–<•>—–
    ४४)
    रहोस् समिपताको भावना
    सम्पुर्णमा झिल्काको मझेरीबाट
    कविता दिवसको शुभकामना !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    —–<•>—–
    ४५)
    पाइन्न भाव कवित्व
    देखाई रमिता शब्दकै
    बन्ला कवि व्यक्तित्व ?
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक,भक्तपुर ।
    —–<•>—–
    ४६)
    तैरिँदै भावको गङ्गामा
    भरिभराउ हुँदा मनमस्तिष्क
    पोखियो कविता चङ्गामा ।
    १.
    डुब्दै भावनाको गङ्गामा
    रचिए कविताका लहरहरू
    आकाश छुने चङ्गामा ।
    २.
    दुखेसो पोखेँ कवितामा
    चुर्लुम्मै डुबाउने कलमले
    सलल बगाए सरितामा ।
    ३.
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर
    —–<•>—–
    ४७)
    जनमनमा छाएको भाव
    मुख्य शृङ्गार साहित्यकाे
    पर्दछ समाजमा दबाब।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —–<•>—–
    ४८)
    विश्व कविता दिवस
    दुईचार शब्द कोर्नै
    कोही अल्छी विवश ।
    ✍️ चुडामणी देवकोटा
    —–<•>—–
    ४९)
    कविता लेख्ने चाहना
    विश्व कविता दिवसको
    सबैलाई हार्दिक शुभकामना !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    —–<•>—–
    ५०)
    जोडेर शब्दको माला
    सुन्दर कविता लेखेर
    खोलौँ साहित्यको ताला ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    —–<•>—–
    ५१)
    लेखिन्छ कविता अब
    निखारेर काल्पनिक कला
    छर्लङ्ग पार्दै सब ।
    १.
    जोड्दै शब्द माला
    कल्पनामा सयर गर्दै
    खोलिन्छ साहित्यिक प्याला !
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    —–<•>—–
    ५२)
    कविताको खेती गर्नुछ
    साहित्यलाई माया गर्दै
    कविताले पाना भर्नुछ ।
    ✍️ प्रेम शर्मा एकान्त प्रेमी
    —–<•>—–
    ५३)
    कविको भावना छाउछ
    फुलेर साहित्य विश्वमा
    कलमको निखार आउछ ।
    ✍️ बिकास छेत्री अञ्जान
    बिजनबारी, दार्जिलिङ
    —–<•>—–
    ५४)
    उछिट्टिएर झिल्काे पोलेछ
    दुख्याे बिचरा उसलाई
    ऎया भनेर बाेलेछ !
    ✍️ शालिकराम दाहाल
    —–<•>—–
    ५५)
    शब्दहरू मिलेर कविता
    साहित्य समाजको दर्पण
    नबनोस् समाजमा रमिता ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —–<•>—–
    ५६)
    कवितामा भावना पोखौँ
    सुन्दर अक्षर जोडेर
    अञ्जुलीमा शब्द जोखौँ
    १.
    भावना कवितामा आयो
    मन चङ्गा भएर
    ओठमा मुस्कान छायो
    २.
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —–<•>—–
    ५७)
    अर्को शब्द जन्माएर
    रहनेछ युगौँयुगसम्म नै
    कविताको जन्मान्तर बढाएर !
    ✍️ भावना
    —–<•>—–
    ५८)
    गर्नुहुँदैन है जिद्दी
    लेख्नू एउटा झिल्का
    हुन्छ आज सिद्धी ।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    —–<•>—–
    ५९)
    दर्शकलाई छैन चासो
    कविता सुनाउँ कसरी
    अनर्थ भन्छन् भाषो !
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —–<•>—–
    ६०)
    बहोस् साहित्य धारा
    पिएर होस् तृप्त
    रम्छ जगत सारा ।
    ✍️ शोभा शाह थापा
    —–<•>—–
    ६१)
    स्वच्छ सफा भावना
    यही छ सम्पूर्णमा
    कविता दिवसको शुभकामना !
    ✍️ सुस्मा मगर
    —–<•>—–
    ६२)
    झिल्का कविता आज
    फुलेको फूल बन्यो
    सर्वत्र देशविदेश माझ ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    —–<•>—–
    ६३)
    पुग्दैन जहाँ रवि
    प्रमाणित गरि हेर
    पुग्दछ त्यहाँ कवि ।
    ✍️ देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    —–<•>—–
    ६४)
    कवि कविता बनाेस्
    सुन्दर संसार देखाओैँ
    ‘रवी’ सरीकाे भनाेस् ।
    १.
    विचार कवितामा पाेखाैँ
    कल्पनामा सयर गरी
    भावना आफैँले जाेखाैँ ।
    २.
    ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
    —–<•>—–
    ६५)
    विश्व कविता दिवसमा
    डुब्न कहिल्यै सकिनँ
    साहित्यको मधुर रसमा ।
    ✍️ ललिता, सिन्धुली
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    One thought on “कविता दिवस विशेष झिल्का लेखन शृङ्खला सम्पन्न

    1. helloI like your writing very so much proportion we keep up a correspondence extra approximately your post on AOL I need an expert in this space to unravel my problem May be that is you Taking a look forward to see you

    Leave a Reply